Pages

Monday, December 10, 2012


गीत /गजल
म   त् निरस भै दोबाटो मा बसेको  थिए
तिमीले डोर्याएर  यहाँ सम्म ल्याई दियौ
म त् भुमरीमा उडी सकेको थिए
तिमीले जोगाएर  आफ्नै मन सजाई दियौ
अब फेरी दोबाटो मै  फर्की जाउ  किन भन्छ्यौ /भन्छौँ

म त् कर्म फुटेको अभागी नै थिए
तिमीले सहारा दिएर भाग्य बनाइ दियौ
म त् हराएर आध्यारो मा रुदै थिए
तिमीले उज्यालो देखाई हास्न सिकायौ
अब फेरी मलाइ रोई रहने किन बनाइ दिन्छ्यौ /दिन्छौं

म त् सबै वाट टाढा भै सकेको थिए
तिमीले नै आफ्नो नजिक राख्यौ
म त् झरेको तारा झैँ भएको थिए
तिमीले मन्दिर को देबता/देबी  झैँ सजायौ
अब फेरी मलाइ माटो को धुलो झैँ किन गर्छ्यौ /गर्छौ

No comments:

Post a Comment