Pages

Sunday, June 3, 2018

के थाहा यहाँ समयले मानिस लाइ कहिले कहाँ पुर्याउछ 
को सङ्ग छुटाउछ को सङ्ग भेटाउछ 
कहिले रुवाउछ कहिले हसाउछ 
कहिले आफै लाइ पोल्छ यो जिन्दगि 
कहिले कसैको विस्वासमा बाच्ने गर्छ यो जिन्दगि 
एउटा बिस्वास एउटा आस्था 
समर्पण र साथले रमाउछ यो जिन्दगि 
कसैको प्रतिक्षामा पनि फक्रिन्छ मायाको जिन्दगि 
टाढै सहि दुइ शरीर धडकन त् सङ्ग संगै छ 
छाया बनि एक अर्का लाइ स्पर्श गर्दै जीवन्त छ यो जिन्दगि 

मृत्यु सम्बाद
दिलमान ब्युतियो !हँ दिलमानको लास ब्युतियो ?
ए सुन हौ गाउले हो दिलमान ब्युतियो !भर्खर 
होइन ३ /३ दिन मुर्दा भैसकेको दिलामानाको लास कसरि ब्युतियो ?ओह घोर आश्चर्य के अनर्थ हुन् लाग्यो यो गाउमा ?के कलियुग भनेको यहि हो ?मुर्दा ब्युतियो मुर्दा ब्युतियो !!
अब बित्यास हुने भयो यो गाउमा के के अनिष्ट हुने हो अब मरेको दिलमान ब्युतियो आओ ए गाउले हो आओ यहाँ बित्यास हुन् लाग्यो आओ ..
हो र भन्या साच्चिक्कै मुर्दा भएको दिलमान ब्युझियो ? हो हो साच्चै हो दिलमान मुर्दा बाट ब्युझियो  गाउमा कोलाहल भयो पल्लो गाउ सम्म हल्ला फैलियो 
बुढाबुढीहरु आफ्ना साना नानि हरु लाइ घर भित्र लुकाउन थाले .कोइ डराएर भाग्दै थिए त् कोइ ब्युतिएको दिलमान हेर्न दौडेर आउदै थिए कमिलाको ताँती जस्तो गोरेटोमा आउने र जानेको भिड लाग्न थाल्यो सबको मुखमा यहि छ मुर्दा ब्युतियो दिलामान् को   मुर्दा ब्युतियो  अब गाउमा के के बित्यास हुने भो के के अनिष्ट हुने हो ....?.

 दिलामान भर्खर ब्युतिएको थियो उ मरेको तिन दिन पछी वरिपरी तमासेको भिड लागेको थियो .बिहानीको मिर्मिरे उज्यालोमा गाउमा हल्ला मच्चियो ..मरेको दिलामान् ब्युतियो 
कसैले दिलमान सित बोल्ने सहस गर्न सकेका थिएनन मात्र ब्युतिएको दिलामान् को वरिपरी झुम्मिएका थिए  दिलमान ब्युतिएर तुलसीको मोठ अगाडी परालमा कात्रो ओढाएर राखेको अवस्था बाट कात्रो फ्याकेर उठी फलैचामा गएर बसेका थिए  तमासेहरु बढ्दै थिए .श्रीमतीले चुरा फुटाइ सकेकी थिन .सेतो बस्त्र लगाई सकेकी थिन कहिले आफ्नो हातको नाडी हेर्छिन छाम्छिन त् कहिले सिउदोमा हात पुर्यौछिन अनि एकसरो सेतो लुगा लगाएको आफ्नो शरीर लाइ के गर्नु गर्नु आपदमा पार्छिन उनि ..छोरा अनि गाउले हरु चुपचाप नै थिए .दिलमानले सबै लाइ नियाले अनि श्रीमती लाइ भने भने लौ लौ जाउ एक कप तातो चिया बनाउ त् ! टोलाई रहेकी दिलामानकी श्रीमती निशब्दनै भित्र पसिन .

वरिपरी झुम्मिएका सबैमा कौतुहल थियो अब के हुने हो ?मनमा त्रास थियो केहि पो गर्ने हुन् कि ?भुत पो हुन् कि ?अब के गर्ने होला ....
दिलमान फेरी बोले ए बुढी चिया पाकेन अझै ?भोक पनि लागेको छ छिट्टो लेउ ...
यत्तिकैमा छोरा कुलमान डराई डराई नजिक गए र काँधमा हात राखेर सोधे बा तपाइँ लाइ कस्तो छ ?ठिक हुनु हुन्छ ?हामि लाइ सम्झेर फर्किएर आउनु भएको हो ?कसरि भयो यस्तो चमत्कार बा ?हेर्नुस त् गाउने हरु भयभित भएर हेरी रहनु भएको छ 
दिलामान् ले छोरा कुलमान को हात समातेर अझै नजिक तानेर संगै बसाले अनि छोराको हात आफ्नो हातमा लिंदै भने मलाई केहि भएको छैन बाबु छोरा म एकदम ठिक छु जस्ताको तस्तै छु मेरो चिन्ता नगर ..अनि गाउले हो तिमि हरु पनि  केहि प्राबिधिक गडबडीले तिमि हरुले मलाई मरेको सोचेको होला होइन ?म ठिक छु म अझै ३५ बर्ष बाच्छु मेरो मर्ने बेला भएकोंनै छैन
छोराले भने अनि बा स्वास फेर्नु भएको थिएन नाडी रोकिएको थियो .आँखाको नानि पनि बन्दथियो  शरीर पनि त् चिसो भएको थियो .मर्नु नै भएको हो भने बैधले पनि सबैको ठहर थियो  अनि हामीले कात्रो ओढाई दिएको हो बा .कसरि यस्तो भयो त् बा .?हामीले त् कान्छो भाइले  मुग्लान बाट  बा को अन्तिम दर्शन गर्न आउछु भनेकोले मात्र न जलाएको हो बा ..

गाउले हरुले पनि अब अलि अलि त्रास मुक्त हुँदै नजिक आएर बसे दिलामानको कुरो सुन्न थाले दिलमान सामान्य थिए भुत जस्ता थिएनन हात खुट्टा बोलि जस्ताको तस्तै थियो .हाउ भाउ सामान्य पहिलेको जस्तै थियो .बुढीले चिया संगै भुटेको गंहू र सेतो भटमास अनि टिम्मुर हालेको खुर्सानीको अचार पनि थालमा राखेर लिएर आइन र आफ्नो बुढाको हातमा थमाई दिन .दिलमान स्वादले खान थाले .यत्तिकैमा पल्लो घरको साइलोको श्रीमतीले दिलमानको श्रीमतीको हात समातेर भित्र लगिन .केहि क्षणमै दिलमान कि श्रीमती पनि पहिले जस्तै चुरा धागो अनि रातो पहिरन लगाएर बाहिर आइन .सबैको मनमा खुसि छायो ...छोरा श्रीमती संगै गफ गर्दै दिलमानले भने   ए काईला ए बीरबहादुर  जाउ जाउ अब आफ्नो घर जाउ मेरो चिन्ता नगर म देखि डराउँन पनि पर्दैन  म जस्ताको तस्तै छु त्यहि हू ...केहि समय मुर्दा सरह भएको मात्र हु .जाउ जाउ सबै घर जाउ कति काम बितेको होला ?जाउ आराम गर भरे भोलि म त्यति आउछु भलाकुसारी गर्न ..
तर कोइ टसमस भएनन् ...झन् उत्सुकतापूर्वक हेरी रहे कोइ लाइ छुन मन लागेको थियो कोइ लाइ आफै बोलेर प्रश्न गर्न मन लागेको थियो .सबै मनमनै सोच्दै थिए कि यो के घोर आश्चर्य भयो ?मरेको मानिस फेरी कसरि ब्युतियो ?त्यसै बीच जेठो छोरा कुलमानले बिनम्र हुँदै सोधे  बा यो कहिले पनि न भएको भयो कतै सुनिएको समेत थिएन के भयो यस्तो सबै छक्क परेका छौ बा यो सामान्य हो त् ?यो समयमा बा कता हुनु हुन्थ्यो ?के गर्नु भयो ?केहि बताउन सक्नु हुन्छ ?

दिलामानाका छोरा कुलमानको प्रश्नमा वरिपरी जम्मा भएका दिलमानको मलामि जान आएका गाउले हरुले पनि हो मा हो जनाए ...दिलमान ले यसबेला सम्म खाज खाइ सिध्याएका थिए करुवाको पानि कल कल कल कल कल गर्दै पिए ..लामो स्वास फेरे  उनको अनुहारमा थप रौनक आयो उनि त् नितान्त चिन्ता मुक्त थिए नै .प्रसन्न मुद्रामा आफ्नो तीनदिनको यमलोक यात्रा ,यमराज सीतको सम्बाद ,चित्रगुप्त संग भएको छलफल र भ्रमण बिस्तारै बर्णन गर्न थाले 
कुनै पण्डितले पुराणका कथा सुनाए झैँ दिलमानले बडो खुलस्त अनि सरल तरिकाले आफ्नो यमलोक यात्रा लाइ क्रमश सुनाउन थाले उनले आफ्नो यात्रा लाइ सुरु देखि बेलिबिस्तार लगाए 
पहिलो दिनको कुरो हो  मलाइ यमराजका दुत् हरुले मेरो पार्थिव शरीर बाट निकालेर यमराज महाराजको बिसाल बैठकमा पुर्याए .त्यहाँ वरिपरी डर लाग्दा जंगली जनवार हरु डादा डुडु गरि रहेका थिए बिषालु सर्प हरु फडा उठाउदै यताउता कुदी रहेका थिए ओह ओह ओह कस्ता  कस्ता राक्षस हरु त्यहाँ अट्टहास हाँसोमा थिए ...यत्तिकैमा त्यहाँ यमराज महाराजको आगमन भयो जनावर देखि राक्षस सबै शान्त भए सल्बलाउन बन्द भए ..मैले यमराज महाराजको अनिहारमा हेरे ..यमराज महाराजले  सिम्हाशानामा विराजमान हुँदै हातले जुँगा मुसार्दै भन्नु भयो हे मनुवा बधाई छ तिमि लाइ मर्त्यलोकको दुखपिडा  बाट मुक्त गराई  यहाँ लेरैएको छ एउटा जुनी पार गरेकोमा बधाई छ फेरी पनि र यो मेरो यमलोकमा तिमि लाइ स्वागत छ ...
अँ मनुवा भन भन तिम्रो नाम के हो रे ?
मैले भने यमराज महाराज प्रभु दिलमान नेपाल हो मेरो नाम 
ह ?के भन्यौ रे ?
दिलमान नेपाल महाराज !
ह ?! यमराज महाराज छक्क पर्छन् र यमलोक बोलाउने समय भएको मान्छे हरुको सुची  पल्टाउन थाल्छन ह खोइ तिम्रो नाम त् छैन त् आज यहाँ आउने सुचिमा कसरि आयौ तिमि ?कसरि कसको पालो मिच्यौ ?नसक्ने भए मैले तिमि नेपालीहरु सित पालो मिच्न खप्पिस के के चाकरी चुक्ली के के गर्छौ गर्छौ  ..
मैले भने यमराज महाराज खै म कसरि भनौ ?प्रभुकै दुतहरुले कम गर्दा गर्दै च्याप्प लडाएर लिएर आउनु भयो मलाई कहाँ आउने रहर थियो र महाराज मेरो उमेर नै कति भएको छ र ?कति काम बाँकी थियो आफ्नो ....रिसानी माफ होस् महाराज !
यमराजजी धेरै घोत्लिए अनि चिच्याए होइन हौ दूतहरु हो ?के उत्पात भयो पालै न आइ कसरि आइपुग्यो यो मनुवा यहाँ ?अब स्वर्ग पठाउने कि नर्क पठाउने ? के जवाफ दिने ?कसरि नियम मिचियो मेरो राजमा ?
एक छिन  सोच मग्न भए यमराज महाराज अनि मलाई लिएर जाने दुइ दुतलाइ सोधे खोइ यो मनुवाको नाम आज आउने सुचिमा नै छैन कसरि लिएर आयौ ?
दुताहरुले झुक्दै स्पष्टिकरण प्रभु हामि बाट गल्ति हुन् पुग्यो ८९ बर्षको दिलमान लेराउन गएको हौ तर यी ३५ बर्षीय परेछन प्रदुषण कुपोषण ग्याष्ट्रिक ग्रस्त यिनी उस्तै उस्तै देखिए हामि झुक्कीयौ  घोर अनर्थ भयो प्रभु हामि हरु लाइ क्षमा गरिबक्स्योस ...
यमराज महाराजले मलाइ भन्नु भयो हे मनुवा के गर्छौ त् अब ?दुत् हरुले गल्ति गरि हाले यहि बस्छौ कि अर्को जुनी लिएर जान्छौ कि त्यहि जुनीमा फर्कन चाहन्छौ ?
मैले भने रिसानी माफ होस् !यमराज महाराज प्रभु ! मेरो इच्छाले के हुँदोरहेछ र ?जहिले मन लाग्यो त्यहिले खबरै नगरी टपक्क टिपेर लेराउने महाराज अब म के भनौ ?प्रभुको जो इच्छा !
यमराज महाराज गम्भीर हुँदै भन्नु भयो 
सुन मनुवा म पनि केहि होइन यो ब्रमाण्डका संचालक सृष्टिकर्ताको बिधि नियति लाइ निरन्तरता दिन खटाइएको एक कारिन्दा मात्र हु म इमान्दारिपुर्बक काम गर्छु ,सृष्टिकर्ताको खेल भावनामा बगेर कार्यन्वयन हुँदैन मनुवा मैले जस्ताको पनि आदेश बमोजिम तस्तै काम गर्ने  मात्र हू 
कहिले काँही यस्तो अनर्थ हुन्छ मनुवा यो समस्याको समधान अब चित्रगुप्तले गर्न सक्छन ..
महाराजको अगाडीको मेरो के सुनुवाई हुन्छ र ?
महाराज !
मेरो आसा भरोषामा बसेको छोरा श्रीमती अनि मेरो अभाबमा रोएका अरु आफन्तको अवस्था हेरी बक्स्योस त् कस्तो बेहाल छ मेरो श्रीमती छोरा रोएको सुन्नी रहनु भएको होला ?महाराज मेरा दुश्मन हासेका देखिबक्स्यो ?प्रभु मेरो गल्ति भयो त् ट्याप्प टिपेर लेराउनु परेको ?म त् महाराज कै बाहन भैसीको लागि घाँस काट्दै थिए ..प्रभुको निगाह हुन्छ भने म आफ्नै पार्थ्विब शरीरमा फर्कन चाहन्छु म मर्त्यलोक बाट मुक्त भए पनि के सच्चिक्कै भागभोग सक्किएको हो त् ?होइन भने मैले पनि त् म मार्फत   सृष्टिकर्ताको  कुनै उदेश्य बाँकि छ भने पुरा गर्ने मौका पाउनु पर्छ म अहिले मेरो घर परिवार आफन्त मेरो गाउ सबै संग सन्तुष्ट छु प्रभु अर्कोको जुनीमा फर्किन चाहन्न निगाह होस् 
मेरो कर्म भाग्य भोगे पछी मात्र बोलाउनु पर्यो यमराज महाराज 
मेरो कुरा सुने पछी यमराज महाराजले भन्नु भयो उह्ह्हह्ह् !मनुवा मेरो हातमा पनि केहि छैन म त् एक आज्ञा पालक मात्र हो यो सबै कुरो अब यसको समधान चित्रगुप्तले बाहेक अरुले गर्न सक्दैन भन्दै महाराजले चित्रगुप्त लाइ बोलाउने आदेश दिनु भयो   दुत हो जाओ चित्रगुप्त लाइ मेरो बैठकमा सिघ्रातिसिघ्र उपस्थित हुन् शन्देश दिन पठाई देओ 
र मर्त्यलोकमा यो मनुवाको पार्थ्विब शरीर जलाउन रोक ..हस जो आज्ञा महाराज भन्दै दुत हरु निस्के यमराज महाराज बाट भण्डारे लाइ बोलावट भयो ..भण्डारे ले मलाइ आराम  कक्षमा लिएर गए त्यहाँ थरिथरिका फलफुल आयुर्वेदिक जुस पिलाई दिए मलाई एक्कै छिनमा हृष्टपुष्ट बनाइ दिए सुमधुर संगीत सहित नृत्यहरु प्रस्तुत गरिएको थियो नागकंया बिशकन्या हरुको एकल अनि सामुहिक नृत्य थिए ..निन्द्रादी सोमरस के पिलाई दिएका थिए म त् भुसुक्कै निदाएछु ..एक्कै पटक झिसमिसे बिहानीमै दुइ सुन्दरी हरु आएर मलाई स्नान गराए अनि भोजन गराए त्यस पछी मलाई चित्रगुप्त रहेको बैठकमा उपस्थित गराइयो .
यमराज महाराज बाट चित्रगुप्त लाइ आदेश भयो लौ चित्रगुप्त जी हाम्रो दूतले घोर गल्ति गरे एउटा दिलमान लिन गएको अर्कै लिएर आए घोर अनर्थ भयो के गर्ने यो मनुवा लाइ के लेखिएको छ तपाइको बहिखातामा ?हेर्नु पर्यो ! यी मनुवा पुन्यात्मा हुन् कि दुष्टात्मा बनि सके हेर्नु पर्यो दुष्टात्मा लाइ त् राख्ने ठाउँ कम हुन् थाल्यो अब यिनी लाइ कसरि के भनेर राख्नु ?हेर्नु पर्यो !
चित्रगुप्तले मेरो ८४ जुनीको बहीखाता पल्टाउन थाले अधोपान्त हेरी सके पछी यमराज लाइ भने महाराज अनार्थनै भयो घोर अनर्थ यस्तो अनर्थ ?यिनको मर्त्यलोकको भोग अझै ५१ बर्ष छ .यिनी बाट अझै ५ सन्तानले जुनी लिनु छ उनि हरु बाट हामीले अर्को पुस्ताको लागि काम लिनु छ  यिनी मर्दा त् धेरै दुखि छन् कम नै खुसि छन् हामीले यिनी बाट धेरै काम गराउनु छ ..यिनको अनुभब पनि स्वर्ग नर्क कहिँ को लागि पनि अहिले उपयुक्त छैन
यमराज कडकिए !अब के गर्ने त् म बाट कसैमाथि अन्याय हुनु हुँदैन हाम्रो साम्राज्यमा बिधि बिधान परिबर्तन गर्न मिल्दैन के गर्ने त् चित्रगुप्त
 मलाई सल्लाह चाहियो .
चित्रगुप्तले विनम्रताका साथ भने माहाराज !दिलमान लाइ आज यहि ट्रान्जिटमा राखौ आज दिनभर बैतरणी पर गर्ने हाम्रा नर्क कुण्डहरुको भ्रमण गराई दिउ र भोलि झुक्किएर जिउदा रहेका ८९ बर्षिय दिलमानको प्राण निकालेर यिनको पार्थ्विब शरीरमा सारी दिउ र फिर्ता पठाई दिऊ ..
यमराज खुसि भए र दिलमान लाइ बाँकी जीवन सफलता पुर्बक बाच्ने सुभकामना दिंदै  दुत हरु लाइ चित्रगुप्तको सल्लाह बमोजिम आदेश दिए अनि आफ्नो शयन कक्ष तर्फ प्रवेश गरे 
त्यस पछी चित्रगुप्तले मलाई नर्कको भ्रमण गराउनु भयो ..त्यहाँ कोइ पाप कर्मी हरु लाइ तातोतेलमा चोप्दै निकाल्दै गरेको कतै बिषालु गोमन सर्प हरुको भिडमा चिच्याउदै थिए .कतै रगतपिप को आहालमा घाँटी घांटी आउने गरि पौडी रहेका थिए उम्कन खोज्ने लाइ नन्दी भिरिंगी राक्षसहरुले कोर्रा बर्साई रहेका थिए मलाइ देखेर आक्रमण गर्न खोज्थे तर चित्रगुप्त ज्युले हातले इशारा गरेर रोक्नु हुन्थ्यो ..
चित्रगुप्त ले मलाइ स्वर्ग र नर्क अनि यमराज महाराजको बैठकमा हुने दण्ड सजाय पुरष्कारको बारेमा सम्झाउनु भयो त्यतिकैमा दूतहरु आए चित्रगुप्त लाइ शन्देश दिए महाराज ८९ बर्षीय दिलमान भर्याग बाट लडिसके उनको प्राण यहाँ सार्न ढिला हुन् लाग्यो लिएर जानु पर्यो
यसरि मेरो समय पुरा न भएको कारणले मलाई फिर्ता पठाइयो ....दिलमानको कुरोमा थप प्रशं गर्ने साहस कसैको भएन उनको यमराज महाराज चित्रगुप्त संगको मृत्यु सम्बाद सुनेर सबै चकित भए 
अझै त्यो गाउमा दिलामान् को मृत्यु सम्बाद कथा बनेर चर्चित छ दिलामानको दोस्रो मृत्यु भएको पनि सय बर्ष नाघिसकेको छ 



इमान्दार हुनु को पासो 

कहिले काँही बिगत संझेर आफै लाइ सोध्न मन लाग्छ के दियो तेरो इमान्दारिताले ? जीवनभर दुख अभाब र संघर्ष ?समय साक्षेप र सुरक्षित अबस्थामा पनि परिस्थिति  लाइ चलाखीपूर्ण आफ्नो अनुकुल बनाउन नसक्ने मेरो कमजोरी हो वा मेरो जन्मनै इमान्दार हुन् को लागि भएको हो ?सोच्ने गर्छु र यहि एक पटक  आफु तर्फ फर्केको तिन औला ले सोध्छन तैले खोइ त् भैरब दाइको १०० रुपिया तिरेको ?  बाँकी आफ्नो इमान्दारीको केहि स्मरण उल्लेख गर्न लायक ठानेको छु 
१ सर्ब प्रथम र कहिले पनि बिर्सन नसक्ने गरि गढेको कुरो हो सार्बजनिक रुपमा (स्कुलमा शिक्षक हरुको अगाडी बोसिलो चोर बनेर  गालि खाएको ) सायद ५ कक्षामा  पढ्दै गर्दा को कुरो हुनु पर्छ अरनिको  निम्न माध्यमिक बिध्यालय दधिकोट भक्तपुर पढाइ संगै निर्माण समेत हुँदै थियो .एक दिन खाजा खाने समयमा  सिरुटारको  एक जना सहपाठी र  म डकर्मी हरुले एउटा कोठामा राखेको बोसिलो  लिएर डकर्मीको सिको गर्दै काठको  टुक्रामा बोसिलो ठोक्न थालेको थिए त्यो दृश्य एक जना शिक्षकले देख्नु भएको थियो  तर केहि भन्नु  भएको  थिएन .केहि छिन पछी घन्टी बज्यो म त्यो बोसिलो जहाको त्यहि राखी कक्षा कोठा भित्र पसे .सहपाठी त्यहि  थियो ...त्यो दिनको पढाइ सकियो म घर तिर लागे .भोलि पल्ट बिहान स्कुलमा प्राथना (राष्ट्रिय गित गाउने )कार्यक्रम सकिने बित्तिकै  मलाई प्रधानाध्यापकको कोठामा बोलाइयो र सोधियो किन बोसिलो चोरेको ?खोइ कहाँ छ ?हिजो बोसिलो चलाएको देख्ने शिक्षकले ठाडै खाइ हाले मेरो आँखाले देखेको तिमि हिजो बोसिलो चलाई रहेको थियौ बिहान डकर्मी हरु आउँदा बोसिलो देखेनन् काम रोकिएको छ कहाँ बोसिलो तुरुन्त लेराउ नत्र स्कुल बाट  निकाली दिन्छु     म  त्  पसिना पसिना   भए  रुन  थाले र भने  मैले त् त्यही छोडेर गएको कक्षा कोठामा गएको .....बढ्ता बोल्छौ  खुरुक्क  देउ बोसिलो  भन्दै हातमा रहेको निगालोको लठ्ठी तेर्स्याए बा ....मैले कान समात्दै भने मलाई थाहा छैन म बोसिलो त्यही छोडेर कक्षामा गएको हु न पत्याए  साथी लाइ सोध्नुस    अझ बढ्ता बोल्छौ खुरुक्क  फिर्ता गर्छौ  कि  तिम्रो भिनाजु हरु लाइ बोलाउ भयो अब कहाँ को कुरो कहाँ   इमान्दार मेहिनती भनेर स्कुलले छात्रवृत्ति  दिएको  बिध्यार्थी  तिमि चोर पो   ?थप्दै गए   मैले रुँदै रुँदै भने होइन होरेको छैन ....त्यहि बिचमा हेड़ सर (स्व.प्रेम प्याकुर्याल ) जाउ बोलाउ तिम्रो  साथी   लाइ   मैले त्यो सहपाठी लाइ बोलाएर लेराए    तिमि संगै थियौ रे हिजो  बोसिलो चलाउने बेलामा  तिमि लाइ त्यहि छोडी शेखर कक्षामा गएको रे तिमीले देख्यौ ?  साथीले केहि बोलेन   न बोलेको देखेर फेरी हेड सर ले  कराउनु भयो छिट्टो भन नत्र तिमि लाइ पनि निकाली दिन्छु स्कुल बाट    बल्ल उसले रुँदै   भन्यो      उसले नै स्कुलको  पछाडी रहेको बालुवाको थुप्रो मा लुकाएर राखेको रहेछ ...

२  २०४३ /४४ साल हुनु पर्छ म कालिमाटी प्रहरी चौकीमा कार्यरत थिए इन्चार्ज हुनु हुन्थ्यो  गोकर्ण बहादुर पाल पछी एस एस पी भएर अबकास हुनु भयो .त्यो दिनको घटना सम्झेर आज पनि जो सोझो उसकै मुखमा घोचो भन्ने उखान याद आउछ
एक दिनको कुरो हो  सायद तत्कालिन अबस्थामा सबै भन्दा ठुलो लुटको घटना थियो .विशालबजारको बाणिज्य बैंक वाट  दिउसो १ बजेको समयमा यू एस एड रबि भवनमा रहेको कार्यालयको तलब को लागि निकालेको रकम २ लाख ब्रिफकेस बैंकको काउन्टर बाट नै  खोसेर (लुटेर )एउटा समुहले लागेको थियो .अंचल प्रहरी कार्यालयले अलर्ट गर्यो उपत्यकाका सबै होटेल लाज चेक जांच गर्ने   साँझ पर्यो इन्चार्ज गोकर्ण पाल र म निस्क्यौ चेक गर्न   यसै क्रममा  तत्कालिन वडा प्रहरी कार्यालय ,इलाका प्रहरी हुँदै अहिले के पो भएको छ क्यारे जति नाम फेर्यो त्यति बदनाम बन्दै गएको नेपाल प्रहरी ..अर्थात  कालिमाटी वडा प्रहरी कार्यालय को ठिक पछाडी रहेको लक्ष्मी लजमा पुगेको  थियौ .यात्रीको सुची हेर्यौ  सबै बनारस पटना मोतिहारी का थिए ..इन्चार्ज पालले भन्नु भयो तपाइँ माथिल्लो तला हेर्नुस  म पहिलो तला हेर्छु 
एउटा कोठामा ढोका खुल्ला थियो  ५ जना लहरै ५ वटा खाटमा  सुतेका थिए  बोलाए ब्युझाए कोइ  बोल्दैनन सबै अत्यधिक रक्सि पिएर सुतेका रहेछन ..खाट मुनि हेरे एउटा सानो कालो ब्याग देखे  खोलेर हेरेको त् हज्जार हज्जार नोटको एक बिट्टा र केहि  भारतीय रुपिया रहेछ ...मैले तत्काल  इन्चार्ज लाइ बोलाए  नोटको प्रकृति हेर्दा अस्वाभाविक नै थियो शंका लाग्यो  र अर्को कोठा चेक गर्दा  अन्य तिन जना त्यस्तै अबस्थामा देख्यौ लजको कर्मचारी संग सोध्यौ सबै संगै आएका रहेछन  शंकाले थप नजिक पुर्यायौ .सोधपुछ गर्यौ कोइ के भन्थे कोइ के सबै बेहोसी जस्तो  हामीले नोट गन्यौ त्यहि ९० हज्जार रहेछ .ति सबै लाइ वडा प्रहरी कार्यालयमा लिएर गयौ .ब्रिफकेस लुटिने एन के प्रधान लाइ फोन गर्यौ नोटको हुलिया बतायौ उनि आए र भने हजुर नोट यहि हो .हाम्रो अधकल्चो काम लाइ उनले सफलता ठाने र तत्काल भने हजुर यो दुइ लाख भेट्टाए पछी म हजुर हरुको ट्वाइलेट  खराब रहेछ त्यो बनाइ दिन्छु  पाल सर ले भन्नु भयो हामीले हाम्रो काम गर्दैछौ  ..हामि तपाइँ संग केहि माग्दैनौ
कुटपिट धम्कि आदि इत्यादि जे गर्दा पनि उनि हरुले आफ्नो नाम र ठेगाना बताएनन मात्र बनारस र पटना बाट आएको  यहि भेट भएको एक अर्का लाइ चिन्दिनौ भने अंचल प्रहरी र अपराध अनुसन्धान शाखा हनुमानढोका लाइ तत्काल खबर गरेका थियौ सोधपुछ गर्दा गर्दै रातको १ बज्यो उनि हरु कोइ काम्ने कोइ मुख बाट फिज निकाल्न थाले  ...अनि हामीले अब भोलि  बिहान थप अनुसन्धान गर्ने भनेर खाना खाएर सुत्यौ 
भोलिपल्ट बिहान ६ नै बजे अंचल प्रमुख अच्युत चालिसे र अनुसन्धान प्रमुख भरत जी सी वडामा आएर इन्चार्ज र मलाई समेत थाहा नै न दिएर  उनि हरु लाइ कुटपिट गरेर बकाइ सकेछन  बाँकी एक लाख बल्खु विष्णुमति खोला पुल मुनि बालुवामा लुकाएर राखेको रहेछन त्यो पनि लेराइ सकेछन र  हामि लाइ उठाउदै भने हेर सुति रहेका छौ अझै यस्तो ठुलो घटनामा अनुसन्धान गर्नु पर्दैन ?हप्की दप्की लगाए अनि भने खोइ ब्रेकफास्ट को व्यवस्था छैन ?म स्वयम् मोटरसाइकलमा जवान लाइ साथमा  लिएर  गै  रन्जना न्युरोड पुगेर जेरी पुरी हलुवा किनेर लेराए फर्केर आउछु त्  भरत जी सी तत्कालिन प्रहरी निरीक्षक म सङ्ग जंगीए  खोइ पैसा पुरा छैन त्  उनि हरुको  अनुसार पैसा तिमि ले गनेको रे    कति पैसा कमि भयो ?मैले सोधे भारु ३ सय पुगेन   मनमा न राम्रो लाग्यो आफुले इमान्दारीपूर्वक काम गर्दा बगलीमा सबै पैसा हालेर चुपचाप  बसेको भए  भोलि पल्ट ति लुटेरा हरु आफ्नो बाटो लागि हाल्थे ....तर   भयो   उल्टो    म फेरी एक पटक जवान लाइ साथमा लिएर  लक्ष्मी लजमा गए झोला भेटेको खाट मुनि हेरे  आखिर त्यो पैसा त्यहि खसेको रहेछ ....लेराएर दिए ...चुपचाप लागे सबै ..
त्यैबेला इन्चार्ज पाल सरले अंचल प्रमुख चालिसे लाइ भन्नु भयो सर हाम्रो जवान को ट्वाइलेट अत्यन्त खराब छ बजेट छैन एन् के प्रधान जी ले बनाइ दिन्छु भन्नु भएको छ भन्नु भयो चालिसेले  भने धेत्त धेत्त प्रहरीले  आफ्नो काम गरे बापत त्यस्तो पैसा लिनु हुन्छ ?धेत्त    भने      र ति सबै लाइ पैसा सहित हनुमानढोका  लिएर गए  एन् के प्रधान जी पनि साथै जानु भएको थियो
पछी थाहा भयो अच्युत चालिसेले त्यस बेला कतै फेला वा बरामद भएको भगवतीको मुर्ति को लागि मन्दिर  बनाउने भनेर  एन के  प्रधान संग पटक पटक गरि ५० हज्जार लिए छन् पछी एन के जी प्रधान जी ले हामि लाइ भन्नु भएको थियो ..उल्टो जेरी सवारी ह्लुवाको  १५० रुपिया आफ्नो खर्च भयो   तर इमानदारीपूर्वक काम गरे बापत धन्यवाद दिएनन   
३  अर्को झन् हाँस उठ्दो र मुर्खता इमानदारीको  छ सम्झन लायक ४२ /४३ सालको हुनु पर्छ रामराजाले बम काण्ड मच्चाए पछी थानकोट घाटीमा अस्थायीरुपमा रुपमा प्रहरी चेक पोस्ट स्थापना गरिएको थियो र  उपत्यकाको  बिभिन्न इकाई बाट २/३ महिनाको लागि काजमा प्रहरी खटाइएको थियो .मेरो पनि पालो आएको थियो इन्चार्ज  हुनु हुन्थ्यो प्रहरी नायब उपरीक्षक म सहायक थिए .एकदिन बिहान ४/५ बजेको थियो काकडभित्ता बाट एउटा रात्रि बस आयो त्यो बसमा म स्वयम् ले चेक गर्न  चढे माघ महिनाको जाडोको समय थियो त्यसैले म सकेसम्म यात्री लाइ बाहिर निकाल्ने गर्दैनथे र सहायक हरु लाइ पनि सकेसम्म तल नझार्नु भनेर आदेश दिएको थिए .मेटल डिटेक्टर लिएर चेक गर्दै थिए .एकजना यात्रुको कांखीमुनि  ट्या ट्या गर्यो  के हो  भनेर  सोधेको  बच्चाको  खेलौना हो हजुर  केहि होइन भने ति यात्रीले   तर आफ्नो लागि शंका नै ठुलो हुन्थ्यो  मैले भने निकाल्नुस बाहिर उनले कानमा भने सर खेलौना हो छोदिनुस न भन्दै मेरो हातमा नोटको मुठो थमाउन खोजे   आफु लाइ पुगी हाल्यो  त्यो नोट सहित  उनलाई कठालोमा समातेर बाहिर निकाले पैसा गनेको त् ५३ हज्जार रहेछ सहायक लाइ इन्चार्ज बोलाउन पठाए वहा अलि माथि अस्थायी टेन्टमा सुत्नु हुन्थ्यो आउनु भयो ..के भयो भनेर सोध्नु भयो मैले उनले खेलौना भनेको चिज देखाए जीवनमा कहिले देखेको भए पो  वहाले भन्नु भयो यो त् गैंडाको खाग जस्तो छ यात्रीले  भने होइन हजुर यो खेलौना हो नक्कली  हो हजुर मैले काकडभित्ता मा किनेको म तीर्थयात्री हु किन दुख दिनु हुन्छ अरुण गुरुङ डीएस पी साहेब पनि सोझै मानिस लौ त्यसो भए तपाइँ यो यहि छोडेर जानुस हामि हनुमानढोका पठाएर चेक  गर्छौ ......त्यो मानिस बुर्कुसी मार्दै  बसमा चढ्यो .वहा फेरी सुत्न जानु भयो मैले एक जना सहायक लाइ त्यो खेलौना भनेको चिज हनुमानढोका मा बुझाउन पठाए 
दुइ दिन पछी त् हनुमानढोका अपराध अनुसन्धान कार्यालयको लामो चिठ्ठी पो आयो यो सामान को चेक गर्ने को हो कसको लापर्वाहिले किन के कति कारणले अभियुक्त लाइ छोडियो कार्यवाही किन नगर्ने ?हेहेहे डी एस पी अरुण गुरुङ साहेब र म मुख हेराहेर गर्यौ त्यो मान्छे ले वहा लाइ पनि कानमा कुरो नगरेको होइन तर ...खाइ न पाई ...केहि दिन काठमाडौं बाट बाहिर जाने सबै सवारी साधन चेक गरियो   त्यो यात्री थोडै म जस्तै मुर्ख थियो होला र फर्केर त्यहि बाटो आओस जब कि उसंग प्रसस्त पैसा थियो ...प्लेन बाट उड्यो होला सायद ..केहि दिन पछी इन्चार्ज र मलाई काज फिर्ता बोलाइयो हामीले कुनै बेइमानी नगरेको कारण कुनै कार्यबाही भने भएन  धेरै पछी पनि कतै अरुण गुरुङ सर लाइ भेट्दा हामि हास्थ्यौ  आफ्नो इमान्दारी  र मुर्खता संम्झेर 
४ इमान्दारीको अहमताले निम्त्याएको अर्को बितण्डा झनै सम्झना लायक छ ४७  सालको कुरो हो म बालाजु इलाका प्रहरी कार्यालयको प्रमुख थिए बहुदलीय ब्यबस्था पुनर्स्थापना पश्चात पहिलो ससदीय निर्वाचन को तयारी थियो संबिधान निर्माण भएको थियो .
नवरात्री सुरु भएको थियो .एकदिन  बिहान ७/८ बजे एकजना व्यक्तित्व नमस्कार गर्दै मेरो कार्य कक्षामा प्रवेस गर्नु भयो .मैले उठेर वहाको स्वागत गरे .कोइ आगन्तुक आएको बेलामा प्राय म आफ्नो कुर्सीमा बस्दैन थिए /आगन्तुक संगै बस्ने गर्थे .वहा लाइ पनि संगै बसौंन र चिया पियाउँन  सोच्दै थिए वहाले आफ्नो परिचय समेत दिनु भएन र भन्नु भयो म धेरै बेफुर्सदी थिए सर पनि आउनु भएन र म आफै आएको भन्दै मेरो हातमा दशैको शुभकामना कार्ड सहितको खाम राखी दिनु भयो .मैले खोलेर हेरे .खाम भित्र ५ सयको ४ वटा नया नोट रहेछ अर्थात २ हज्जार रुपिया मैले सोधे के हो यो ?वहाले भन्नु भयो दशैँ खर्च सर    उफ्फ़ आज सम्झन्छु त्यो मेरो मुखातापूर्ण ब्यबहार अनि मेरो साहस  सायद मुर्ख भएरनै होला बल आएको पनि ...मैले वहाको कठालो समातेर  बाहिर धकेल्दै भने के सोचेको ?के म खान न पाएर प्रहरीको जागिर खान आएको सोचेको ?बाबुको एउटा छोरो बुझिस जा कटुन्जेमा गएर  बुझ मलाई दशैँ मनाउन तिम्रो खर्च चाहिन्छ ?भन्दै बाहिर  पठाई दिए ....
पछी घुमुवा प्रहरी लाइ सोधे को मान्छे हुन् उनि  घुमुवा प्रहरीले भने सर उनि पुर्ब सहायक अन्चालाधिस हुन् मेघा उल (बालाजु औधोगिक क्षेत्र )का निर्देशक हुन् ..तिनै घुमुवा बाट  थाहा भयो   म भन्दा अगाडिकै सबै प्रमुख हरु प्रत्यक कारखानामा गएर हजुर दशैँ आयो घरमा केटाकेटी छन् प्रहरीको जागिर ले कसरि  दशैँ मनाउनु भन्दै  दशैँ खर्च उठाउने गर्ने गरेका रहेछन .त्यहि परम्परा धान्न म कतै न गएको कारण उनि आफै आएका रहेछन ....पछी थाहा भयो उनले हनुमानढोकाका तत्कालिन प्रमुख कुमार कोइराला लै भनेका रहेछन मेरो जीवनकालमा आज सम्म यस्तो इमान्दार प्रहरी भेटेको छैन मैले गरेको दुर्ब्यबहार लाइ पचाएर मेरो प्रसंसा गर्नु भएको रहेछ ...





Saturday, June 2, 2018

चर्चा जेठी दुलहीको
केहि समयहफ्ता  पहिले बेलायती राजकुमार ले आफु भन्दा ४ बर्ष जेठी चर्चित कलाकार  लाइ दुलही बनाए त्यो भन्दा केहि महिना अगाडी ७० जवान दुलही संग ३९ बर्षिय जवान दुलहाले बिहे गरेको खबरको  भिडियोले  सामाजिक संजालमा निक्कै ठुलो चर्चा पाएको थियो .एक जमानामा निक्कै चर्चित एबम ख्याती कमाएकी नायिका मनिषा कोइरालाले आफु भन्दा १० बर्ष कान्छो दुलहा संग बिहे गरिन  फ्रेन्च राष्ट्रपति इमानुयलले आफु भन्दा २४ बर्ष जेठी सम्बन्ध बिच्छेद भएकी आफ्नै शिक्षिका सङ्ग  बिबाह गरे . यी र यस्ता त् पछिल्ला प्रतिनिधि पात्र मात्र हुन् इतिहास का धेरै कालखण्डमा यस्ता बिबाह भएका छन् र नया कुरो पनि रहेन तर  यहाँ चर्चा गर्न लागेको प्रशङ्ग केहो भने शास्त्र देखि बर्तमान सम्म संसारको सबै समाजमा स्वाभाविक रुपमा जेठो दुलहा र कान्छी दुलही हुने सामान्य नियम वा मान्यता रहेको देखिन्छ तर अस्वाभाविक रुपमा जेठी दुलही र कान्छो दुलहा भएको बिषय भने चर्चामा आउने गर्छ .
 स्वाभाविक वा प्राकृतिक रुपमा रहेको कान्छी दुलही जेठो दुलाहा हुने सामाजिक परम्परा लाइ तोड्दै जेठी दुलही रोज्ने वा कान्छो दुलाहा रोज्ने कारण के के हुन् सक्छ ?सामाजिक बहसको बिषय पक्कै हो र हुनु पर्छ र भएको छ .समाजमा यस्ता धेरै घटना हरु छन् बढी उमेरका धनाढ्य महिला हरुले आफ्नो घरमा काम गर्न राखेको सहायक ,सवारी चालक देखि बिजुली बत्ति बनाउन आउने टेलिफोन बनाउन आउने कम उमेरका युवा हरु आफ्नो योन तृष्णा मेटाएको देखि बर्तमानमा जवान युबा लाइ भाडामा लैजाने वा पाल्ने प्रवृति पनि हाम्रो समाजमा पनि  बढी रहेको चर्चा छ .यहाँ सम्म कि बिहे नै गरेको झैँ घरमा लगेर पाल्ने समेत गरेको देखिएको छ तर त्यस्तो  उमेरले जेठी दुलही र कान्छो दुलहाको  बिहे एकाध बर्ष मात्र टिकेको पाइन्छ  हाम्रो समाजमा एक चर्चित कलाकार लाइ बिबाहित र सम्बन्ध बिच्छेद गरेकी ब्यबसायी  जेठी दुलहीले घरमा लगेर पालेको तर दुइ बर्ष पनि त्यो सम्बन्ध टिक्न सकेन .यहाँ प्रश्न  उठ्छ आज सम्म बिस्वमै  किन दुलहीले बिहे गरेर दुलहा लाइ आफ्नो  घरमा लैजाने परम्परा बसेंन ? किन महिलाको सम्पति वा कमाइमा निर्भर हुन् बिस्वको कुनै समाजको  पुरुषले ले स्वीकार गर्न सकेको छैन ?दुलहा भन्दा दुलही २० बर्ष कान्छी हुन् नहुने मुलुकी ऐन बनाउने हाम्रो समाज त् झन् जेठी दुलही कान्छो  दुलहा प्रवृति लाइ लै सहजतापुर्बक लिने कुरो पनि भएन 
के हुन् सक्छ त् जेठी दुलही र कान्छो दुलहाको बिहेको कारण सामाजिक आर्थिक सास्कृतिक परम्परा संग जोडिएको यो प्रशङ्ग ले समाजमा उठाएका केहि प्रश्न हरु यस बिषयमा अमेरिका युरोपका धेरै प्राध्यापक हरुको बिष्लेषण अनुसार केहि यस्ता तथ्य हरु वा कारण  रहेको निष्कर्ष निकालिएको छ .
१ सम्बन्ध बिच्छेद भएका वा बहु पुरुष संग शारीरिक सम्बन्ध राखेका वा राख्ने गरेका महिला हरुले आफ्नो योन तृष्णा मेटाउन नै आफु भन्दा कम उमेरको दुलहा वा योन सम्पर्कको लागि कम उमेरको  पुरुष  साथि रोज्ने गरेको देखिन्छ उमेरले  जेठी दुलहीले आफ्नो  योन तृष्णा तृप्तिको लागि कम उमेरको केटो खोज्ने र उसको व्यवहार अतिनै मायालु  र योनक्रिडा अतिनै आक्रामक  र सदभाबपूर्ण हुने वा रहने भएकोले कम उमेरका दुलहा एक पटक सम्पर्कमा आए पछी निकै प्रभावित हुने कारण नजिकिने गरेको देखिन्छ .यस्तो बिबाह वा सम्बन्धमा जेठी महिला नै योन क्रियामा बढी सक्रिय वा पहिले अगाडी बढ्ने गरेको भुक्तभोगी हरु संगको छलफल बाट बुझिएको छ 
२  उमेरले जेठी दुलही प्रतिको आकर्षण योन तृष्णा सम्पतिको लालच वा चर्चित हुने  सोचले प्राथमिकता पाएको हुन् सक्छ जुन दुवै पक्षमा लागु हुन्छ त्यसैकारणले होला  आफु भन्दा गरिब  र जेठी महिला सङ्ग बिबाह वा योन सम्पर्क साथि बनाएको भने कतै भेटिएको छैन 
३ -केहि युवक हरुले आफ्नो आर्थिक दुरावस्थाको सुधार वा मुक्तिको लागि आफु भन्दा जेठी सङ्ग प्रेम वा बिबाहको वा सम्पर्क समयको लागि लालायित भएको पनि अध्ययनले देखाएको छ त्यस्ता युवकले बिधवा वा सम्बन्ध बिच्छेद गरेर बसेकी आफु भन्दा जेठी महिला लाइ प्रेम जालमा पारेको देखिन्छ केहि नेपाली युवाहरुले पनि अमेरिका अस्ट्रेलियामा आफु भन्दा धेरै बढी उमेर कि महिला सङ्ग बिहे गरेका छन् त्यसको पछाडी एकल महिलाको अगाध सम्पति को लालच आफ्नो दुरावस्था बाट  र स्थायी कागज बनाउने अभिष्ट नै प्रमुख कारक रहेको देखिन्छ 
४ लामो समय सम्म  पुरुषको सम्पर्कमा रहन असफल वा अनिच्छुक  तर अत्यधिक योन तृष्णा ले विक्षिप्त जेठी महिलाले आफु भन्दा कान्छो दुलहा वा योन सम्पर्क साथी प्रतिको चाहना रहेको क्यालिफोर्नियाका एक समाजशास्त्री एबम प्राध्यापक बताउछन 
५ -योन तृप्ति र रोमान्स नै आफु भन्दा कान्छो दुलहा रोज्ने अर्को  प्रमुख कारण हो जसलाई कथित प्रेमको झुठो संज्ञा दिने गरिन्छ तर धेरै घटनाको अध्ययन ले स्पस्ट पारि सकेको छ कि यस्तो बिबाह वा सम्बन्ध लामो समय न गएको  र अस्थायी प्रकारको भएको देखिन्छ 
६ -केहि जोडीमा भने दुबैमा फरक उमेरको सङ्ग अर्थात जेठी महिला र कान्छो पुरुष सङ्गको योन सम्पर्क को अनुभब बटुल्ने चाहना मात्र पनि रहेको खुलेको छ 
७ -कुनै घटनामा भने आफुले मन पराएको आफु भन्दा जेठो पुरुषले अपहेलना गरेको वा तलाई कसले पत्यौछ ?भनेको वा बेवास्ता गर्दा "इगो "साध्न पनि प्रलोभन मा पारेर आफु भन्दा कम उमेरको केटा सङ्ग बिबाह वा योन सम्पर्कको लागि साथी बनाएको पनि देखिन्छ  तर पनि उमेरको धेरै फरकको कारण एक अर्काको रुची वा सोखमा समेत फरकपन हुने भएकाले यस्तो प्रेम वा सम्बन्ध दिर्घकालिन न रहेको देखिन्छ 
८ -केहि घटना भने आफु लाइ हेर्ने सहयोग गर्ने आफु सरहको पुरुष साथी न पाउदा निरास भएर पनि आफु भन्दा कम उमेरको केटो लाइ प्रभावमा पारेर बिहे गरेको वा संगै बसेको देखिन्छ .यस प्रशङ्गमा भने जेठी महिला हरुको शारीरिक आकर्षण  र सम्पति एबम  चर्चित  व्यक्तित्व हुनुको कारण कम उमेरको पुरुष हरु लालायित भएको देखिन्छ .
९ कतिपय घटनामा  भने  आफुले रोजेको  वा मन परेको  आफ्नो सामनाको  केटीले  धोका दिएको   सम्बन्ध  बिच्छेद  भएको  कारण योन निरासा वा विक्षिप्त भएका युवा हरुले पनि आफु भन्दा  जेठी महिला सङ्ग सम्पर्क राख्ने गर्दा रहेछन त्यस्तो महिला प्राय बिधवा वा सम्बन्ध बिच्छेद गरेर बसेकी लाइ प्रभावमा पार्दा रहेछन जुन दुबैको अस्वाभाविक योन तृष्णा मेटाउने अभिष्ट मात्र भएको सम्बन्धित बिषयमा अध्ययन गरेका  बिस्व बिध्यालयहरुका प्राध्यापक हरुको निचोड छ. योन तृष्णाले विक्षिप्त महिला हरु सजिलै जवान पुरुष हरु प्रति आकर्षित  हुँदा रहेछन जसरि आफु भन्दा धेरै कम उमेरकी युवती प्रति पुरुस विक्षिप्त रुपमा आकर्षित हुने वा योन लालच राख्ने गर्छन .यस्ता बिबिध कारण हरुका पछाडी जेठी महिला र कम उमेरको पुरुषको बिबाह भएको घटनाहरु छन्  सामान्यया  जेठी दुलही सुन्दरता प्रति आकर्षण ,वा चर्चा वा सम्पति प्रतिको लालच वा पागलपन हो भन्ने हरुको कमि छैन . प्रेममा उमेर बाधक हुँदैन भन्ने हरु पनि छन् तर केहि बर्ष पछी टुट्ने त्यो वा त्यस्तो बिबाह पागलपन नै हो भन्ने हरु कै बहुमत देखिन्छ कैयौ बिधवा वा सम्बन्ध बिच्छेद गरि बसेका एकल महिला हरुले एक वा दुइ भन्दा बढी योन सम्पर्कको लागि साथी बनाएको वा घरमा कुनै बहानामा राखेको वा कार्यालयको सहकर्मी सङ्ग आफ्नो चाहना पुरा गराएको  पाइएको छ हुन् त् हाम्रो भन्दा योन बिषयमा स्वतन्त्रता भएको समाजमा योन तृप्तिको लागि बहु साथि राख्ने वा बनाउने वा भाडामा बोलाउने प्रसङ्ग नया पनि होइन . 

 - बिस्वब्यापी रुपमा नै दुलही जेठी न भएर कान्छी नै हुने वा हुनु पर्ने परम्पराको पछाडिको कारण के हो ? प्रसिद्ध  बिस्वबिध्यालय हरुका सम्बन्धित  बिज्ञ धेरै प्राध्यापक वा केहि प्रबुद्ध व्यक्तित्व हरु को अध्ययन अनुसन्धान एबम समबन्धित पात्र हरु सङ्ग  छलफल गर्दा यस्तो निष्कर्ष निस्किएको हो .
 -सामान्यतया समाज वा व्यक्तिगतरुपमा  पुरुष बिबाह पश्चात आफ्नी श्रीमतीको संरक्षकत्व वा जिम्मेवारी बहनकर्ता वा  संरक्षण भरपोषण लगायतका सबै जिम्मेवारी बहन गर्नु अनिबार्य  र नैतिक दायित्व सोच्छ तर जेठी दुलहीले के  आफु भन्दा कान्छो सङ्ग बिहे गरे पछी त्यो दायित्व निर्वाह गर्छन त् ?वा आफु भन्दा कान्छो दुलहा बाट परम्परागत सुरक्षा र संरक्षण खोज्छन ?उमेर  संगै अनुभब र भोगाईले आफु भन्दा कान्छोको भर पर्नु वा सुरक्षा र संरक्षण खोज्नु के प्राकृतिक न्याय वा परम्परा अनुरुप हुन्छ त् ?वा कान्छो  उमेरको दुलाहाको सुरक्षा संरक्षण अनि भरण पोषण गर्छन ?वा उमेर ले जेठी दुलहीको सुरक्षा संरक्षण गर्ने दायित्व बहन गर्ने कि नगर्ने ?सोचाइमा हुने फरकपनले यस्तो बिहे दिर्घकालिन हुन् नसक्ने हुन्छ ५ बर्ष सम्मको अन्तर लाइ मानसिक रुपमा समान र समझदारीमा एक रुपता हुन् सक्ने र सो भन्दा बढी जेठी दुलही र कान्छो उमेरको दुलहा बिचमा ब्यबहारिकतामा समझदारी हुन् नसक्ने सम्बन्धित बिज्ञ हरुको राय छ 
 समाजशास्त्री एबम मनोबिद हरु भन्छन सामान्यतया दुलहा र दुलहीको उमेर धेरै फरक हुनु हुँदैन सोच र मानसिकता समानता हुनु उमेर फरक हुँदा सोचाई को  धार फरक हुन्छ त्यसैले सक्दो नजिक फरक उमेरको र बढी उमेरको दुलहा कम उमेरको दुलही बिहे गर्ने परम्परा चलेको हो कारण बिस्वको कुनै पनि देशको कानुनले दुलहा लाइ दुलही प्रति सुरक्षा संरक्षण को जिम्मेवारी बहन गराउने अनिबार्य नीति बनाएको छ र  दुलही बनेर दुलाहाको घरमा जाने भन्ने नै छ र त्यसको अर्थ पुरुषले   दुलहीको सम्पूर्ण दायित्व निर्वाह गर्ने  वा उठाउने भन्ने पनि  हो .अर्को शब्दमा श्रीमान श्रीमतीको अभिभाबक पनि हो उमेरको हिसाबले अर्को लाइ सम्मान र मर्यादा गर्ने सामाजिक नियम हो यस अर्थले पनि हिजो देखिनै कम उमेरको दुलही र बढी उमेरको दुलहाको परम्परा बसेको हो .तसर्थ  जेठी दुलही र कम उमेरको .दुलहाको बिहे अस्वाभाविक र प्राकृतिक नियम बिपरित हो . कम उमेरको दुलहाले खोज्ने आफ्नो आर्थैक सहजता र बढी उमेरकी महिलाको योन तृष्णाको लालचा भन्दा धेरै उमेर फरक जेठी दुलही र कान्छो दुलहाको सम्बन्धको  बिशेष रुपमा कुनै त्यस्तो अपबाद बाहेक अर्को कारण न रहेको बिज्ञ हरुको अनुसन्धान बाट थाहा भएको छ .

Timile sajayeka tasbirharu

हो स्वतन्त्रताको मुल्य महँगो रहेछ 
नियालेर हेरे चिह्याएर हेरे तिम्रो मुटु स्पर्श गरे 
तिम्रो स्वतन्त्रता तिम्रो अधिकार  तिम्रो स्वाभिमान 
रात परे पछी रुँदो रहेछ 
तिम्रो अभिमान देखेर निन्द्रा समेत  टाढा भाग्दो  रहेछ 
सबै माथि विश्वास उठेको तिम्रो मनले 
तिमि लाइ नै  भित्र भित्रै जलाई रहेको रहेछ 
आफ्नो भन्ने  बाट टाढा पुर्याएको रहेछ 
माया गर्ने बाट टाढा पुर्याएको रहेछ 
आऊ म साथ् दिन्छु आत्मसम्मान सहित 
निन्द्रा तिम्रो फिर्ता लेराइ दिन्छु 
जलेको त्यो मनमा मेरै आँशु पोखाइ शितल दिन्छु 
भनेको छु /हु  मैले सुन 
अभिमानको आयु तिम्रो भन्दा छोटो हुन्छ 
पश्चातापको ज्वाला उपहार दिएर उ त् बिदा हुन्छ 
होला तिमि संग सबै आडम्बर 
तिमो स्वतन्त्रता 
स्वयमको र समाजको मर्यादा बन्न सक्नु पर्छ 
रातको निन्द्रा भागे पछी  त्यसको के मुल्य रह्यो 
एकान्तमा एक्लै आफै सङ्ग हार्ने त्यो  अभिमान के गर्नु ?
घरि घरि चुनामी उठ्दो रहेछ मनमा 
कतै टेकेको धरातल भास्सिने त् होइन 
देखे मैले तिम्रो स्वतन्त्रता र अधिकार गहिराइ बाट 
जिन्दगि सिमलको भुवा झैँ तितर बितर भएको रहेछ  
नियन्त्रण गर्छ त्  जिम्मेवारी पनि उठाउन सक्छ  
सुरक्षा र संरक्षण को  जिम्मा पनि त् उसकै हुन्छ
नियन्त्रण भित्र अपनत्व थिएन ?खोज्यौ एक पटक !?  
तर 
तिम्रो स्वतन्त्रताले उ त् जिम्मेवार मुक्त भयो 
तर तिमि !!
स्वाभिनामको आडम्बरमा मानसिक  तनाव बोक्न थाल्यौ 
चाटुकदार तिम्रा कुरा अनि अट्टहास ले भ्रम मात्र छर्यो 
म पहाड हु भन्छ्यौ   
हा हा ह हा तिम्रो आँखा भित्र बगी रहेको गण्डकी कोशी 
तिमीले  लुकाउन खोजेर  लुक्छ नै कहाँ र ?
अनि  
तिम्रो मन भित्रको चिच्याहट बुझ्न गाह्रो छैन 
दिनभर नक्कली हाँसो बाँडेर
साँझमा चिच्याउने ,निन्द्रा संग सम्बन्ध बिच्छेद  गर्ने 
तिम्रो स्वतन्त्रता स्वाभिमान  कतै स्वच्छन्दता त् होइन?
तिम्रो स्वतन्त्र हुने अभिमानले मुन्टो लुकाउने आधार  गुमायौ कि ?
आफ्नो को हात छोडेर खेलौना व्यापारीको मा पो पुग्यौ कि 
महसुस भयो होला कति महङ्गो रहेछ स्वतन्त्रता ....
एक पटक निन्द्रा लाइ सोध त्यसको मुल्य 
एक पटक तिम्रो आँशु पुछिदिने  सिरानी लाइ सोध 
यहाँ स्वतन्त्रताको बलात्कार आफै गरि रहेछन 
स्वतन्त्रताको भाखा फलाक्दै लामो सुइया लिन्छ्यौ
भित्तामा टाउको ठोकेर मेरो भाग्य किन यस्तो भन्छ्यौ 
मनभरी पीडाको भकारी बोकेर
भिडमा एक्लो एक्लो महसुस गर्दा कस्तो  पिडा हुन्छ ? 
हात र पाउ (सुरक्षा र संरक्षण )बिनाको अर्ध शरीर मा 
सुन्दरताको लेपन को के अर्थ  सोच त् एक पटक?
जसले सांझ पर्दा एक्लो गराउने गर्छ 
मेरो स्वतन्त्रता मेरो अधिकारको माला जप्दा जप्दै 
 तिमि लाइ एक्लो एक्लो बेसहारा बनाएको छ  
अव्यक्त तिम्रा अनुराग अनि भोक दयाको सागर बनेको छ   
 निन्द्राले तिमि लाइ घृणा गर्छ रात परे पछी छोडेर जान्छ 
 तनावले तिमि लाइ कैद गरेको छ 
सुम्प तिम्रो अभिमान अगाडी उभ्भिएको  विश्वास लाइ 
आफ्नो भनेर  अंगालोमा  बाँध 
बिस्वास गरि  तिम्रो  जीवन यथार्त बनेर हराभरा हुन्छ  
तिमी लाइ नया जीवनको  उमङ्ग उपहार मिल्छ 
कति महङ्गो .भएछ ...तिम्रो स्वतन्त्रता ...
आफ्नै जीवन लाइ मुल्यहीन बनाएको रहेछ 
-------------------------------------------------------
  स्वतन्त्रता लाइ स्वच्छन्दता बनायौ त् के गर्यौ ? 
तिमि सङ्ग निन्द्राले सम्बन्ध बिच्छेद गर्यो 
तिमि लाइ तनावले कैद गर्यो
दिनभर नक्कली हाँसो बाड्यो
साँझ नपर्दै भित्ता साक्षी राखी रुन कराउन लाग्यौ 
सिरानी लाइ भ्याई न भ्याई छ तिम्रो आँशु पुछ्न
सोच एक पटक !तिम्रो स्वतन्त्रताले कति कमायो ?
कति गुमायो ?
हात समात्न आतुर भेटिन्छन हज्जार चोक चोकमा
तर हुँदैन कोइ तिम्रो पिडाको साथमा .......?
अझै एउटा बिस्वास छ समर्पित तिमिमा
तिम्रो निन्द्रा फिर्ता बोलाइ दिने
तिम्रो हाँसो मा उर्जा भरिदिने ..
अङ्गाल बिस्वास लाइ उही एक हो खुसि लेराइ दिने ..
स्वाभिमान अभिमान को आयु छोटो छ
तिम्रो जीवन भन्दा
पश्चातापको भकारी बोकाई ति त् जान्छन
अन्तमा एक्लो बेसहारा बनाइ...
हुन्नन फेरी जवानीमा जस्तो खोज्ने कोइ
अङ्गाल खडा छ तिम्रो सामु एउटा बिस्वास
उसले दिंदैन धोका कहिले पनि ....किनकि उ बिस्वास हो ...
बिस्वास नै हो जीवनमा खुसि दिने एक मात्र आधार
------------------------------------------------------ 




Friday, June 1, 2018

समय 
समय अचानक हास्दै समिप आई  माया साटौ भन्यो 
म मायाको भोको हासेरै  बिनाशर्त सहर्ष स्वीकार गरे 
उल्टो छातीको घाउमा नुनचुक दलेर पत्तै नदिकन गयो 
निको पार्ला मुटुमा दुखेको पुरानो खिल भनि गदगद थिए 
उल्टो  उखेल्नै नसक्ने गरि मुटुमा किला ठोकेर  पो गयो 
म त् पिडा बोक्ने कन्टेनर थिए उसलाई थाहा थियो 
साथमा  बसेर  भारि केहि हल्का गरि देला भनेको त् 
उल्टो सुस्तरी चल्ने  मुटुको धडकन झनै बढाएर गयो 
मुटु मेरो  एक्लै रहदा हरपल  यसै  जलेको नै थियो
बिहानको घाम संगै कोमल बनि केहीबेर संगै खेल्यो   
मध्यान्ह नहुदै उल्टो निर्मम बनेर  यो छाती डढाएर  गयो .......
समय आफु त् निर्मम नै थियो मलाई समेत निर्मम बनाएर गयो