Pages

Thursday, December 6, 2012


कबिता -मान्छे बाठो
शेखर ढुंगेल
मान्छे बाठो धेरै बाठो
मान्छे लाइ त लडायो
भगवान लाइ पनि लडायो
mandir 
  जान्छ
अपराध जती भगवान को जिम्मा
फलिफाप जती आफै लाइ माग्छ
यो काम गराई देउ
त्यो काम गराई देउ
देबता को गच्छे हेरेर
कमिशन दिन्छु (भाकल )भन्छ
तर कुनै दिन कसैले सोधेंन्
हे महादेब
हे भगबती माइ
तपाइँ हरु लाइ
ब्लड प्रेसर ,क्लोस्टर ले
सतायो कि ?कतै
हे गुरु गणेश
सुगर ले भ्यायो कि ?भ्या छैन अझै ?
महादेब लाइ फकाई फकाई
पैदल हिड्ने ले
प्राडो चढ्न भ्याए
महादेब लाइ सधै
त्यहि बुढो साढे ?मा अलमल्याए
छोरो लाइ त्यहि गन्हाउने
मुसा मा थन्काएर फसाए
आफु हरु रातो र कालो पिउन थाले
भगवान लाइ अझै ठर्रा मै पारे
आफु हरु थरि थरि का गन बोक्छन
भगवती लाइ खिया परेको खुडा
बोकाएर ठुलो धाधली गरे
आफु हरु संसार घुमी सके
भगवान बिचरा लाइ सधै
चिसो कुना मा कोच्याएर राखे
महादेब बुढा दिक्क भए
 
कार चड्ने पार्बती को रहर
गर्न न् सक्दा पुरा
हेर मान्छे कस्ता बाठा ?
भगवान लाइ समेत

No comments:

Post a Comment