Pages

Wednesday, September 23, 2020

 म जहिले   रेष्टुरामा खान्छु सके सबै सिध्याउने गर्छु नसके घरमा लेराएर खान्छु ,प्लेटमा पनि फोहोर   देखिने गरि छोड्दिन र हाते कागजले टेबुल पनि सफा गरि दिन्छु ,

घरमा चाहिने भन्दा केहि कम मात्र खाने कोसिस गर्छु र खाइ सके पछी प्लेट र कचौरा पखालेर पिउने गर्छु अनि मात्र  आफुले खाएको आफै माझ्ने गर्छु एक सिता अन्न फ्याक्नु पाप गरे जस्तो लाग्छ ,यो मेरो सृष्टिकर्ता प्रतिको सम्मान र आभार हो ,कहिले सोच्नु भएको छ ?एक गेडा लाई एक बाला  एक झुप्पा एक घोगा र एक मुठा  साग बन्न कति समय कति मेहनत र कति खर्च भएको हुन्छ र तपाइले कति व्यहोर्नु भएको छ ?

जापानिजको हरुको भने थप अर्को सकारात्मक धारणा पनि रहेछ त्यो के भने रेष्टुरामा खाना पटक्कै  न मिठो भए वा लागे पनि न फ्याक्ने  खान मन न लागे वा नमिठो भएर बाँकी रहे घर लिएर जाने कारण "टेबुलमा  छोड्दा अर्को ग्राहक ले त्यो खाना न मिठो रहेको सोच्न सक्छ र अर्डर नगर्न सक्छ र रेष्टुरा लाइ हानि हुन् सक्छ,,,"


Tuesday, September 22, 2020

 मेरो एउटा साथी ,,,,,

जस्तो अबस्थामा पनि साथ् न छोड्ने
जीवनको अभिन्न साथि
त्यसैले सबै छोडी उसलाई नै रोज्छु
हमेसा उसैलाई खोज्छु
उसलाई नै साथमा लिएर हिड्छु
संगै सुत्छु संगै उठ्छु
साँझ बिहान अँगालो मार्छु
हासी हासी माया गर्छु
सुनिन मैले उसको कुनै गुनासो
हेहेहे ,,,,,,,,,, हे हे ,,,,हे हे ,,हे हे
मेरो उसमाथिको अगाध माया देखेर
कहिले काँही सुख लाइ इर्श्या हुँदो रहेछ
म पनि आउछु तिमि संग रे ,,,
म सधै निषेध गरि रहन्छु
मलाई थाहा छ खुसि चन्चले छ
स्थायी साथ त्यसले दिने छैन
बिहान आए साँझ नपर्दै भाग्न सक्छ
केहि पल र दिनको पाहुना मात्र हो
आज यहाँ त् भोलि कंहा कंहा पुग्न सक्छ
खुसि धेरै कंहा टिकेको छ र ?
चट्याङ्ग जस्तो कर्कलाको पानि जस्तो
त्यसैले मैले विश्वास गर्न सक्दिन
मेरो अन्तिम पल सम्म साथ् दिने
प्रण गरेको मेरो अती प्यारो साथि
रुँदा आँसु बनेर बगी दिने
पसिनामा मसक्क हांसी दिने
घामको रापमा प्रेरणा दिने
भोको पर्दा सुमसुम्याई दिने
थकाइमा साथ् दिने सपनामा सान्त्वना दिने
मेरो प्यारो मेरो आजीवन साथि
न छूटोस साथ् तिम्रो र मेरो है
मेरो साथी दुख, तिमि मेरो असल साथी ,,,,,,,,,,,,,,,,,,,,,,,