Pages

Thursday, December 6, 2012


कविता- नदी
निरन्तरता तिम्रो नियति 
त्यहि तिम्रो सर्बोच्चता 
अबरोध रुपी पहाड ढाल्ने
तिम्रो संघर्षसिल जीवन गाथा 
.........................................
हिलो छ्याप्ने हरु थाक्नु पहिले 
तिमी संग्ली सक्छ्यौ 
खहरे हरु को गडगडाहट चिर्दै 
तिम्रो लक्ष सागर पुगी छाड्छ्यौ
..............................................
अविचलित धर्यता तिम्रो 
आफ्नो बाटो आफै रोज्छ्यौ
सयम तिम्रो महानता हो 
समानुपातिक कि तिमी नमुना 
........................................
हच्किन्नौ तिमी कुनै शक्ति सित 
समाहित हुन्छन सबै तिमी मा 
अटल छ तिम्रो रंग रुप 
बदलिन्नौ तिमी कुनै शर्त मा 

No comments:

Post a Comment