Pages

Monday, December 10, 2012


कविता - सिस्नु बिच मा यो  जिन्दगि

बाची रहेछु
सिस्नुघारी बिच मा
हास्दा नि पोल्छ , रुदा नि घोच्छ
कैदी सरह भएको छ जीवन
चारैतिर बन्धन  र पर्खाल छ
आधि बेरी आउछ
आखा भरि धुलो
सिस्नु लाइ छुदैन
उज्यालो ले गिज्याउछ
दुर क्षितज बाट
लम्किन खोज्छु
सिस्नु ले घाइते बनाउछ
आखा ले सिच्यो सिस्नुघारी
फुल त्यस मा फुलेन
अनुनय गरे मुक्ति पाउन
मन त्यसको पग्लेन
अट्टहास हासो हास्दै
सिस्नु भन्छ
खुच्चिंग तेरो जिन्दगि
सदाको लागि
मेरो बाहुपास मा छस
हो यो जिन्दगि
ढुँगा र काँडा बिचमा पिल्सिएको छ !

No comments:

Post a Comment