Pages

Thursday, December 6, 2012


कविता - खुसी

शेखर ढुंगेल 
खुसी ?
यो महँगो छ 
यो अमुल्य छ 
किनेर पाइन्न 
मागेर झन पाइन्न 
किन कि यो 
आफै भित्र लुकेको छ 
बाहिर खोजेर कहाँ पाइन्छ ?
कोइ दौडीन्छन् 
पैसा मा खुसी भेट्न 
कोइ दौडिन्छन्
चाहना  मा खुसी रोज्न 
एक्कै छिन खुसी खोज्ने 
दौड लाई रोकी हेर 
पैसा कति भ्रम हो 
चाहना कति कुण्ठा हो 
पैसा जत्ति को दुषित 
संसार मा अरु के छ ?
कस्तो कस्तो को हात मा 
नाच्दैंन् जादैन यो पैसा ?
यसको के भरोसा छ ?
यसको भर मा खुसी कहाँ ?
चाहना उफ !
यो त् झन असिमित छ 
चाहना को पछी लाग्दा 
जीवन को बिश्राम  कहाँ ?
खुसी लाई न् चिन्दा 
अन्तै भौतारिन्छ मान्छे 
खुसी लाइ नं भेट्दा 
बौलाउछ मान्छे 
तर अफसोच 
आफ्नै अन्तस्करण लाइ 
नियाल्दैन मान्छे 
आफै ले आफै लाइ 
चिन्दैन मान्छे 
त्यसैले 
उ खुसी को लागि पछी 
दौडी रहेछ दौडी रहेछ 
अन्तरात्मा मा बसेको  
खुसी लाइ न् भेटेर 
हामि देख्दैनौ खुसी 
हामी भेट्दैनौ खुसी 
किन कि असन्तोष को 
कालो बादल ले 
हाम्रो सोच लाइ 
धपक्कै ढाकेको छ 

No comments:

Post a Comment