Pages

Thursday, December 6, 2012


कविता -कहिले चिन्ने आफै लाइ ?
शेखर ढुंगेल 
दल मा दल का मान्छे छैनन् 
देश  मा नेपाली हु भनि
 गर्ब गर्ने   मान्छे छैनन्
यो कस्तो बिचित्र भयो देश मा ?
हेर्नोस कांग्रेस मा 
शुसिल र शेर बहादुर का मान्छे रे 
माओबादी मा प्रचण्ड र भट्टराई का रे 
एमाले मा खनाल ओली नेपाल का रे 
देखिदैन सिदान्त मा अडिग मान्छे 
देश !!!!!????
कोइ जनजाती !कोइ एमाओवादी ?
कोइ कांग्रेस कोइ दलित ?
कोइ राजाबादी त कोइ मधेश बादी ?
कोइ खुम्बुवान त कोइ लिम्बुवान ?
भेट्टाउन गाह्रो खोज्दा नेपाल बादी ?
एकता को सट्टा बिभाजन को जय भयो !
जन्मदै स्वतन्त्र नेपाल का हामि 
आज कसरि थरि थरि का को 
दास भयौ ?
कुरो गर्छौं स्वाधिनता को 
अभ्यास भै राखेको छ 
परतन्त्र को 
आदेश निर्देश पाई रहेछ 
देश ले दिनहु बिदेशी को 
पछुताएका छैनौ कोइ 
ग्लानी छैन कसै लाइ 
रमाई रहेछौ नग्नतामा 
यो कस्तो नियतिको 
तन्त्र आयो हाम्रो नेपाल मा ?
देश र आफै लाइ बिर्षेर 
जात क्षेत्र र नेता को लागि 
मर्ने मार्ने कस्तो बिडम्बना

No comments:

Post a Comment