Pages

Thursday, December 6, 2012



गुमाउदै छौ आफ्नोपन
शेखर ढुंगेल
समाज शास्त्री भंदछन " सबै सफल मानिस असल हुदैनन , सबैअसल  मानिस सफल हुन्दैनन "यो तथ्यता भित्र ब्यक्ति को नैतिकता , शिक्षा अनि ब्यबहार ले भूमिका खेलेको हुन्छ दुःख को कुरो के भने यो मापन मानिस को अंतिम अबस्था मा मात्र हुन्छ जून बेला ढीला भै सकेको हुन्छ की न की बाचुन्जेल त उसले  समाज मा खेल खेली नै राखेको हुन्छ . हामी देख्दछौ एकातिर प्रत्यक दिन कियौ भौतिक सुबिधा  जीवन लाई सरल  सहज बनाउने यन्त्र हरु को बिकास भै राखेको छ . अर्को तीर बिकराल रुपमा अभाब र मानसिक चिंता पनि बढ़ाई राखेको छ . जीवन को अंतहीन दौड़ मा आफु अनुकूल उपलब्धि प्राप गर्न मानिस मशीन झै कूदी नै रहेको छ . 
' शारीरिक शुख ( सुबिधा ) र मानशिक खुसी ' दुई यस्ता बस्तु हुन जो  बिरलै  संगै   हिडने गर्छन . शुख को आधार सम्पति हो भने ख़ुशी को आधार शान्ती र आनंद हो . सम्पति लाई निश्चित र सिमित दायरा मा ( मापन ) राखी खुसी हुने हरु संसार मा भेट्न गार्हो छ . आज को हाम्रो समाज ले बिध्यमान पर्तिस्पर्धात्मक जीवन लाई सफल पार्ने आधार शिक्षा लाई मानेको छ जून स्वभाबिक हो . अनि नानी हरु लाई बढ़ी प्रचार मुखी र बैदेशिक मुखी पर्तिस्पर्धा मा रहेका स्कुल कालेज मा भर्ना गरी दिएर उनी हरु को भबिस्य सुखी होस भन्ने कामना अनि आशा गर्दछन . तर बहुत कम मानिस ले सोचेको तर कसैले न सुनी दिएको बिषय के भने अंग्रेजी मा पोख्त र उच्च प्रमाण पत्र नै मानिस को बौद्धिक खुराक को प्रमाण होइन '. मैले आज उठाऊंन लागेको प्रसंग  गुम्दै गएको आफ्नोपन को कुरो हो,  शिक्षा लाई ब्याबसयिकरण र आत्म निर्भर को लागी मात्र प्रयोग गर्दा समाज र रास्ट्र प्रति को दायित्व महसूस गर्ने नागरिक को अभाब हुन गै भबिस्य मा राज्य संचालन मा समेत योग्य ब्यक्तित्व को  खडेरी पर्ने अबस्था आउनेछ.

हुन त नेपाली हरु को  मुग्लान( बिदेस ) पस्ने  र पारिवारिक पीड़ा  भोग्ने मार्मिक कथा को  सिलसिला लाई महा कबी लक्ष्मी प्रसाद देबकोटा ज्यू ले  आफ्नो अमर कृति  " मुना मदन ' मार्फ़त प्रस्तुत गरी सकेका हुन . त्यों सृंखला ले झंन  भयाबह  रूप लिएको अबस्था छ अहिले .दुई दशक अगाडी सम्म उच्च शिक्षा हासिल गर्ने अनि सरकारी नोकरी  गरेर देस सेवा गर्ने व़ा आफ्नो आबस्यकता लाई परिपूर्ति गर्ने हरु को बहुमतिय पर्तिस्पर्धा हुन्थ्यो. आज पनि अन्य देश मा सरकारी नोकरी गर्नु लाई गर्ब कै रूप मा हेरिन्छ बिदेस मा सरकारी नोकरी पाउदा प्रतिष्ठित भएको महसूस गर्ने हरु धेरै छन .  तर नेपाल मा युबा पीढ़ी ले  सरकारी नोकरी लाई तुच्छ ठान्ने प्रब्रिती बढेको छ. शेना प्रहरी जस्ता नोकरी प्राथमिकता मा पर्न  छोड़ेका छन  .  आज शत प्रतिशत युबा हरु को लक्ष उच्च अंक मा उतीर्ण हुने र बिदेस जाने मात्र देखिन्छ . गरीब धनि . साधारण देखि बरिष्ठ नागरिक हरु आफ्ना  संतान लाई शिक्षा होस की रोजगारी मा  बिदेश धकेल्न नै संघर्षरत् छन .जहा सुख को भ्रम पूर्ण कथा हरु रचिएका छन त्यही पारिवारीक बिच्छेद , पीड़ा , अनि नेपालीपन मा हार्स्ह र चिंता क़ा भबसागर स्रीजना भै राखेका छन .
समाज मा आज सयुक्त परिवार , स्नेहयुक्त पारिवारिक बाताबरण , साथी संगती बिच को हाते मालो टाढा भएको छ . अझ कतिपय अबिभाबक को बध्यात्मक परिस्थिति ले छोरा छोरी लाई सानो उमेर  देखि नै बोर्डस गर्नु पर्दा प्रिय अबिभाबक र र संतान बिच  हुनु पर्ने पारस्परिक  बात्सल्यपूर्ण बाताबरण को अभाब बढेको  .जसको कारण संतान हरु अबिभाबक को हात बाट अनि अपनत्व बाट टाढा हुदैछन . आमा बाबु को सामीप्य  माया अनि गुरु को नैतिक मूल्य को शिक्षा ले मात्र एउटा असल  बिद्यार्थी व़ा नागरिक उत्पादन हुन सक्छ . शिक्षा को अर्थ ब्याबसयिक क्षमता निर्धारण गर्ने , डा , प्राध्यापक व़ा इंजिनियर को प्रमाण पत्र थाप्नु मात्र होइन एउटा जिम्मेवार असल नागरिक बन्नू पनि हो . जून सत्कार्य मा हाम्रो समाज पछाड़ी पर्दै गएको छ. आज को शिक्षा ले मन को भावना र पबित्रता कुनै स्थान दिएको छैन , मानबिय मूल्य र मान्यता को बाताबरण बनाएको छैन आयातित शिक्षा र सस्कृति को प्रभाब बढेको हुदा आफ्नो पन बाट बिस्तारै परदेशी पन मा झांगी राखेका  छौ थैंक्स र सॉरी को औपचारिकता को सीमितता मा हामी पुग्दै छौपरिबेश एउटा छ शिक्षा अर्का को भाषा अर्का को थोपरी दिए पछि सबै प्रकार को आफ्नो पन बाट युबा पीढ़ी टाढा हुदै गएको छ .

उच्च  शिक्षा , अनि रोजगारी को अबसर को बहाना मा बिदेशिने यो क्रम ले अब त देश को रक्षा को लागी कोई पनि चिंतित र जिम्मेवार नै छैन की क्या हो भन्नु पर्ने अबस्था आई लाग्दै छ . ' एक संपन्न नागरिक को साथ साथै एक असल समाज सेवी नागरिक को देश लाई खाचो छ ' देश ले के दियो भन्ने होइन मैले के दिए भनी सोचने नागरिक " को खाचो छ . हामीले दिने शिक्षा ले जिम्मेवारी र उत्तरदायित्व प्रति सचेत नागरिक उत्पादन गर्नु परेको छ . अन्यथा संतति हरु पारिवारिक र जन्म  भूमि को आफ्नो पन बाट अपहरित हुदै जाने छन , भाषा र सस्कृति बाट टाधिदै जाने छन .

यहाँ एउटा प्रसंग जोड्नु प्रासंगिक होला ' मानिस लाई शिक्षा र सम्पति को उचाई मा समाज ले नाप्दैन ' जस्तो खजूर को बोट अग्लो त हुन्छ त्यसले गर्मी मा मानिस लाई शीतल दिदैन त्यसै गरी मानिस को शिक्षा पद   सम्पति लाई लाई होइन उसले समाज लाई पुर्याएको योगदान को मात्र समाज ले नापेको इतिहास साक्षी छ . प्रत्यक ब्यक्ति  देस को सम्मानित नागरिक हुन सेवा गर्न चाहन्छ तर त्यस्तो बाताबरण स्रीजना   गरी आफ्नो परिबेश र अपनत्व मा गर्ब गर्ने बनाउन सोचने दायित्व कसको ? राज्य संचालक को की ब्यक्ति स्वयम को ?

  





No comments:

Post a Comment