Pages

Sunday, July 12, 2020



हाम्रो सडक हाम्रो समाज
किन हुन्छ यस्तो ?
त्यहि बाटो एउटा भद्र मुस्कुराउदै हिड्छ
कसैको ध्यान जान्न चासो रहन्न
जब त्यहि बाटो
एउटा पागल निस्बश्त्र हिड्छ
सबैको ध्यान खिचिन्छ
पर पुगे पछी
उसकै नग्नताको चर्चा हुन्छ
निर्क्रिष्टता को बखान हुन्छ
अनि अस्लिल शब्द हरुको पुनर्बाचन हुन्छ
यस्तो लाग्दछ हाम्रो सडक मा
पागल हरुको माग छ
हाम्रो समाजमा पागल हरुकै राज छ
यस्तो चर्चा परिचर्चा छ कि
बिचौलिया हरु पागलको सेवामा तल्लिन छन्
हे राम पागल को कुरो नगरे
अरुको निन्द्रा नै हराउछ
एक पटक र एक दिन को कुरो होइन
पागलको अस्लिलताको निरन्तरता छ
दैनिकी दालभात र मुलाको डुकु जस्तो
मेडियामा प्रमुखता पाएको छ
अंग अंग को बर्णन छ
हाउभाउ को परिभाषा छ
अस्लिल शब्द शब्द को व्याख्या छ
झरी घाम हिउँ जे होस् पागल संगै जोडिएको छ
यस्तो लाग्दछ
पागल यो समाजको रोजगार दाता हो
उसको अस्लिलता दर्शन न पाए
कटाक्ष प्रबचन सुन्न नपाएको दिन
यो समाज स्तम्भित हुन्छ देश हराएको नागरिक झैँ हुन्छ
भोक हडताल गर्छ बिलौना गर्छ
र सहमति बनाएर त्यहि वा अर्को पागलको खोजीमा निस्कन्छ
हाम्रो सडक हाम्रो समाज हजुर आज भोलि यस्तै छ
बेसुरमा राग अलाप्ने हरुको सम्मान र मर्यादा छ
नाङ्गो बादशाह भिडमा मस्त छन् ...................