Pages

Thursday, December 6, 2012


कविता -जिउदो मान्छे 
शेखर ढुंगेल 

स्वास फेर्नु मात्र 
जिउदो हुनु हो भने 
जनावर को जीवन स्तुत्य छ 
आत्मबल बिना को मान्छे 
नैतिकता हिन त्यो मान्छे 
को जीवन को के अर्थ छ ?
स्वार्थ कै लागि 
नीतिहीन 
चरित्रहीन ,मानबताहिन 
अनि मुल्यहिन प्रवृति सित 
सम्झौता हुन्छ भने 
जिउदो र मृतक मा के फरक ?
जब शिर झुक्छ 
पश्चाताप ले 
जब आखा निहुरिन्छ 
झुठ र पाप ले 
 जिउदो र मृतक मा के फरक ?
नैतिकता गुमाएको मान्छे 
समाज को कलंक  मान्छे
जिउदो र मृतक मा के फरक
हे भ्रस्ट हरु !
मन्दिर लाइ अपवित्र न बनाउ 
आमा लाइ बदनाम न् गराउ 
जिउदो लाइ बाटो छोडी देउ 
अर्थ हिन तिम्रा अट्टहास ले 
गरिब  का गास खोसी न् देउ 
निर्लज तिम्रा कर्म हरुले 
निर्दोषहरु  का आशु  न् बगुन 
अझै दम्भ को कुरो गर्छौं?
हे प्रेतका जिउदा छाया हरु ?
बिरामी  को निन्द्रा न् खोस 
समाज को लज्जा न् च्यात 
अझै हास्दै छौ निर्लज भै 
अब त हामि लाइ मुक्ति देउ 
यदि भन्छौं आफु लाइ 
जिउदो मान्छे भने 
अरु लाइ शान्ति सित बाच्न देउ 
जिउदो लाइ लालच हुन्न 
दान गर्छ ,त्याग गर्छ उसले 
जिउदो लाइ लोभ होइन 
इमान मा बाच्छ  उसले 
बाच्न को लागि नैतिकता को 
गहना लाउछ उसले 
जिउदो त्यो हो 
जो मरे पछी युग युग बाच्छ
सम्मान पाउछ उसले  


No comments:

Post a Comment