Pages

Saturday, December 6, 2014



कविता -छायाँ

न फस्टाएको झुठ
घाटा भो जिन्दगि
 गिज्याई रहने उधारो
धर्ति ओछ्यान
आकाश छानो
जुन तारा सित स्पर्श
एक्लै रोयो एक्लै हास्यो
सित पियो
तुषारो ओढ्यो
कटकट फुटेको ओठमा
घाम पानि को
मल्हम लगायो
संगीत भर्छ
चर्किएक गाला
बिखरिएका रौ का
स्वच्छन्द  नृत्य
भिडमा एक्लो
अपरिचित
एउटा प्रतिबिम्ब
बिबशाताको प्रतिनिधि
बनेको छ
उपबास को तड्पन
बोकेर
हल्ला को शिकार
भएर मौनतामा निदाएको छ



Thursday, December 4, 2014

जिन्दगि खैर ढुङ्गा हुदो हो
कतै कोठामा सजिंथ्यो कि
जिन्दगि खैर काँडा हुदो हो
कसैको खिल झिक्न काम आउथ्यो कि

न त् गन्तब्य देखिएको छ
न त् बाटो नै कोरिएको छ
रङ्ग पोत्ने चाहना जिन्दगि को
न त् कुनै रङ्ग भेटिएको छ 
फुल हास्ने मौसम
अशिना झरी
टुट्यो सपना 
कविता -अनुभूति 
प्रत्यक बिहान को सुर्योदय संगै 
मृत्यु सित साक्षात्कार हुने दिन नजिक हुन्छ 
म  मृत्यु सित सहयात्रा र सहमति को लागि 
अनुरोध गर्छ 
मृत्यु तर्कन्छ
र भन्छ 
मलाई दुखि सित यात्रा गर्नु छैन 
मेरो राज्यमा दुखि लाइ स्थान छैन 
भाको दुख भोगी सिध्याउ 
जब सुखी हुन् थाल्छौ 
मलाई सम्झ 
अनि पो विश्वास गरौला 
तिमिले  म सित सहयात्रा रोजेछौ 
तिमि सहभागी योग्य हुन् सक्छौ 
दुख बोक्ने को लागि मेरो साथ चाहिदैन 
त्यो त् 
हरेक पल मरी रहेकै हुन्छ 
बिना चिता जली रहेकै हुन्छ 
जो हमेसा सुखी हुन् खोज्छ 
उसै लाइ रोज्छु म 


-- 

Thursday, November 6, 2014

मानिस आज धेरै सभ्य भएको छ
नास्तिक भन्छ आफु लाइ पैसाको पुजा गर्न थालेको छ
मानिस आज धेरै सभ्य भएको छ
तानेर खुट्टा अरुको माथि चढ्न सिक्न थालेको छ
मानिस आज धेरै सभ्य भएको छ
मानिस कै पिडा लाइ भर्याङ्ग बनाइ सुख खोज्न थालेको छ
मानिस आज धेरै सभ्य भएको छ
स्वार्थ बाहेक उसले बाँकि सपना देख्न छाडेको छ
--

केहि समय पश्चात डाक्टर हत्तार हत्तार गर्दै आपद्कालिन कक्षमा प्रवेश गरे
बिरामीका आमा बाबु र आफन्त हरुले एक मुख लागेर डाक्टर माथि आइ लागे कस्तो लापरबाही हो यो ?अस्पतालको काम छोडेर कहाँ गएका थियौ ?डाक्टर हौ कि राक्षस तिमि ?यहाँ बिरामी को प्राण जान लागि सक्यो तिमि आफ्नो मस्तीमा यस बेला आउदै छौ ?मेरो यो एक मात्र छोरो लाइ केहि त् होस् न त्यसको जिम्मेवारी तिमीले लिनु पर्छ हामी बाँकि राख्दैनौ तिमि लाइ यो अस्पताल मा आगो लाग्छ अब !!!!
डाक्टर ले बिनम्र हुदै हात जोडेर बिरामी का आफन्त लाइ भने माफ गर्नुस म एउटा जरुरि काम ले केहि समय अस्पताल बाहिर गएको थिए .बिरामी लेराएको खबर पाउने बित्तिकै काम छोडेर म सक्दो छिटो आइ पुगेको छु तपाइँ हरु शान्त रहनुस धर्यता गर्नुस .मलाई उपचार मा जान ढिला नगरी दिनुस
बिरामीका आमा बाबु र आफन्त हरु झनै कुर्लिए के रे शान्त हुनुस रे ?धर्यता गर्नुस रे ?
आफु अस्पतालमा डिउटीमा नबस्ने सहि काम नगर्ने अझै हामी लाइ शान्त रहन धर्य हुन् भन्ने ?मेरो छोरो लाइ केहि त् होस् न अनि थाहा पाउने छौ
के तिम्रो सन्तान यस्तो दुर्घटनामा परे भने तिमि शान्त रहन सक्छौ ?उपचार न भए नि हेरेर धर्यता गरेर बस्न सक्छौ ?
डाक्टर ले फेरी हात जोड्दै भने इश्वर सित प्राथना गर्नुस सब ठिक हुन्छ न आत्तिनुस मलाई उपचार गर्न जान दिनुस भन्दै बिरामी लाइ शल्यक्रिया गर्ने कक्ष मा लिएर गए
..बाहिर बिरामीका आमा बाबु र आफन्त हरु को आक्रोस अझै शान्त भएको थिएँन डाक्टर लाइ गालि गर्दै थिए
डेढ दुइ घन्टाको शल्यक्रिया पश्चात डाक्टर मुस्कुराउदै शल्य कक्ष बाट बाहिर निस्के र बिरामीका आम बाबु लाइ धाप मार्दै भने भगवानको कृपाले हजुर हरुको छोरा अब खतरा बाट मुक्त छन् चिन्ता नगर्नुस .
यो सुनेर बिरामीका आमा बाबु र आफन्त हरु खुसि भए र सोध्न थाले डाक्टर कहिले सम्म निको हुन्छ मेरो छोरा ?कहिले डिस्चार्ज गर्ने ?हामीले कुन बेला भेट्न पाउछौ ?
सबै कुरो नर्स लाइ सोध्नुस भन्दै डाक्टर फेरी हत्तार हत्तार गर्दै बाहिर निस्किए .
बिरामीका आफन्त हरु नर्स माथि आइ लागे
कस्तो घमण्डी डाक्टर हो यो ?दुइ मिनेट रोक्किएर हाम्रो प्रशनको जवाफ दिन सक्दैनथे ?
त्यस्तो के हत्तार थियो बिरामीका चिन्तित आफन्त लाइ जवाफ नदिएर हिड्नु पर्ने ?
नर्सले आँखा बाट तरर .आशु झर्दै खसाल्दै भनिन .....
हिजो साँझ मात्र डाक्टर साहेब को एक मात्र छोरीको ठुलो दुर्घटना मा परि मृत्यु भएको थियो .
तपाई हरुको बिरामी अस्पताल ल्याई पुर्याउदा डाक्टर साहेब आफ्नो छोरीको अन्तिम सस्कार लागि तयारि गर्दै हुनु हुन्थ्यो .
अस्पतालको फोन पाउने बित्तिकै वहा अन्तिम सस्कार को काम छोडेर तुरुन्तै आउनु भएको थियो .तपाइको छोरा लाइ बचाएर अब फेरी आफ्नो छोरीको अन्तिम सस्कारको लागि हत्तार हत्तार गर्दै जानु भएको हो ................
(Norms of strong civic sense को लागि .....)
आकास ओढ्छु धर्ति बिछ्याउछु
म त् यसै गरि अब जीवन कटाउछु
कसै लाइ लाग्छ मेरो इर्श्या भने
दुइ थोपा आँशु सापटमा  दिन्छु 
"बिस्वास यस्तो चट्टान हो
जो जस्तै आँधि असिना तुषारो र झरी पर्दा पनि डगमगाउदैन
अविस्वास त्यस्तो पात हो
जो सानै हावाको झोक्का ले उदाई दिन्छ ,तुषारोले डढाइ दिन्छ झरीले बगाई दिन्छ र र अस्तित्व मेटाई दिन्छ "

Monday, November 3, 2014

कविता -मौनता भित्र एउटा आँधि

कविता -मौनता भित्र एउटा आंधी

मौनता भित्र प्रज्वलित
उराठलाग्दो ज्वालामुखी
मरुभूमिको आकाश माथि
एउटा चट्यांग
बिना बर्षात को
अनि  तिक्तता
फेरी एउटा मौनता
अँध्यारो हुस्सु चिर्दै
अपेक्षा र उपेक्षाको दलदल
कर्तब्य बिमुढ़
तुषारो रोएको  रुख
सिरेटो लाइ सिरक बनाइ
एउटा अर्को ऋतु को खोजि
निरस साँझ
चमेरा  हरु सित
सत्संग गर्दै
अर्ध मुर्छित
अर्को बिहान कुर्दै
मुल्यहीन तर्क हरु
पत्थरको बस्ति मा
कोइलाको शहर झैँ
रहर बोकी जीवन धान्न
एउटा उपाय
मौनता भित्र प्रज्वलित
ज्वालामुखी लाइ
सिरेटो को सिरक