Pages

Monday, December 10, 2012


आज का केहि टुक्का 
शेखर ढुंगेल 
कुण्ठा 
लालच मा सहमति 
बिकृति मा सहमति 
भय 
सत्य ,निष्ठा र नीति को 
कुरो उठ्दा  जहिले पनि बिमति ?
दम्भ 
'' पाई ले ठुलो हुने भए 
सबै  राजा भै सक्थे 
मागेर सम्मान पाउने भए 
दिने पो कता भेटिन्थे ?
चेष्टा 
धतुरो होस् कि गुलाब 
फुल त फूलै हो ?
सुनाम होस् कि बदनाम 
नाम त नामै हो ?
बिडम्बना
सत्य देखि डराउने 
झुठो बोल्न रमाउने 
यस्तै छ स्वार्थी हरुले 
राज गरेको समाज को रित 

No comments:

Post a Comment