Pages

Sunday, December 9, 2012


कविता -ओरालो लाग्दा  

आज भोलि मानिस हरु 
उसलाई वास्ता गर्नु जरुरि ठान्दैनन रे 
जब त्याग र निष्ठाको कुरो गर्छ उ 
त्यो त् बेमौसम को तर्क भन्छन रे 

आज भोलि मानिस हरु 
उसलाई हेला गर्छन रे 
स्रोत र शक्ति के सकियो उसको 
प्रयोग हिन  भाडो भन्छन रे 

आज भोलि मानिस हरु 
उस्लाइ देखि टाढै भाग्छन रे 
हिजो लागेको गुण सम्झाउछ उ 
त्यो त् असान्दर्भिक भैसक्यो भन्छन रे 

आज भोलि मानिस हरु 
उसका कुरा काट्छन रे 
उसको नाम मा शान देखाउने हरु 
सम्बन्ध बिग्रियो भन्दै 
पराइ सित्  नाता जोड्दैछन् रे 

आज भोलि मानिस हरु 
उसलाई नचिने झैँ गर्छन रे 
दुख मा छु,
 म तिम्रै हु  साथ देउ भन्छ उ 
तर्की बाटो काटी हिड्छन रे 


No comments:

Post a Comment