कविता -म छु र संसार छ
म छु र मेरा छन्
संसार छ र पो गुनासो छ
दिन र रात को नियति संगै
लेखा जोखा को तराजु मा
सुखी हास्ने हरु सित
उन्माद बाडी रहेछन
दुखि रुने हरु सित
बिस्मात पोखी रहेछन
जिन्दगि ,घाम छाया को कुरा गर्छन
कथा हरु साझ बिहान बदलि रहन्छन
पानी र आगो झैँ
मुर्त अमुर्त घेरा भित्र
गन्तब्य हरु निरन्तरित छन्
कोइ दोबाटो मा ,को गोरेटो मा
गुनासा का झिटी गुन्टा फुकौछन्
पछ्याउदै क्षितिज का छाया हरु
रहर का ठुला ठुला भारी बोक्छन
सुस्ताएर चौतारीमा बाकि बाटो हेर्छन
घाम को झुल्को संगै अस्तित्व मेटिजाने
शित को थोपा जस्तै हो जीवन
हास्दा हास्दै ओइलाई जाने फुल हरु
काडा सित भवरा को गुनासो पोख्छन
नया बिहानी संगै
नया गन्तब्य ,उही नियमितता
नियति को छाया लाइ पछ्याउदै
गुनासो को भारी बिसाउन
एउटा सिंगो संसार छ अगाडी
म छु , संसार छ र पो
गुनासा छन् ,बहाना छन्
अनिश्चित यात्रा लम्ब्याउन
नत्र त् ...........
No comments:
Post a Comment