Pages

Thursday, December 13, 2012


कथा -समयान्तर
शेखर ढुंगेल
किरण ले उसको जीवन मा आज जस्तो अपमान महसुस कहिले पनि गरेको थिएन .उसको स्वाभिमान स्वभाब ले  गर्दा उ कसैको  ढोका मा सिफारिस को लागि गएँन् .किरण ले जीवन भर जे जती पनि यो समाज र देश को लागि गर्यो त्यो निस्वार्थ भएर गर्यो .पुरस्कार ,तक्मा, प्रमाण पत्र ,प्रससा पत्र को लागि न् त कतै बिन्ति हाल्यो न् त आफै पैसा लगानी गरेर आफ्नो लागि पुरस्कार दिने कार्यक्रम गर्न लगायो .किरण आधुनिक बठ्याई बुज्रुग हरु भन्दा फरक छ .उसको सोचाई पृथक छ .
किरण समय समय मा भन्दछ सेवा को अर्थ समर्पण हो त्याग हो फल को खेति होइन .फल प्राप्ति को लागि ब्यापार गर्नु पर्छ ,राजनीति गर्नु पर्छ .
आफ्नो सेवा र सिर्जना लाइ समेत लोकप्रियता को लागि प्रचार प्रसार गर्नु पर्छ भन्ने मा किरण विश्वास राख्दैनथ्यो .
संख्यात्मक प्रचार भन्दा गुणात्मक परिणाम लाइ प्राथमिकता दिने किरण को लागि केहि मुर्धन्य सुभ चिन्तक प्राज्ञ हरु को मौखिक प्रससा लाइ  नै ठुलो बिजय को रुपमा हेर्दथ्यो किरण .


आफ्नै भाग्य र योग्यता मा मात्र विश्वास राख्ने किरण भन्दथ्यो जे प्राप्त भएका छैनन् त्यो आफ्नै अयोग्यताको कारण हो .जसले जे भोगी रहेछ त्यो उसको भाग्य र क्षमता को प्रतिफल हो .
किरण बेला बेला मा भन्दथ्यो 'असन्तोष नै दुख को मूल कारक तत्व हो "
'आफ्नो योग्यता माथि को नाङ्गो तरबार पनि हो "भन्ने किरण ले सजिलो सरल अनि सहज बाटो रोजेको छ .दान् ,निगाह,पुरस्कार प्रससा को लालच बाट टाढा बस्थ्यो .असन्तोषी पन लाइ झिकेर फ्याकी सकेको थियो उसले भने गुनासो त नौ डाडा पारि भागी सकेको थियो ..
हुन् त घमण्डी को उपाधि भने प्रसस्त बोकेको छ किरण ले .बोल्ने को कमसल बिक्ने समाज को रिति भएको ठाउँ मा स्वाभिमानी हरु को हिसाब सधै नमिलेको हुन्छ .लाभ हानि को वास्ता न् गर्ने हरु ले प्रतक्ष्य घाटा व्यहोर्नु स्वभाबिक नै थियो .

एकाध स्वाभिमानी समाज मा देखिए भने अनुशरण होइन व्यंग गर्नु त लुच्चा हरु को काम नै हो .
निस्चय नै असल ले केहि गरेरनन् भने खराब ले जित्छन भन्ने अंग्रेजी युक्ति सत्य हो तर के गर्ने सय सज्जन को ठाउ मा एक दुर्जन काफी हुन्छ भन्थे अब सय दुर्जन को ठाउ मा आफुले आफै लाइ कथित सज्जन भनाउनु को के अर्थ ?
किरण अपमानित हुन् गै राखेको अगाडी को अबस्था लाइ स्वाभिमान मा लगेर जोड्छ .झनै घाटा देख्छ .
स्वाभिमान लाइ अभिमान भनि अनर्थ लगाई दिएर स्तुति गर्ने चतुर हरु को बाहुल्य रहेको समाज मा स्वाभिमान को मुल्य महँगो ..बाटो ....कठिन  छ निस्चय नै .तर त्यसले आत्म सन्तुष्टि र आत्मबल उच्च राख्ने मा किरण पहिले देखि नै बिस्वस्त छ .
हुन् त मरेको को भोलि पल्ट दुइ दिन "लाको खाको  पाको 'भन्ने मान्यता राख्ने हरु किरण का वरिपरी धेरै छन् .धेरै को दैनिकी लाइ नियाली रहेको छ उसले .
सत्य जे हो आजै हो भोलि कस्लाई थाहा भेटेको शुख सयल पद पुरस्कार लिई हालौ जसरि भए पनि भन्ने हरु कै घेरा भित्र एक्लो उभ्याई रहेको छ उसले आफु लाइ .तर इतिहास मा ज्युदा तारा हरु लाइ हेर्न हो भने माथि उल्लेखित  कथन झुठो हो क्षणिक हो किरण सधै बहस गर्छ एक्लै एक्लै ...
लाखौ खर्च गरेर आफ्नो ब्यबसाय को प्रचार को लागि  एउटा प्रतिष्ठित समाज सेवी को को रुपमा किरण लाइ आज  प्रमुख अतिथि बाट  उनको सम्मान गर्ने
कार्यक्रम राखिएको थियो .
आयोजक र प्रमुख अतिथि को  बारेमा किरण ले न् सोधेका होइनन . आफुले आदर गर्ने मानिस ले नै उनलाई झुक्याउलान भन्ने के थाहा ?तिमि खुसि हुन्छौं फिकर नगर .मेरो विश्वास गर्छौं कि गर्दैनौ ?भने पछी बाध्यताबस किरण ले स्वीकृति जनाएको थियो त्यो सम्मान पुरस्कार थाप्ने .
कार्यक्रम स्थल  मंच मा सजाइएको बिसाल चित्र मा प्रमुख अतिथि देखे पछी मात्र  किरण झस्कियो !!
मन मनै किरण सोच्छ हुन् त् उनलाई के थाहा किरण को मन भित्र अंकित अतित को चित्र ?
प्रमुख अतिथि लाइ उनले बर्तमान मा मात्र चिनेको पनि हुन् सक्छ .
किरण को रक्तचाप बढ्यो .
हेर्दा हेर्दै अनुहार रातो भएर आयो .उनको खुट्टा एका एक रोक्किए .
किरण जी  बढौ अगाडी किरण अड्किएको देखेर आयोजक मध्ये का एक भद्र ले सम्झाउदछन् .
किरण को मन मा अनेक कुरा खेल्न थाल्दछ के भन्लान साथी हरु ले भोलि ?कसको हात बाट पुरस्कार थाप्न पुगिस ?कहा गयो तेरी स्वाभिमानी सोच ?आखिर यो  पनि त उही ड्यांग मुला हो  नि ?निक्कै आदर्श का कुरो गर्थ्यो  हिजो सम्म हामि सित ?भनेर पक्कै भन्छन मलाइ भोलि तिनी हरु ले .
अब के गर्ने ?कसो गर्ने ?बहिस्कार गरेर अर्का को अपमान गर्ने कि ?नत मस्तक भएर नचिने झैँ नकचरो हासेर पुरस्कार थाप्ने कि ?के गर्ने ?किरण ले निर्णय गरि सकेको हुदैन .जती जती प्रमुख अतिथि आउने समय नजिक हुन्थ्यो किरण को मन भित्र छटपटि ले झनै गति लिन्थ्यो .
भोलि साथी हरु लाइ के जवाफ दिने ?कुन झुठ को सहारा लिने ?
किरण ले झुठ को सहारा होइन सत्य को बाटो अपनायो र त्यहा बाट चलाखी पुर्बक सुइ कुच्चा ठोक्यो .
उउउफ ..यो अबिस्वसनिय  समयान्तर !!!!!!
यो परिबर्तन !किरण एकाग्र भएर त्यो बिगत कोट्याइ रहेछ .अस्ति मात्र विदेश गएको साथी ले सम्झना स्वरुप उपहार  दिएको पुरानो  सोफा मा पल्टेर .
हिजो नै जस्तो लाग्छ .किरण लाइ त्यो साघुरो गल्लि को अध्यारो कोठा को भट्टी मा केहि कलेज का साथी हरु सित गएको थियो .
हर्लिक्स को बोतल मा भरेको घरेलु रक्सि ,सितन मा कुखुरा को नंग्रा टाउको अनि भटमास सित  साझ को रमाइलो गरेको थियौ .त्यहि गल्लि को एउटा अर्को चिसो कोठा मा बस्छु भन्दै परिचय दिएर मेरा मित्र सित ५० रुपिया मा अनुनय गर्दै आफ्नो अस्मिता साटेको .....किरण ले अस्विकार गर्दा अजिब को व्यंग सुन्नु परेको थियो ......उफ्फ त्यहि ...... आज ....
किरण लाइ  उही व्यंग गर्ने सित  आधुनिक बिशिष्ठ व्यक्तित्व को रुप मा नमस्कार गर्दै पुरस्कार थाप्न र सम्मानित हुन्  निम्त्याइएको थियो .
किरण अट्टहासपूर्ण हा हा हा .....हास्दछ .
गुन्द्रुक उमाल्दै गरेकी गृह लक्ष्मी छक्क परेर सोद्ध छिन के भो ए समाज सेवी ज्यु किन हास्छौ एक्लै ?पुरस्कार थाप्न गा थ्यौ क्यारे नि खोइ के लिएर आयौ ?
किरण झन् हास्छ हा हा ....हा हा .......हा .....
होइन के भो ?
यो समय को व्यंग सम्झेर हासेको नि किरण जवाफ फर्काउछ .
उता तालीको कर्तल ध्वनी गुन्जन्छ .सासद .प्रशासक लगायत प्रमुख अतिथि हरु को एक्कै पटक ओइरो लाग्छ .
माइक भेट्टाउने जती सब ले महान समाज सेवी ,उदयमान प्रतिष्ठित ब्यबसायी ..........को मुक्त कण्ठ ले प्रससा गर्दछन .
किरण ले बाटो तताई सकेको भन्ने थाहा पाएका आयोजक ले उनको बदला मा किरण लाइ लिएर जाने शर्मा जी लाइ सम्मान गर्छन .

दोस्रो दिन फोन मा उही बिशेष अतिथि को सुमधुर आवाज घन्किन्छ .
किरण जी !तपाइँ समय लाइ बुझ्न न् सक्ने मानिस हुनु हुदो रहेछ .
किन भाग्नु भयो हिजो ?
समय बदलिन्छ .कस्तो माहोल बन्छ .त्यस्तै भएर आफु बदलिनु पर्छ .नत्र त् दुख पाइन्छ .
समय लाइ नगद मा बदल्ने हो नगद मा किरण जी !
हेर्नुस मलाइ म कहाँ पुगे तपाइँ कहाँ हुनु हुन्छ ?
किरण फेरी हा हा हा ....हा हा गर्छ .
म मजाक गरि राखेको छैन बास्तबिकता तपाइको सामुन्ने छ .
समय समाज निस्ठुरी छ .बलेको आगो ताप्छन निभेको फ्याकी दिन्छन .
किरण एउटा प्रश्न सोधु ?
भन्नुस उता बाट जवाफ आउछ .
तपाइँ को बिस्तारा को मुल्य कति हो ?
किन चाहियो तपाइँ लाइ ?
हा हा ....हा हा ...हा होइन होइन   जान्न चाहेको मात्र .
न् सोध्नुस .यहाँ बजार मा पाइन्न .मैले विदेश बाट मगाएको हो .आटनै  पनि सक्नु हुन्न तपाइँ .
अनि निन्द्रा नि ?किरण प्रश्न गर्छ .
उता बाट आवाज बन्द हुन्छ .हेलो हेलो ....हेलो
सुईक्क सुईक्क ..गरेको सुन्छ किरण हेलो हेलो ..दोहोर्याउछ.
उता बाट मधुर र रुन्चे स्वर मा जवाफ आउछ .
हेर यो समाज लाइ ...आखिर हो त् एउटै जिन्दगि कर्कलो पानि .भोक भोकै सिदांत बोकेर मर्नु भन्दा आडम्बर नै सहि
म अवस्था सित सम्झौता गर्दै आफै लाइ बेच्दा बेच्दै यहा आइ पुगे .आफु हारेर अरु लाइ जिताए त्यसकै परिणाम हो यो किरण जी .हो म सित सब थोक छ तर निन्द्रा छैन .म सबै को हुनु पर्छ मेरो कोइ छैन .
धेरै बर्ष पछी म फेरी हारे तपाइँ सित बधाई किरण जी बधाई










.

1 comment: