Pages

Sunday, December 9, 2012

कविता -कतै खेताला बन्दै त् छैनौ ?


कतै अरु को खेताला भएर 
आफ्नै करेसा बारीमा 
बिष वृक्ष रोप्दै त् छैनौ ?

कतै अरु को खेताला भएर 
आफ्नै भात भान्सा मा 
तितो मसला छर्दै त् छैनौ ?

कतै परचक्री को खेताला भएर 
आफ्नै भाइ बन्धु प्रति 
घात गर्दै त् छैनौ ?

कतै कोइ दुश्चाक्रिले भन्यो भनेर  
न्यानो पाउने आशामा 
आफ्नै घर मा मुस्लो झोस्दै त् छैनौ ?

कतै पराइ को हात समाई हिड्दा 
आफ्नै बन्धु हरु को 
विश्वास बाट टाढा भै राखेका त् छैनौ ?

कतै अरु ले घोडा चढे भनेर 
आफु  घर को  छानो चढ्न खोज्दा 
भएको छानो नै भत्काई रहेको त् छैनौ ?

कतै अरु ले सुनको छाना  दिन्छु भन्यो  भनेर 
पुर्खाले जोडेको पाखा बारी 
खोला मा हुत्याइ रहेका त् छैनौ ?

कतै अरु ले मलमल ले सजाउछु भन्यो  भनेर 
आफ्नो खद्दर को कछाड र फरिया 
धुजा धुजा पारि च्याति राखेका त् छैनौ ?

कतै अरुकी आमा ले माया दिन्छिन भन्यो भनेर 
आफ्नो जन्म दिने आमा लाइ 
चाहुरी बुढी भन्दै निकाली रहेका त् छैनौ ?

कतै अरु ले अमृत घडा दिन्छु भन्यो  भनेर 
घर का पुराना  खालि गाग्रा गाग्री हरुमा 
बिष को झोल भरी राखेका त् छैनौ ?

No comments:

Post a Comment