Pages

Thursday, October 8, 2020

 म र राजनीति 

म मानबियता भन्छु उ पद र पैसा भन्छ
म सस्कार भन्छु  उ भ्रष्टाचार गर्छ
म इमान्दारिता भन्छु उ अनियमितता भन्छ
म सदाचार भन्छु उ आडम्बर पाल्छ
म नम्रता भन्छु उ अहंकार बोक्छ
 म त्याग भन्छु उ आर्जान मात्र सोच्छ
म धार्मिकता भन्छु उ हिँसा रोज्छ
म सेवा भन्छु उ लालच रोप्छ
म निष्ठा भन्छु उ फाइदा मात्र हेर्छ
म पहिले देश  र नागरिक भन्छु उ परिवार र आफन्त भन्छ
म आत्माको आज्ञा भन्छु उ दिमागको खेल भन्छ  
म राज्यकोषमा अर्थ थप्छु उ रित्याउने  गर्छ
त्यसैले
म र राजनीति  नदीका दुइ किनारा भयौ
सहयात्रा कहिले भएन
म वारि वारि उ पारि पारि
म उसलाई हेर्छु उ मलाइ हेर्छ

आज
म गुमनाम  उ चर्चामा  
म सडकमा उ महलमा
म भय रहित जीवन बाँची रहेछु उ सुरक्षा घेरामा
म शान्त छु उ तनाव र त्रासमा
म र राजनीति ,,,,,,,,,,,,,,,,,

--
Shekhar Dhungel (शेखर ढुंगेल)
सृष्टि कर्ता 

 कबिता -नियति निरन्तरताको 

उकुस मुकुस छ जिन्दगि 

कैयौ दोबाटोमा रुमलीएर

कतै छल्लिदै कतै झुक्कीदै 

एक्लै एक्लै 

हज्जार जंघार तर्दै 

अदृश्य खाडल हरुमा खस्दै भर्दै 

निरन्तरित छ एक्लै  एक्लै आह भर्दै 

प्रत्यक बिहानीको सुभारम्भ संगै 

जिउदो हुनुको अनुभूति बोकेर 

फेरी फेरी 

कैयौ रात  आँसुमा डुबुल्की मार्दै 

फेरी  अर्को बिहान बाच्ने रहरमा हाँसो पोत्दै 

दुखको बैशाखी टेकेर सुखको चौतारो खोज्दै 

हो मृग तृष्णा मेटिए झै लाग्छ कहिले कुनै पल 

उफ्फ़ झुक्किने नियतिको अर्को पाटो पो !

आट्टहास हाँसोको भुमरी भित्र 

पटाक्ष परिदृश्य समेट्दै 

एक्लै   हो एक्लै शहरहरुको भिडमा 

बिना पहिचानको एउटा मुर्दा शरीर 

अझै प्रेरित छ फेरी नया बिहानी भेट्ने 

नया क्षितिज रोज्ने 

भलै बोझ  माथि बोझ थपिदै रहोस 

चाहे कदम कदम मा तगारो तेर्सि रहोस 

पिडा बोक्ने कन्टेनर हु म जिन्दगि 

मज्जाले  बित्छ एउटा दिन बिष पिउदा पिउदै  

पिडा भिक्षा  दिने हरुको भिडमा मस्त हाँसेर 

फेरी 

नया किरण लाइ चुम्ने 

भोक अनि लालसा बोकेर 

हो जिन्दगीको यात्रा निरन्तरित छ् 

दुखको बैशाखीमा सुखको चौतारी खोज्दै 

एक मुठ्ठी सुस्केरा उन्मुक्त हाँसोमा निदाउन 

नियति निरन्तरित यात्रा जिन्दगीको 


 कबिता -धेत्त जमाना के आयो ?

धेत्ता जमाना के भयो तलाई 

नांगै हिड्न रमाउन थालिस ?

के छ यार यो लंगुटीमा !होइन त् 

म च्यापेर कुदया कुदयई छु 

तर हातमा लाग्यो सुन्य ,,,,

नालायक असफल कमजोर 

जो कुदयो नांगै हिम्मत गर्यो 

उ त् सफलताको शिखरमा 

कति वाह वाह कति प्रिय त्यो नाङ्गोपन 

सामाजिक नैतिकताको त्यो सानो झुम्रो 

असहायको फांसीको गाँठो जस्तो

 धेत्त जमाना कस्तो नाङ्गो हिड्नु पर्ने 

अनि चर्चित उही सफल उही 

शिखर चुम्ने उही 

लाक्षी  लंगुटी भिर्ने त्यो 

हेर उसको असफलता हेर उ दबेको 

हेर उ  देश छोडेर भागेको 

कहिले आउला लंगौती बचाउ बिद्रोह ?

अनि 

नाङ्गा बादशाह को साम्राज्यमा  

लंगौती उत्पादन होला 

अनि देश लंगौती उत्पादनमा 

आत्मनिर्भर होला 

अनि 

नाङ्गा मुक्त बन्ला 

धेत्त जमाना के यस्तो आयो 

नाङ्गा हरुले  वाहि वाहि तालि पायो ,,,,,,