Pages

Thursday, December 6, 2012


कथा -मन को मोति
शेखर ढुंगेल
आशु को थोपा ...टप .....टप खस्न थाल्छन . किरण आफै लाइ प्रश्न गर्छ धत्त के भएको होला मलाइ? यस्तो सामान्य कुरा मा पनि भाबुक भै हाल्ने ?आशु नै टपकने ?अरु ले सुने भने ?गलल ..... हास्न बेर छैन .फेरी सोच्छ ल मत एक छिन  भाबुक भए आशु झरे वा एकै छिन को लागि म बहुला भए  रे तर ती साकेको (जापानिज भाषा मा परम्परागत चामल को  रक्सि   ) गिलास , फल, फुल को गुच्छा चढाएर झुक्दै स्रद्धा सुमन व्यक्त गर्ने जापानिज हरु लाइ के भन्ने ? ती म भन्दा धेरै  सभ्य छन् बुझेका छन् .किरण आशु रोक्न मन लाइ अन्तै दौडाउँन चाहन्छ उफ सक्दैन . एक्कै छिन लामो स्वास फेरेर मन लाइ स्थिर बनायो तर उसको दृष्टि एकोहोरो त्यहि सालिक माथि नै छ .

जापान को राजधानी टोक्यो शहर  को पश्चिमि भाग  को केन्द्र बिन्दु सिबुया स्टेसन उत्तरी ढोका अर्थात् जापान को  प्रसिद्ध ''हाचिको  पार्क ''मानब  सम्बेदंसिलता को एक अनुपम उधाहरण बनेर रहेको स्थान जहा पुगे पछी जो कोइ त्यो सालिक (HACHIKO) अनि त्यस माथि जापानिज नागरिक को श्रद्धा लाइ एक छिन सोच्ने हो भने भाब विह्वल न हुने मानब को होला ?आखिर किरण पनि त यहि समाज को एउटा पात्र हो भावना मा बहकियो .. रोक्दा रोक्दै उसका दुइ आखा रसाएर टपकिन .. थाले ...बगली बाट हाते रुमाल निकालेर आखा  पुछन थाल्यो

किरण टोक्यो पुगेको दुइ हफ्ता मात्र भएको थियो . घुम्ने क्रम अनि समय बिताउन उ दैनिक  एक पटक .पुग्ने गर्दथ्यो हाचिको पार्क  .किरण हुर्केको समाज र जापानिज समाज अकल्पनीय तुलनात्मक भिन्नता थियो . कहा आफ्नो कारण ले अरुले दुख न पाओस भन्ने महानता कहा अरु लाइ दुख दिएर रमाउने निर्किस्टता ! जापानिज हरु को बोल्ने मिठास , सहयोगी भावना अनि कोमल ह्रिदय देख्दा लाग्दथ्यो हामी त २०० बर्ष पुरानो अबस्था र सोच मै छौ वा के मानब बस्ति मै छौ जस्तो भन हुन्छ  .कहा मानबिय सम्बेदंन सिलता बिउ खोज्नु पार्ने समाज कहा सम्बेदंसिलता को बिसाल महासागर  ?कहा सामन्ती सोच को बुढो वृक्ष ? कहा मानबिय मूल्य र मान्यता को अग्लो शिखर ?
किरण को मन बारम्बार त्यहि सालिक शालिक वरिपरी घुमी राखेको छ .चढाएको पैसा ,फल , फुल को गुच्छा , साके को गिलास  देखेर किरण अचम्मित भएको छ .न त त्यो कुनै चाड थियो न त पर्ब ! ठुलो मन का धनि जापानिज हरु त्यो हाचिको को अदभुत ब्यबहार देखि भाब विह्वल भएर कसलाई कहिले अनुकुल हुन्छ त्यहि समय श्रद्धा सुमन स्वरुप चढाउने गर्दा रहेछन . अझ मज्जा कि  गम्भीर ? कुरो त के भने त्यसरी सालिक लाइ चढाएको फल , साके अनि खाना बाट त्यहा वरिपरी बस्ने केहि घरबार बिहिन जापानिज हरुको लागि गुजारा गर्ने स्रोत बनेको छ त्यो सालिक .

स्वार्थ ले बशिभूत भएर अर्का  को ज्यान मार्ने मानब संसार मा त्यस्तो जनावर पनि छ जो मित्र !(मालिक ) को अनुपस्थिति मा उसलाई कुरेर नै  प्राण त्याग गर्छ तर अन्त जादैन .कस्तो महान मन त्यो हाचिको  को ?सोच्दै फेरी भाबुक हुन्छ किरण .तामा रंग मा बनाइएको हाचीको को सालिक अगाडी बसेर  मित्र लाइ पर्खिएको घन्टौ बित्दा पनि किरण को मित्र  आइ पुगेका थिएनन . किरण को मन एक्कासि फेरी दशकौ अगाडी को उसको मोति को सम्झना मा पुग्छ .
किरण  ले घर मा मोति नाम को साथी लाइ पालेको थियो .एक दिन रुवाउदै मरेर गयो तर जहिले पनि त्यो प्राणी देख्छ . किरण को मन मा मोति को अनुहार नाच्न थाल्छ .अनि किरण भाबुक भै हाल्छ .

किरण को त्यो मोति जसलाई उसले आखा खुलेकै दिन आफ्नो नातेदार को घर बाट एउटा हत्केला मा राखेर सुम्सुम्याउदै , गाला मा टास्दै खुसि भएर लेराएको थियो . प्लास्टिक को बोत्तलमा दुध पियाएर आफ्नै ओछ्यान मा हुर्काएको थियो . मोति जब ठुलो भएको थियो उसमा एउटा अपत्यारिलो स्वभाब देखाउन थाल्यो . सुरु सुरु मा त बिरामी पर्यो कि भनेर चिन्ता हुन्थ्यो . प्रत्यक आइतबार मोति केहि पनि खादैन थ्यो .अरु दिन मासुको गन्ध थाहा पायो कि भान्छा वरिपरी पुच्छर हल्लेर घुम्ने मोति आइतबार भने मुख मा कोच्याई दिदा ख्याक ख्याक ... गर्दै भाग्द्थ्यो .रिसाए झैँ गरि उ अगाडी नै आउदैन थ्यो .खा न भनि उसको भाडो मा हाली दिएको खाने कुरो पनि कहिल्यै खादैनथ्यो .प्रत्यक बिहान मैले ढोका खोल्ने बित्तिकै मेरो ओछ्यान मा आएर लडिबुडी गर्थ्यो .


अति व्यस्त सिबुया स्टेशन जहा एक्कै पटक मा हज्जारौ हु रु रु, हु रु रु   आवत जावत गर्छन . सबै को हत्तारो , सधैको चटारो जापानिज हरु को दैनिकी किरण को लागि अनौठो थियो .त्यो ठुलो भिड मा एक्लो किरण मित्र को प्रतिक्षा मा बसि नै रहेको छ .अगाडी को सालिक ले किरण लाइ मोति लाइ सम्झन घच घचाई रहेको छ आखिर गरोस पनि के ? बोल्ने साथी कोइ न भए को समय मा ?

अरु भन्दा पनि किरण लाइ हमेसा उसको मोति को अन्तिम दिन हरु नै बढी याद आइ रहन्छ .मोति ले भर्खर ४ बर्ष काटेको थियो . अचानक उसको पछिल्लो भाग सिथिल भयो . खुट्टा हरु ले काम गर्न छोडे . अगाडी को दुइ खुट्टा को बल ले उ शरीर लाइ घिसारेर यता उति गर्दथ्यो .उसका आखा मा आशु तर्किन थाले . अस्पताल पुर्याएको त हो नि किरण ले औषधि ले काम गरेंन .अन्तिम दुइ तिन दिन मोति ले अचम्मै को हर्कत देखायो . जाती चोटी बोकेर उसलाई उसको ओछ्यान मा पुर्याई दियो सकी न सकी घिस्रेर बाहिर नै जान्थ्यो सुत्थ्यो .एक चोटी त गाली पनि गरे . बिचरा बोल्न सक्ने भए त मन को बिलौना गर्थ्यो होला नि ? यसो किरण को  मुख मा हेर्यो बस .उसको मृत्यु पस्चात मात्रै अनुमान गर्यौ कि मोति को अन्तस्करण ले जीवन यात्रा पुरा भएको थाहा पाई सकेको थियो त्यसै ले घर भित्र मरेर उ अगति हुन्न चाहदैन थियो होला सायद ...... हुन् पनि आइतबार आइतबार ब्रत बस्ने मोति लाइ त्यस्तो अन्तर्ज्ञान भएको हुनु पर्छ .अन्तिम दिन त्यसै गरि बगैचा मा सुति रहेको मोति लाइ बोकेर उसको ओछ्यान मा राखी दिएको थियो किरण ले  . मोति को  आशु झरी रहेको थियो .यता उति जाने होइन नि भनि हप्काउदै उसको टाउको सुम्सुम्याएर खाना आगाडी राखी दिएका थिए किरण ले  खा भने उनले  वास्ता नै गरेंन .भोक लागे खाला नि भनि किरण  सुत्न गएको थिए .
अर्को दिन बिहान नियमित ढोका मा क्यार क्यार गर्ने मोति को चाल चुल थिएँन . किरण ससंकित भए .ए मोति कता छस भन्दै उसको ओछ्यान तर्फ गए . मोतिले  टस मस नगरेको देखेर टाउको मा हात राखेर बिउझ्याउँन खोजे !!!!! मोति कहिल्यै न बिउझिने गरि सुति सकेको रहेछ . शरीर अररो भै सकेको रहेछ .किरण ले रुदै आमा लाइ बोलाए आमा मोति ..... !!! ???? के भो मोति लाइ आमा ले के भन्दै थिइन उनले देखिन मोति ले छोडेर गइ सकेछ .यस्तै हुन्छ भनेर हो मैले न पालौ कुक्कुर भनेको छोरा छोरी झैँ हुर्कायो बढायो रुवाएर जान्छन .भन्दै आमा भान्छा तिर लाग्नु भयो .किरण ले मोति लाइ  बगैचा मा लगेर गाडी दियो त्यस माथि बिरुवा रोपेको थियो अर्को दिन मोति को सम्झना मा .

त्यहि मोति को मित्र किरण आज फेरी टोक्यो को सिबुया मा रहेको हाचिको  को कथा ले भाबुक भएको छ .THE FAITHFUL DOG CHUKEN HACHIKO लाइ किन भगवान ले कुक्कुर बनाए ?किरण को मन मा प्रश्न उठ्छ .किरण को मन मा घुमी फिरी हाचिको को मित्र कि मालिक ?प्रोफेसर UENO र उसको प्रेम पूर्ण भाब को बिसालता को मापन दौडी रहन्छ .करिब ८ दशक  पुग्न लागेको त्यो हाचिको को सालिक अनि कथा कुनै सामान्य मानिस को भन्दा अतुलनीय माथिल्लो श्रेणी मा पर्दछ .प्रोफेसर र हाचिको प्रत्यक दिन स्टेसन सम्म संगै आउथे . हाचिको घर फर्कन्थ्यो बेलुका फेरी लिन आउथ्यो त्यो दृश्य त्यहा यात्रा गर्ने अरु जापानिज लाइ पनि थाहा थियो . एक दिन प्रोफेसर उएनो को  हिर्दय गति बन्द भएर कार्यालय मै जीवन लिला समाप्त भयो  . हाचिको प्रत्यक दिन उही समय मा स्टेसन आउथ्यो अनि अन्तिम रेल को समय सम्म कुर्थ्यो र घर फर्कन्थ्यो .यो क्रम निरन्तर दस बर्ष सम्म चल्यो .कसैले हाचिको लाइ उपचार गरि दिन्थे त कसैले खाना खुवाई दिन्थे . एक दिन ( 03-08-1935)  हाचिको को त्यहि स्टेसन अगाडी मृत्यु भयो . हाचिको को Loyalty देखेर प्रभाबित भाबुक जापानिज हरु ले सालिक बनाएर आज सम्म उसको सम्झना र उस प्रति श्रद्धा सुमन चढाई रहेका छन् .यो कथा ले किरण को आखा रसाएको थियो .
किरण !!! पछाडी बाट मित्र ले धाप मारे . के भो उदास जस्तो देखिन्छौ त ? माधब ले सोधे .
ठिकै छ . तिमि ढिला आएर तिमि ले मलाई मेरो अतित मा फर्कने मौका दियौ किरण ले जवाफ फर्कायो .तिमि लाइ थाहा छ यो हचिको को सालिक को कहानी ? किरण ले ४ बर्ष टोक्यो मा बिताई सकेको माधब लाइ सोधे .उह्ह किरण तिमि पनि !त्यो कुक्कुर को सालिक त  हो ! के पो जान्नु पर्यो र ?
माधब को जवाफ सुनेर किरण ले भन्यो त्यसो होइन यार यो हाचीको को कथा मनन योग्य छ . किरण ले हाचिको को कथा बताई दियो . माधब  पनि एक छिन टोलाए जस्तो भयो र भन्यो अचम्म ! यो त मानिस भन्दा धेरै गुणा .......... किरण र माधब त्यो दिन को गन्तब्य तिर लागे .

मोति मोति मोति किरण को मन को मोति ले छोडेर गएको दुइ दशक नाघी सक्यो . मोति पस्चात उसको सम्झना भुलाउने बहाना मा  मित्र बनाएर पालेको लक्की र रक्की ले समेत मोति कै बाटो पछ्याई सके तर पनि मोति लाइ भने भुक्न सकेको छैन किरण ले . त्यो मोति बोल्न सक्ने हुदो होत कत्ति ग्यान को कुरो सिकाउथ्यो होला ?किरण आफले आफै लाइ धत्त भन्छ म कहा उडी राखेको छु ?जो बित्नु बिती त  सक्यो कोइ सित कुरो गर्यो हास्छन बौलाहा जस्तो मान्छे भनेर
किरण जहिले सिबुया स्टेसन पुग्थ्यो एक पटक हाचिको को सालिक लाइ हेर्थ्यो छुन्थ्यो. धेरै पटक अरु को फोटो खिचिदियो हाचिको सित अनि आफ्नो पनि खिच्यो . मोति र हाचिको मन को मित्र बनेका छन् किरण को लागि .........



No comments:

Post a Comment