Pages

Thursday, December 6, 2012





  शेखर ढुंगेल
   न कला न गला
   बोकेर दुइटा बाङया गोडा
  लागें बिदेश जे पर्ला पर्ला
                       यता भाग्यो, उता दौड्यो
सधैं रित्तो झोला
भैंसी बेचेर बाख्रा चराउन
आँखा चिम्ली बिदेश
खुरमुरिएँ ठूलो भाग खान
पर्‍यो कहिले तान्न आरन
कहिले मूला उखेल्न
बारी बेचेर आइयो अमेरिका
रुखमा डलर टिप्न
प्याजका बोरा बोकेपछि
झरे मोती बरर
एउटाले मेनेजर बनाउँछु भनी
कतै बोकेर लग्यो
तन्दुरीमा हात सेक्न लगायो
त्यताबाट फुत्केर
अर्को, अर्को ठाउँमा गाको
उता अंग्रेजी बोल्दै नबोल्नेले
ह्वाट्स अप भन्नु पर्छ
ह्वाट्स अप भनेर बोल्न सिकायो
न त गला, न त कला
आँखा चिम्लेर विदेश नलाग्नु होला।

No comments:

Post a Comment