Pages

Saturday, December 8, 2012


कथा - खरानी को आगो 

आज रुबी को मन को खरानी ले आगो ओकलेको दिन .
रुबी महारानी को धन्दा खुसीले बन्द भएको छ आज  देखि अब रुबी महारानी को अर्को नया जीवन सुरु हुदै छ भोलि बाट .
तातो खरानी लाइ जिउदो राखी लामो समय पछी आगो निक्लेको थियो .रुबी महारानी को मन हलुको भएको छ आफ्नो उदेश्य पुरा भएको मा .
मन भित्र को ज्वाला मुखी लाइ जीवन को उत्तरार्ध मा मत्थर पारेर उनि अब नया बिल्कुल नया बाटो हिड्ने तयारि मा पुगेकी छिन .
आफ्ना सहकर्मी, साथी, परिवार जे भने पनि सबै सित को अन्तिम बिदाइ को दिन थियो रुबी महारानी को आज .
रुबी महारानी जो रिमा बाट यो आडम्बरी समाज को आखा मा पर्दा हाल्न रुबी महारानी बनेकी थीईन .
आफ्ना सबै ग्राहक देखि उ सित सम्पर्क मा बसेर आफ्नो गुजारा गर्ने हरु लाइ धन्दा बन्द को खबर गरि सकेकी छिन .
आज देखि रुबी महारानी फेरी रिमा भएर आफ्नो संसार मा जाने तरखर को पूर्ण तयारि भएको छ .
यो भब्य महल को  चहल पहल बन्द हुने छ भोलि बाट 
निस्फिक्री भएर आज को साझ रिमा को साझ भएको छ .रिमा ले आफले आफै लाइ एउटा नारकीय  नाटक बाट मुक्त पारेकी  छिन .
सबै लाइ बहिनि ,साथी को जस्तो ब्यबहार गर्ने रिमा लाइ नगर का  बर हुन् कि बधु रुबी महारानी भनेर चिन्दथे र त्यसै गरि सम्बोधन गर्दथे .
धेरै मन्त्रि सासद, उच्च ब्यापारी सित मात्र सम्पर्क सुत्र बनाएर अकुत सम्पति कमाएकी रुबी को भब्य महल देख्दा उनि साच्चिकै खानदानी महारानी नै हुन् कि जस्तो भान हुन्थ्यो .
त्यहि ठुलो कम्पाउण्ड ले घेरिएको भब्य महल ले मन्त्रि, सासद ,र कथित उच्च घरानिया बर्ग को अनैतिकता लाइ छोपी राखेको थियो .
निर्धक्क भएर आउथे पिचासत्व शान्त पार्थे जान्थे .
रुबी ले खुईय गर्दै भनिन ल है साथी हो यो अन्तिम दिन को अन्तिम पेग ......चियर्स     ..... चियर्स  चियर्स .....
बिदा हुने भै गयो बेला फेरी भेट होला कि न् होला ..........भन्ने गीत मा सबैले टिलपिल टिलपिल आखा पार्दै नाचे .एक अर्का लाइ अँगालो मा बाधे अनि शुभ कामना बाड्दै रसिलो आखा लिएर बिदा भए .
रुबी झ्याल मा बसेर सबै लाइ हात हल्लाउदै बिदा गरेर टाढा टाढा क्षितिज मा आखा घुमाउछिंन् .
जती बिर्सन खोजे पनि अन्धकार मा हराएको त्यो चित्कार ...त्यो छटपटी.....त्यो रात ...सम्झेर रिमा उर्फ रुबी को आखा अझै बर्शिन्छ .
रिमा को सपना टुटेको त्यो रात ....
जीवन लथालिंग मन धुजा धुजा भएको त्यो रात ......
एउटा सुमधुर खुसि बोकेर हिडेको त्यो पहिलो रात ....
सबै सपना चकनाचुर भएको त्यो रात .....उफ ...रोक्दा रोक्दै    ..फेरी आशु झर्न  सुरु हुन्छ  ...रुबी को 
रुबी महारानी नगर बधु कि मुखिया "महारानी 'जो आजै बाट स्वेच्छाले जीवन लाइ परिबर्तन गरि समाज सेवा गर्ने विचार ले बिस्थापित भएकी छिन .
मन भित्र बल्झेर रहेको एउटा घाउ मा बर्षौं पछी मल्हम पट्टि गरेर रुबी अब फेरी रिमा भएर बाच्ने रहर ले भोलि देखि यो शहर को कोलाहल ,बाट टाढा जादै छिन त्यहाँ  पवित्र हावा र निस्कपट माया को आफ्नै सुखी दुनिया छ .
एउटा सम्पन्न परिवार मा हुर्किएकी रिमा प्रबेशिका परीक्षामा प्रथम श्रेणी मा पास गरेर उच्च शिक्षा लिई डाक्टर भन्ने सपना बोकेर आफ्नो प्राण भन्दा प्यारो प्रेमी को साथ लागि काठमाडौं आएकी थिइन .
काठमाडौं आइ एउटा होटेल मा बसेको पहिलो रात मा नै .सुरक्षा खोल ओढेका नर पिचास हरु को शिकार भएकी थिइन रिमा .
शान्ति सुरक्षा को बहाना मा मध्ये रात मा होटेल को कोठा कोठा बलजफ्ती खोल्दै हिडेका प्रहरी नाम का भोका राक्षस हरुले रिमा को प्रेमी लाइ पक्रेर चौकी लगे ...र ....रिमा लाइ बेस्या भन्दै रात भर बलात्कार गरे ..
भोलि पल्ट बिहान जब रिमा लाइ चौकी मा लगियो उ बेहोस जस्तै थिइन .उनको प्रेमी लाइ  प्रहरी ले कागज गराए छोडी दिएको घण्टा पनि बित्न नपाइ त्यहि होटल को कोठा मा गएर उनले झुन्डिएर आत्महत्या गरेका थिए .
रिमा लाइ बेस्या भनेर उसको शारीरिक शोषण मात्र गरिएन जबर्जस्ति थुने फोटो खिचे अनि पत्रकार हरु लाइ बाडेर आफ्नो अपराधिक पुरुषार्थ लाइ बचाउने प्रयास गरे .
रिमा को कुरो  प्रहरी ले सुनेनन .रिमा को अस्मितता लाइ धुमिल्याएर आफ्नो कार्तुस लाइ छोपे .
रिमा लाइ बेस्या को पगरी गुथाएर हफ्ता मा एक पटक हाजिर हुन् आउने शर्त को कागज मा सहि गराएर सात दिन पछी मुक्त गरि दिए .
उफ रिमा को लागि सम्झिदै कहाली लाग्ने त्यो अध्यारो रात ...रिमा बेसाहारा भै आशु मा डुबी  छटपटाई रहिन ...पिपासु प्रहरी धम्कि र त्रास देखाउदै राक्षसी हासो हास्दै थियो .एउटा अनैतिक शिकार गर्न पाएको मा
उनको बाटो भत्किएको थियो .जीवन को सहारा रोजेकी थिइन त्यो पनि अब रहेन यो संसार मा . बियोग को पिडा अनि आफन्तहरुको अगाडी मुख देखाउन डर लाग्यो रिमा लाइ र  उनले घर न् फर्कने बरु  काठमाडौं लाइ नै संघर्ष स्थल बनाएर बस्ने  अठोट गरिन एउटा उदेश्य मन भित्रै पालेर .
एक हिसाब ले मानसिक बिक्षिप्त रिमा मर्ने उपाय खोजि रहेकी हुन्छिन .
थुना मै भेटिएकी अर्की पिडित ज्योत्सना सित को परिचय र उनको त्यसतै दर्दनाक व्यथा अनि उनको सल्लाह र सहयोग मा बिस्तारै बिस्तारै सामान्य बन्दै जान्छिन .
डाक्टर बन्ने रिमा को आकांक्षा लाई  बलात्कार अनि प्रेमी को बियोगान्त ले चकनाचुर परि दिएको थियो .
ज्योत्सना सित को बसाइ ले रिमा नगर बधु बन्छिन
उनको नाम अब रुबी भै सकेको हुन्छ मन मा एउटा भयङ्कर बिद्रोही संकल्प बोकी रिमा काठमाडौं को स्तरीय नगर बधु मा सक्रिय भएकी छिन .ज्योत्सना ले पनि पुरा पुर् सहयोग गर्ने बचनबद्धता गरिन .
रिमा को सुन्दरता र चलाखी पूर्ण ब्यबहार ले छिट्टो समय मा नै गतिलो पहुच र स्तरीय बाताबरण मा रुबी महारानी को नाम ले शहर मा परिचित हुन् पुगिन .
अकल्पनीय पिडा लाइ सहजीकरण गर्दै रिमा अगाडी बढी रहेकी छिन ..
उनको पहुच उच्च तह का प्रहरी ,प्रशासक ,नेता देखि समाज सेवा को आवरण मा नेपाल मा बिकृति को खेति गर्ने  बिदेशी एन जी ओ ,आइ एन जी ओ  का हाकिम हरु सित पुगी सकेको छ .
छोटो समय मै रिमा र ज्योत्सना ले भरपुर सम्पति आर्जन गर्न सफल भए एउटा भब्य महल को छत मा महिला बिकास सम्बन्धि समाज सेवा नाम को बोर्ड झुन्ड्याई दिएर त्यहा आउने हरु को अनुहार लाइ सुरक्षित गरि दिएका थिए .
नारि अस्मिता को किन बेच मात्रै होइन रुबी महारानी को महल भित्र जुवा को खेल पनि निरन्तर हुन्थ्यो .
रुबी महारानी सबै बाट सुरक्षित छिन .जो कार्यबाही गर्नु पर्ने अधिकार प्राप्त अधिकारि नै उनको अगाडी नांगो भै सकेको हुन्छ 
मन्त्रि हुन् कि ससद वा प्रहरी हाकिम लाइ कहिले काही नगर बधु कै स्तरमा आमा चकारी गालि गर्छिन .उनि हरु नकचरो हासो हासेर टाली दिन्थे .
सत्ता को चलखेल हुदा सासद हरु को मनोरंजन को लागि नगर बधु हरु को क्याटरिङ गर्ने जिम्मा पाएकी रुबी महारानी लाइ  आफ्नो उदेस्य पुरा गराउने चरण को नजिक पुग्न गार्हो परेंन् .
त्यो रात ..जुन रात ले रिमा को जिन्दगि मा चुनामी बोकेर आएको थियो .एउटा नागिन को आखा मा बसेको दुस्मन को छाया झैँ रिमा को जीवन बर्बाद गर्ने त्यो प्रहरी को घृणित अनुहार पल पल मा उनको सामुन्ने आइ रहन्थ्यो .अनि बदलाको ज्वालामुखी आखा बाट आशि बनि बगी रहन्थ्यो .
नाता गोता अनि यो आडम्बरी समाज बाट आफु लाइ अपरिचित राख्न रिमा राख्न रिमा ले ज्योत्सना को सल्लाह मा नाम बदलेर रुबी अनि पछी महारानी जोडिएको थियो .
रिमा को मन भित्र को कुण्ठा लाइ सफल बनाउन एक अर्को कलुषित प्रहरी अधिकृत सहायक बनेर आए .रुबी महारानी ले आफ्नो भावना अनि संबेदन बिहिन शरीर त्यो प्रहरी अधिकृत लाइ सुम्पेर श्रीमान समेत भन्न थालिन .जसको माध्यम बाट रुबी महारानी ले रिमा को जिन्दगि लाइ जबर्जस्ति कुबाटो मा पुर्याउन बाध्य पार्ने नर पिचास प्रहरी को बारेमा एक एक सूचना संकलन गर्न सफल भएकी थिइन  
रुबी महारानी ले आफु भित्र भतभती पोली राखेको पिडा को घाउ र बदला को योजना आफ्नै मन बाहेक कसै लाइ भनेकी छैनन् .यहाँ सम्म कि लामो समय संगै बसेकी ज्योत्सना लाइ समेत .हुनत ज्योत्सना केहि बर्ष पहिलेनै एउटा लाउरे केटा सित बिहे गरि विदेश पुगी सकेकी छ .उ सित त अब फोन मा समेत कुरा हुन्न .
जाने बेला मा ज्योत्सना ले भनेकी थिइन मेरो श्रीमान लाइ थाहा छैन मेरो पेशा को बारेमा उनि सिधा र सज्जन छन् म उनलाई छोड्न चाहन्न .मैले अर्कै नाम ले परिचय बनाएको छु . म यो नारकीय संसार बाट टाढा बस्न चाहन्छु .कोइ सित सम्पर्क गर्न चाहन्न भनेर 
ट्रिन ...ट्रिन ..
ए बाबु ..  के छ तिम्रो खबर  ?
ल ..ल राम्रो सित पढ्नु ..
धेरै काम नगर्नु .....
ए .. ए ........ हुन्छ हुन्छ ल बाइ बाइ 
 अमेरिका मा पढ्न बसेको छोरा को फोन थियो .
रुबी फेरी रिमा को अतित मा रुमलिन् पुग्छिन .त्यो कालो रात .........उनको चित्कार हरु हावा मा हराएको रात ....
जसबेला सम्म उ रिमा थिइन एउटा सज्जन केटा को प्रेमिका जीवन साथी बाबु आमा कि सपना कि भण्डार माया कि खानि थिईन उनि .सबै चकनाचुर भएको थियो. त्यो रात अजिब को थियो .. केहि छिन अगी सम्म एउटा विश्वास को समर्पण थियो सुमधुर मिलन थियो जीवन भर साथ दिने प्रतिबद्धता थियो हासो थियो खुसि थियो सच्च्कै अकल्पनीय स्वर्णिम थियो ...... 
उफ उफ कता बाट आयो अपराधी हुरी ?सम्पूर्ण जीवन लाइ  नै तुषारापात छरेर गयो ........
रिमा को पेट मा एउटा भ्रुण हुर्किएर आयो 
ज्योत्सना ले यो धन्दा मा जिउ बिग्रे पछी के काम फ्याकी देउ भनेर बलजफ्ती न् गरेकी होइन तर रिमा लाइ कतै यो उसको प्राण भन्दा प्यारो प्रेमी को उपहार पनि हुन् सक्छ .म उसको यो चिनो लाइ उसैको सम्झना मा सम्हालेर राख्न चाहन्छु भनेर जन्म दिएकी हुन् .
हुर्के पछी छोरो लाइ बोडर्स को बोडर्स नै उतै बाट उच्च शिक्षा को लागि अमेरिका पठाई दिएकी थिइन .
समय बित्दै गयो . रुबी आफ्नो धन्दा संगै खरानी बनेको जीवन को एउटा आगो लाइ कतै झोस्ने र बदला लिने प्रयास मा थिइन .
रिमा को जीवन लाइ यो अन्धकार को दलदल मा धकेलिन बाध्य पार्ने प्रहरी भर्खरै रिटायर्ड भएको खबर उनले पाई सकेकी छिन .
त्यो प्रहरी को एउटी छोरी र रुबी कि साथी जमुना को छोरी एउटै कलेज मा भर्ना भएका रहेछन .
जमुना ले त आफ्नी सौतेली छोरी लाइ आफु संगै सम्मिलित गराई सकेकी थिइन .र उनि मार्फत नै कलेज पढ्दै गरेका सिधा साधा योबना लै फलाई फुकाई अफ्नो घर मा लेराउने त्यहाँ रहेका पर पुरुष सित सम्पर्क गराई दिने अनि आकर्षक  प्रलोभन मा परि फसौउने गर्थिन जमुना .
पुर्ब योजना अनुसार जमुना को छोरी ले त्यो बलात्कारी  प्रहरी कि छोरी लाइ रुबी को घर लेराउने लैजाने गर्न थालिन.
रुबी ले निकको माया गरे जस्तो गरेर मिठो मिठो खुवाउने .आउदै गर है भन्दै दुइ चर् हज्जार रुपिया हात मा थमाई दिन थालिन .
बिस्तारै बिस्तारै अन्जान ति प्रहरी कि छोरी फुर्सद पायो कि रुबी महारानी को घर मा आउने जाने गर्न थालिन् .रुबी को खरानी भएको मन भित्र को ज्वालामुखी बिस्फोट हुने अवस्था मा पुग्यो .
रुबिले खाना खुवाउने बहाना मा जुस को गिलास मा नसालु पदार्थ मिसाएर उनलाई बेहोस पार्छिन अनि जसरि रिमा छटपटीले चिच्याएकी थिइन त्यहि अवस्था को लागि एउटा समाज सेवा को मुखुण्डो लगाएर त्यहाँ आफ्नो पिचास्त्व शान्त पार्न  आइ पुगेको धनाढ्य लाइ आदेश दिन्छिन रुबी .......
रुबी लाइ किन्चित पश्चाताप भएन यो महा  पाप गरेको मा .
उनि भित्र को त्यो घाऊ अझै सम्म आलो छ जुन घाउ नर पिचास प्रहरीले उनको प्रेमी लाइ अँगालो बाट छुटाएर पिट्दै चौकी लग्यो ....अनि रिमा लाइ   रन्डी बेस्या ..नाटक गर्छेस भन कति हो तेरो रेट ?सति साबित्री को नाटक गर्छेस ह ?भन्दै रातभर बाहिर ढोका मा प्रहरी लाइ पालो राखेर   बलात्कार गरेको थियो .
कहा जान निस्केकी थिइन घर बाट  बाबु आमा ले शुभ  साइत भन्दै घडा राखी आखा मा आशु राखी माया ले बिदा गरेका थिए .कहा पुगिन ...रिमा ....?कहिले कहिँ त असैह्य बेदना ले आफ्नो कपाल आफै लुच्छने गर्थिन .
के रे के रे ?के भनिस ?  ए रन्डी .... को होस्   ?
रन्डी भै तेरी छोरी आज देखि ........जसरि तैले मलाइ जबर्जस्ति रन्डी बनाइस ....मेरो   मेरो ...प्रेमी ...हुने वाला लोग्ने लाइ आत्महत्या गर्न बाध्य परेको थिइस ...याद छ तलाई ..?  तलाई भ्रम होला कुन कुन ? अरु कति को जिन्दगि पनि त खत्तम परेको होलास नि तैले ? बिर्सेको भए सुन म त्यहि हु ...........
हा हा हा हा ......रुबी हु म रुबी महारानी हा हा .....हा हा ....
त्यो महा पाप युक्त बदला को सफलता संगै रुबी मा बैराग्यता सुरु हुन्छ .आखिर मेरो खरानी भएको मन ले अर्को रुबी जन्माउने खेल मात्र त भयो ....
त्यसैले उ गाउ गएर फेरी रिमा कै नाम मा समाज सेवी भएर बाँकी जिन्दगि बिताउने अठोट मा यो भ्रमपूर्ण अलकापुरी कान्तिपुरी नगरी बाट  भोलि बिहान  देखि सदा को लागि बिदा मागेर हिड्ने तयारि पुरा भएको छ रिमा को .
निक्कै बेर कौसीमा बसेर सोचमग्न रिमा टपकीएको  आशु पुस्छिन 
भोलि को नया संसार ...नया संगति ....र काम को लेखा जोखा गर्दै    रिमा को   थकित आखा  निदाउछन् .
  



















No comments:

Post a Comment