Pages

Monday, December 10, 2012



कविता -धन्य छौ भगवान 

धन्य छौ भगवान तिमि 
आभारी छु तिमि प्रति 
तिमीले 
हासो  नदिएर के भयो त् 
पेट भरि रुने आशु त् दियौ 
सुख नदिएर के भयो 
पीडा सहने शक्ति त् दियौ 
विश्वास छ मलाइ तिम्रो हात खालि छैन 
जे दिन्छौं जस्तो दिन्छौं
राम्रै को लागि दिन्छौँ
आशु नहुदो त् यहाँ 
कति जलेर सकिन्थे होलान 
पीडा नहुदो हो त् मानिस मा 
उन्मादले कति बहुलाउथे  होलान 
तिम्रो लिला अपरम्पार यहाँ 
एउटा दिन्छौँ अर्को खोस्छौ
हासो रोदन 
सुख पीडा पालै पालो भोग्न दिन्छौँ
धन्य छौ भगवान तिमि 
आभारी छु तिमि प्रति 
तिमीले 
पूर्ण बनाइ दिएको भए मानिस लाइ 
तिम्रो मुर्ति कसले कुद्थ्यो 
तिम्रो मन्दिर को पो धाउथ्यो ?
दास बनाएर तिमि लाइ नै 
मानिस जात ले दिनु दुख दिन्थ्यो 
अस्तित्व मा रहनु छ भने भगवान !!!
 म र म जस्ता मानिस लाइ अझै सताउ 
घोची रहोस छाती हरु 
बर्षी रहुन आशु हरु 
भनुन तिनले तिमि लाइ 
हे निष्ठुरी दैब कति दुख दिन्छस ?
हो यसै गरि सधै मानिस ले
 तिमि लाइ सम्झी रहुन पूजी रहुन 
कि तिमि मा शक्ति छ 
यहि भ्रमले  नै मानिस लाइ भुलाउन सकिन्छ 
नत्र त् भगवान तिमि नै जानकार छौं !!
धन्य छौ भगवान तिमि 
आभारी छु तिमि प्रति 
तिमीले
 मानिस लाइ   खै के उदेश्य ले बनायौ 
जे होस् बनायौ राम्रै उदेश्यले बनायौ 

No comments:

Post a Comment