Pages

Monday, December 10, 2012



कविता -एउटा मृत्यु त्यस्तो होस् !


कहिले कहिँ लाग्ने गर्छ 
मेरा पनि अगी पछी कोइ त् रुने हुन् 
हज्जारौ हज्जारौ मलामी हुन्
तर 
 कहिले कहिँ लाग्ने गर्छ 
ए भगवान 
म गल्लीको कुक्कुर झैँ मर्न पाउ 
त्यो बेबारिसे लास माथि रुने कोइ नहोस 
म मरेको चिन्ने कोइ लाइ  थाहा न होस् 
किनकि किनकि 
मैले यो  जीवन मा कसै लाइ 
न त् खुसि  दिन सके
 न त्  कसैको हुन् सके 
त् मेरो  मृत्यु मा किन ?
कसैको आशु मेरो लागि ऋण बनोस 
यहि हो भोगेको जिन्दगि 
खुसि को हासो मा इर्श्या गर्छन 
दुख मा आशु झार्दा हेला गर्छन 
अनि मरे पछी को औपचारिकता को के अर्थ ?
हो यस्तै लाग्छ कहिले कहिँ 
मन भरि अशंतोष को पहाड बोकेर 
खुसि खोज्न भाग्दा भाग्दै 
समय ले कोल्टे फेरेको पत्तो कसलाई 
पहाड फोर्छु भन्दा भन्दै 
आँगन परदेश हुन् थाल्छ 
मेरा र आफन्त को के कुरा ?
छाला ले हड्डी को साथ छोडी दिन्छ 
सम्पति ले घर भित्र सम्म 
आफन्त घाट सम्म 
त्यसैले
एउटा मृत्यु यस्तो होस् 
 आफन्त भन्ने कसैको लागि भार न बनोस 
त्यहि मृत्यु आनन्द हुन्छ 
बेवारिसे एउटा ....त्यो लास माथि 
रुने जब  कोइ नहोस 


No comments:

Post a Comment