Pages

Friday, August 24, 2012

भाग्य छ भने

भाग्य छ भने 
जीवनमा 
एउटा साथी त्यस्तो मिलोस 
चिन्तित देख्दा नजिक बसी 
मुस्कुराउदै कारण सोधोस 

एउटा साथी त्यस्तो मिलोस 
सुस्ताउदा यो तन मन 
साझ बिहान माया गर्दै उर्जा भरोस 

एउटा साथी त्यस्तो मिलोस 
मान्छे हो गल्ति हुन्छ भनि 
सम्झाउदै माफ  गरोस 

एउटा साथी त्यस्तो मिलोस 
हिउ होस् कि चर्को धुप 
साहस  थप्दै संगै हिडोस 

एउटा साथी त्यस्तो मिलोस 
कुनै दिन खुसि मिल्दा 
हात समाई नाच्ने गरोस 

एउटा साथी त्यस्तो मिलोस 
यात्रा हो यो दुख पर्दा 
अंगालोमा बाधि आशु पुछोस 

एउटा साथी त्यस्तो मिलोस 
दोबाटोमा बाटो भुल्दा साथै रहि
धर्यता को आधार  बनोस 

एउटा साथी त्यस्तो मिलोस 
थाहा छैन भोलि कहाँ  के हुन्छ 
आज भने शितल छर्ने झरना बनोस 

भाग्य छ  भने
एउटा साथी  त्यस्तो मिलोस !!!!!!!!!!!!!!!!!!!
एउटा जीवन काडा होइन 
मगमगाउने फुल बनोस 
--
Shekhar Dhungel (शेखर ढुंगेल)

No comments:

Post a Comment