Pages

Monday, October 14, 2013

एउटा गाउको सानो परिवार मा साबित्री केहि महिना अगाडी मात्र दुलहि बनेर भित्रिएकी हुन् .केहि महिना त् सासु बुहारी बिच को सम्बन्ध सुमधुर रह्यो तर केहि महिना बिते पछी  भने एक अर्का मा सानो सानो कुरो मा पनि आरोप प्रत्यारोप ,दोष देखाउदै  झगडा हुन् थाल्यो  .सधैँ को कच् कच् र विवाद ले वाक्क भएर साबित्रीले पति लाइ भनिन पति वाट पनि झगडा को समाधान ननिस्के पछी साबित्रीले सोचिन यो सासु बुढी लाइ नमारी अब मैले सुख पाउदिन .
यस्तै सोच लिएर साबित्री आफ्नो मिल्ने साथी को घर गइन् र आफ्नो बिलौना गरिन अनि साथी सित सासु लाइ मार्ने बिष दिन अनुरोध गरिन .
साबित्री  को कुरो सुने पछी विद्वान साथीले समस्या समाधान पनि सोचिन र भनिन हेर साथी साबित्री यसरि सिधै बिष खुवाएर मार्यौ भने तिमि लाइ पनि जेल मा हाल्छन त्यसैले म सित एउटा बिशेष औषधि छ त्यो दिन्छु यो औषधिले बिस्तार बिस्तार काम गर्छ अरु लाइ शंका पनि हुन्न यो औषधि ले सासु लाइ  मार्न  ६ देखि ८ महिना लाग्छ प्रत्यक बिहान आफैले खाना पकाएर त्यो खाना  मा यो औषधी हालेर दिने गर्नु पर्छ  .तर यो अबधि कसैले शंका न् गरोश त्यसैले तिमि ले आफ्नो व्यवहार  लाइ एकदम बदल्नु पर्छ .यो अबधि भर तिमीले सासु सित मुख लाग्नु  हुन्न राम्रो ब्यबहार गर्नु पर्छ  .जे भने पनि सहनु पर्छ र मिठास बोलेर जवाफ फर्काउनु पर्छ .भ्याए  सम्म घर को सबै काम आफै गर्नुपर्छ . सबेरै उठेर सासु लाइ चिया नास्ता  बनाएर खुवाउनु पर्छ ताकी अरु लाइ तिमीले बिष खुवाएर मारिन भन्ने शंका गर्ने मौका नमिलोस ..
साथीको कुरो सुनेर साबित्रीले भनिन बुढी चाँडै मर्छिंन्  भने म यस्तो दुख गर्न राजि छु यो के दुख हो र ?भन्दै खुसि हुँदै औषधि को पोको लिएर घर आइन्
भोलि पल्ट बिहानै देखि बुहारी साबित्री को ब्यबहार बदलियो  बोलि बदलियो .सासुले अर्हाएको काम हासेर गर्न थालिन .सासुले अनाबस्यक कराउँन्  थाले पनि दुइ चार महिना कि पाहुना त् हुन् नि भनेर सोच्दै हाँसेर टाली दिन थालिन .मिठास पूर्ण बोलि र ब्यबहार  गर्न थालिन.सासु आमा तपाइँ आफ्नो छोरी लाइ कती माया गर्नु हुन्छ ?मलाइ पनि त्यस्तै व्यवहार गर्नुस  म पनि तपाइँ लाइ आमा जस्तै ब्यबहार गर्छु नि भन्न  थालिन  
बुहारी को मिठासपूर्ण बोलि र बदलिएको राम्रो व्यवहार देखेर अब सासु पनि गालि होइन माया गर्न थालिन .छिमेकी  को मा बुहारी को कुरो काट्न छोडेर अब प्रसंसा गर्न थालिन .सासु बुहारी को व्यवहार आमा छोरी को जस्तै प्रेमपूर्ण स्नेह पूर्ण र सहयोगात्मक हुन् थाल्यो .सासु बुहारी आमा छोरी झैँ हास्ने रमाउने मिल्ने एकले अर्को लाइ काम मा सघाउने गर्न थाले .एक अर्का ले केहि समय न् देखे पनि दुवै लाइ एक अर्का को अभाब महसुस हुन् थाल्यो .
बुहारी साबित्री को मनमा  सासु प्रति यति धेरै माया बढ्यो कि अब सासु मर्ने हुन् कि भन्ने डर र चिन्ता ले सताउँन्  थाल्यो .
एक दिन मौका मिलाएर हत्तार हत्तार गर्दै साबित्री साथी को घर मा पुगिन र हात जोड्दै रुदै भन थालिन साथी म वाट ठुलो भुल भयो म त् मेरो सासु आमा बिना बाच्न नै सक्दिन . मेरो सासु मरिन भने त् म बाच्न सकिदिन म एक्लो हुन्छु लौन जसरि भए पनि मेरो सासु लाइ खुवाएको बिष ले काम नगर्ने  मेरो सासु आमा लाइ केहि नहुने औषधि  दिनु पर्यो  .मेरो सासु आमा लाइ बचाउनु पर्यो !!!!
यो त् हुनु नै थियो 
विद्वान साथीले हास्दै भनिन .मैले तिमि लाइ बिष दिएकै थिएन .त्यो त् तिम्रो सासु लाइ फाइदा हुने स्वास्थ्य बर्धक जडीबुटी थियो .
दुस्मन लाइ मार्न बिष वा हतियार जरुरत पर्दैन .बस प्रेम गर माया गर सहयोगी बन "आफु भित्र रहेको बिषाक्त सोच र ब्यबहार लाइ प्रेममय स्नेहमय र मिठास मा बदल्न सक्यौ भने यो संसार मा कोइ कसैको दुस्मन हुने छैन "
जाउ सासु आमा सित मिलेर आफ्नो घर स्वर्ग बनाऊ .....
"शुभ बिजय दशमी २०७० "

Thursday, June 13, 2013

आउनुस अब सकारात्मक रुममा धार्मिक परम्परा लाई पनि परिमार्जित गरौ 
धेरै छन् परिमार्जित् गर्न ढिला भएका बिषय अहिले लाई एउटा थिति बसालौं 
आज हाम्रो समाज एकातिर भोक र गरिबी  र महंगाई सित  लडी रहेछ 
त्यहि अर्को तर्फ बार्षिक अरवौंको चामल (अक्षेता ),फल ,जौ ,तिल ,तेल अनि फुल र अन्य खान योग्य बस्तु धर्म को नाम मा फ्याकी रहेका छौ .
आउनुस ब्यबस्थित गरौ .चढाउनु  पर्ने चिज बस्तु लाई अब खुल्ला होइन कि पोका (प्याकेट )मा नै चढाउने गरौ ताकी त्यो खेर न् जाओस र संकलित गरेर बेची  मठ मन्दिर को कोष मा जम्मा गर्न पनि सकिन्छ वा फल दुध जस्ता बस्तु आबस्यक पर्ने (needy people )लाई  बाडेर धार्मिक अनुष्ठान (मठ मन्दिर )लाई समाज सेवा को लागि स्रोत को रुपमा परिबर्तन गर्न सकिन्छ 
अनुमान गर्नुस त् एक दिन मा पशुपति नाथ मा कती चामल कती दुध कती फल जौ तिल तेल र पुष्प अबिर केसरी नरिवल आदि इत्यादि  चढाउने गर्दछौ ?महिना मा कती ?बर्ष भरिमा कती ?खोलामा फ्याकिने ति अरबौ को बस्तु लाई सदुपयोग गर्न ब्यबस्थित गर्न ढिला भै सक्यो 
त्यस लाई खुल्ला रुपमा पूजा को नाम फ्याक्नु भन्दा पूजा पनि हुने र सदुपयोग पनि हुने (खेर जान नदिने )गर्नु बुद्धिमानी होइन र ?बर्ष को २५ अरब को चामल आयात  गर्छौँ तर लगेर फ्याक्छौ तर त्यसै लाई सदुपयोग पनि त् गर्न सकिन्छ नि होइन ?धर्म  पूजा पाठ मठ मन्दिर लाई समाज उपयोगी र समाजसेवी तर्फ उन्मुख बनाऊ यस मै समाज र देश को कल्याण हुन्छ 

"परिबर्तन को लागि नागरिक आचार संहिता "(Norms of strong civic sense )अभियान .

Wednesday, June 5, 2013

अब जागौं अब उठौ आऊ बीर नेपाली !

अब जागौं अब उठौ 
सुन्दर देश बनाउन बिउझौ अब नेपाली 
छोडौ द्वन्द जात छुवाछुत र बिभेद को 
हाम्रो एउटै शान्त घर नेपाल 
हाम्रो एउटै जात नेपाली 
कोइ छैन उच निच आँगन एउटै हो हिमाली 
आऊ हात् मा हात् समाउ हें बिर नेपाली 
बिदेशी पस्ने सिमा मा पर्खाल बनौ/ बनाउ 
दुष्ट हरु को प्रवेश रोकौ आफ्नो घर बचाऊ 
गाएर शान्ति को गीत बुद्धत्व लाई जोगाउ 
अब फर्क बिदेशिएका सपुत नेपाली 
बिदेशी को राज भयो देश मा अब त् हटाउ 
केहि अर्थ रहेन पठाएको रेजिमेन्ट को 
जब सो भन्दा बढीको आयात गरी रहेछौ 
हाम्रा ठुला फाँट रसिला छन् अझै 
हामि निर्यात गर्न सक्छौ फलफूल र सागपात 
हामि निर्यात गर्न सक्छौ मासु र खाध्यान
हामि निर्यात गर्न सक्छौ जडीबुटी 
हामि निर्यात गर्न सक्छौ जल बिध्युत 
हामि आत्म निर्भर हुन् सक्छौ हाम्रै पौरखले 
हामि देश बनाउन सक्छौ हाम्रै शिपले 
रोकौ टाई सुट को आयात हामि संपन्न नहुन्जेल 
रोकौ बिदेशी मध्यपान धुम्रपानको  आयात हामि समृद्ध नहुन्जेल 
आऊ अब एउटा क्रान्ति गरौ 
कलम कापी र पुस्तक हात् हात् मा पुर्याउन 
आऊ  अब एउटा क्रान्ति गरौ 
प्रत्यक मा "समान मानबिय मुल्य र मान्यता को "मर्म बुझाउन 
आऊ अब  एउटा क्रान्ति गरौ 
प्रत्यक नेपाली को पहुचमा औषधिमुलो पुर्याउन 
आऊ अब एउटा क्रान्ति गरौ 
बिबेकसिल ,सभ्य ,सदाचारी ,शान्त सालिन नागरिक बनाउन 
आऊ अब एउटा क्रान्ति गरौ 
जोगाउन्  हाम्रो  मौलिक अनुपम धर्म / सस्कृति 
कसैले लुट्न लुटाउन  न् पाओस हाम्रो घर हाम्रो खेति 
एउटै शान्त घर हाम्रो नेपाल हामि सुन्दर सालिन नेपाली 
अब उठौ अब जागौ आऊ बीर  नेपाल 



Shekhar Dhungel (शेखर ढुंगेल)

Friday, May 24, 2013


जिन्दगि त् देखि अब  तंग त् आयो 
"तैपनि बाच्नु को बिकल्प भेटिएन 

आँखा देखि धेरै आँशु त् बग्यो 
तैपनि हास्नु को बिकल्प भेटिएन 
-- 

Sunday, May 19, 2013

हामि आफ्नो आफ्नो अधिकार को कुरो गर्छौँ एक आपस मा लड्छौं  तर  हाम्रो अधिकार त्यस बेला मात्र सुरक्षित हुन्छ जब हामि अरुको अधिकार पनि सुरक्षित राख्न चिन्तित र सक्षम हुनेछौ .
अन्यथा आज म बलियो छु अर्को को अधिकार खोस्छु भोलि अर्को बलियो हुन्छ मेरो अधिकार खोस्छ .
यसरि लुट्ने र लुटिने क्रम मात्र चली रहन्छ कसैको पनि अधिकार सुरक्षा हुँदैन .र जति सुकै र जस्तो सुकै पद्दति परिबर्तन भए पनि अर्थ राख्दैन जब सम्म हाम्रो प्रवृति परिबर्तन हुँदैन ..
नेपाल को बिगत ६३ बर्ष को राजनैतिक इतिहास ले यो प्रमाणित गरी सक्यो होइन र ?

"परिबर्तन को लागि नागरिक आचार संहिता "(norms of strong civic sense )अभियान 

Monday, May 13, 2013

 कविता -म नेपाली जब ब्युझिए 

आज म नेपाली ले कस्तो सपना देखे 
म नेपाली त् हराए हराए 
मेरो देश समेत हराएको देखे 

म नेपाली विदेश तिर भागी रहेको 
म नेपाली अरु को भाषा बोल्न  व्यस्त रहेको 
म नेपाली बिदेशी भेष मा कतै हराई रहेको 
म नेपाली अरु को सस्कृति मा भिज्दै रमाई रहेको 

उफ्फ उफ्फ यो  कस्तो सपना ?
मेरो देश मा अर्कै  भाषा बोल्ने भिड  छिरी सकेको 
मेरो देश मा अर्कै धर्म ले झन्डा गाडि  सकेको 
मेरो देश मा बिदेशी सस्कृति शासन गरी  सकेको 
न् त् म मेरो देश का नेता को बोलि को भाषा बुझ्छु 
न् त् मेरो देश का नेता मा नेपाली भेष देख्छु 
न् त् मेरो देश का नेता मा नेपाली पन र मन  देख्छु 

मेरो सगरमाथा ज्वाला निकाली रहेको थियो 
मेरो लाली गुराँस डढेर भटाभट लड्दै थियो 
मेरो बौद्ध स्तुपा धर धर आँशु खसाली रहेको थियो 
मेरो झरना हरु मा तातो खरानी झर्दै थियो 
मेरो नदि हरु लाभा बोकी स्तम्भित थियो 

म त् मस्त थिए निन्द्रा मा कसैले ढोका ढक ढकायो
मैले उसको भाषा बुझ्न सकिन 
मैले ऊ को थियो चिन्न सकिन 
जब उसले मेरो नागरिकता खोस्न थाल्यो 
तब !
म नेपाली  ब्युझिए मेरो होस् खुल्यो 
देखे !
म नेपाली  को मुख मा भ्रस्टाचारी को घोचो थियो 
म नेपाली  को हात् मा  दलाल को हथकडी थियो 
म नेपाली को खुट्टामा बिदेशी को "मुढा"थियो 
म नेपाली को आँखा मा भ्रम को पट्टि थियो 
म नेपाली को अन्तरात्मा र बिबेक किनिएको थियो 
म नेपाली को नेपाली पन को अस्तित्व लुटिएको थियो 
म नेपाली ले केहि गर्न सकिन 
म नेपाली को भाषा बुझ्ने कोइ थिएन 
म नेपाली हराई सकेको रहेछु मेरो देश भित्र 
म नेपाली को देश नेपाल हराई सकेको रहेछ भूगोल भित्र 
उफ्फ आज म नेपाली ले किन यस्तो सपना देखे !


Saturday, May 11, 2013

http://www.janapukar.com/news-2013-05-12-06-03-05-3887.html

news of bimochan and donation tolt.dekendra thapa family ru 10 hajjar 
लघु कथा


सत्य लुक्दैन झुठो टिक्दैन !

एकादेश मा एउटा स्वाभिमानी राजा थिए .उनले आफ्नो राज्य मा बिभिन्न साग सब्जी .पशुपालन फलफुल खेति गराएर अर्को राज्य मा निर्यात गरी राज्य कोष मा ठुलो धन राशि जम्मा गर्न  सक्षम भएका थिए .जो कोइ बेरोजगार लाई बोलाइ खेति पाती पशुपालन गर्न राज्य कोष बाट  बिना ब्याज ऋण सहयोग गर्थे .

ती राजा ले भर्खरै अर्को एउटा सानो राज्य माथि विजय प्राप्त गरी आफ्नो राज्य मा गाभी फर्केका थिए .उनले विजय प्राप्त गरेको त्यो राज्य मा नागरिक धेरै गरिब र दुखि थिए ..खाध्यान्न को अभाब थियो पशुपालन कृषिजन्य कुनै उत्पादन थाहा थिएन .सबै अर्को राज्य बाट महँगो मा किनेर लेराउनु पर्दथ्यो .त्यसले गर्दा त्यो देश को राज्य कोष समेत खालि थियो .

राजा ले भर्खर बिजय प्राप्त  गरेको त्यो भूभाग मा पशुपालन सागसब्जी फलफुल उत्पादन गर्न आफ्नो राज्य मा भएका अनुभबी किसान लाई छानेर पठाउने उदेश्य ले झ्याली पिटाए .सबै किसान ले आ आफ्नो दक्षता प्रमाणित गर्न आफुले उत्पादन गरेको फलफुल सागसब्जी को नमुना लिएर दरबार मा हाजिर हुन् आउनु ....

यो कुरो त्यहाँ  को एउटा छट्टु नागरिक ले पनि थाहा पाएछन् .र उसले जसको राम्रो खेति बारी छ  त्यहाँ त्यहाँ गएर  एक दुई एक दुई राम्रो उत्पादन चोर्दै माग्दै घर मा थुपारेर तोकिएको दिन अरु संगै ऊ पनि ती समान बोकेर दरबार मा हाजिर भयो .

राजा सबै को उत्पादन हेर्न र किसान को परिचय माग्न अगाडी के बढेका थिए .त्यहाँ भेला भएका अरु किसान हरु एक अर्कामा काने खुसि गर्दै मरी मरी हाँस्न थाले .राजा छक्क परे अनि अलमलमा पनि नागरिक हरु को हाँसो रोकिएको थिएन राजा अगाडी बढेर जिज्ञासा राख्दै सोधे तपाइँ हरु किन हास्नु भएको ?के कारण पर्यो होला ?तब किसान हरु ले जवाफ दिए .रिसानी माफ होस् सरकार ऊ त्यो अगाडी धेरै थरि फलफुल सागसब्जी बोकेर आउने कुनै काम गर्दैनन त्यो सब केहि हामी सित मागेको त् केहि चोरेर थुपारेका हुन् .

त्यहि भिड मा सबै किसान हरु को पछाडी एक झुम्रे मानिस खालि हात् उभिएको देखेर राजा ले सोधे तपाइँ को हो नि ?किन खालि हात् आउनु भएको ?मेरो आदेश सुन्नु भएको थिएन ?ती मानिस केहि बोल्नै आँटेका थिए कि बाँकी सबै किसान ले एकै स्वर मा निबेदन गरे सरकार यो राज्य मा असली किसान हाम्रा पथ प्रदर्शक उनै हुन् . यिनलाई बिहान उज्यालो भए देखि साँझ झमक्क नहुन्जेल हाम्रा खेत बारीमा आएर हामि लाई खेति पाती गर्न सिकाउने खेति को नमुना देखाउन हाम्रो खेतबारीमा   काम गर्दैमा फुर्सद हुँदैन .हामीले जे जति पनि उत्पादन गरेका छौ यो सबै यिनै को शिक्षा र सहयोग ले गर्दा सम्भब भएको हो .

त्यो सुनेर राजा ले ती झुम्रे किसान लाई अगाडी बोलाए अँगालो मारे अनि सबै लाई सुनाएर भने देश को लागि यिनी जस्तो इमान्दार र त्यागि नागरिक चाहिन्छ .म नत मस्तक छु तपाइँ प्रति तपाइँ जस्तो नागरिक नहुने हो भने म एक्लै ले देश बचाउन कहाँ सक्छु र  भन्दै राजा ले नयाँ भूभागमा  खेतीपाती गर्ने र  राजस्व संकलन गर्ने  मुख्तियारी दिएर पठाउने निर्णय सुनाए .साथै उनले त्यो छट्टु लाई पनि अगाडी बोलाएर भने यो देश मा सबै तपाइँ जस्तै धुर्त र छट्टु नागरिक भए देश कहाँ पुग्छ ?चलाखी धुर्त्याई मानिस को जीवन को ठुलो कलंक हो .एक पटक म माफ गरी दिन्छु ठगेर खाने  बुद्धि अब आइन्दा न् गर्नुस .ल तपाइँ पनि वहा संगै जानुस र हाम्रो नया भूभाग मा खेतीपाती मा सहयोग गर्नुस .म मेरो राज्य मा कोइ बेरोजगार धुर्त ठग देख्न सक्दिन .त्यसो भन्दै सबै किसान लाई भोजन खुवाएर उनि हरु ले लेराएको उत्पादन को उचित मूल्य बराबर सुन सिक्का दिएर बिदा गरे .



-- 
Shekhar Dhungel (शेखर ढुंगेल)

Thursday, May 9, 2013

आमा तिम्रो महानता बर्णन गर्न शब्द भण्डार प्रयाप्त छैनन् !
आमा तिम्रो स्नेह को मूल्य चुकाउने  संसार मा कुनै बस्तु छैनन् !!

आमा तिमि नै त् हौ यो ब्रमाण्ड तिमि न् भए कोइ छैनन् !
आमा तिमि हिमाल हौ माया को शितल छर्ने तिमि भन्दा उच्च कोइ छैनन् !!

Monday, March 25, 2013


देश भनेको चार तिर कोरिएको भौगोलिक रेखांकन भित्र को भूभाग मात्र होइन त्यस भित्र खास गरि हाम्रो जस्तो बिस्व को १७ औं जेष्ठ मुलुक को आफ्नै बिशिष्ठ मौलिक भाषा भेष सस्कृति अनि सामाजिक रिति रिवाज छ .यसको संरक्षण र बिस्तार गर्नु प्रत्यक नागरिक को कर्तब्य हुन्छ .
आज भोलि प्राय सबै संचार माध्यम ले विशुद्धरुपमा नेपाली शब्द उच्चारणमा कमजोरी देखाई रहेछन .संचार क्षेत्र  प्रस्तुती मात्र होइन  पाठक ,श्रोता वा दर्शक को लागि शब्द आर्जन ,प्रयोग को नमुना अनि शिक्षाप्रद हुन् सक्नु पर्छ .
 नेपाली संचार मा अत्यधिक अंग्रेजी वा हिन्दी शब्द को प्रयोग हुनु भनेको बिस्तारै नेपाली वा स्थानीय भाषा मा बिदेशी भाषा को  संक्रमण भित्र्याउनु हो .सम्बन्धित क्षेत्र ले आफ्नो जिम्मेवारी महसुस गरुन भनि अनुरोध वा स्मरण गराउन चाहन्छु .
"परिबर्तन को लागि नागरिक आचार संहिता "(norms of strong civic sense )अभियान 

Friday, March 22, 2013

लघुकथा -मानिसको स्थान 

एउटा गाउमा कुन्दन नाम का दर्जी को सानो  परिवार थियो . .
दर्जी दाइ ले दुखम सुखम आफ्नो छोरा लाइ स्कुल पठाएका थिए .
एक दिन कारणबस स्कुल छिट्टै छुट्टी भएको ले दर्जी दाइ को छोरा घर जानु को बदला बाबु ले काम गर्ने ठाउमा गए .
दर्जी दाइ को छोरा ले बडो ध्यान पुर्बक आफ्नो बाबुले कपडा सिलाउने तरिका हेरी रहे.
उनले देखे कि उनको बुबा ले कपडा सिलाउने क्रम मा घरि घरि कपडा काट्दथे अनि कैची लाइ घुडामुनि च्यापेर राख्दथे 
.अनि फेरी घरि घरि कपडा सिलाउथे र सियो लाइ टोपी मा घुसारेर राख्दथे .
यो देखेर दर्जी दाइ को छोरा को मनमा जिज्ञासा उठ्यो ..र उनले बुबा लाइ सोधे .
बा ! बा !! म देखि रहेछु तपाइँ घरि घरि कपडा काट्दै कैची लाइ घुडाँमुनि च्यापेर राख्नु हुन्छ .
अनि घरि घरि सिउदै सियो लाइ भने आफ्नो शिर को टोपी मा राख्नु हुन्छ यस्तो किन गर्नु भएको ?
छोरा को कुरो सुनेर दर्जी दाइ ले उनलाई काख मा राखेर गाला सुम्सुम्याउदै सम्झाए .
हेर बाबु कैची ले हमेसा सद्धे कपडा  काट्ने काम मात्र गर्दछ.
सियो भने  कैचीले काटेको जोड्ने र बनाउने काम गर्दछ ,
त्यसैले हेर छोरा यो संसार मा जसले अरु लाइ काट्ने तोड्ने गर्दछ उसको स्थान हमेसा निचा नै हन्छ .
अनि  जसले जोड्ने बनाउने काम गर्दछ उसको स्थान हमेसा उचो नै हुन्छ .त्यसैले कैची लाइ घुडाँमुनि राखेको र सियो लाइ शिरको टोपी मा घुसारेको हो .
बुबा को यस्तो जवाफ सुनेर दर्जिदाई को छोरा को सोच मा ठुलो परिबर्तन आयो र पछी उनि त्यो गाउको महान समाज सेवी बने जो आज सम्म अमर छन्  .

Monday, March 11, 2013


अभिबादन को बिषय मा नेपाली समाज अझै भ्रमित र गलत बाटो मा छ .अझ भनौ पौराणिक सामन्त र दास अवस्था को मानसिकतामा छ .हामि हरु कथित पद /घनि मानिस वा समाज को कलंक  (ठुलो जात र सानो जात )ठुलो जात लाइ अभिबादन गर्नु पर्छ भन्ने मान्यता राख्द छौ .जुन बास्तबमा गलत सोच र परम्परा हो सभ्य समाज जहाँ norms of strong civic sense लाइ व्यवहार मा देखाइएको हुन्छ त्यस्तो हुँदैन बल्की जसले पहिले मौका पाउछ उसले Hi अर्थात शुभ प्रभात दिन ,मध्यान्ह  साँझ वा रात भन्ने गर्दछन्  .यहाँ सम्म कि कहिले नै न् देखेको वा अपरिचित किन न् होस् आँखा जुद्धा हाइ वा समय अनुसार शुभ होस् भन्ने गरिन्छ .
सोच्नुस त् एक पटक पद र पहुच (ठुलो पद को प्रशासक वा नेता ) वहा हरु लाइ हामि नागरिक ले वहा हरु को क्षमता हेरेर ज्याला (तलब )दिएर जिम्मेवारी सुम्पेका होइनौ र ?हामि महान सार्बभौम नागरिक हौ भने हामि आफै ले ज्याला दिएर काम मा लगाएका हरु सित झुक्ने किन ?कार्य क्षमता,योग्यता  र जिम्मेवारी को सम्मान स्वरुप फरक दर को ज्याला दिएर हामी ले हाम्रो लागि काम गर्न खटाएका हौ .तसर्थ उनि हरु को पद र पहुच कै हिसाब गरेर  झुक्नु र अभिबादन गरि राख्नु जरुरि छैन बरु वहा हरु नै हामि प्रति अनुग्रहित भै झुक्नु पर्छ यदि चेतना छ भने .
..
अझ सोच्नुस त् के मजदुर बिना कारखाना मालिक को अस्तित्व छ ?नागरिक बिना राजा /नेता को अस्तित्व छ ?मजदुर ले आफ्नो अमुल्य श्रम बेचेको हुन्छ त्यहि श्रमिक नागरिक ले तिरेको कर बाट राजा /नेता /प्रशासक ले ज्याला (तलब) लिन्छन .अब बिश्लेषण गर्नु त् को प्रति  को झुक्नु पर्ने हो ? देख्नु भएको होला जापानका  सम्राट घुंडा टेकेर आफ्ना नागरिक सित कुरो गर्छन बेलायती राज परिवार नागरिक सित झुक्दै  हात् मिलौछन् र आफ्ना नागरिक प्रति अनुग्रहित भएको देखाउछन् .
तर न् बिर्सौं प्रत्यक ले प्रत्यक अर्को लाइ अनिबार्य सम्मान  र मर्यादा गर्नु पर्छ  अभिबादन गर्नु पर्छ ताकी "समान मानबिय मुल्य र मान्यता "को महसुस होस्  मानिस ले सृजना गरेको पद पैसा वा प्रभाब को अधार मा ठुलो र त्यस लाइ चाही अभिबादन गर्नु पर्ने तर त्यस्तो कथित पद पैसा (धनि )वा प्रभाबसाली ले भने अरु लाइ गर्नु न् पर्ने जस्तो संकीर्णता  अब हटाउनु पर्छ .."सभ्य समाज निर्माण को लागि यो एउटा अर्को अमुल्य सुत्र हो 
"परिबर्तन को लागि नागरिक आचार संहिता "(norms of strong civic sense )अभियान .
-- 

Thursday, February 14, 2013


आत्म सुद्धि क़ा लागी केही चिंतन
शेखर ढुंगेल
आउनुस  एक छीन समाज को दुस्ट्याईधुर्त्याई , फटायी , लोभ लालच , इर्स्या घमंड लाई थाती राखी " मरेर  बाच्ने की   बाचेर मर्ने'उपाय को लागी केही चिंतन मनन गरौ . समाज मा सृष्टी को अनादी कल देखि  नै लोभ मोह क़ा कारण कतिपय बांछित , अबान्छित कर्म कु कर्म हरु भै राखेका छन . जस्लाई मानबिय   दानबिय स्वभाब को रूप मा परिभाषा गरिएको छ . प्रत्यक मानिस भित्र यस्ता गुण कुनैं   कुनै कुना मा बिध्यमान हुन्छ . मानिस को  आबस्यकता , इच्छा अनि आपूर्ति बिच को खेल नै जीवन हो . यो खेल मा कस्तो इच्छा र आपूर्ति को सीमा निर्धारण  गर्छ ब्यक्ति ( मानिस) ले  त्यस मा नै ब्यक्ति को स्वभाब र ब्यबहार ले समाज मा स्थान प्रभाब पार्ने गर्दछ . र स्वयम ब्यक्ति को परिचय समेत निर्धारण गर्दछ . समाज को खेल को एउटा सानो हिस्सा लाई संबोधन गर्दै गीता मा लेखिएको छ " जब मानिस को इच्छा पूरा हुदैन तब  आक्रोशित हुन्छ मानिस मा क्रोध त्यस बेला आउछ जब उसको इच्छा मा रुकावट बाधा अड़चन आउछ "अर्थात सम्पूर्ण समस्या को जड़ ब्यक्ति को  अस्वभाबिक  इच्छा आकांक्षा" नै हो .

एक जना बिद्द्वान ले मानिस को स्वभाब लाई यसरी उल्लेख गरेका छन " जिउदो को प्रससा गर्न भयाई न भयाई छ उसलाई मरेका लाई समबेदना किन दिन्थ्यो ? फाईदा दिने हरु वरिपरी झुम्मिएको बेला बे मतलब को मानिस को दुःख उसले किन सोच्छ ?'' अर्थात मानिस स्वार्थी हुन्छ र उसको प्रत्यक कदम स्वार्थ को लागी अगाड़ी बढ़ी राखेको हुन्छ जायज स्वार्थ ले ब्यक्ति र समाज को भलो गरी राखेको हुन्छ भने नाजायज स्वार्थ ले अर्को ब्यक्ति ,  समाज र स्वार्थ  लाई प्रगाडित गराई राखेको हुन्छ . गीता को  १६ . २९ खंड मा उल्लेख गरिएको  ' काम क्रोध लोभ देखि बच्नु पर्छ नर्क  स्वर्ग अन्यत्र होइन यही जीवन र यही पृथ्वी मा नै  .अनियंत्रित लालच पूरा गर्न दौडने मानिस लाई बार बार असफलता हात लाग्दछ. त्यस्तो मान्छे शंका गर्ने , भ्रममा पर्ने , असहनसिलता र क्रोधी हुन्छन् . जब सम्म मानिस यस्तो इच्छा मा आशक्त रहन्छ उसको जीवन नर्कमय नै हुन्छ "".  गीता कै २.६३ खंड मा भनिएको छ " मानिस मा क्रोध बाट सम्मोह उत्पन्नं हुन्छ सम्मोह बाट स्मृति मा भ्रम स्रीजना हुन्छ भ्रम व़ा शंका ले मानिस को बुद्धि नस्ट हुन्छ र अन्तमा स्वयम नस्ट हुन्छ. सम्मोह त्यस्तो क्रोध को अबस्था हो जस बेला  ' ब्यक्ति े सोच्दछ  की   म जे गर्दै छू ठीक गर्दै छू बाकि सबै गलत देख्द्छ र अरु को कुरा सुन्ने र बुझने क्षमता समेत नस्ट भै सकेको हुन्छ त्यस्तो ब्यक्ति ले के उचित के अनुचित भनी बिबेक प्रयोग गर्न क्दैन अनि बिबेक हिन् बनेर स्वयम नस्ट हुन्छ . 
समाज मा खराबी को बिऊ रोपने हरु प्रसस्त छन यसको बीजारोपण गर्न सजिलो छ जसरी घर भत्काउन.  असल कुराको बिऊ रोप्नु र उमार्नु एउटा घर बनाउनु जती कै गार्हो  . यस सन्दर्भ  मा भारतीय दर्शन शास्त्री स्वामी ाम तीर्थ भन्छन "" मानिस हरु जो अरु को खराबी सोच्छन  , बोल्छन तर एउटा धुर्ब सत्य कुरो के भने जतिसुकै गोप्य ठाऊ मा त्यों बिशाक्त भावना को  बिऊ  बमंन गर  व़ा रोप जती सुकै बिस्वास  पात्र भनिएको मित्र लाई कसैलाई   भन्नु है  भनी कसम खुवाएर गलत कुरा अर्को लाई बिगारने कुरा गर एक दिन समय ले निर्मम र कठोर बनेर त्यों दुस्ट बिचार र कर्म को बदला मा सजाय गरेर नै छोड्छ गलत नियति को भन्दाफोर  भएर नै छोड़छ . 

आज को समय मा संसार का  नर नारी लाई खड्किएको  एउटा समस्या हो सच्चा मित्रता . मित्रता को बारेमा परिभाषा गर्दै पंडित राम चन्द्र शुक्ला भन्नु हुन्छ " मानिस मानिस बिच हुने निस्वार्थ र सच्चा मित्रता  मा ऊच्चकोटि को बैध्य ले ( आधुनिक डाक्टर ) गर्ने उपचार पछि को आराम भन्दा उत्तम र महँगो सेवा भाब , त्याग हुन्छ एउटा असल भन्दा असल आमा को भन्दा माया , सहन , धर्यता,  कोमलता  ,क्षमा  त्याग हुन्छ . कहा खोजने त्यस्तो मित्र त्यों मित्र छ आफै भित्र आफ्नै मन भित्र रहेको बिस्वास प्रेम लाई बाडन सक्नु पर्छ . लिने  प्रयोग गर्ने होइन दिने र सहयोगी हुने भावना स्वयम मा हुनु पर्छ . यसै सन्दर्भ मा महात्मा गाँधी भन्नु हुन्छ " 
 जून मानिस मा नैतिकता , इमान्दारिकता  , धर्यता  हुँदैन र स्वार्थ मात्र लुकेको हुन्छ त्यस्तो मानिस को कोई मित्र हुदैन कोई आफ्नो हुदैन र  त्यों मानिस ले  अरुले भन्दा स्वयम ले नै  धेरै  नोकसान पुर्याई राखेको हुन्छ'' .
त्यों मेरो मित्र हो त्यों ठीक छ त्यों सीत कुरा मिल्दैन त्यों ठीक छैन त्यसको संगत न गर्नु त्यों देखि होसियार हुनु मलाई बिस्वास गर्नु त्यस लाई बिस्वास गर्न सकिन्न त्यों काम हुँदैन त्यसको पछि न लाग्नु यस्ता सबै  कुरा  एउटा क्षुद्र चित्त भएको मानिस ले मात्र गर्छ . उदार मन ठुलो चित्त भएको मानिस को लागी  सारा संसार कोसबै  मानिस असल मित्र हुन्छ ,कसै  लाई ख़राब देख्दैन .   उसले हमेसा अरुको भलो मात्र चिताएर काम गर्दछ .यो कुरो महोपदेश मा उल्लेख  गरिएको छ  . 
अन्तमा सत्य साईं  बाबा  भन्नु हुन्छ संसार मा बांच   यसरी की संसार को लोभ लालच इर्ष्या लाई मन  बाट निकाली फ़्याकिदेउ  , अनि तिमी लाई बिबेकी बनाउद छ , , सदाचारपूर्ण बिबेक को प्रयोग ले नै मानिस को आत्म शान्ती को बाटो निर्माण गर्दछ .
अस्तु

परिबर्तन को लागि नागरिक आचार संहिता (norms of strong civic sense )


गुमाउदै छौ आफ्नोपन
शेखर ढुंगेल
समाज शास्त्री भंदछन " सबै सफल मानिस असल हुदैनन सबैअसल  मानिस सफल हुन्दैनन "यो तथ्यता भित्र ब्यक्ति को नैतिकता शिक्षा अनि ब्यबहार ले भूमिका खेलेको हुन्छ दुःख को कुरो के भने यो मापन मानिस को अंतिम अबस्था मा मात्र हुन्छ जून बेला ढीला भै सकेको हुन्छ की न की बाचुन्जेल त उसले  समाज मा खेल खेली नै राखेको हुन्छ . हामी देख्दछौ एकातिर प्रत्यक दिन कियौ भौतिक सुबिधा  जीवन लाई सरल  सहज बनाउने यन्त्र हरु को बिकास भै राखेको छ . अर्को तीर बिकराल रुपमा अभाब र मानसिक चिंता पनि बढ़ाई राखेको छ . जीवन को अंतहीन दौड़ मा आफु अनुकूल उपलब्धि प्राप गर्न मानिस मशीन झै कूदी नै रहेको छ . 
शारीरिक शुख ( सुबिधा ) र मानशिक खुसी ' दुई यस्ता बस्तु हुन जो  बिरलै  संगै   हिडने गर्छन . शुख को आधार सम्पति हो भने ख़ुशी को आधार शान्ती र आनंद हो . सम्पति लाई निश्चित र सिमित दायरा मा ( मापन ) राखी खुसी हुने हरु संसार मा भेट्न गार्हो छ . आज को हाम्रो समाज ले बिध्यमान पर्तिस्पर्धात्मक जीवन लाई सफल पार्ने आधार शिक्षा लाई मानेको छ जून स्वभाबिक हो . अनि नानी हरु लाई बढ़ी प्रचार मुखी र बैदेशिक मुखी पर्तिस्पर्धा मा रहेका स्कुल कालेज मा भर्ना गरी दिएर उनी हरु को भबिस्य सुखी होस भन्ने कामना अनि आशा गर्दछन . तर बहुत कम मानिस ले सोचेको तर कसैले न सुनी दिएको बिषय के भने अंग्रेजी मा पोख्त र उच्च प्रमाण पत्र नै मानिस को बौद्धिक खुराक को प्रमाण होइन '. मैले आज उठाऊंन लागेको प्रसंग  गुम्दै गएको आफ्नोपन को कुरो हो,  शिक्षा लाई ब्याबसयिकरण र आत्म निर्भर को लागी मात्र प्रयोग गर्दा समाज र रास्ट्र प्रति को दायित्व महसूस गर्ने नागरिक को अभाब हुन गै भबिस्य मा राज्य संचालन मा समेत योग्य ब्यक्तित्व को  खडेरी पर्ने अबस्था आउनेछ.

हुन त नेपाली हरु को  मुग्लान( बिदेस ) पस्ने  र पारिवारिक पीड़ा  भोग्ने मार्मिक कथा को  सिलसिला लाई महा कबी लक्ष्मी प्रसाद देबकोटा ज्यू ले  आफ्नो अमर कृति  " मुना मदन ' मार्फ़त प्रस्तुत गरी सकेका हुन . त्यों सृंखला ले झंन  भयाबह  रूप लिएको अबस्था छ अहिले .दुई दशक अगाडी सम्म उच्च शिक्षा हासिल गर्ने अनि सरकारी नोकरी  गरेर देस सेवा गर्ने व़ा आफ्नो आबस्यकता लाई परिपूर्ति गर्ने हरु को बहुमतिय पर्तिस्पर्धा हुन्थ्यो. आज पनि अन्य देश मा सरकारी नोकरी गर्नु लाई गर्ब कै रूप मा हेरिन्छ बिदेस मा सरकारी नोकरी पाउदा प्रतिष्ठित भएको महसूस गर्ने हरु धेरै छन .  तर नेपाल मा युबा पीढ़ी ले  सरकारी नोकरी लाई तुच्छ ठान्ने प्रब्रिती बढेको छ. शेना प्रहरी जस्ता नोकरी प्राथमिकता मा पर्न  छोड़ेका छन  .  आज शत प्रतिशत युबा हरु को लक्ष उच्च अंक मा उतीर्ण हुने र बिदेस जाने मात्र देखिन्छ . गरीब धनि . साधारण देखि बरिष्ठ नागरिक हरु आफ्ना  संतान लाई शिक्षा होस की रोजगारी मा  बिदेश धकेल्न नै संघर्षरत् छन .जहा सुख को भ्रम पूर्ण कथा हरु रचिएका छन त्यही पारिवारीक बिच्छेद पीड़ा अनि नेपालीपन मा हार्स्ह र चिंता क़ा भबसागर स्रीजना भै राखेका छन .
समाज मा आज सयुक्त परिवार स्नेहयुक्त पारिवारिक बाताबरण साथी संगती बिच को हाते मालो टाढा भएको छ . अझ कतिपय अबिभाबक को बध्यात्मक परिस्थिति ले छोरा छोरी लाई सानो उमेर  देखि नै बोर्डस गर्नु पर्दा प्रिय अबिभाबक र र संतान बिच  हुनु पर्ने पारस्परिक  बात्सल्यपूर्ण बाताबरण को अभाब बढेको  .जसको कारण संतान हरु अबिभाबक को हात बाट अनि अपनत्व बाट टाढा हुदैछन . आमा बाबु को सामीप्य  माया अनि गुरु को नैतिक मूल्य को शिक्षा ले मात्र एउटा असल  बिद्यार्थी व़ा नागरिक उत्पादन हुन सक्छ . शिक्षा को अर्थ ब्याबसयिक क्षमता निर्धारण गर्ने , डा , प्राध्यापक व़ा इंजिनियर को प्रमाण पत्र थाप्नु मात्र होइन एउटा जिम्मेवार असल नागरिक बन्नू पनि हो . जून सत्कार्य मा हाम्रो समाज पछाड़ी पर्दै गएको छ. आज को शिक्षा ले मन को भावना र पबित्रता कुनै स्थान दिएको छैन , मानबिय मूल्य र मान्यता को बाताबरण बनाएको छैन आयातित शिक्षा र सस्कृति को प्रभाब बढेको हुदा आफ्नो पन बाट बिस्तारै परदेशी पन मा झांगी राखेका  छौ थैंक्स र सॉरी को औपचारिकता को सीमितता मा हामी पुग्दै छौ . परिबेश एउटा छ शिक्षा अर्का को भाषा अर्का को थोपरी दिए पछि सबै प्रकार को आफ्नो पन बाट युबा पीढ़ी टाढा हुदै गएको छ .

उच्च  शिक्षा अनि रोजगारी को अबसर को बहाना मा बिदेशिने यो क्रम ले अब त देश को रक्षा को लागी कोई पनि चिंतित र जिम्मेवार नै छैन की क्या हो भन्नु पर्ने अबस्था आई लाग्दै छ . एक संपन्न नागरिक को साथ साथै एक असल समाज सेवी नागरिक को देश लाई खाचो छ देश ले के दियो भन्ने होइन मैले के दिए भनी सोचने नागरिक " को खाचो छ . हामीले दिने शिक्षा ले जिम्मेवारी र उत्तरदायित्व प्रति सचेत नागरिक उत्पादन गर्नु परेको छ . अन्यथा संतति हरु पारिवारिक र जन्म  भूमि को आफ्नो पन बाट अपहरित हुदै जाने छन भाषा र सस्कृति बाट टाधिदै जाने छन .

यहाँ एउटा प्रसंग जोड्नु प्रासंगिक होला ' मानिस लाई शिक्षा र सम्पति को उचाई मा समाज ले नाप्दैन ' जस्तो खजूर को बोट अग्लो त हुन्छ त्यसले गर्मी मा मानिस लाई शीतल दिदैन त्यसै गरी मानिस को शिक्षा पद   सम्पति लाई लाई होइन उसले समाज लाई पुर्याएको योगदान को मात्र समाज ले नापेको इतिहास साक्षी छ . प्रत्यक ब्यक्ति  देस को सम्मानित नागरिक हुन सेवा गर्न चाहन्छ तर त्यस्तो बाताबरण स्रीजना   गरी आफ्नो परिबेश र अपनत्व मा गर्ब गर्ने बनाउन सोचने दायित्व कसको ? राज्य संचालक को की ब्यक्ति स्वयम को ?


 जातीय बाद मानबता बिरोधि अपराध हो (नेल्सन मण्डेला )! 
शेखर ढुंगेल 
जन जाति वा जातीय अधिकार ,जातीय परिचय र  आबस्यकता त्यसको महत्व र ब्यबस्थापन सम्बन्धमा बिस्व इतिहास र अहिले नेपाल  मा उठेको जातियबाद को पक्ष र बिपक्ष् धेरै बहस भै सकेका छन् र भैरहेछन . नेपाल मा बहुचर्चित र बिबादित जातियबाद को सकारात्मक वा नकारात्मक पक्षमा चर्को विवाद बहस र कुनै अप्रिय बाताबरण को सृजना हुनु भन्दा पहिले दक्षिण अफिकाका स्वेत अस्वेत द्वन्द को कारण तिन दशक सम्म जेल सजाय भोगु भएका ,नोवेल शान्ति पुरस्कार लगायत २५० वटा अन्दा बढी अन्तरास्ट्रिय पुरस्कार वाट  सम्मानित  पुर्ब राष्ट्रपति नेल्सन मण्डेला को अभिव्यक्ति लाइ मनन  गर्नु जरुरि भएको ले स्मरण गराउनु यो समय मा उचित होला .नेल्सन मण्डेला  ले भन्नु  भएको छ 'म जातिबाद लाइ घृणा गर्दछु जातिबाद मानबता बिरोधि बर्बरतापूर्ण अपराध हो" .वहा को यो अभिव्यक्ति त्यसै आएको होइन. जसले स्वेत हरुको मानबता बिरोधि हरकत को पिडा भोगेको छ  .ठिक त्यसै गरि  अहिले हाम्रो देश मा पनि तिनै स्वेत हरु को उक्साहटमा यो मानबता बिरोधि आन्दोलन (जातीय )ले प्रसय पाएको स्पस्ट भएको छ .हाम्रै समाज का दार्शनिक गुरु स्वामी बिबेकानंद जसले हिन्दु दर्शन लाइ युरोप र अमेरिका मा सम्म पुर्याउन शसक्त भूमिका खेल्नु भएको थियो .वहा जहाँ जहाँ  पुग्नु हुन्थ्यो आफ्नो प्रबचन मा यहि कुरो लाइ बल दिनु हुन्थ्यो कि 'यो संसार मा मात्र दुइ जात छन् एक स्त्री र अर्को पुरुष 'संसार मा एउटै मात्र धर्म छ  त्यो हो मानब सेवा '.र  सभ्य आधुनिक समाज जसलाई हामि चेतनसिल नागरिक हरुको बस्ति भन्छौं वा सभ्य समाज को अबधारणा को अपेक्षा राख्दछौं त्यो भनेको 'समान मानबिय मुल्य र मान्यता को मर्म 'लाइ व्यवहार मा कार्यान्वयन गरिदा मात्र उपलब्ध हुने हो .जात भनेको एउटा बंश को निरन्तरता दिने वा परिचय दिने माध्यम मात्र हो कुनै सानो र कुनै ठुलो हुँदैन .यो  कुरो बुझ्न र बुझाउन ढिला भै सकेको छ .मानब मानब नै हुन्छ सबै समान हुन्छन कथित ठुलो जात भनेर दम्भ देखाउनु वा जन जाति ,दली भनेर आफुले आफै लाइ हेलित सम्झनु दुवै अबचेताना का पराकाष्ठा हो .हामीले जातियता होइन एउटै देशका नागरिक बीचमा आत्मियता बढाउने सोच र बाटो खोजौ देश बलियो हुदा नै नागरिक बलियो हुन्छ त्यसैले साम्प्रदायिकता र क्षेत्रीयता होइन रास्ट्रियता बलियो हुने बाटो रोज्नु पर्छ .अन्यथा उसलाई खाने बाघले एक दिन म हामि र सबै लाइ खान्छ समय मा नै सोचौ . .जहाँ स्वयम फरक देख्ने वा देखाउने मानसिकता हुन्छ त्यहाँ अबचेतनायुक्त समाज हुन्छ .हामि सभ्य छौ चेतनसिल छौ भन्ने मान्यता राख्छौं भने जातीय बिभेद को विवाद आजै वाट अन्त गर्नु पर्छ . गौतम बुद्धले प्रतिपादन गर्नु भएको 'शान्ति सेवा र मानबियता 'को सिदान्त पनि जातीय बिभेद भन्दा  माथिको सोच राख्न कै लागि थियो .वहा ले देख्नु भएको दुखि रोगि र लास को तिन वटा नै अवस्था मानबियता मात्र थियो जातियता को गन्ध थिएन .

नेपाल मा अहिले जसरि जातीय मुद्धा उठेको छ त्यसको उठान को आधार बिन्दु देखि प्रस्थान (गन्तब्य )बिन्दु अर्थात परिणाम  सम्म प्रत्यक  ले म  राष्ट्र को एक जिम्मेवार नागरिक हु भन्ने सोचेर बिषयगत बिश्लेषण ,मुल्यांकन गर्नु  अनिबार्य हुन्छ .हामीले  सभ्य मुलुक ,बिकसित मुलुक भनेर औल्याईएका देश हरु लाइ अध्ययन गर्यौ भने थाहा हुन्छ कि  'समान मानबिय मुल्य र मान्यता को सिदान्त अनि  मर्म लाइ ब्यबहार मा कार्यान्वयन गर्नु किन आबस्यक छ र परिणाम कस्तो आउछ ?जातीयबाद किन मानबता बिरोधि अपराध को रुपमा परिभाषित भएको छ .आज प्रविधिले संसार लाइ नजिक वाट पारदर्शी बनाइ सकेको छ .इतिहास आखा र मस्तिष्कमा चलचित्र झैँ छाएको  छ .जातीय युद्ध का पिडा  भोगेका देश का नागरिक को कोलाहल चिच्याहट र देश वाट बिस्थापित  हुनु परेको दर्दनाक कथा ब्याहोरेका देश हरु को सुची यहाँ उल्लेख गर्नु पनि जरुरि छैन यसको बाबजुद पनि हाम्रो बिबेक पूर्ण क्षमतामा काम गर्न असमर्थ हुन्छ र बिदेशी को उक्साहट र खर्च मा अभिप्रेरित हुन्छ भने हामीले दुर्भाग्य व्यहोर्नु बाहेक कुनै बिकल्प रहने छैन .जातियता अनि बिदेशी प्रभाब कति खतरनाक हुन्छ भने स्विजरल्याण्ड को संघियता को समस्या समाधान गर्न ३२ बर्ष लाग्यो .बिस्व युद्ध को चरम अवस्था ले गर्दा छिमेको राष्ट्र हरु त्यता व्यस्त भएको मौका छोपी साहसिलो निर्णय न गरेको भए सायद आज स्विजरल्याण्ड भन्ने देश बिस्व मान चित्र मा नहुन पनि सक्थ्यो .त्यसै गरि श्रीलंका मा राष्ट्रपति महेन्द्रा राजपाक्ष ले भारत को ससदीय आम निर्बाचन को मौका पारि नर्वेजियन ,स्विडिस जो शान्तिदूत वा द्वन्दग्रस्त क्षेत्र मा मध्यस्तकर्ता को बहानामा अर्का को देशमा हस्तक्षेप गर्ने उस्तै परे देश नै टुक्रयाइदिने गर्दछन उनि हरु लाइ  प्रवेश निषेध गर्नु को साथै  सयुक्त राष्ट्र सघ समेत लाइ रोकेर जातियाबदी  तमिल राज्य को माग गर्दै ४ दशक सम्म आन्दोलित समू माथि बिजय प्राप्त गरि  देश बिभाजन हुन् वाट रोके का थिए .नर्बे ,स्विडिस वा संयुक्त राष्ट्र संघ श्रीलंकामा छिर्न पाएको भए इस्ट टिमोर लाइ झैँ श्रीलंकाको पनि बिभाजन हुने निश्चित थियो  .जातीय बाद यति खतरनाक हुन्छ कि त्यसै कारण सभ्य मुलुक मा त् जात रंग अनि धर्म को  बिभेद लाइ कानुन ले नै निषेध र दण्डित गरेको छ .त्यसतै भारत जस्तो बिशाल गणतान्त्रिक देश  जहाँ नेपाल कै जस्तो बिबिध जात र भाषा को सम्मिश्रण छ त्यहाँ पनि जातीयबादी र उग्रबाम पन्थी (माओबादी )पार्टी प्रतिबन्धित छ .कारण स्पस्ट छ जतियबाद आज को सभ्य समाज को एउटा ठुलो कलंक हो .नेल्सन मण्डेला  को अर्को भनाइ अनुसार 'जन्जिर वाट मुक्त हुनु मात्र स्वतन्त्रता  होइन स्वतन्त्रता यस्तो होस् जहाँ अर्को को स्वतन्त्रता को सम्मान र मर्यादा बढेको होस् 'हामीले यो सोच लाइ कसरि   कार्यान्वयन गर्ने ?त्यो  सकारात्मक सोच देखाउन सक्नु परेको छ .

जब हामि आफ्नै लागि सोच्न ,आफ्नै भबिस्य कोर्न असफल हुन्छौँ अनि आयातित सिदान्त  र निर्देशित बाटोमा हिड्न थाल्छौं.तब व्यक्तिगत मात्र होइन रास्ट्रीय स्वाभिमान समेत दाउमा लगाउन बाध्य हुन्छौं. हामीले गम्भीर भएर सोच्नु पर्ने कुरो के हो बने एउटा पराइले हामि लाइ बिना स्वार्थ लगानी गर्दैन .आज मलाइ प्रयोग गर्छ आफ्नो स्वार्थ पुरा गर्छ अनि एउटा फ्याक्छ अर्को  च्याप्छ क्रमैले सबै लाइ खान्छ अर्थात सबै लाइ USE AND THROW  गर्छ भनेर  बुझ्न  सक्नु पर्छ .अहिले नेपाल मा जातीय मुद्धा जबर्जस्ती लादिनु मा मुख्य दुइ कारण रहेका छन .एक माओबादीले जनजाती लाइ राज्य वाट बिशेष अधिकार  दिलाउने छौ भन्दै आफ्नो शक्ति आर्जन को लागि आकर्षित गरि उक्साएर हतियार को रुपमा प्रयोग गर्न् सफल हुनु  र दोस्रो हो बिस्वको एक मात्र हिन्दु राष्ट्र र र यो समाज मा भएका केहि बिकृति लाइ बहाना बनाइ केहि युरोपेली (इशाई )रास्ट्र ले जन जाति  लाइ प्रयोग गरि हाम्रो समाज ध्वस्त पार्न अरबौ खर्च गरि  उक्साउनु नै हो .यो उक्साहट ले यतिबेला खतरनाक स्वरुप धारण गरेको छ जसको कारण छिमेकी मित्र राष्ट्र  भारत समेत सशंकित र सतर्क  भएर केहि महिना अगाडी नेपाल सरकार लाइ लिखित रुपमै जन जातिको नाम मा  प्रोत्साहित गर्ने सबै गतिबिधि / कार्य अर्को शब्द मा जन जाति गतिबिधि रोक्न चेतावनी दिसकेको छ .भारत कै कुटनैतिक पहल मा बेलायत ले बर्षेनी जन जाति लाइ संघर्ष गर्न  दिदै आएको १२/१५ करोड सहयोग रोकिएको वा दिन  बन्द गरिएको जानकारी सार्बजनिक गरि सकेको छ .बिस्व को ठुलो गणतान्त्रिक लोकतन्त्र भएको देश भारत मा किन माओबादी र जनजाती बाद समुह लाइ आतंककारी घोषित गरि प्रतिबन्ध लगाइएको छ ?कारण स्पस्ट छ "जातीय युद्धले रास्ट्र विखण्डन मात्र निम्त्याउने छ र अनन्त सम्म देश अस्थिरता तर्फ धकेलिने छ .जसको केहि लक्षण का समाचार हेरौ .केहि दिन अगाडी मधेष तराइ फोरम दल का अधक्ष अमर यादब ले पहाडिया हरुले तराइको प्राकृतिक स्रोत माथि आक्रमण गरेको ले कानुन बनाएर पहाडिया लाइ तराइमा बसाइ सराइ गर्न प्रतिबन्ध लगाउनु पर्ने भन्दै प्रधानमन्त्री मा लाइ लिखित माग पत्र बुझाइएको छ .केहि हफ्ता अगाडी नेवा राज्य (उपत्यका )को फोहोर तामसिंग राज्य मा फ्याक्न पाइन्न भनेको खबर छापियो भने त्यसै गरि तामसिंग राज्य को मेलम्ची को पानि नेवा राज्य लाइ किन दिने ?भन्ने पनि कुरो आयो .अब अनुमान गरौ नेल्सन मण्डेला ले त्यसै जातीय बाद मानबता बिरुद्ध को अपराध हो भनेका हुन्  ?अझ सुडान इथोपिया लगायत का हृदय बिदारक द्रिस्य हरु पनि नेपाली र  संसार को लागि अनभिज्ञ होइन .अझ अर्को स्मरणीय  कुरो त् के छ भने ति देश जुन देश मा जात ,बर्ण ,धर्म को आधारमा  भेदभाब गर्नु गैर्ह कानुनि  छ त्यहि देश हरु नेपाल को जनजाती आन्दोलन को लागि खर्च व्यहोर्दै छन् भने बुझ्नु पर्छ कि हामि माथि खेलबाड हुदै छ .एक ले अर्को लाइ सिध्याउने खेल मा कतै हामि स्वयम सिद्धिने त् होइनौ ?किन कि साम्यबादी सिदान्त ले (जो माओबादी ले यो जातीयताको नारा उठाएको छ )जातीय बिभेदको अन्त गर्ने हो बिशेधाधिकार प्रदान वा बिशेष सुबिधा उपलब्ध गराउदैनन हतियार मात्र बनाएर प्रयोग गर्ने हुन् .


यो संसार मा जति पनि इतिहास रचिए जति पनि सपुत हरु अमर भएर रहेका त्यस मध्य एक पनि जातीय वा क्षेत्रीयता को लडाई लडेर होइन .जातीय विवाद मा फसेका कुनै पनि देश चरम आर्थिक संकट ,अस्थिरता ,अस्तव्यस्तता व्यहोर्दै अन्तमा विखण्डित भएका छन् .नेपाल मा  भै राखेको जनजाती अधिकार  र स्वायत्तताको सन्दर्भमा बाइबल को एउटा राजनैतिक आदर्श को अंश उल्लेख गर्नु उचित होला भनिएको छ "बहुमत ले अल्पमत माथि अन्याय नगरोस "तर हाम्रो समाज मा उल्टो भएको छ बहुमत ले देखाई रहेको सदभाब माथि अल्पमत ले आक्रमण प्रयास हुदै छ .हामि यो २१ औं शताब्दी मा पनि आफुले आफै लाइ चिन्न सकिराखेका छैंनौं वा आफ्नो मुल्य आफै लाइ थाहा छैन वा समाज र देश प्रति को जिम्मेवारी महसुस गर्न सकी राखेका छैनौ .कतै हामी बिदेशीको अनपेक्षित निर्देशन मा आफ्नो स्वबिबेक र दायित्व वाट बिमुख हुदै त् छैनौ ?अन्जान वा उक्साहट मा सामाजिक सदभाब र राष्ट्रिय एकतामा आघात पार्दै त् छैनौ ?सब भन्दा ठुलो आघात त् यहाँ स्वयम एक  जन जाति ले अर्को जन जाति माथि गर्दै छन् .उदाहरण को लागि हेरौ त् हिजो सम्पूर्ण जनजाती को एउटा छाता संघठन थियो आज माओबादी समर्थक ,एमाले समर्थक ,कांग्रेस समर्थक ,राप्रपा समर्थक ,मधेषबादी समर्थक बनेर टुक्रा टुक्रा मात्र भएका छैनौ राइ एकातिर ,लिम्बु एकातिर .शेर्पा एकातिर .तामांग एकातिर ,नेवार एकातिर यसरि हामी र हाम्रो एकता लथालिंग हुदैछ .आज सम्म मिलेर बसेका सबै जनजाती अब कथित विशेषाधिकार को कोटा ,कथित बेग्लै राज्य र पहिचान को मृग तृष्णा बोकेर स्वयम लाइ कमजोर र अबसान गर्ने बाटो मा हिडेका वा  अग्रसर हुदै छौ .यो समाज यो देश सबै को साझा फुलबारी हो .यो माटो को सुगन्ध सबैले समान रुपले ग्रहण गर्न पाउनुपर्छ .राज्य ले दिने अवसर लाइ आफ्नो इच्छा योग्यता र क्षमता मा पर्तिस्पर्धि बनेर उपयोग गर्न पाउने नैसर्गिक अधिकार को सुरक्षा गर्नु पर्छ .प्रत्यक नागरिक ले देश को प्राकृतिक स्रोत र साधन को समान रुपले उपयोग गर्न पाउनु पर्छ .हामि नेपाली ले कथित उपल्लो जात वा जनजाती र दलित जस्ता सोच र ब्यबहार वाट माथि उठ्न ढिला भै सकेको छ .यहाँ एक पटक प्लेटो को भनाइ स्मरण गर्नु उचित हुन्छ इशा पुर्ब  ३२८ मा जन्मिएका प्लेटो ले भन्नु भएको थियो "प्रकृति को हिसाब ले सबै मानिस समान छन् एउटै पृथ्वी  को हावा .पानि र माटो को भर मा बाच्दछन् .त्यसैले राजा होस् कि गरिब मानिस सृस्टिकर्ता को नजर मा बराबर छन्" .

राज्य को दृष्टिमा कुनै जात बिशेष वा समुह बिशेष लाइ प्राथमिकतामा पार्ने कुरो संबैधानिक हुनै सक्दैन .जुन सुकै धर्म जात  बर्ण को किन नहोस प्रत्यक नागरिक राज्य को दृष्टि मा समान हुनु पर्दछ .जातीय विशेषाधिकार ,आरक्षण वा छुट्टै राज्य को माग चेतना होइन अब  चेतना  र भ्रमित मानसिकता को उपज हो .एक चेतनसिल नागरिक को दृष्टिमा कुनै पक्ष ले योग्यता बिना नै विशेष अवसर पाउनु पर्ने र अर्को कुनै पक्ष ले योग्यता को बाबजुद राज्य वाट पाउनु पर्ने सुबिधा वाट बन्चित हुनु पर्ने हो भने अन्तहीन द्वन्द को बिजारोपण गर्नु हो जुन आधुनिक  सभ्य समाज को लागि कलंक हो .तसर्थ नागरिक समाज देखि राजनैतिक दल हरुले जातियता को मुद्धा  लाइ स्थगित गर्नु पर्छ .आफ्नो  दल र कार्यकर्ता लाइ नेतृत्व बर्ग ले सहमत गराउनु पर्छ .स्पस्ट छ यहि जातीय मुद्धा को सेरोफेरो मा दल हरुले आफु लाइ निश्चित बाटोमा डोर्याउन न सक्दा नै गत जेष्ठ मा नया संबिधान आउँन  न सकेको हो .तत्कालिन संविधानसभाको को प्रमुख   दल माओबादी ले उठाएको यो जातीयबाद सो दल आफै अगाडी बढेर नकार्न गार्हो परेको छ अब अरु दल ले जातीय  मुद्धा वाट पछाडी हट्न माओबादी लाइ सहमत गराउनु पर्छ .यो मुद्धा को अन्त संगै संबिधान बनाउन र टिकाउन धेरै सजिलो हुन्छ .अन्यथा जबर्जस्ति कहिले संबिधान बन्छ त्यो पनि ठेगान छैन र यो मुद्धा को दिर्घकालिन्  रुपमा समाधान नखोजी संबिधान बन्नु र नबन्नु को कुनै औचित्य छैन .