Pages

Tuesday, January 8, 2013


दर्जी जी को शन्देश 

एउटा देश का एक राज कुमार आफ्नो भेष बदलि देश दर्शन मा निक्लेका थिए .
घुम्दै जांदा एक दिन एक जना दर्जी जी को घर मा पुगे .त्यहाँ पुगेर राज कुमार ले पानि खान मांगे करुवा भरि को पानि खाइ सके पछी राज कुमार दर्जी दाइ ले कपडा बनाएको ध्यान पुर्बक हेरी रहे .
दर्जी दाइ घरि घरि कपडा काट्थे र कैची लाइ घुंडा मुनि च्यापेर राख्थे अनि घरि घरि कपडा सिउथे अनि सियो लाइ टोपी मा घुसार्थे .
यो देखेर राज कुमार लाइ जिज्ञासा उठ्यो .
राज कुमार दर्जी दाइ को नजिक गएर बसे अनि सोधे दर्जी दाइ तपाइँ घरि घरि कपडा काट्नु हुन्छ अनि कैची लाइ घुंडा मुनि च्यापेर राख्नु हुन्छ अनि कपडा सिउनु हुन्छ अनि सियो लाइ टोपी मा घुसार्नु हुन्छ यसको अर्थ के होला ?
दर्जी दाइ ले भने हेर बाबु जसले काट्ने टुक्र्याउने काम गर्छ त्यसको स्थान जहिले पनि तल्लो स्तर मा हुन्छ ,
अनि जसले बनाउने निर्माण गर्ने ,सृजना  गर्ने  काम गर्दछ उसको स्थान हमेसा उच्च हुन्छ .
दर्जी दाइ को त्यो कुरो सुनेर राज कुमार ले दर्जी दाइ लाइ नमस्कार गर्दै आफ्नो परिचय दिए र त्यहाँ वाट बिदा भए ..
दर्जी दाइ को त्यो शन्देश पछी राज कुमार को जीवन मा ठुलो परिबर्तन आयो .
उनले आफ्नो जीवन लाइ लडाई वाट टाढा राखी समाज सेवा मा लगाए .उनले कयौ पाटी पौवा ,बनाउन लगाए .
उनि राजा भए पछी दर्जी दाइ लाइ आफ्नो सल्लाहकार मा नियुक्ति गरे ,
-

Monday, January 7, 2013


   मानिस ले कहिल्यै नगरोस पद र धन को गुरुर '
                                       "माटो मा मिलेको दिन बाँकी के पो रहन्छ हजुर "