Pages

Saturday, December 8, 2012


देश को समस्या र बुद्धिजीवी
शेखर ढुंगेल 

नेपाल को सन्दर्भ मा यो बुद्धिजीवी शब्द र बर्ग नै हास्यास्पद अबस्थामा रहेको देखिन्छ .बुद्धिजीवी अर्थात् एउटा परिपक्व मानसिकता भएको व्यक्तित्व जो कुनै पनि बाद र दल को पिछलग्गु बन्न सक्दैन तर नेपाल मा हेरौ त बाम बुद्धिजीवी, माओबादी बुद्धिजीवी,नागरिकतन्त्री बुद्धिजीवी......दल   दल   ले जम्मा गरेका छन् बेरोजगार केहि डा . प्रा . प्रमाणपत्र धारी व्यक्ति हरु लाइ जो देश र जनता को भलाइ मा होइन आफु आबद्ध दल को भलाइ मा मात्र कुर्लन्छन .

पंचायती काल मा एक जना बुद्धिजीवी थिए हृशिकेश शाह उनले नेपाल मानवाधिकारवादी संघ खोलेका थिए उनका उप प्रमुख डा बाबु राम भट्टराई आज शिर छेदन , करंग भंगता ,खुट्टा भंगता , हात भंगता  नागरिक को सम्पति हरण ,कब्जा अनि लुट अभियान का पनि उप प्रमुख बनेका छन् कस्तो उदेक लाग्दो ?नेपाल को बुद्धिजीवी को चर्तिकला ?एक दिन  बाम बुद्धि ?एबम मानबाधिकार बादी रे ?पद्म रत्न तुलाधर ले रौतहट तिर पुगेर गाइ काटेर खाए हुन्छ भनि नागरिक को धार्मिक आस्था संबेदनशिल भावना माथि नै प्रहार गरि दिएका थिए .हसिया र हथौडा झण्डा मुनि मानबाधिकार को बखान हुने देश हो नेपाल त्यसैले त यो हालत छ नेपाल को मानबिय मूल्य र मान्यता भन्दा धेरै टाढा आदिम युग मा .

नेपाल का बुद्धिजीवी हरु को स्तर राजनैतिक दल हरु सित को पहुच ले निर्धारित गर्ने गरेको छ. सानो दल मा आबद्ध भए सानै र ठुलो दल मा आबद्ध भए ठुलै .दल र बाद भन्दा माथि स्वतन्त्र हुनु पर्छ भन्ने हरु को अस्तित्व हरण गरिएको छ .सोच ,बिबेक र कार्यसैली विरोधाभास पूर्ण छ .निस्पक्ष रुपमा देश र जनता को पक्षमा होइन आफु प्रभाबित राजनैतिक पक्ष लाइ फाइदा पुग्ने गरि लेख्छन ,बोल्छन जुलुस निकाल्दछन .बुद्धिजीवी भनेको एउटा परिपक्व सोच को मानसिकता भएको व्यक्तित्व हो भनि बुझ्ने हरु लाइ नेपाल का बुद्धिजीवी छन् भन्नु पर्दा हासो उठ्न सक्दछ .अहिले बजार मा देखिएका स्वघोषित बिभिन्न दल सित आबद्ध बुद्धिजीवी हरुको संख्या गिन्ती गर्ने हो भने र ति साच्चिकै बुद्धिजीवी थिए भने नेपाल आज यस्तो गए गुज्रेको अबस्था मा पुग्ने थिएन .

पंचायत , बहुदल र वर्तमान नागरिक तन्त्र सम्म आइ पुग्दा सयौ हजारौ यस्ता बुद्धिजीवी भेला ,बैठक ,सम्मेलन ,बक्तब्यबाजी नारा जुलुस भए  तर समस्या समाधान गरेको देखिएको छैन .बरु यस्तो लाग्दछ "समस्या छ र बुद्धिजीवी को अस्तित्व छ "बुद्धिजीवीले समस्या समाधान होइन समस्या ले बुद्धिजीवी जन्माई रहेको छ .तसर्थ समाधान होइन समस्या बढाउनु मा नै बुद्धिजीवी को स्थान कायम हुने हुदा समस्या सिर्जना गर्नु बुद्धिजीवी को काम र कर्तब्य हो समाधान गर्ने त सरकार पो हो त आज सम्म को अनुभब ले यहि नै बताई रहेको छ .समस्या खडा गरिदियो आयोग समिति बनाउन दबाब दियो अनि पो काम हात लाग्छ .

पंचायत काल मा यस्ता धेरै बुद्धिजीवी थिएनन .बहुदल आयो बुद्धिजीवी हरुको  विकासे खेति (अमेरिकी ,युरोपली.....)शुरु भयो र तेस्रो बर्ष देखि नै संसार कै उत्कृष्ठ भनिएको संबिधान मा धमिरो लाग्न सुरु भयो र १८ बर्षे उमेर मै राम नाम सत हुन् पुग्यो .समस्या हरु बढे बुद्धिजीवी हरु खुसि भए .नागरिकतन्त्र को लागि बुद्धिजिबी ले धुवाँदार आवाज उठाए नागरिकतन्त्र आयो घर घर मा बुद्धिजीवी हरुको कोठे खेति सप्रिएको छ ,उनि हरु लाइ खबरदारी गर्दैमा फुर्सद छैन .कहिले कसलाई खबर दार भन्छन कहिले कसलाई तर समस्या लाइ  खबरदारी गर्दैनन बरु पालन पोषण गर्छन .त्यसैले त आज देश झन्डै झन्डै असफल रास्ट्र घोषित हुने  अबस्थामा पुगेको छ .आर्थिक जर्जरता ,राजनैतिक अस्थिरता ,भ्रस्टाचार ,अपराध ,दण्डहीनताअनि बिधि भन्दा माथि स्वच्छन्द नेता हरु छन् र त बुद्धिजीवी हरु को पहिले भन्दा महत्व बढेको छ .देश .यो अवस्था मा पुग्दा देश मा कति बर्ण,जात ,दल अनि भाषा  समर्थित बुद्धिजीवी हरु को संख्या पुग्यो एक्किन भएको छैन तर उनि हरुको अथक प्रयास ले देश इथोपिया तर्फ उन्मुख भने भै राखेको देखिन्छ .देश को यस्तो अराजकता ,अपराध ,दण्डहीनता अस्थीरता रोक्न बुद्धिजीवी हरुले के गरे ?मुल्यांकन समय ले गर्ने हो गर्छ .


नेपाल मा साच्चिकै बुद्धिजीवी ले काम गरेको भए "मानबिय मूल्य र मान्यता "को निस्चित बाताबरण सृजना गर्थे होलान ! देश लाइ जन जाति ,भाषा अनि क्षेत्रीयता को द्वन्द्ध मा जान रोक्थे होलान !तर अहिले क बुद्धिजीवी त त्यस्ता समस्या को खेति मा रमाई पो रहेछन ?अर्थात् बढावा दिरखेका छन् .देश मा बिद्यमान अनियन्त्रित भ्रस्टाचार ,अपराध ,दण्डहीनता रोक्न बैचारिक संघर्ष चलाउथे होलान दल र नेता हरु लाइ सचेत गराउथे होलान ?तर उनि हरु त चू समेत गर्दैनन बरु दल र नेता का दास जस्ता बनेका छन् .कुनै बुद्धिजीवीले  पुर्ब राजा र राजाबादी ,कसैले माओबादी ,कसैले कांग्रेस कसैले अर्को ......लाइ गाली गर्ने ..हुर्मत लिने ठेक्का लिएका छन् .समाज र देश लाइ विभक्त पार्ने गोष्ठी सम्मेलन गरेका छन् त्यसैमा न् भएको उर्जा रित्याउन होटेल को डिनर पार्टी मा पुग्न भ्याई नं भ्याइ गरि राखेका छन् .

बुद्धिजीवी हुदा हुन् त जात भात दल अनि राजनीति बाट माथि उठी निस्पक्ष तरिकाले देश र नागरिक को लागि लड्ने थिए यिनी हरु त दल र नेता को लागि हतियार पो भैदिए बा !!!बुद्धिजीवी हरु "लोभी पापी हरु "को झुण्ड हुन् सक्दैनन तर हाम्रा बुद्धिजीवी हरु दल दल को सेवा मा लागेका छन्. 
नेपाली पोस्ट .कम मा प्रकाशित 

No comments:

Post a Comment