Pages

Monday, December 31, 2012



गीत -फर्की आए मेरो  प्यारो गाउँ...

 हिंडेकोको  थे फर्की आए  प्यारो मेरो गाउँ
पुछी पसिना छोडी आए म त् सपना को ठाउँ

आँशु पुच्छदै भुल्न खोज्छु गुरास फुल्ने गाउ 
निन्द्रा भरि आई दिन्छ म हुर्केको गाउँ 

धेरै हण्डर थोरै सुख परदेश को ठाउँ
दुख सुख जे होस् पछ्याउछ झरना खस्ने गाउँ

साथ मा सागर मनमा जलन यो कस्तो ठाउँ
महल भन्दा झुप्रै रैछ सुख दिने ठाउँ

भुल्न गार्हो स्वर्ग जस्तो मनै रम्ने गाउँ
छोडी आए परदेश चुम्न आफ्नै गाउँ 



गीत -बिर्सी देउ ति दिन अब .. 

बिर्शि देउ .प्रिय ति दिन अब 
हाम्रो कतै भेट भएको थियो 
सपना एउटै देखेका  थियौ 
त्यो पनि अब चुर चुर भयो 

तिमीले देख्यौ धेरै सपना 
मेरो त् निन्द्रा भाग्यो 
झुठो प्रित को आँशु देखायौ 
तिमि लाग्यौ कतै
 मलाइ दिउसै तारा देखायौ 

सक्छ्यौ प्रिय  देउ फिर्ता माया 
अरु पीडा न थपी देउ 
जसैतसै काटुला म जीवन 
बिन्ति प्रिय  बाटो मा काँडा न छरी देउ 





गीत -नाचेर रुख रुखमा  

भुर्र भुर्र चरी उड्यो हेर  नाच्दै रुख रुख मा 
खुसि देखेर तिनको मन नाच्यो साथ साथ मा 

न लोभी आँखा न पापी मन 
स्वतन्त्र तिनको जीवन 
हावा मा खेल्छन फुल सित नाच्छन 
भगवान ले साच्चै राम्रो दिएछन बरदान 
भुर्र भुर्र ........................

कहिले गगन कहिले घर्ति घुमेर रमाउछन 
दुनिया लाइ प्रिती को रुप हासेर देखाउछन 
धुप्  होस् आंधी होस  साथमा बिताउछन 
छोडेर चिन्ता एउटा जीवन बिन्दास बनाउछन 
भुर्र भुर्र ..................................




गीत -रहर एउटा जीवन को
 
यो कस्तो रहर जाग्यो मन मा 
मरेर  आफ्नै लास हेर्ने घाट मा 
धेरै के के गरियो जीवन मा 
आज जाग्यो एउटा रहर मन मा 
मरेर आफ्नै लास हेर्ने घाट मा 

इर्श्यालु सुख भोगेर हेरे 
ठिट लाग्दो आँशु रोएर हेरे 
घृणा को जालो मा पनि रमाए 
अपुरो छ मेरो एउटै सपना 
मरेर आफ्नै लास हेर्ने घाट मा 

लेखेर गीत मन को व्यथा गाए 
हालेर कथा पीडा सुनाए 
रुदा रुदै हासेर देखाए 
अपुरो छ मेरो एउटै सपना 
मरेर आफ्नै लास हेर्ने घाटमा 




गीत -न सोध मलाइ मेरो कथा 

न सोध कोई  मलाइ मेरो व्यथा 
दुइ दिन को रैछ यो खुशी को कथा 
मुर्झाए पछी रुनु पर्ने रैछ यहाँ 
काँडा सित मितेरी गासी 
म फुल को यो कस्तो पीडा 

हासो मेरो उफ्फ भो कुरो नगर 
काँडा बिच को कैदी हु सदा 
माली बिना बेसहारा हुदा 
शित बनि खस्छ आँशु बिहानी हुदा 
न सोध ........

न सोध कोइ मेरो गन्तब्य कता छ 
कहिँ बिहे त् कहिँ मुर्दा को गला छ 
मन्दिर पुगी शिला मा बजारिन्छु 
बाच्ने रहर हरु असिना सित हार्छु 
न सोध .............



गित/गजल
शेखर ढुंगेल

यात्रा यो जिन्दगि को कस्तो कस्तो
भोकाएकाको   गास जस्तो हो कि ?
बगर को  बालुवा जस्तो !

हर पल  टुटी जाने सपना  हो कि ?
घाम संगै टपकी जाने शित जस्तो
यहाँ बाच्ने  हरु नै अन्योल मा छन् हेर
सुख को सागर  हो कि आशुको भेल ?
यो जिन्दगिको यात्रा  कस्तो कस्तो ?

स्वतन्त्र   भै उड्ने बादल हो कि
साझँ नपर्दै ओइलाई जाने फुल हो ?
कोइ लाइ लम्ब्याउने रहर यहाँ
लोई लाइ व्यर्थै लाग्ने  जीवन यहाँ
फुल हो कि काडा बुझ्नै  गार्हो
यात्रा यो  जिन्दगि  को  कस्तो कस्तो ?

समुन्द्रको मन्थन हो कि
मरुभूमि को उँट जस्तो
बाचुन्जेल दुख पिडा मरे पछी हाइ सन्चो
तर्ने आखा हरु पनि रसाउने
यो जिन्दगि को रित कस्तो कस्तो
यात्रा यो जिन्दगी को कस्तो कस्तो ?


गीत 
ढुँगा बनि सके म त् अब 
दुनिया को ठक्कर खादा खादै 
फुल बनि आएर कोइले 
यो ढुंगा लाइ माया गरि दिए
 सायद म पनि देउता हुन्थे 
सबै गुनासो छोडेर 
चुप चाप म पनि रमिता हेरे बस्थे @२ 

निरस भै सकेको छु म त् अब 
धुप सित खेल्दा खेल्दै 
बिस्वास बोकेर कोइ ले खोपीमा सजाई दिए 
सायद म पनि एउटा भ्रम  छरेर बस्थे @२ 
चुप चाप ..........................

थाकी सके म त् अब 
गन्तब्य खोज्दा खोज्दै 
सहारा बनेर कोइ ले साथमा हिडाई दिए 
सायद म पनि एउटा जिन्दगि जिउथे @२ 
चुप चाप ................................

जिउदै जली सके म त् अब 
दुनिया को अगुल्टो  सहदा सहदै 
बादल  बनेर कोइ म माथि बर्षी दिए 
सायद म पनि एउटा जुनी फेर्थे @२ 
चुप चाप ....................................




गीत -तिम्रो सम्झना ले 

तिम्रो सम्झना ले सतायो हें आमा 
सागर पारि जति टाढा पुगे नि 
जे सुख र बिन्दास जीवन पाए नि 
तिम्रो याद ले सतायो हें आमा नेपाल 

मायालु सित गुराँसे पाखा मा खेलेको 
सल्लाघारी को सुसाई सितै बासुरी बजाएको 
मादल को साथ मा दोहोरि गाएको 
याद आयो याद आयो हें आमा नेपाल 
तिम्रो याद आयो 

आफ्नो भन्ने कोइ छैन आमा यो बिरानो देश मा 
तड्पिएर नै बाच्नु छ यहाँ  फेरी भेट्ने आस मा 
सम्झी बस्छु कहिले भेटौ अनि पल्टु तिम्रो काँख मा 
याद आयो याद आयो हें आमा नेपाल 
तिम्रो याद आयो 



गीत -भाग्य त्यस्तै..

भाग्य त्यस्तै पर्यो हाम्रो 
एक्लै एक्लै बस्नु पर्यो 
थाकी सके मेरा  मन पनि 
गन्दा गन्दै भेट हुने दिन हरु 

इच्छा मेरो होइन कथा त्यस्तै पर्यो 
शंका को बिउ तिमिले छर्यौ 
भेट्ने रहर हुदा हुदै 
लक्ष्मण रेखा तिमि ले कोर्यौ 

टुटाई बिस्वास अतित तिमीले भुल्यौ 
सुलौनो बिहान को बाटो तिमीले छेक्यौ 
भेट्ने मन थियो मनमा  अझै 
तिमि ले नै कसिंगर छर्यौँ


गीत -मेरो आत्मा मेरो देश 

मेरो आत्मा मेरो देश 
जहाँ म पुंगु साथै हन्छ मेरो देश 

शितलता को बिशाल हिमाल  भएको देश 
उर्बर कोमल तराइ को माटो भएको देश 

सभ्यता को पहिलो किरण छर्ने देश 
शान्ति दुत आतिथ्यकर्मी जन्मेको देश 

सस्कृति र मुस्कान को अति धनि मेरो देश
हिमाल पहाड तराइ को संगम सुन्दर मेरो देश 

मेरो आत्मा मेरो देश 
जहाँ म पुगु छायाँ बनि साथै हुन्छ मेरो देश  


गीत -अति सुन्दर हाम्रो नेपाल 

हिम चुली मा घाम लाग्यो 
हास्यों मेरो मन हो हो नाच्यो मेरो तन 

नया जोस र जागर बोकी गाउँ पाखा बारी  झुम्यो 
कति सुन्दर हाम्रो देश अति सुन्दर हाम्रो नेपाल 

चरा हरु को चिरी बिरि मन्दिर मा घंट हरु को  गुन्जन 
तपो भुमि देव भुमि  बुद्धको यो देश  कति सुन्दर हाम्रो देश ............

घट्ट हरु को घुइ घुइ मदानी को साइ सुइ सारंगीको मिठो धुन 
सोरठी नाच छम्म छम्म कति सुन्दर हाम्रो  देश नेपाल 


--



-- 
Shekhar Dhungel (शेखर ढुंगेल)

Tuesday, December 25, 2012


निरस यात्रा 


कदम हरु मा 
सुगन्धित फुल त् म बर्षाउन  सक्छु 
कतै पाउ मा स्पर्श भै
 पापको भागि त् हुनु पर्ने डर 
एउटै कदम एउटै पांग्रा ले 
निसास्सिएको  जीवन यात्रा  
एउटा कदम को आग्रह को दुस्साहस ले 
घृणित बन्छु कि भनि त्रसित हुन्छु 
बित्यो सो बित्यो  त्यो सुनौलो बिहानी थियो 
वर्तमान  त् राप बनेर जलाई रहेछ 
भबिस्य त् झनै आतंकित छदैछ 
भ्रम छ भोलि मिठो हने हो कि तितो 
हरेक 
बिहानी  को झुल्के घाम संगै 
नया सहयात्रा गर्छु भन्छु 
यो पनि भुल हो कि सहि भनि त्रसित छ 
लाग्छ प्रत्यक बिहान साझ बोकेर आएको छ 
पेचिलो छ जिन्दगि ,साँघुरो छ बाटो 
 पाइलाहरु का संकुचन   
प्रतिबन्धित छ यहाँ एउटा जीवन 
भावना को जन्जिर मा अल्झेर 
बिना ऋण नै ब्याज तिरी रहनु पर्ने 
अजिब अलिखित बन्धन 
हासो को मूल्य आशुले भुक्तानी 
नियम छ आफ्नै सिमा आफ्नै 
नियति को खेल आफ्नै 
प्रतिबन्धित कदम हरु 
अध्यारो बाट उज्यालो चिह्याउछन
आज भोलि र पर्शी  अनि अनिश्चितता 
शिखर चुमनु को  उत्साह 
अबतरण को त्यो घबराहट 
दूर क्षितिज मा एउटा किरण 
एउटा आशा  एउटा जीवन को नियति 
अनि गन्तब्य ...........................




Thursday, December 13, 2012

गीत 
हिम चुली मा घाम लाग्यो 
हास्यों मेरो मन हो हो नाच्यो मेरो तन 
नया जोस र जागर बोकी 
गाउँ पाखा बारीमा  झुम्यो 
कति सुन्दर हाम्रो देश 
अति सुन्दर हाम्रो नेपाल 

चरा हरु को चिरी बिरि 
मन्दिर मा घंट हरु को  गुन्जन 
तपो भुमि देवालय बुद्धको जन्म  भुमि 
कति सुन्दर हाम्रो देश नेपाल ............

घट्ट हरु को घुइ घुइ 
मदानी को साइ सुइ
 सारंगीको मिठो धुन 
सोरठी नाच आह आह 
कति सुन्दर हाम्रो  देश नेपाल 


--

गीत 
माया थियो मुटु भित्र भने 
मेरो साना  गल्ति माफ हुन्थ्यो होला 
पुछेर मेरो पीडा को आशु 
हासो को बर्षात पोखिन्थ्यो  होला
 कपटी रहेछ छली रहेछ  त्यो माया 
त्यसैले त् मेरो हर स्वास प्रस्वास नै 
गलत लागेको होला 
सायद मेरो जिउदो पन नै घाडो भएको होला
माया थियो  मुटु भित्र भने ................. 

कुरी  बसे म त् धेरै रात 
मेरो पनि न्यानो बिहान आउछ  भनि 
बिर्शी सबै उनको  दोष 
मनै त् हो एकदिन माया फर्किन्छ भनि 
दिन हफ्ता बर्ष बित्यो 
फर्केन माया फर्केंन् निष्ठुरी पनि 
माया हुन्थ्यो मुटु भित्र भने .......


बाचा गरेको आखा बाट आशु झर्छ भनि 
निष्ठुरी को बाचा सम्झी  आज रोए फेरी 
बिस्वास  माया को टुट्न गए पछी  
आफ्नै  खोटो भाग्य सम्झी आफै लाइ कोसे फेरी 
माया थियो त्  मुटु   भित्र .............



कथा -समयान्तर
शेखर ढुंगेल
किरण ले उसको जीवन मा आज जस्तो अपमान महसुस कहिले पनि गरेको थिएन .उसको स्वाभिमान स्वभाब ले  गर्दा उ कसैको  ढोका मा सिफारिस को लागि गएँन् .किरण ले जीवन भर जे जती पनि यो समाज र देश को लागि गर्यो त्यो निस्वार्थ भएर गर्यो .पुरस्कार ,तक्मा, प्रमाण पत्र ,प्रससा पत्र को लागि न् त कतै बिन्ति हाल्यो न् त आफै पैसा लगानी गरेर आफ्नो लागि पुरस्कार दिने कार्यक्रम गर्न लगायो .किरण आधुनिक बठ्याई बुज्रुग हरु भन्दा फरक छ .उसको सोचाई पृथक छ .
किरण समय समय मा भन्दछ सेवा को अर्थ समर्पण हो त्याग हो फल को खेति होइन .फल प्राप्ति को लागि ब्यापार गर्नु पर्छ ,राजनीति गर्नु पर्छ .
आफ्नो सेवा र सिर्जना लाइ समेत लोकप्रियता को लागि प्रचार प्रसार गर्नु पर्छ भन्ने मा किरण विश्वास राख्दैनथ्यो .
संख्यात्मक प्रचार भन्दा गुणात्मक परिणाम लाइ प्राथमिकता दिने किरण को लागि केहि मुर्धन्य सुभ चिन्तक प्राज्ञ हरु को मौखिक प्रससा लाइ  नै ठुलो बिजय को रुपमा हेर्दथ्यो किरण .


आफ्नै भाग्य र योग्यता मा मात्र विश्वास राख्ने किरण भन्दथ्यो जे प्राप्त भएका छैनन् त्यो आफ्नै अयोग्यताको कारण हो .जसले जे भोगी रहेछ त्यो उसको भाग्य र क्षमता को प्रतिफल हो .
किरण बेला बेला मा भन्दथ्यो 'असन्तोष नै दुख को मूल कारक तत्व हो "
'आफ्नो योग्यता माथि को नाङ्गो तरबार पनि हो "भन्ने किरण ले सजिलो सरल अनि सहज बाटो रोजेको छ .दान् ,निगाह,पुरस्कार प्रससा को लालच बाट टाढा बस्थ्यो .असन्तोषी पन लाइ झिकेर फ्याकी सकेको थियो उसले भने गुनासो त नौ डाडा पारि भागी सकेको थियो ..
हुन् त घमण्डी को उपाधि भने प्रसस्त बोकेको छ किरण ले .बोल्ने को कमसल बिक्ने समाज को रिति भएको ठाउँ मा स्वाभिमानी हरु को हिसाब सधै नमिलेको हुन्छ .लाभ हानि को वास्ता न् गर्ने हरु ले प्रतक्ष्य घाटा व्यहोर्नु स्वभाबिक नै थियो .

एकाध स्वाभिमानी समाज मा देखिए भने अनुशरण होइन व्यंग गर्नु त लुच्चा हरु को काम नै हो .
निस्चय नै असल ले केहि गरेरनन् भने खराब ले जित्छन भन्ने अंग्रेजी युक्ति सत्य हो तर के गर्ने सय सज्जन को ठाउ मा एक दुर्जन काफी हुन्छ भन्थे अब सय दुर्जन को ठाउ मा आफुले आफै लाइ कथित सज्जन भनाउनु को के अर्थ ?
किरण अपमानित हुन् गै राखेको अगाडी को अबस्था लाइ स्वाभिमान मा लगेर जोड्छ .झनै घाटा देख्छ .
स्वाभिमान लाइ अभिमान भनि अनर्थ लगाई दिएर स्तुति गर्ने चतुर हरु को बाहुल्य रहेको समाज मा स्वाभिमान को मुल्य महँगो ..बाटो ....कठिन  छ निस्चय नै .तर त्यसले आत्म सन्तुष्टि र आत्मबल उच्च राख्ने मा किरण पहिले देखि नै बिस्वस्त छ .
हुन् त मरेको को भोलि पल्ट दुइ दिन "लाको खाको  पाको 'भन्ने मान्यता राख्ने हरु किरण का वरिपरी धेरै छन् .धेरै को दैनिकी लाइ नियाली रहेको छ उसले .
सत्य जे हो आजै हो भोलि कस्लाई थाहा भेटेको शुख सयल पद पुरस्कार लिई हालौ जसरि भए पनि भन्ने हरु कै घेरा भित्र एक्लो उभ्याई रहेको छ उसले आफु लाइ .तर इतिहास मा ज्युदा तारा हरु लाइ हेर्न हो भने माथि उल्लेखित  कथन झुठो हो क्षणिक हो किरण सधै बहस गर्छ एक्लै एक्लै ...
लाखौ खर्च गरेर आफ्नो ब्यबसाय को प्रचार को लागि  एउटा प्रतिष्ठित समाज सेवी को को रुपमा किरण लाइ आज  प्रमुख अतिथि बाट  उनको सम्मान गर्ने
कार्यक्रम राखिएको थियो .
आयोजक र प्रमुख अतिथि को  बारेमा किरण ले न् सोधेका होइनन . आफुले आदर गर्ने मानिस ले नै उनलाई झुक्याउलान भन्ने के थाहा ?तिमि खुसि हुन्छौं फिकर नगर .मेरो विश्वास गर्छौं कि गर्दैनौ ?भने पछी बाध्यताबस किरण ले स्वीकृति जनाएको थियो त्यो सम्मान पुरस्कार थाप्ने .
कार्यक्रम स्थल  मंच मा सजाइएको बिसाल चित्र मा प्रमुख अतिथि देखे पछी मात्र  किरण झस्कियो !!
मन मनै किरण सोच्छ हुन् त् उनलाई के थाहा किरण को मन भित्र अंकित अतित को चित्र ?
प्रमुख अतिथि लाइ उनले बर्तमान मा मात्र चिनेको पनि हुन् सक्छ .
किरण को रक्तचाप बढ्यो .
हेर्दा हेर्दै अनुहार रातो भएर आयो .उनको खुट्टा एका एक रोक्किए .
किरण जी  बढौ अगाडी किरण अड्किएको देखेर आयोजक मध्ये का एक भद्र ले सम्झाउदछन् .
किरण को मन मा अनेक कुरा खेल्न थाल्दछ के भन्लान साथी हरु ले भोलि ?कसको हात बाट पुरस्कार थाप्न पुगिस ?कहा गयो तेरी स्वाभिमानी सोच ?आखिर यो  पनि त उही ड्यांग मुला हो  नि ?निक्कै आदर्श का कुरो गर्थ्यो  हिजो सम्म हामि सित ?भनेर पक्कै भन्छन मलाइ भोलि तिनी हरु ले .
अब के गर्ने ?कसो गर्ने ?बहिस्कार गरेर अर्का को अपमान गर्ने कि ?नत मस्तक भएर नचिने झैँ नकचरो हासेर पुरस्कार थाप्ने कि ?के गर्ने ?किरण ले निर्णय गरि सकेको हुदैन .जती जती प्रमुख अतिथि आउने समय नजिक हुन्थ्यो किरण को मन भित्र छटपटि ले झनै गति लिन्थ्यो .
भोलि साथी हरु लाइ के जवाफ दिने ?कुन झुठ को सहारा लिने ?
किरण ले झुठ को सहारा होइन सत्य को बाटो अपनायो र त्यहा बाट चलाखी पुर्बक सुइ कुच्चा ठोक्यो .
उउउफ ..यो अबिस्वसनिय  समयान्तर !!!!!!
यो परिबर्तन !किरण एकाग्र भएर त्यो बिगत कोट्याइ रहेछ .अस्ति मात्र विदेश गएको साथी ले सम्झना स्वरुप उपहार  दिएको पुरानो  सोफा मा पल्टेर .
हिजो नै जस्तो लाग्छ .किरण लाइ त्यो साघुरो गल्लि को अध्यारो कोठा को भट्टी मा केहि कलेज का साथी हरु सित गएको थियो .
हर्लिक्स को बोतल मा भरेको घरेलु रक्सि ,सितन मा कुखुरा को नंग्रा टाउको अनि भटमास सित  साझ को रमाइलो गरेको थियौ .त्यहि गल्लि को एउटा अर्को चिसो कोठा मा बस्छु भन्दै परिचय दिएर मेरा मित्र सित ५० रुपिया मा अनुनय गर्दै आफ्नो अस्मिता साटेको .....किरण ले अस्विकार गर्दा अजिब को व्यंग सुन्नु परेको थियो ......उफ्फ त्यहि ...... आज ....
किरण लाइ  उही व्यंग गर्ने सित  आधुनिक बिशिष्ठ व्यक्तित्व को रुप मा नमस्कार गर्दै पुरस्कार थाप्न र सम्मानित हुन्  निम्त्याइएको थियो .
किरण अट्टहासपूर्ण हा हा हा .....हास्दछ .
गुन्द्रुक उमाल्दै गरेकी गृह लक्ष्मी छक्क परेर सोद्ध छिन के भो ए समाज सेवी ज्यु किन हास्छौ एक्लै ?पुरस्कार थाप्न गा थ्यौ क्यारे नि खोइ के लिएर आयौ ?
किरण झन् हास्छ हा हा ....हा हा .......हा .....
होइन के भो ?
यो समय को व्यंग सम्झेर हासेको नि किरण जवाफ फर्काउछ .
उता तालीको कर्तल ध्वनी गुन्जन्छ .सासद .प्रशासक लगायत प्रमुख अतिथि हरु को एक्कै पटक ओइरो लाग्छ .
माइक भेट्टाउने जती सब ले महान समाज सेवी ,उदयमान प्रतिष्ठित ब्यबसायी ..........को मुक्त कण्ठ ले प्रससा गर्दछन .
किरण ले बाटो तताई सकेको भन्ने थाहा पाएका आयोजक ले उनको बदला मा किरण लाइ लिएर जाने शर्मा जी लाइ सम्मान गर्छन .

दोस्रो दिन फोन मा उही बिशेष अतिथि को सुमधुर आवाज घन्किन्छ .
किरण जी !तपाइँ समय लाइ बुझ्न न् सक्ने मानिस हुनु हुदो रहेछ .
किन भाग्नु भयो हिजो ?
समय बदलिन्छ .कस्तो माहोल बन्छ .त्यस्तै भएर आफु बदलिनु पर्छ .नत्र त् दुख पाइन्छ .
समय लाइ नगद मा बदल्ने हो नगद मा किरण जी !
हेर्नुस मलाइ म कहाँ पुगे तपाइँ कहाँ हुनु हुन्छ ?
किरण फेरी हा हा हा ....हा हा गर्छ .
म मजाक गरि राखेको छैन बास्तबिकता तपाइको सामुन्ने छ .
समय समाज निस्ठुरी छ .बलेको आगो ताप्छन निभेको फ्याकी दिन्छन .
किरण एउटा प्रश्न सोधु ?
भन्नुस उता बाट जवाफ आउछ .
तपाइँ को बिस्तारा को मुल्य कति हो ?
किन चाहियो तपाइँ लाइ ?
हा हा ....हा हा ...हा होइन होइन   जान्न चाहेको मात्र .
न् सोध्नुस .यहाँ बजार मा पाइन्न .मैले विदेश बाट मगाएको हो .आटनै  पनि सक्नु हुन्न तपाइँ .
अनि निन्द्रा नि ?किरण प्रश्न गर्छ .
उता बाट आवाज बन्द हुन्छ .हेलो हेलो ....हेलो
सुईक्क सुईक्क ..गरेको सुन्छ किरण हेलो हेलो ..दोहोर्याउछ.
उता बाट मधुर र रुन्चे स्वर मा जवाफ आउछ .
हेर यो समाज लाइ ...आखिर हो त् एउटै जिन्दगि कर्कलो पानि .भोक भोकै सिदांत बोकेर मर्नु भन्दा आडम्बर नै सहि
म अवस्था सित सम्झौता गर्दै आफै लाइ बेच्दा बेच्दै यहा आइ पुगे .आफु हारेर अरु लाइ जिताए त्यसकै परिणाम हो यो किरण जी .हो म सित सब थोक छ तर निन्द्रा छैन .म सबै को हुनु पर्छ मेरो कोइ छैन .
धेरै बर्ष पछी म फेरी हारे तपाइँ सित बधाई किरण जी बधाई










.



यात्रा स्मरण लस  भेगास मा एक रात
शेखर ढुंगेल
अमेरिका भास्सिएको दशक छुनै लाग्दा सम्म पनि आफु बसेको ठाऊ भन्दा करीब ६०० माईल पर नेभाड़ा राज्य मा अबस्थित बिस्व प्रसिद्द रंगीन जुवाडे हरु को शहर लॉस भेगास पुग्ने  त्यहा को रंगी बिरंगी तमाशा हेर्ने मौका मिलेको थिएन . अझ भनौ आफ्नो आबस्यकता को परिपूर्ति को लागी काम मा जोत्तिदै मा फुर्सद मिलेको थिएन . अमेरिका बासी को मात्र  भै बिस्व  कै  पर्यटक हरु को आकर्षण एबम गंतब्य बनेको यो शहर क्यालिफोर्निया को लॉस अन्जेलस , हलिवूड केंद्र( स्टूडियो ) र अर्को बिस्व प्रसिद्द मनोरंजन को प्रतिक डिज्ने ल्यांड भएको ठाऊ हरु  बाट २००-३०० को दुरी मा अबस्थित  . त्यसैले धेरै जसो पर्यटक हरु एक्कै पटक मा यी तिनै ठाऊ को चक्कर लगाउने कार्यक्रम बनाउद छन .  जुवा क़ा पारखी व़ा सौखीन  भने लॉस भेगास मात्र जाने गर्दछन . 
यो पटक पनि बास्तब     मा म सच्चिकै मनोरंजन गर्न भनेर  निस्केको  भने होइन .   मं क्यालिफोर्निया बाट ओमाहा नेब्रास्का को लागी बसाई सराई गर्ने क्रम मा बाटों मा परेको कारण ले यो मौका मिलेको थियो . आकाँक्षा ले जन्माएको ब्यबहार को भारी न बिसौदा सम्म मनोरंजन को स्वाद लीन गार्हो हुदोरैछ . जुवाड़े हरु को शहर अर्थात क्यासिनो नै क्यासिनो हरु को शहर को भ्रमण को क्रम मा साथ मा हुनु हुन्थ्यो नेपाल को अग्र स्थान का घर जग्गा ब्यापारी एबम भूगर्बबिद ( इंजिनियर ) श्री शंकर गिरी जी . वहा लाई कोलोराडो जानू थियो मलाई कोलोराडो हुदै नेब्रास्का पुग्नु थियो मलाई लामो सड़क यात्रा को लागी साथी चाहिएको वहा लाई घुम्ने इच्छा यसरी हाम्रो यो सड़क को सहयात्रा जुरेको थियो .केही दिन अगाडी गिरी जी सीत अमेरिका क़ा लागि नेपाली राजदूत डा श्री शंकर प्रसाद शर्मा ज्यू को सनफ्रान्सिसको भ्रमण मा स्वागत गर्ने कार्यक्रम को सिलसिला मा भेट भएको थियो . कुरै कुरा मा म नेब्रास्का सर्दै छू  भन्ने कुरा भए पछि  त्यसो भए लौ डेनभर सम्म म पनि संगै जान्छु भन्नु भयो र यो यात्रा मा मेरो साथ मा हुनु हुन्थ्यो वा सम्मिलित हुनु भयो भनौ .
अमेरिका सभ्य तरिका ले दिउसै कानूनी रूपले ग्राहक लुटने काइदा हरु अपनाउने देस भन्दा अन्यथा नमान्दा हुन्छ . अर्को शब्द मा जस्लाई " White crime ' भनिन्छ . फ्री भनेर ध्यान खिच्छ अनि घुमाएर लड़ौछ ग्राहक लाई ठुलो अक्षर मा यो फ्री त्यों फ्री भन्छ अनि तल आखा ले देख्न  न सक्ने सानो अक्षर मा प्राबधन वा शर्त   लेखेको हुन्छ . अमेरिकन हरु स्वयम भंदछनं ' NOTHING  FREE in  this  Country  "   त्यों साझ ( ०३-१४-२०१०) हामी लाई पनि त्यस्तै  पर्यो  . एउटा होटल ले भ्रम मा पारेर लड़ायो लॉस भेगास मा . हामीले होटल अग्रिम बुकिंग गरेका थिएनौ . साझ को  बजेको अर्थात रात झिमिक्क भै सकेको थियो . शहर मा जता हेर्यो त्यताई होटल बार डिस्को का आकर्षण बड़े बड़े मा को बोर्ड हरु देखिन्थ्यो . करीब आधा घंटा चक्कर लगायौ कुनं होटल मा बस्ने भनेर अंत मा हाम्रो आखा पुग्यो १६ तले PALACE  STATION  TOWER HOTEL मा कोठा को भाडा लेखिएको थियो एक रात को २४.९९ डलर मात्र वाह यो  निक्कै सस्तो हो . हाम्रो सहमति भयो यही होटल मा बस्ने कोठा बाट शहर को मनमोहक दृश्य पनि हेर्न्न पाइने . लगातार १० घंटा को कार चलाई ले थकाई पनि लागेको थियो छिटो भन्दा छिटो कोठा लिएर आराम गर्न मन लागेको थियो ल जाऊ  त भनेर . जब कोठा लिने बेला भयो हामी ले भन्यौ सब भन्दा माथिल्लो तला को कोठा मिलाई देऊ . होटल क्लर्क भन्छ त्यसको त ९९.९९ पर्छ भयो अब ? हामीले समझायौ माथि बिग्यापन मा त २४.९९ मात्र लेखेको देखेर आएको के हो यो तिम्रो ताल ?  उसले दात देखाएर सरी  भन्दै भन्यो  त्यों रेट त ग्राउंड फ्लोर को हो . त्यही भए नि देऊ क़ा जानु अब भन्यौ . हिसाब गरेर भन्छ २४.९९ +ट्याक्स + १५.९९ कोठा को सर्भिस चार्ज रे हामी ले भन्यौ हामी लाई  कुनै रूम सर्भिस चाहिदैन . त्यों त होटल को रुल हो रे तिर्नै पर्छ यसरी लड़ौछ ग्राहक लाई यहाँ . लौ भनेर कोठा लियौ अर्को १००.०० डलर डिपोजिट पनि राख्नु पर्ने . त्यति सम्म त भयो भर्खर सम्म ग्राउंड फ्लोर भनेको त त्यों पनि १६ तले त हेर्ने मात्र रहेछ बाहिर पट्टी घोड़ा तबला जस्तो दुई तले पुरानो घर  मा पुर्याई दियो . . मन मा गोर्खाली आगो न बलेको होइन पैसा फिर्ता लिएर अन्ताई होटल मा जाने तर तुरुन्ताई मन लाई काबू मा राख्यौ र भन्यौ आ एक रात त हो नि जे पर्ला कता जानु अब भनी त्यही बस्यौ . 
हामी फ्रेस भएर निक्लियौ लॉस भेगास को रंगीन सडक मा . होटल र क्यासिनी हरु को झकी झकाऊ बिजुली बत्ती , ठेल मठेल गर्दै हिडेका संसार भरिका पर्यटक हरु त्यस मा पनि पस्चिमेली सभ्यता ? अर्ध नग्न पोशाक मा सज्जिएका आधुनिक  परी हरु , क्याब्रे डांस , स्ट्रीप डांस र बार को लागी प्रचार प्रशार मा बसेका  मीगो , आमिगा हरु ( मेक्सिकन नर नारी )  को भीड़ , मानब निर्मित बिध्युतीय झरना , पहाड़ , बगैचा , काफी सप देखि रेस्टुरा जता पनि क्यासिनो गेम क़ा मशीन , फल्स  पोकर खेलाउन आकर्षण र हाउ भौऊ  मा ब्यस्त नर नारी हरु वाह सब आफ्नै धुन मा मस्त २४ घंटा ब्यस्त पहाड़ को खोच , खेती को लागी  अयोग्य जमिन  र बस्ती भन्दा टाढा  पुगेर स्थापना गरिएको यो रमझम शहर बिस्व मै प्रचलित नाम हो .
शंकर जी र मैले त्यहा स्थित आधुनिक प्रबिधि को एनिमेसन स्टूडियो मा फोटो खिच्यौ, भिडियो बनायौ . त्यहा को रंगीन  सड़क मा हामीले दुई घंटा बितायौ. गिरी जी लाई कताई क्याब्रे डांस बार तीर जाने इच्छा थियो की जस्तो अनुमान गरेको थिए की न की वहा ले मीगो हरु सीत निक्कै बुकलेट लिनू भएको थियो तर वहा पनि खुल्न सक्नु भएँन र मलाई भने इच्छा न भएको ले जिज्ञासा नै राखींन . अब क्यासिनो को पैसा बनाउने मशीन सीत खेल्ने सहमति भयो कहा जाने त भन्दा आफै बसेको होटल मा जाने खाना खाने , तिन पानी लडाउने र खेल्ने भन्दै होटल तर्फ लाग्यौ . 

एक पेनी देखि सय डलर सम्म क़ा खेल छन , फल्स पोकर को कुरा अर्कै . बस्यौ मशीन मा कहिले एक पेनी क्लिक गर्यो कहिले सुको वाला . एक गेम क्लिक गर्यो टुरुंग टुरुंग गर्छ . जितेको भए टुरुंग टुरुंग अ अ अ लामो हल्ला गर्छ जितेन भने छुस अर्थात पैसा भुस को संकेत गर्छ . हामी दुबई मशीन को गेम मा नै मख्ख थियौ . मैले एउटा मशीन मा एक डलर घुसाएको  त टुरुंग टुरुंग टुरुंग गर्दै ३३ डलर जितेको संकेत गर्यो . अब्ब यसले दिन्न भनेर अर्को मशीन मा सरे त्यसले १३ डलर खायो . अर्को मा सरे ५९ झ्याम पार्यो. अर्को मा सरे मशीनमा जितेको   डलर थपिएको थपियाई टुरुंग टुरुंग टुरुंग टुरुंग ......, अरु जुवाडे हरु ले मलाई घेरी राखेका , कोई मशीन बिग्रेको प्रतिक्रया दिदै थिए मशीन रोकिएको थिएन मेनेजर सेक्युरिटी गार्ड , मेरा सामुन्ने थिए . म त हिसाब नै गर्न न सक्ने भै सकेको थिए , शंकर जी लाई खोजे देखिन . फोन गरे लागेन . मलाई मल्टाई मिलियन डलर बिजेता घोषणा गरी मशीन रोकियो . अब यत्रो पैसा के गर्ने के न गर्ने मन मनाई योजना बनाउन थाले . सुख खोजन ओमाहा जन लागेको त बिच बाटों मै लख डलर पति भैयो बा अब यही बाट क्यालिफोर्निया फर्कने र परिवार लाई सरप्राइज दिने निधो गरे अनि त्यहा बाट सीधी नेपाल जाने बलियो दल लाई पैसा दिने र सासद बन्ने मिले मंत्री बन्ने न भए राजदूत सम्म भे नि हुने योजना कल्पे . समाज सेवा मा लागेर खादा , प्रमाण पत्र , स्वागत , अभिनन्दन , फुल माला पहिर्याउन लगाउने योजना बनाए . सबै दुःख सकिएर सुख को सागर मा बिष्णु ले शेष नाग माथि बिस्तरा लगाएर सुते झै रिल्य्याक्स गर्ने दिन आए भनेर खुसी को आशु तरर र र बग्यो पनि कस्तो लकी दिन मा निस्किएछु घर बाट ?अब बिस्व भ्रमण  मा सुर पनि कसे के गर्ने के न गर्ने / दिमाग ले त काम गर्नै छोड्यो नि ?म त एका एक उडेर जन्मेको ठाऊ पुगेछु आफु हुर्केको बढेको पाखा बारि मा गाई गोठाला जादा का साथी भाई लाई भेट भयो आफु पौड़ी खेलेको खोला कुला सुकेर   पानी को नाम मा दुर्गंधित नाली मात्र बगि राखेको रहेछ मेरो खुट्टा पनि अचानक त्यों नाली मा जाक्किन पुग्यो म झस्केर  खुट्टा  नाली बाट झिक्छु भनेको त झसंग भएर ब्युझिए . मुख मा र्याल र आखा मा चिप्रा भरिएको थियो . शंकर जी उठेर नुहाउन जानु भएको रहेछ ज्या आफु त सपना मा पो रहेछ त ?
थाहा नै भएँन १० घंटा को लामो बाटों को कार हकाई, ४ प्याग रातो तिन पाने दिएको थिए त्यस ले त बिस्तरा मा पुग्ने बित्तिकै निंद्रा देबी को  आक्रमण मा परी हाले छू नि ? के पत्तो  ? . शंकर जी कुन बेला आएर सुतनु भयो त्यों पनि पतों थिएन . बिहान को ९ बजी सकेको रहेछ . होटल मा उपलब्ध४.९९ को बफे ब्रेक फास्ट सक्दो हसुरे र लाग्यौ कोलोराडो तर्फ . अझै १२ घंटा को यात्रा बाँकी  .