Pages

Sunday, December 9, 2012



आडम्बर नै हो दुख को सागर 
शेखर ढुंगेल

मानबिय स्वभावत उसको आबस्यकता इच्छा अनि महत्वाकांक्षा का उडान लाइ उचाई दिने क्रम मा अगाडी बढ्दै गर्दा "No point to return "जस्तो अहम्ता वा आडम्बरी भावना ले मन मा दरिलो स्थान ओगट्न पुग्छ .जुन भावना मन मा गढे पछी मानब लाइ हमेशा दुख ,अभाब महसुस गराउने वा जीवन नै अपूर्ण भयो भन्ने मानसिकता ले ग्रस्त पार्दछ .अनि अनेक बिकृति र सम्झौता को सहारा मा जीवन लाइ अगाडी बढाउन प्रेरित गरि राखेको हुन्छ .

संसार मा प्रचलित उपभोगता बादी सस्कार र होडबाजीले आडम्बर लाइ प्रोत्साहित गरि राखेको छ .समाज मा भएको मानबिय जीवन को बर्गिकरण अनि उच्चस्थ हरुले भोगेका सुबिधा उनि  हरु को जस्तो शालिन एबम शौखिन जीवन को अनुशरण र प्रतिस्पर्धा गर्ने  रहर अनि रहर पूर्तिका लागि आफ्नो योग्यता र क्षमता ले न् भ्याए पनि सहयोग ,ऋण ,सापटी लाइ सहायक बनाउदै अगाडी अगाडी बढ्ने मानब स्वभाब उसैलाई थाहा हुदैन कहाँ पुग्ने ?के कस्तो सम्झौता गर्ने ?आकांक्षाका सिढी हरु चड्दा चड्दै समय ले यसरि कोल्टे फेरी सकेको हुन्छ की प्राप्त उपलब्धि लाइ  प्रयोग वा उपयोग गर्न न् सक्ने अबस्थामा पुर्याई सकेको हुन्छ .आफ्नो क्षमता र स्रोत भन्दा बढी को अपेक्षा र आडम्बर  प्रदर्शन गर्ने मानसिकता ले जीवन भर अपूर्णता र संकट मात्र निम्त्याई राखेको हुन्छ .

मानब स्वयम ले सिर्जित सबै भन्दा ठुलो चिन्ता र दुख उसले बोकेको "मैले आर्जे "मैले कमाए " "म ठुलो भए " भन्ने भ्रम नै हो .त्यहि भ्रम ले मानब को मन मस्तिष्कमा हमेशा त्यति नै तल झरिन्छ की भन्ने त्रास ले सधै सताई रहन्छ .जति माथि पुगे भन्ने भावना मन मा बिकसित हुन्छ त्यतिनै तल झर्ने चिन्ता पनि तसर्थ यस्तो चिन्ता र दुख बाट मुक्ति पाउने उत्तम उपाय "आडम्बर को परित्याग "नै हो .बास्तबमा मानब ले बुझ्नु पर्ने साधारण कुरो के भने जसरि प्रत्यक नया बिहान एउटा नौलो मुस्कान लिएर आउछ त्यसै गरि प्रत्यक साझ एउटा अध्यारो र सुस्तता बोकेर पनि  आउछ .हो त्यसै गरि उपलब्ध "अभिस्ट "पनि अर्को  दिन न् बित्दै  मुल्यहिन बन्छ र फेरी  अर्को "अभिस्ट "को चाहना मा दौडिने मात्र होइन उपलब्ध "अभिस्ट "को रक्षार्थ त झन चिन्तित बन्छ .यहि मानबिय स्वभाब ले गर्दा नै मानब सधै अपूर्ण रहेको हो .अभाब महसुस गरि दुखि रहन्छ .

बिस्व मा असाधारण निर्णायक क्षमता भएका मानब हरु कम जन्मिन्छन .जो अन्य आम मानिस भन्दा फरक थिए र हुन्छन .मानब सृष्टि को निरन्तरता कायम रहे सम्म उनि हरुको नाम उदाहरण बनेर रहन्छ .जसले 'पद र प्रतिष्ठा को आडम्बर लाइ तिरस्कार गरि आफ्नो जीवन लाइ समस्त मानब जीवन को सेवा र उद्धार को लागि समर्पण गरे .महात्मा गौतम बुद्ध ,महात्मा गान्धी ,स्वामी बिबेकानंद जस्ता मानब नक्षत्र हरु जो महा मानबको श्रेणी मा पर्दछन .उनि हरु को उद्गार र जीवन् सैली  लाइ अनुशरण गर्नु सुखमय जीवन को लागि अनिबार्य छ .

सामान्य मानब सधै "आडम्बर "बाट पिल्सिएको हुन्छ .आडम्बर कै रक्षा को लागि उसले धुर्त ,भ्रस्ट ,कपटी ,बाटो अबलम्बन गर्छ .मानबता बिरुद्ध को काम गर्छ .सदाचार ,सदभाब ,सहयोग अनि सत्य र त्याग बाट बिमुख भै लालची बन्छ .अपराध गर्छ र जीवन को अन्तिम पर्दा बन्द नहुन्जेल सम्म  अपूर्ण र अभाब भावना  ले ग्रस्त हुन्छ .आडम्बर बाट मुक्ति र सुख प्राप्ति को लागि त्याग र सन्तोषी भावना नै प्रमुख मार्ग हो .जब आडम्बर ,द्वैष र इर्श्या त्यागेर मानब सत्य को बाटो अबलम्बन गर्छ मानबता ,सत्यता ,सदाचार ,सदभाब ,प्रेम, दया बाड्न थाल्छ अनि सदाको लागि "तल झर्छु " की भन्ने चिन्ता बाट मुक्त भै माथि उठ्छ .

यो यथार्तता बाट मानब अनभिज्ञ पनि छैन की "मानिस को जीवन कहिल्यै पूर्ण हुँदैन केहि न् केहि को अभाब ,केहि न् केहि को दुख र चिन्ता ले कसैलाई छोड्दैन .साधारण मानब को त के कुरा  राजा महाराजा र अथाह सम्पति का मालिक हरु का कथा व्यथा बाट स्पस्ट हुन्छ की कोइ यहाँ पूर्ण हुँदैन मानब यदि पूर्ण हुदो होत सायद भगवान को अस्तित्व कायम रहन्न थियो होला .जीवन को चक्र लाइ एकछिन यसरि हेरौ त "कुनै बेला एक छाक टन्न मासु भात खाने रहर बोकेको मान्छे प्रगतिको पहाड चड्दै जब सिंगै खसी काटेर अरु लाई  भोज खुवाउने लहड गर्न सक्षम बन्छ त्यसै बेला डाक्टर  ले उसलाई खसीको मासु (रातो)  खान निषेध गरेको पर्ची र औषधि थमाई सकेको हुन्छ .जुन बेला एउटा मानिस निर्धक्क र निडर भएर सडक मा मिठो सपना बोकेर मस्त निदाउने गर्थ्यो .त्यहि मानिस सुन को पलंग उपयोग गर्ने क्षमतावान बन्न पुग्दा निन्द्रा नलागेर छट पटाई रहेको हुन्छ .मानब जिन्दगीभर कुनै निश्चित पद प्रतिष्ठा वा सम्पतिको मात्र स्वार्थ राखेर कुद्छ कुद्छ अनि जब सो प्राप्त हुन्छ त्यसै बेला पद फुस्कने ,सम्पति घट्ने चिन्ता ले ग्रस्त बन्छ ."समय" र "सम्पति"यी दुइ यस्तो चिज हुन् जो जस्तो सुकै मै हु भन्ने शक्तिशाली व्यक्ति ले  मुठ्ठीमा राख्न सक्दैन .कुन बेला आउछ र कुन बेला जान्छ पत्तै हुँदैन र सधै कसैको साथ मा पनि बस्दैन ..

मानब ले अफ्नो उचाई कायम राख्न सेवा ,सत्य ,सदभाब ,प्रेम ,क्षमा ,सहयोग र त्याग को बाटो र ब्यबहार अपनाउनु नै सुखमय जीवन को गन्तब्य हुन् जान्छ ."आडम्बर र आशक्ति "ले झुठ ,बिकृति, असन्तोष ,चिन्ता र दुख लाइ मात्र सहयोग पुर्याउछ .शान्तिका अग्रदुत महात्मा गौतम बुद्ध दरबार को आडम्बर त्यागेर सामान्य मानब जीवन मा झरेर समस्त मानब को सुख र शान्ति को लागि अफ्नो जीवन लाइ परित्याग गरेकै  कारण सधै सधै सधै को लागि माथि उठी महा मानब बनेका हुन् .महात्मा गान्धी टाई सुट को रवाफ लत्याएर देश भक्ति को लागि जीवन परित्याग गरेकै कारण महान बनेका हुन् .को के थियो र कहाँ पुग्यो हिसाब हेर्ने हामी को हौ ?कसको के थियो ? कसले के लिएर गयो र म के लिएर जान्छु ?यो ख्याल गर्नु पर्छ  .

आडम्बरी जिवान् सैली र ब्यबहार लाइ समाज ले सधै नकारात्मक रुपले हेरेको हुन्छ .जस्तो भनौ एउटा नेता वा प्रशासक पद मा रहुन्जेल राज्यले जुन सुबिधा दिएको हुन्छ सेवा निवृत भए पछी पनि त्यहि पद र सुबिधा को आडम्बर कायम राख्न अनियमित तरिकाले अर्थात् भ्रस्टाचार गर्नु पर्ने हुन्छ .समाज लाइ उसको हैसियत त् थाहा नै हुन्छ .आडम्बर त्यागी आफ्नु हैसियत अनुसार को जीवनसैली मा समाज मा घुलमिल गर्ने को त् समाज ले झनै आदर सम्मान नै गर्छन .अनि अनियमितता गर्ने को जस्तो कुन बेला कानुन को फन्दा मा परिने हो भनि आत्मबल लाइ निहुर्याएर चिन्तित हुनु पनि पर्दैन .

सुख एबम मन को शान्ति को लागि जीवन मा आफ्नो क्षमता अनुसार को सन्तुलन कायम गर्न  आडम्बर र अहम्ता को त्याग गर्नु अनिबार्य  छ .जीवन लाइ सन्तुलित गर्न महात्मा गौतम बुद्ध को केहि महान शन्देस लाइ स्मरण गर्नु उचित हुन्छ "स्वास्थ्य जीवन को सबै भन्दा ठुलो उपहार हो ,सन्तोष सबै भन्दा ठुलो सम्पति हो र बफादारी सबै भन्दा सुमधुर सम्बन्ध हो " "जो सित जे छ त्यहि बताओस बढाई चढाई न् बताओस र अर्का को इर्श्या न् गरोस " "जो सित जति धेरै आशक्ति(आशा र चाहना ) छ उसको त्यतिनै धेरै दुख र संकट हुन्छ "

मानब जीवन को अर्को सत्य के हो भने सबै आ आफ्नै प्रकार  र श्रेणी का अभाब  बोकेर हिडेका हुन्छन .सृंखलाबद्ध हेर्ने हो भने जब मानिस को भोक प्यास र शारीरिक भौतिक सुख पुरा हुन्छ चिन्ता बढ्छ त्यसको सुरक्षा को जब सुरक्षित अबस्थामा पुग्छ उ प्रेम को भोको हुन्छ (बुबा ,मुमा ,श्रीमान /श्रीमती ,बाल बच्चा ,आफन्त मित्र आदि )त्यस पछी अर्को भोक सुरु हुन्छ उसको "आत्म सम्मान ,बर्चस्व वा प्रतिष्ठा को यी सबै भोक पुरा भयो भने त्यस पछी मानिस मा "आत्म सिद्धि" को भोक जाग्छ यसरि सम्पूर्ण जीवन चक्र अपूर्णता मै बित्छ तसर्थ झुठो आडम्बर बोकी दुख को सागर मा डुबुल्की मार्नु  भन्दा आडम्बर त्यागि समाज मा  सदाचार , सदभाब ,प्रेम ,सहयोग को हात  बढाएर 'सन्तोष "लिन सक्नु मा नै जीवन सार्थक हुन्छ .










No comments:

Post a Comment