Pages

Sunday, December 9, 2012

ठेलागाडा को आलु र सुन्दरी को तालु 
शेखर ढुंगेल 


हुनत् भन्छन  पागल को सिंग उम्रदैन क्यारे ?अरु लाई ढुंगा मुडा न् गरुन्जेल र नांगै न् हिडून न् थालुन्जेल जे जस्तो बिकृति को खेति गरे पनि सिधै पागल भन्नु पनि न् मिल्ने कस्तो अप्ठ्यारो ?तर सामान्य चेतना भन्दा टाढा र बेतुक का गतिबिधि गर्ने गराउने सहभागी हुने प्रोत्साहित हुने सबै  लाइ के भन्ने ?कसलाई सोध्नु ?खसखस भयो हो गाठें के गर्ने होला ?यो न् त्यो सबै उही ड्यांग का मुला भन्या उस्तै रंग उस्तै स्वाद खेतालो मात्र फेरिएछ ज्याला मात्र बढेको रहेछ आखिर मुला त मुला नै रहेछ हिजो र आज को मा छैन नि हो केहि फरक मुला खायो उही झुसिलो ......

बिस्व मै गफाडी नम्बर वन उपाधि प्राप्त हामि नेपाली खै यो लेख प्रकाशित हुदा सम्म कतै देश कै नाम पनि प्रतिगामी ले  न्वारन गरेको भनेर परिबर्तन भएर कोइ बिदेशी   पण्डित को सल्लाह मा अर्कै हुन पनि बेर छैन हो हाम्रो देश को नाम लहड ,प्रयोग , असफलता अनि खेलौना का धेरै मेला भै रहने हुनाले के नाम  राख्ने भन्ने नै ठुलो बहस को कुरो भएर नै घोषणा गर्न अड्किएको होला .लुगा फेरे अब टोपी फेर्लान फुकाल्दै आफ्नो जति बिस्तारै अरुको लाउलान .....यस्तै हो देश को चलन भन्दै एक दिन नांगै हिड्ने बानी गर्नु पर्छ भन्दै मुठ्ठी उठाउलान ...? बाच्नु पर्छ के के देख्न पाइन्छ भन्थे कुरो त हो रैछ नि हो हिजो बिकृति देख्ने यो आखा त्यसै लाइ  सस्कृति भन्न बाध्य हुनु परेको छ . हिजो जे लाइ घृणा गर्थ्यो यो समाज आज त्यसै को  प्यारो बन्न बुर्कुसी मारेर दौडन थालेको छ .हिजो तपस्वी गुरु हरु बस्ने बनकाली मा आज लभ गुरु /गुरु आमा दौडन थालेका छन् कसैलाई हेर्न लाज भो रे कसै लाइ देख्दै डाहा भो रे धार्मिक सास्कृतिक स्थल  र पर्ब ब्यापार र बिकृति का औसियार बन्न पुगेको छ हेरौ हेर्दै जाउ कहाँ कहाँ के के हुन्छ ?

तर आज यो कलम को थुतुनो ठेलागाडा को आलु र सुन्दरी को तालु तर्फ धुन्मुन्डेको छ .मलाइ सम्झना छ एउटा कालो अनुहार भएको मानिस  दैनिक ठेलागाडा मा आलु लिएर गल्लि गल्लि आउथ्यो गल्लि का बासिन्दा ले मर्स्या र सर्स्या भन्दै गाली गर्ने कुक्कुर हरु भुक्ने देखेर आजित हुदै  उ त्यहि गल्लि को चौक मै  ठेलागाडा रोकेर बस्न थाल्यो .र गल्लि भित्र जानै छाड्यो .मेरो घर नजिकै को त्यो चौक मा वरिपरिका मालिक्नी हरु ,मालिक हरु अनि कसैका कामदार हरु आउछन् मर्स्याका आलु यता फर्कौछन् ,उता फर्कौछन् हातले थिच्छन्,छाला गएको न् गएको ,कुहिएको न् कुहिएको हेर्छन अनि चाहिएको जति झोला मा हाल्छन .यो त्यो ले छान्दा छान्दै सबै लाइ राम्रो लागेर नै त होला मध्यान्ह सम्म मा मर्स्या को आलु सकिन्थ्यो .थिच्चिएका किच्चिएका पनि सबै बिक्थ्यो ठेलागाडा खाली हुन्थ्यो अनि मर्स्या दंग पर्दै बाटो लाग्थ्यो .

अब म सोच्न बाध्य हुन्छु के सबै आलु राम्रो थियो त ?छान्ने ले के छाने ?छोड्ने ले के छोडे ?आखिर सबै आलु छान्न न् पर्ने नै थियो त ? वा राम्रो भन्नु पर्ने बाध्यता के थियो ? जब सबै आलु बिक्छ भने  न् राम्रो  कुनै थिएन होला त ?हाम्रो अल्छिपन की जस्तो भएनी चल्छ भन्ने सोचाई ?आखिर सबै आलु छनौट मा पर्यो ठुला बडा देखि साना बडा सम्म को भान्साको कराई मा उफ्री उफ्री पाक्यो सबै दंग भए मर्स्या को आलु खाएर .आखिर मन मा जिज्ञासा उठ्छ कुन थियो त सबै भन्दा राम्रो आलु ?वा नराम्रो आलु ?

हो त्यस्तै अहिले हाम्रो समाज मा मिस नेपाल ,मिस गोपाल ,मिस १६ ,/१७ ,मिस गुन्द्रक ,मिस जेरी ,मिस नेप्टी ,मिस भुन्टी ,मिस गल्लि ,मिस टुकुचा ,मिस बागमती ,मिस धोबी खोला ,मिस बाख्रा गोठाली ,मिस जंगल फडानी देखि मिसेज डन् ,मिसेज भट्टी वालनी ,मिसेज नली खुट्टी आदि आदि नाम का सुन्दरी प्रतियोगिता भै राखेको समाचार पढ्न पाइएको छ .स्वदेश त स्वदेश नै भै हाल्यो सधै  बिचित्र  चमत्कार को  सपना देख्ने  देश अब हुदा हुदा विदेश मा पनि  साइली ,माइली नन्द, भाउजु हरु को तालु मा प्लास्टिक को श्रीपेच घुसार्ने रहर ले शिखर चुमेको देखिन्छ .मिस कोर्काली, मिस गोर्खाली मिस सिन्किवाली के के हो के के नाम पनि लहड छ रहर छ ठेलागाडा को आलु झैँ सबै लाइ हेर्ने रहर सबै लाइ देखाउने रहर छ . जित्ने  मुस्कान बेच्छन हार्ने  बिस्मात र विवाद को खेति गर्छन .

हामि गोर्खाली मा बादरको मात्र होइन  भेडा स्वभाब पनि बिध्यमान छ . तालुमा आलु फलेको हेर्ने लाइ सके सम्म हुने सम्म छोटा लुगा लगाएर बिन्दास दंग  पारे बापत ताज ?रे क्राउन रे ?के का  फुर्का लगाउछन अनि फोटा खिचाउछन चिने न् चिने का  जो होस् बधाई भन्ने लाइ अँगालो हाल्छन खेल खत्तम पैसा हजम .मलाइ भने त्यहि ठेलागाडा को आलु को फेरी सम्झना हुन्छ आखिर ठेलागाडा को आलु झैँ टोल टोल , बर्ग बर्ग , थर थर र घर घर बाट अलग अलग सुन्दरी प्रतियोगिता गर्ने हो भने त्यो आलु छान्ने र सुन्दरी छान्ने सस्कार मा फरक के ?उही कुरो याद आउछ कुन आलु सबै भन्दा राम्रो भनेझै को हुन् त सबै भन्दा सुन्दरी ?

बिबिध नाम का सुन्दरी हरुको  तालु मा आलु रोप्ने खेति मा मलजल हाल्ने खेताला हरु को नियत र नियति को कारोबार  को पर्दा पछाडी कति इमानदार ?कति स्वच्छ ?र कति उत्पादक मुलक छ ? सोच्नु पर्ने बेला भएको छ .त्यो जात वा बर्ग ले गर्यो अब हामी यो जात वा बर्ग ले किन न् गर्ने भन्ने सोच ले प्रोत्साहन पाएको देखिन्छ .जसले गर्दा 'सुन्दरी प्रतियोगिता को अन्तरास्ट्रीय मान्यता र मर्म "लाइ विकृत र उपहास पूर्ण बनाउदै छ ."धतुरो  र गुरास को फुल " बिच को भिन्नता लाइ एउटै ठेलागाडा मा हालेर बेच्ने प्रयास भएको छ . हिजो बिकृति देख्ने आखा आज सस्कृति भन्न थालेको छ .हिजो घृणा गर्ने त्यो समुदाय आज त्यसै लाइ पुजा गर्ने दौडिएको छ .बुझेर हो की व्यंग गरेर हो इतिहास सित समेत मजाक गरिदै छ देश मा राजा फ्याकीए तर अब लिग लिगे दौड सुरु भएको छ "यस्तै भद्धा मजाक प्रवृति जस्तै भएको छ हाम्रो सुन्दरी प्रतियोगिता .बर्ग ,थर र क्षेत्रीय जस्ता बिबिध नाम दिए पनि स्थानीय वा रास्ट्रिय पहिरन फुकालेर आयातित पारदर्शी र छोटो पहिरन लगाइन्छ के यसले त्यो बर्ग वा थर कै उपहास गर्दैन ?कसरि भयो त घोषित थर वा बर्ग को प्रतिनिधित्व ?

देश अहिले सुत्केरी आमा झैँ छट पटाई रहेको छ .एउटा मिठो र सुन्दर भबिस्य को आशामा देश ले त्यो पीडा सहेको छ .हामीले एक एक कदम र मिनेट मा राष्ट्रिय पहिचान ,सुरक्षा ,बर्चश्व ,बिशिस्ठ मौलिकता कायम राख्न सचेत र सक्षम  छौ भन्ने संदेश संसार लाइ दिन  सकेनौ भने तमाम आयातित बिकृति को भारी ले एक दिन देश , हाम्रो पहिचान र मौलिकता लाइ समाप्त पार्ने छ. आफ्नो मौलिकता लाइ सुरक्षित गर्दै  सकारात्मक पक्ष को मात्र  नक्कल गरौ .हाम्रो बिशिष्ठ सस्कृति र पहिचान लाइ भाबी पुस्ता मा हस्तान्तरण गर्ने अभिभारा  लाइ जिम्मेवारी पुर्बक निभाउनु हामी सबै को कर्तब्य हो .





 

No comments:

Post a Comment