Pages

Saturday, December 8, 2012


 कथा -क्षितिज पारिको सपना 

बीर बहादुर आफ्नो छिमेकी घन श्याम पण्डित को दुखान्त निधन ले रन्थनिएका  छन्  .टलपलाएका गहभरि  का आशु लाइ उनले  रोक्न खोजे पनि सकेन त र र खसी रह्यो खसी रह्यो .जब सम्म मित्र घन श्याम माडसापको पार्थिक शरीर को सम्पूर्ण भाग धुवा बनेर आकास मा बिलाएंन .आफ्नो बाल शखा लाइ  हावा मा बिदा गरेर फर्कदै छन्  बिर बहादुर 
खाली हात फर्के घर तिर बिर बहादुर  .घन श्याम पण्डित को  अतित लाइ बल्झाउदै  ताजा बनाउदै .
छिमेकी मात्र थिएनन्  बीर बहादुर घन श्याम पण्डित को सानै देखि अतिनै मिल्ने असल साथी पनि थिए .एक अर्का का दुख सुख ,गार्हो सार्हो साटा साट गर्थे .चाड पर्ब ,भोज भत्तेर मा एक ले अर्का लाइ बोलाउन न छुटाउने मात्र होइन एउटै घर झैँ परेको सहयोग पनि गर्थे .
घन श्याम पण्डित का एक छोरा र एक छोरी थिए. दुइ बर्ष मात्र फरक का तर उनि हरु को पढाई एउटै कक्षामा पढाई गर्थे .आफ्नो शिक्षण अनि अलिकति ट्युसन को सिमित कमाइ मा घन श्याम पण्डित  ले छोरा छोरी को स्तरीय शिक्षा  को लागि काठमाडौं को महँगो स्कुल मा बोडर्स गराएका थिए .
आफ्नो छाक छाक को गास लाइ सिमित गर्दै ,अन्नपात ,घर को चौपाया समेत बेच्दै बेच्दै छोरा छोरी को पढाई खर्च को जोहो गरि  पठाउने गर्दथे घन श्याम पण्डित .
भबिस्य मा सुख पाउन लगानी गर्नु छ भने छोरा छोरी को उच्च पढाई मा गर्नु !विदेश गएर बेस्कन् कमाएर लेराउछन एक दिन बुढेशकाल भए पछी  काठमाण्डौ शहर मा घर बनाएर बस्नु पर्छ भनि सुनाउने गर्थे बीर बहादुर लाइ 
कुनै प्रतिबाद नगरी घन श्याम माड्साप को कुरो सुनी रहन्थे बीर बहादुर 
बीर बहादुर को एउटै छोरो प्रबेशिका परीक्षामा असफल भएर गाउमै खेतीपाती र पशुपालन गरि बसेको थियो . बीर बहादुर अफ्नो पुर्ख्यौली रासन पानी को पसल मै दंग थिए सन्तोष थिए .छोरा माथि धेरै सपना देख्ने रहर बीर बहादुर बाट भागी सकेको थियो बस छोरा को एउटा सज्जन केटि सित बिहे गरिदिनु पाए बुढेस काल मा यहि घर कटेरो मा नाति नातिना खेलाएर बस्ने भन्दा अरु आशा न भएको भनि सुनाउदा घन श्याम पण्डित भन्थे हेर बीर बहादुर यो सब भाग्य को कुरो पनि हो भोलि मेरा छोरा छोरी डाक्टर ,इन्जिनियर बनेर मलाइ कत्ति सुख ले पाल्ने छन् देख्नेछस .भनि दोहोर्याई रहन्थे 
न् भन्दै एक दिन घन श्याम पण्डित का छोरा डाक्टर पढ्न र छोरी कम्पुटर इन्जिनियर बन्न विदेश हिड्ने भए घन श्याम निक्कै खुसि थिए .
घन श्याम पण्डित ले ढोका को दुइ तिर गाग्रीको घडा राखेका थिए. टपरी मा आलो माछा दहीको कतारो  अनि दुवा को माला र चन्दन को टीका लगाई दिएर आशिर्बाद दिएका थिए 
बाबु ,छोरी संसार को जुन कुना मा पुगे पनि आफ्नो गाउ पाटि पौवा ,कान्ला खोल्सा भन्ज्यांग चौतारी अनि देश लाइ न् बिर्सनु , अफ्नो धर्म सस्कृति लाइ सम्मान गर्नु  .बेलैमा पढाई सकेर स्वदेश फर्केस म तिमी हरु को बाटो हेरी बस्ने छु .तिमी हरु मेरा दुइ आखा हौ .जब सम्म तिमी हरु फर्कदैनौ यो घर मा अब उज्यालो हुने छैन .
घन श्याम बाजे एक दिन अगाडी सम्म गर्ब साथ फुर्ती देखाउदै थिए मेरा सन्तान विदेश जाने भए ,कमाएर लेराउने छन् भन्थे आज भने उनि हास्ने प्रयास गर्दा गर्दै आशु झार्न थाले 
बिर बहादुर सम्झाउन थाले हे घन श्याम माडसाप हिजो सम्म तपाइँ खुसीले गद्गद् हुनु हुन्थ्यो अहिले हासी हासी बिदा न् गरेर किन सुक्क सुक्क नि ? तपाइले नै भनेको होइन ?छोरा छोरी लाइ एक पटक विदेश पठाउनु नै पर्छ पढ्ने मात्र होइन देख्छन अनि फर्की आइ आफ्नो देश लाइ पनि त्यस्तै बनाउछन भनेर ?खुसि साथ बिदा गर्नोस 
घन श्याम बोल्न सकेनन 
छोरा छोरी  भन्ज्यांग को चौतारी मुनि न् पुगुन्जेल सम्म हात हल्लाउदै हल्लाउदै हेरी राखे फेरी चोटा मा पुगे र झ्याल बाट नियाल्न खोजे उनि हरु पर पुगी सकेका  थिए 
सन्तान सित बिछोडको पिडा ले धेरै दिन सम्म घन श्याम  पण्डित ले राम्रो सित खाना समेत खाएका थिएनन. नियास्रो लाग्यो बिर बहादुर कहिले भेट्ने  होला अब तिनी हरु लाइ ?मेरो मुटु को टुक्रा हरु अहिले कहाँ पुगे होलान हगी भन्दै घरि घरि सोध्ने गर्थे . .
घन श्याम पण्डित ले सन्तान लाइ विदेश पढ्न पठाउन भएको खेत बारी बेच्दा समेत न् पुगेर बस्दै आएको घर कटेरो समेत बन्धकी मा राखेका रहेछन .मलाइ भनेका थिएनन .दोस्रो बर्ष बल्ल पल्ला  गाउको मुखिया काजि ब्याज उठाउन भनेर घन श्याम पण्डित लाइ भेट्न आउदा पो थाहा पाएको थिए 
फेरी दोस्रो बर्ष न् पुग्दै पढाई को सुल्क तिर्न पैसा पुगेंन्  भनि खबर पठाएका थिए .माडसाप ले खाइ रहेको नोकरी राजिनामा दिई त्यस बापत आएको निबृति भत्ता अनि संचय कोष को रकम झिकी पठाई दिएका थिए .
घन श्याम माडसाप सित अब बन्धकी मा परेको घर गोठ र छोरा छोरी माथिको सपना आशा भरोसा बाहेक केहि बाकी रहेन 
केहि समय पछी एका बिहानै घन श्याम पण्डित बुढा गद गद हुदै खुसि को खबर सुनाउन झ्याल बाट मलाइ चिया खान आइज बिर बहादुर भनि बोलाउछन 
के हो घन श्याम माडसाप ?खुसि को खबर ?
सुन्यौ बिर बहादुर छोरा छोरी ले उच्च अंक लेराएर परिक्षा मा उत्रिंण भए छन् दुवै ले बर्ष को लाखौ डलर कमाउने नोकरी पनि पाई सके रे ?
मेरा दुख का  दिन गए बुझ्यौ बिर बहादुर अब !आज मेरो छाती गर्ब ले ढुक्क भएको छ .मेरो इच्छा पुरा हुने दिन आए अब .छोरा ले ..छोरी ले मलाइ पैसा पठाई दिने छन् 
त्यो पैसा ले स्वास्थ्य चौकी बनाउछु बिर बहादुर स्वास्थ्य चौकी को अभाब ले नै मेरो श्रीमती को कालाज्वर को उपचार हुन् न सक्दा छोरा छोरी लाइ टुहुरो बनाइ  उमेर मै संसार बाट बिदा भएकी थिइन .
जिउदो भएकी भए कति खुसि हुन्थिन उनि हगी बिर बहादुर ?
गाउको लागि  भन्ज्यांग मा पानीटंकी बनाएर घर घर मा धारो हालिदिने ठुलो चाहना छ 
गाउ मा एउटा राम्रो स्कुल पनि बनाउनु छ बिर बहादुर    तिमी ले मलाइ साथ दिनु पर्छ भावाबेस मा घंन श्याम आफ्ना सपना हरु सुनाइ रहे म सुनी रहेको थिए 
समय बित्दै गयो घन श्याम पण्डित का सपना हरु बिस्तारै धुमिल बन्दै गए .न त छोरा ले कुनै पैसा पठाई दिए .न त कुनै आस्वासन नै .
पालै पालो पहिले छोरा ले एउटी गोरेनी सित चर्च मा गै बिहे गरेको खबर र फोटो पठाए  पछी छोरी ले एउटा धनाढ्य मुस्लिम केटा सित कोर्ट मा बिहे गरेको खबर पठाइन .दुबैले बिदेस कै नागरिकता लिने प्रक्रिया सुरु गरि सके रे .
घन श्याम पण्डित का छाती चिरिदै चिरिदै भ्वांग परेर क्षत बिक्षत बन्दै गएको थियो .
उनको जोस जागर शिथिल हुदै गयो .उनका सपना का योजना हरु मा माकुरोको बाक्लो जालीले छोपी सकेको थियो .
अभाब नै अभाब र ऋण को भार ले उनि आगन काटेर वल्ला गाउ पल्ला गाउ गर्न पनि न सक्ने भएका थिए .
फुर्सद मिल्यो कि बिर बहादुर घन श्याम माडसाप मित्र को घर मा छिर्न बिर्सदैनथे .
कहिले निदाल गनेर बसेका हुन्थे त कहिले खोले पकाउदै .झुक्किएर पनि उनले कहिल्यै छोरा छोरी को गुनासो गरेनन .बरु उनि हरु ले कमाएका ,रमाएका कुरा गर्थे .उनि हरु को खुसि नै आफ्नो खुसि हो भन्दै प्रसन्नता देखाउन खोज्थे .
तर बिर बहादुर ले घन श्याम लाइ राम्रो सित पढी राखेका थिए .उनि प्रसंग कोट्याएर माडसाप लाइ दुखि बनाउन चाहदैन थिए 
यसैरित ले दिन महिना बित्दै गए घन श्याम पण्डित शिथिल हुदै गए .उनको अनुहारको क्रान्ति मलिन हुदै गयो .आखा का डिल हरु भित्र पसे ओठ मुख सुख्खा सुख्खा हुन् थाले .
बिर बहादुर लाइ उनको हबिगत देखेर छोरा छोरी बिदेस पठाएर पण्डित ले गरे ?खोइ कता पुग्यो उनको सपना ?कता हराए सन्तान ?सन्तान हुनु र न हुनु को के फरक भयो त घन श्याम पण्डित लाइ आज ?सोच्न थाले .
अबेर सम्म ढोका न खुलेको देखेर बिर बहादुर ससंकित भए .सधै बिहान सबेरै उठी 'हरे गंगे हरे गंगे 'भन्दै कुवा मा नुहाउन जाने घन श्याम लाइ सन्चो भएन कि क्याहो भन्दै ढोका ढक ढक्याउन पुगे .
ढोका मा चुकुल पनि लगाएका  रहेन छन .
घन श्याम माडसाप ?ऐ माडसाप ?
म जिउदै छु बिर बहादुर !यता छु यता ?ज्वरोले ग्रस्त पारेको  ले नुहाउन जाने हिम्मत भएन .हेर त मेरो हात गोडा कामेर उभिन न सक्ने भएको छु .यसो तातो पानी तताएर खाउ कि भनेको ?
बिर बहादुर ले हतपत् घन श्याम को निधार छामे .
घन श्याम को सम्पूर्ण शरीर धपक्क बले झै तातेको थियो .
बिर बहादुर आत्तिदै उनलाई बाहिर फलैचा मा लेराएर बसाउदछन .
चिसो पनि पट्टि गरे केहि फाइदा भएन झन लरबराउने र बेहोस जस्तै भए 
बिर बहादुर ले छर छिमेकी लाइ बोलाए.
गाउले हरुको सल्लाह ले सदर मुकाम को अस्पताल मा पुर्याए .
चिकित्सक ले घन श्याम माडसाप को दुवै मृगौला ले काम गर्न छोडी सकेको र रक्त अल्पता समेत भएको बताएर त्यहाँ उपचार हुन् न सक्ने मृगौला फेर्न सक्ने हो भने काठमाडौंमा उपचार गर्न लैजान सल्लाह दिए .
सबै गाउले बिच मुख मुख भयो !अब के गर्ने ?कसले व्यहोर्न सक्छ र ?उपचार खर्च ?
बिर बहादुर ले त्यहि बाट घन श्याम का छोरा छोरी लाइ फोनं गरेर तिमी हरु को बुबा को अवस्था यस्तो छ जत्ति सक्दो छिटो आउनु पर्यो भनि खबर दिए .छोरा ले भने अंकल म त हिजै बाट नया नोकरी मा लागेको छु भोलि बाट एक महिना को तालिम छ .त्यस पछी बिदा मिलाएर आउन सक्छु .
छोरी भन्छिन अंकल मेरा दुइ वटा साना साना बच्चा छन् तिन्लाई छोडेर आउन कहाँ मिल्छा र ? दाइ लाइ भन्नोस न्.
बिर बहादुर लाइ सार्है चित्त दुख्यो .
दुवै लाइ भने ऐ नानि हो !बिर्स्यौ तिमी हरु ले ?तिम्रा बुबा ले कुन हण्डर खाएर कसरि हुर्काए ,?पढाए ?सर्बस्व सिध्याएर तिमी हरु लाइ विदेश पठाए ?के आशिर्बाद दिएर पठाएका थिए तिमी हरु लाइ ?
बुबा ले भन्ने कुरो भन्नु भयो .आफ्नो कर्तब्य पुरा गर्नु भयो .हामि ले आफ्नो भबिस्य र परिवार पनि त हेर्नु पर्यो ?
अंग्रेजी मिस्सिएको बोलि लाइ बिर बहादुर ले मुस्किल ले दोहोर्याउदै तेहर्यौदै सोधेको ले मात्र बुझेको थियो .
यस्तो जवाफ पाएर बिर बहादुर बिलखबन्द मा पर्छन .
छोरा छोरी को जवाफ सुनाएर आफ्नो मित्र लै झनै दुखि र मानसिक पिडा दिनु उचित लागें बिर बहादुर लाइ र धेरै पटक फोन गरेको लाग्दै लागेंन् भनि झुठो बोले .
हफ्ता बित्यो .महिना बित्यो छोरा छोरी को कुनै खबर आएन .घन श्याम का आखा सधै ढोका बाहिर मात्र पुग्दथे .छोरा छोरी आए कि भन्दै 
अन्त मा आज बिहान सहित को थोपा फुल मा माथि पर्नु भन्दा अगावै घन श्याम ले सदा को लागि आखा चिम्ली सकेछन .कुर्न बस्ने ले पनि पत्तो पाएनन .
दाग  बत्ति दिन त आउछन कि भनेर बिर बहादुर ले फेरी प्रयास गरे घन्टा घण्टा को फरक मा धेरै चोटी फोन गरे यो पटक साच्चिकै फोन उठेंन् .
गाउ का अर्का पण्डित छोरा ले दाग बत्ति दिए .........घन श्याम को चिता संगै उनको क्षितिज पारि को सपना पनि खरानी भएको थियो .



No comments:

Post a Comment