Pages

Thursday, December 6, 2012


कविता -क्लिक र डिलेट ले डुबायो नि हो !!
शेखर ढुंगेल 

दैनिकी फेरियो नि हो अब 
कहाँ को धुप बत्ति ?कता को भजन ?
जुरुक्क उठ्यो क्लिक गर्न हतार !
क्लिक गरि रेस्ट रुम गयो 
फर्की आइ पासवर्ड दियो 
खुल्दै गर्दा चिया तताउन हत्तार 
क्लिक क्लिक गर्दै चिया पियो 
भगवान लाइ बिर्सेर 
कतै कम्मर ढल्काको 
कतै तीनपाने तनकाको
कतै भुडी पुजा त 
कतै जन्मदैको फोहर 
यस्तै यस्तै फोटो हेर्यो 
मन परे लाइक मा क्लिक 
न् परे लाग्यो अन्तै गर्न क्लिक 
त्यस लाइ गरेर डिलिट!!!
यता भन्छन हाई उता हुइ 
नेपाली ले बिर्सी सकेछन 
भन्न नमस्कार हेर है  !!
मजा औच भेट्दा पुरानो साथी
अर्को मज्जा मन नपरेको लाइ 
गर्दा डिलेट लौ खा !!
नक्कली फोटा ले दुख दिने उस्तै 
कसरि गर्ने एड फ्रेन्ड झ्वास्सै ?
कोइ कति टिमुर्कने फेरी ?
बाइ नै न् भनि झ्याप्प अफ ??!!
पहिले पहिले भन्थे फुर्सदमा 
भगवान ले राम्रो मान्छे बनाउथे रे 
अब त उनि पनि फेस बुक र 
ट्विटर मा लागे छन् कि कुन्नि ?
मान्छे को कद होचिदै छ 
हात को काम खुम्चिदै छ !
एउटा मजा को जोक बनेछ !!
"श्रीमान छिट्टै घर मा आएको देखेर 
श्रीमती ले सोधेछिंन् किन छिटो आज ?
श्रीमान ले भने कम्पुटर ल्यायो हाकिम ले 
अब छैन रे मेरो काम 
अर्को दिन श्रीमान बाहिर बाट 
आउदा श्रीमती कम्पुटर जोड्दै थिन 
किन ल्याइस ए अलछिनी यो ठाडो ?
श्रीमती भन्छिन 'तिमी ले नै भनेको 
होइनौ त कम्पुटर  ले गर्छ तिम्रो काम ?
चाहिदैन अब तिमी मलाइ 
यो कम्पुटर भए सम्म !!!!!!!!!
यो क्लिक ले धेरै कुरो डिलिट गरि सक्यो 
पुरानो छोडेर नया खोज्ने 
रोग यसले सारी सक्यो 
कता क्लिक कता डिलिट ?
जिन्दगि नै कन्फ्युज भै सक्यो 
कतै आडम्बर कतै औडाहा 
कत्ति को तरकारी त कत्ति को 
अन्तरबार्ता मा जाने  पाइन्ट 
खरानी बनाइ सक्यो 
सुके नाथ  को गाडी 
हल्लुरे को घर देखेर 
दम प्रसाद को हंस उडिसक्यो 
बदल्यो नि हो दैनिकी यसले 
धर्म कर्म छोडेर यसकै पछी लागियो 
धन्न क्लिक धन्न डिलिट 
तिमी हरु बिना जीवन 
अपुरो हुने भै सक्यो 


Shekhar Dhungel

Set status here
Status menu

No comments:

Post a Comment