गीत -फर्की आए मेरो प्यारो गाउँ...
हिंडेकोको थे फर्की आए प्यारो मेरो गाउँ
पुछी पसिना छोडी आए म त् सपना को ठाउँ
आँशु पुच्छदै भुल्न खोज्छु गुरास फुल्ने गाउ
निन्द्रा भरि आई दिन्छ म हुर्केको गाउँ
धेरै हण्डर थोरै सुख परदेश को ठाउँ
दुख सुख जे होस् पछ्याउछ झरना खस्ने गाउँ
साथ मा सागर मनमा जलन यो कस्तो ठाउँ
महल भन्दा झुप्रै रैछ सुख दिने ठाउँ
भुल्न गार्हो स्वर्ग जस्तो मनै रम्ने गाउँ
छोडी आए परदेश चुम्न आफ्नै गाउँ
गीत -बिर्सी देउ ति दिन अब ..
बिर्शि देउ .प्रिय ति दिन अब
हाम्रो कतै भेट भएको थियो
सपना एउटै देखेका थियौ
त्यो पनि अब चुर चुर भयो
तिमीले देख्यौ धेरै सपना
मेरो त् निन्द्रा भाग्यो
झुठो प्रित को आँशु देखायौ
तिमि लाग्यौ कतै
मलाइ दिउसै तारा देखायौ
सक्छ्यौ प्रिय देउ फिर्ता माया
अरु पीडा न थपी देउ
जसैतसै काटुला म जीवन
बिन्ति प्रिय बाटो मा काँडा न छरी देउ
गीत -नाचेर रुख रुखमा
भुर्र भुर्र चरी उड्यो हेर नाच्दै रुख रुख मा
खुसि देखेर तिनको मन नाच्यो साथ साथ मा
न लोभी आँखा न पापी मन
स्वतन्त्र तिनको जीवन
हावा मा खेल्छन फुल सित नाच्छन
भगवान ले साच्चै राम्रो दिएछन बरदान
भुर्र भुर्र ........................
कहिले गगन कहिले घर्ति घुमेर रमाउछन
दुनिया लाइ प्रिती को रुप हासेर देखाउछन
धुप् होस् आंधी होस साथमा बिताउछन
छोडेर चिन्ता एउटा जीवन बिन्दास बनाउछन
भुर्र भुर्र ..................................
गीत -रहर एउटा जीवन को
यो कस्तो रहर जाग्यो मन मा
मरेर आफ्नै लास हेर्ने घाट मा
धेरै के के गरियो जीवन मा
आज जाग्यो एउटा रहर मन मा
मरेर आफ्नै लास हेर्ने घाट मा
इर्श्यालु सुख भोगेर हेरे
ठिट लाग्दो आँशु रोएर हेरे
घृणा को जालो मा पनि रमाए
अपुरो छ मेरो एउटै सपना
मरेर आफ्नै लास हेर्ने घाट मा
लेखेर गीत मन को व्यथा गाए
हालेर कथा पीडा सुनाए
रुदा रुदै हासेर देखाए
अपुरो छ मेरो एउटै सपना
मरेर आफ्नै लास हेर्ने घाटमा
गीत -न सोध मलाइ मेरो कथा
न सोध कोई मलाइ मेरो व्यथा
दुइ दिन को रैछ यो खुशी को कथा
मुर्झाए पछी रुनु पर्ने रैछ यहाँ
काँडा सित मितेरी गासी
म फुल को यो कस्तो पीडा
हासो मेरो उफ्फ भो कुरो नगर
काँडा बिच को कैदी हु सदा
माली बिना बेसहारा हुदा
शित बनि खस्छ आँशु बिहानी हुदा
न सोध ........
न सोध कोइ मेरो गन्तब्य कता छ
कहिँ बिहे त् कहिँ मुर्दा को गला छ
मन्दिर पुगी शिला मा बजारिन्छु
बाच्ने रहर हरु असिना सित हार्छु
न सोध .............
गित/गजल
शेखर ढुंगेल
यात्रा यो जिन्दगि को कस्तो कस्तो
भोकाएकाको गास जस्तो हो कि ?
बगर को बालुवा जस्तो !
हर पल टुटी जाने सपना हो कि ?
घाम संगै टपकी जाने शित जस्तो
यहाँ बाच्ने हरु नै अन्योल मा छन् हेर
सुख को सागर हो कि आशुको भेल ?
यो जिन्दगिको यात्रा कस्तो कस्तो ?
स्वतन्त्र भै उड्ने बादल हो कि
साझँ नपर्दै ओइलाई जाने फुल हो ?
कोइ लाइ लम्ब्याउने रहर यहाँ
लोई लाइ व्यर्थै लाग्ने जीवन यहाँ
फुल हो कि काडा बुझ्नै गार्हो
यात्रा यो जिन्दगि को कस्तो कस्तो ?
समुन्द्रको मन्थन हो कि
मरुभूमि को उँट जस्तो
बाचुन्जेल दुख पिडा मरे पछी हाइ सन्चो
तर्ने आखा हरु पनि रसाउने
यो जिन्दगि को रित कस्तो कस्तो
यात्रा यो जिन्दगी को कस्तो कस्तो ?
गीत
ढुँगा बनि सके म त् अब
दुनिया को ठक्कर खादा खादै
फुल बनि आएर कोइले
यो ढुंगा लाइ माया गरि दिए
सायद म पनि देउता हुन्थे
सबै गुनासो छोडेर
चुप चाप म पनि रमिता हेरे बस्थे @२
निरस भै सकेको छु म त् अब
धुप सित खेल्दा खेल्दै
बिस्वास बोकेर कोइ ले खोपीमा सजाई दिए
सायद म पनि एउटा भ्रम छरेर बस्थे @२
चुप चाप ..........................
थाकी सके म त् अब
गन्तब्य खोज्दा खोज्दै
सहारा बनेर कोइ ले साथमा हिडाई दिए
सायद म पनि एउटा जिन्दगि जिउथे @२
चुप चाप ................................
जिउदै जली सके म त् अब
दुनिया को अगुल्टो सहदा सहदै
बादल बनेर कोइ म माथि बर्षी दिए
सायद म पनि एउटा जुनी फेर्थे @२
चुप चाप ....................................
गीत -तिम्रो सम्झना ले
तिम्रो सम्झना ले सतायो हें आमा
सागर पारि जति टाढा पुगे नि
जे सुख र बिन्दास जीवन पाए नि
तिम्रो याद ले सतायो हें आमा नेपाल
मायालु सित गुराँसे पाखा मा खेलेको
सल्लाघारी को सुसाई सितै बासुरी बजाएको
मादल को साथ मा दोहोरि गाएको
याद आयो याद आयो हें आमा नेपाल
तिम्रो याद आयो
आफ्नो भन्ने कोइ छैन आमा यो बिरानो देश मा
तड्पिएर नै बाच्नु छ यहाँ फेरी भेट्ने आस मा
सम्झी बस्छु कहिले भेटौ अनि पल्टु तिम्रो काँख मा
याद आयो याद आयो हें आमा नेपाल
तिम्रो याद आयो
गीत -भाग्य त्यस्तै..
भाग्य त्यस्तै पर्यो हाम्रो
एक्लै एक्लै बस्नु पर्यो
थाकी सके मेरा मन पनि
गन्दा गन्दै भेट हुने दिन हरु
इच्छा मेरो होइन कथा त्यस्तै पर्यो
शंका को बिउ तिमिले छर्यौ
भेट्ने रहर हुदा हुदै
लक्ष्मण रेखा तिमि ले कोर्यौ
टुटाई बिस्वास अतित तिमीले भुल्यौ
सुलौनो बिहान को बाटो तिमीले छेक्यौ
भेट्ने मन थियो मनमा अझै
तिमि ले नै कसिंगर छर्यौँ
गीत -मेरो आत्मा मेरो देश
मेरो आत्मा मेरो देश
जहाँ म पुंगु साथै हन्छ मेरो देश
शितलता को बिशाल हिमाल भएको देश
उर्बर कोमल तराइ को माटो भएको देश
सभ्यता को पहिलो किरण छर्ने देश
शान्ति दुत आतिथ्यकर्मी जन्मेको देश
सस्कृति र मुस्कान को अति धनि मेरो देश
हिमाल पहाड तराइ को संगम सुन्दर मेरो देश
मेरो आत्मा मेरो देश
जहाँ म पुगु छायाँ बनि साथै हुन्छ मेरो देश
हिम चुली मा घाम लाग्यो
हास्यों मेरो मन हो हो नाच्यो मेरो तन
नया जोस र जागर बोकी गाउँ पाखा बारी झुम्यो
कति सुन्दर हाम्रो देश अति सुन्दर हाम्रो नेपाल
चरा हरु को चिरी बिरि मन्दिर मा घंट हरु को गुन्जन
तपो भुमि देव भुमि बुद्धको यो देश कति सुन्दर हाम्रो देश ............
घट्ट हरु को घुइ घुइ मदानी को साइ सुइ सारंगीको मिठो धुन
सोरठी नाच छम्म छम्म कति सुन्दर हाम्रो देश नेपाल
Shekhar Dhungel (शेखर ढुंगेल)