Pages

Sunday, December 9, 2012



कविता -आऊ एउटा नौलो  आन्दोलन गरौ 


जाग नेपाली आऊ एउटा आन्दोलन गरौ 
भ्रस्ट असक्षम नेता रुपी देश चुस्ने जुका हरु  लाइ  
बहिस्कार गरौ 
भ्रस्ट हरुले राजस्व मात्र लुटी  राखेका छैनन् 
भत्काई रहेछन देश  र सन्तति को भबिस्य 
यी अक्षम्य अपराधी हरु लाइ 
आऊ अब सबै  मिलि  बहिस्कार गरौ 
न बोलाउने तिनलाई कतै स्वागतमा 
न जाउ तिनको ढोका मा अफ्नो काम बनाउन 
देख्दा तिनलाई तर्की हिडौ 
भ्रस्ट हरु लाइ नमस्कार गर्न बन्द गरौ 
आऊ बहिस्कार को अभियान चलाउ 
लुटेको सम्पति राजस्वमा फिर्ता गर्न 
घर बस्ति र टोल टोल वाट उठौ 
भ्रस्ट ले ओगटेको घर कार्यालय बहिस्कार गरौ 
भ्रस्ट हरु लाइ उद्घाटन बिमोचन मा रोकौ 
जहाँ जहाँ पुग्छन बहिस्कार गरौ 
भ्रस्ट को बाटो अबरुद्ध पारौ 
भ्रस्ट का महल मा फोहर कन्टेनर थुपारौ
ति र तिनका सन्तान सित को मित्रता तोडौ 
ति देश र हाम्रा शत्रु हुन् 
तिनलाई ज्यु हजुर भन्दै फुल माला लगाई दिने 
हाम्रो कु मति लाइ त्यागौ 
आऊ उठ जाग अब त भ्रस्ट लाइ बहिस्कार गरौ 
मुक्त पारौ हाम्रा सन्तति लाइ 
भ्रष्ट हरु को करतुश वाट 
मुक्त पारि दिउ नेपाल लाइ 
भ्रष्ट हरु को चंगुल वाट 
नियम कानुन सबै लत्याए तिनले 
हुन्न कराएर मात्र केहि अब 
जनताको अबमुल्यन गरे भ्रष्ट हरुले 
देश माथि अन्याय गरे भ्रस्ट हरुले 
चिन्ता मात्र गरेर केहि हुन्न अब 
बहिस्कार गरेर भ्रष्ट हरु लाइ 
घर र जेल मा थान्को लगाउनु पर्छ 
भ्रष्ट हरुको कु कर्म ले हाम्रो मात्र होइन 
आउने पुस्ता लाइ  समेत ऋणको बोकाई रहेछन 
अति भो अब त हे सार्बभौम जनता को उठ 
अब छोडौ राजस्व तिर्न रोकौ तिनलाई 
हाम्रो समाज मा छिर्न 
संचारका सपुत हरुले यो सत्कार्य गर्नु पर्छ 
सचेत हु भन्ने नागरिक समाज ले 
यो पुण्य काम को नेतृत्व गर्नु पर्छ 
इमान्दार हु भन्ने  कर्मचारीले कुर्सि छाडेर 
आन्दोलन मा सहभागी हुनु पर्छ 
बाहिर भ्रस्टाचार को बिरोध गर्ने 
भित्र भ्रस्टाचारी  सित मित्रता गर्ने 
सचेत हु भन्ने पाखण्डी हरु लाइ 
पाखा लगाउदै देशभक्त नेपाली हरु हो 
अब त अति भयो लौ उठौ  
भ्रष्ट हरु लाइ तह लगाउन 
बहिस्कार को आन्दोलनमा  लाग्न उठौ 






No comments:

Post a Comment