मधुर मिलनका
मिठो सम्झनाका तरंग हरुमा
मन्द सुस्केरा हाल्दै
नस नस मा प्रफुष्टित
प्रेमका अंकुर हरुमा
स्खलित प्रेमको अनुभूति गर्दै
जीवनको भानिभुत स्वर्गादी चरमोसुख
मनमा सजिएको ति पल हरु
एकान्तमा चित्रित हुन्छन
चलचित्रको पर्दा झै
अनि तन झंसग हुन्छ
पसिना पसिनामा बग्छ
ति प्रणयका श्रीन्खला हरुको
अन्त भएको धेरै भयो
पाखण्डी चरित्रका
पर्दा भित्रका भग्नावेस
रहस्यमय हुन् पुग्छन
कतै आँशु त् कतै याचनाका
पन्ना भित्र गुम्सिएको
झुठो प्रेमको कलापूर्ण नाटक
पर्दा अगाडी पछाडी बसेर
वितरित कपटपूर्ण प्रेम
रस चुस्ने छोक्रा फ्याक्ने
सबैको हुने कसैको नहुने
प्रेमको त्रास बिहिन बिस्वास
उफ्फ़ उफ्फ़
सुर्य लाई हत्केलाले छेकेर
गोप्यताको कथा सुनाउने
विश्वास को आत्महत्या
झुठो पाखण्डी प्रेम