Pages

Monday, December 10, 2012


गीत/गजल  

जब विश्वास पन्छाई शंका तिमीले  पाल्न थाल्यौ !
मलाई टाढा राखी माया को गला रेट्यौ !!
बिस्वास थियो हासो खुसि सधै नाच्ने गर्थ्यो !
घर हाम्रो शान्ति को उज्यालो मन्दिर थियो !!
जब बिस्वास पन्छाई शंका पाल्न ................

शंका पाल्यौ तिम्रो मेरो मन फाट्न थाल्यो !
तिमि निन्द्रा खोज्न थाल्यौ म नसा पिउन थाले !!
हेर्दा हेर्दै  जिन्दगि का सार्हा खुसि धेरै धेरै टाढा भाग्यो !
आफै लाइ जलेर  राप मा मलाइ समेत पिल्सायौ !!
जब विश्वास पन्छाई शंका पाल्न ..................

शंका पाल्यौ एउटा छत् दुइटा चुल्हो बल्न थाल्यो !
मुस्कान दिने ओठहरु  दात भित्रै दब्न थाल्यो !!
मन अब टुक्रा भयो हर रात  सिरानी भिजन थाल्यो !
 चोट को उपहार बाहेक जिन्दगि को रस सबै खरानी भयो !!
जब विश्वास पन्छाई शंका तिमि ले पाल्न थाल्यौ 

No comments:

Post a Comment