Pages

Thursday, December 6, 2012


कविता -नियति जीवनको 
शेखर ढुंगेल 

जीवन हो 
आखाले देखुन्जेल 
शुभ अशुभ देख्ने पर्छ 
यो कान ले काम गरुन्जेल 
सुन्नै पर्छ 
कहिले काही 
न भुत न भबिस्य 
अचम्म को कुरो देख्नु सुन्नु पर्छ 
एउटा साहित्य सभा थियो 
भाबुक हुदै कविले भने 
आज मैले यस्तो द्रिस्य देखे -२ 
मेरा पैताला का रौ ठाडा भए 
हासोको फोर्रा 
गडगडाहट तालि ......
अर्का बलवान आफ्नो खुबी 
यसरि सुनाउदै थिए 
जोस जोस मा भने 
ए सुन त्यो सागर मैले तरे 
अचम्म कसरि तर्यौ ?
बलवान ले थपे 
पात माथि कमिला राखे 
मैले कमिला को गोडा समाते 
हा हा हा वा वा ...वा वा हा हा 
बलवान मख्ख पर्यो 
कुरै त हो 
एउटा साहित्य कर्मीले सोधे 
यो खुर्सानी कसरि टिप्यो
मित्र ले जोसिदै जवाफ दिए 
हे कुन ठुलो कुरो भो र ?
दुइ चार झटारो मै सबै झारे 
उनको जवाफ सुन्ने हरु 
लडीबुडी गर्दै हासे ....
शुभ चिन्तक हरु 
सच्याई दिन खोज्छन 
चतुर्मुर्ख हरु 
दुस्मन ठान्छन 
कहा को खहरे 
कहा को सागर बिच 
भिडन्त को 
कथा लेख्छन 
मन जब दरिद्र हुन्छ 
जति हजम गरे पनि 
अतृप्त रहन्छन 

No comments:

Post a Comment