Pages

Tuesday, December 25, 2012


निरस यात्रा 


कदम हरु मा 
सुगन्धित फुल त् म बर्षाउन  सक्छु 
कतै पाउ मा स्पर्श भै
 पापको भागि त् हुनु पर्ने डर 
एउटै कदम एउटै पांग्रा ले 
निसास्सिएको  जीवन यात्रा  
एउटा कदम को आग्रह को दुस्साहस ले 
घृणित बन्छु कि भनि त्रसित हुन्छु 
बित्यो सो बित्यो  त्यो सुनौलो बिहानी थियो 
वर्तमान  त् राप बनेर जलाई रहेछ 
भबिस्य त् झनै आतंकित छदैछ 
भ्रम छ भोलि मिठो हने हो कि तितो 
हरेक 
बिहानी  को झुल्के घाम संगै 
नया सहयात्रा गर्छु भन्छु 
यो पनि भुल हो कि सहि भनि त्रसित छ 
लाग्छ प्रत्यक बिहान साझ बोकेर आएको छ 
पेचिलो छ जिन्दगि ,साँघुरो छ बाटो 
 पाइलाहरु का संकुचन   
प्रतिबन्धित छ यहाँ एउटा जीवन 
भावना को जन्जिर मा अल्झेर 
बिना ऋण नै ब्याज तिरी रहनु पर्ने 
अजिब अलिखित बन्धन 
हासो को मूल्य आशुले भुक्तानी 
नियम छ आफ्नै सिमा आफ्नै 
नियति को खेल आफ्नै 
प्रतिबन्धित कदम हरु 
अध्यारो बाट उज्यालो चिह्याउछन
आज भोलि र पर्शी  अनि अनिश्चितता 
शिखर चुमनु को  उत्साह 
अबतरण को त्यो घबराहट 
दूर क्षितिज मा एउटा किरण 
एउटा आशा  एउटा जीवन को नियति 
अनि गन्तब्य ...........................




No comments:

Post a Comment