Pages

Wednesday, August 1, 2012



यात्रा स्मरण -
रत्नपार्क र न्युयोर्क (ज्याक्सन हाइट )
शेखर ढुंगेल 

श्रीषक देखेर हजुर हरु लाइ लाग्दो होला कहाँ को राजा राम कहाँ को भडारी ?कुरो त्यसो होइन क्या? आफु पारदर्शीता को चेलो परे जता हेर्यो त्यतै भ्वांग भने जस्तो जे छ त्यहि भनि दिने जे देख्यो त्यहि लेखि दिने अनि अर्का को टुप्पी ठाडो पार्छु भन्यो आफ्नै ठाडो हुने ......न्यु योर्क को ज्याक्सन हाइट पुगे पछी म अगाध र अम्मली रास्ट्रबादी ले रत्नपार्क बिर्सने ?त्यो अबिस्वसनिय हुदैन र ?आज ज्याक्सन हाइट को चौतारो मा उभ्भिएर  आज को रत्न पार्क को अवस्था  प्रति गोही को आशु झारेर सिचाई गर्दै गर्दा त्यो धेरै पुरानो एउटा व्यंग को सम्झना भयो .एकजना  जापानिज प्रधानमन्त्री नेपाल को दुर्दशा प्रति चिन्ता गर्दै नेपाल को प्रधानमन्त्री लाइ भने छन् महामहिम सुकुल गुण्डा ज्यु तपाइको देश १० बर्ष को लागि हामि लाइ ठेक्का मा दिनुस जापान जस्तै बनाइ दिन्छौँ. नेपाली प्रधानमन्त्री ले घमण्ड देखाउदै भनेछन भो भो धाक लगाउनु पर्दैन .हामि तिमि भन्दा कम छैनौ तिम्रो देश दुइ बर्ष मात्र नेपालि लाइ देउ नेपाल जस्तै बनाइ दिन्छौँ. न्यु  योर्क ज्याक्सन हाइट को गल्लि नम्बर ७८ देखि ५३ सम्म चक्कर लगाउनुस त् त्यो व्यंग याद आएन भने मलाइ भन्नु होला .

इश्वी सम्बत १९९२ ,९५ र २००१ तिन पटक गरि कुल मिलाएर  ६ महिना भन्दा बढी महत्व पूर्ण समय ज्याक्सन हाइट मा  खर्च गरि सकेको मलाइ यो पछिल्लो पटक को ४ दिवसीय बसाइ (भ्रमण )मा ज्याक्सन हाइट धेरै बदलिएको तर आफु भन्दा धेरै नजिक को महसुस गराउन सफल भयो .सुरु सुरु मा अझ भनौ नेपाल बाट उड्नु भन्दा पहिले लाग्दथ्यो एक त् गोरे हरुको देश त्यसमा पनि न्यु योर्क शहर जो बिस्व  कै आकर्षण को केन्द्र मानिन्छ .पहिले पहिले मन मा लाग्दथ्यो वाह अमेरिका को न्यु योर्क शहर ,धनि मानिस हरु हाम्रा दाता हाम्रा प्रभु हरु बस्ने ठाउ कस्ता चिल्ला गाडी होलान ?टाई सुट मा सजिएका अग्ला अग्ला चिल्ला गाला भएका मानिस होलान तर के त्यस्तो हुन्थ्यो ?ज्याक्सन हाइट पुगे पछी तपाइँ छक्क पर्नु हुन्छ अनि भन्नु हुन्छ "ए ए ए लौ यता पनि उस्तै बनाइ सकेछन जस्तो उता थियो ......राम राम राम यो त् रत्नपार्क नै भए छ नि हौ ....?.अझ टाढा को भन्न मन लागे रक्सौल भए छ नि हौ भन्दा हुन्छ हो हो भनेर सहि थाप्ने को घुइरो  लाग्छ त्यहाँ ....अरु त् के कुरो न्यु योर्क शहर मा  दर्जनौ होनाहार नेपाली  युवा युवतीले क्याब (ट्याक्सी )चलाएर संसारभरका यात्री हरुको सेवा गर्न पछी परेका छैनन् भन्दा गर्ब महसुस हुन्छ .

ज्याकस हाइट को ५/७ चोक को सिमा भित्र खुलेका लुम्बिनी ,सगरमाथा ,भिम क्याफे ,पिस क्याफे , नमस्ते मम ,थकाली किचेन ,लाली गुरास, अन्नपूर्ण ,तिब्बेतियन किचेन ,जस्ता अनेक नेपाली नाम  का भोजनालय अनि ग्रोसरी पसल  देख्नु हुन्छ .ट्रेन बस र सडक को फुटपाथ मा कुइनो ठोक्काउँदै हिड्ने नेपाली र दक्षिण को हाम्रो छिमेकी हरु देख्नु हन्छ .बाहिर बाट नै देखिने सेल रोटि को चांग र दाल झानेको गन्ध पाउनु हुन्छ अनि तपाइँ हामि ज्याकसन हाइट बाट उडेर  सिधै रत्नपार्क मा समाहित  हुन् पुग्छौँ.ज्याक्सन हाइट मात्र होइन न्यु योर्क शहर को मुटु म्यानहाटन पुग्नु भयो भने पनि त्यहि पाउनु हुन्छ त्यहि गाडी बिशेष गरि ट्याक्सी (क्याब  )हरुको ट्वा ट्वा ...त्यहि भिडभाड ,त्यस्तै घच्चा घच्ची ,धम्सा धम्सी को बस ट्रेन सडक अनि रातो बत्ति मा बाटो पार गर्ने हरुको भिड त्यस्तै सडक जाम भोग्नु पर्ने अवस्था छ .ज्याकस हाइट त् अझ स्थानीय स्वेत र अस्वेत  नागरिक त्यहाँ बाट  भागि एसियन खास गरि भारतीय ,पाकिस्तानी बंगाली र नेपाली ले अनि मेक्सिकन ले राज गरेको भान हुन्छ ,

यस पटक को पहिलो दिन नै यस्तो रमाइलो महसुस भयो कि म अमेरिकाको न्यु योर्क मा होइन  कि  नेपाल को रत्नपार्क  मा छु जस्तो लाग्यो .लगभग २५/३० बर्ष अगाडी को त्यो रत्नपार्क जुन  काठमाण्डौं शहर को मुटु मानिन्थ्यो .साथी भाइ भेट्ने .टाइम पास गर्ने प्रमुख अखडा थियो त्यो अनि काठमांडौ उपत्यका देखि बाहिर का बस रोक्ने ठाउ पनि त्यहि थियो .खास भन्ने हो भने जवानी का दिनमा मनोरंजन लिने दिने स्थान रत्नपार्क नै थियो . हामि साथी हरु मिलेर अरु लाइ छक्याउने अनेक तरिका मध्य केहि अझै स्मरण मा छन .जब कलेज(रत्न राज्य ) मा गुरु न आउनु भएको बेला मा रत्नपार्क को बार मा अडेश लगाएर बसिन्थ्यो कहिले नोटमा धागो ले बाधेर सडक मा राख्ने अनि पैदल यात्रीले नोट देखेर टिप्न खोज्दा बिस्तारै तानी दिने ,कहिले सुको मोहर मा गम वा अलकत्रा लगाएर सडक मा टासी दिने अनि त्यस्तै यात्रीले टिप्न नसक्दा उल्लु बनाउने अनि कहिले काही भने दुइ तिनजना मिलेर एकै चोटी  एकछिन आकाश तिर हेर्यो अनि सबै औलो ले देखायो ए के हो ए के हो भन्दै एक एक गर्दै त्यहाँ ठुलो भिड जम्मा हुन्थ्यो अनि हामि मरी मरी हास्दै  कलेज वा कतै हिड्थ्यौं,ज्याकसन हाइट मा पनि अहिले फुटपाथमा  गफ गरेर बस्ने   वा भेट्टिने नेपाली हरु को भिड ले त्यति बेला को रत्नपार्क सम्झना मा आइ हाल्छ .

फेसबुक बाट नै घनिष्ठ भएका कलाकार भाइ अभय ढुंगेल लाइ मैले खबर गरेको थिए भाइ आज (०५/०३/२०१२)त्यहाँ आइ पुग्दै छु नेपाल अमेरिका पत्रकार सम्मेलन मा भाग लिने सिलसिलामा भनेर अभय  भाइले भने त्यसो हो भने आज साझ को खाना मेरो घर मा खानु पर्छ अभय को अनुरोध लाइ टार्न म सित बिकल्प र बहाना पनि थिएन .ज्याकस हाइट पुगेर सामान दाइ उत्तम ढुंगेल
(दिपा भाउजु ) को कोठामा राखी अभय भाइ लाइ फोन गरे .६६/६७ सडक को बिच मा रहेको लाली गुरास रेस्टुरा अगाडी भेट्ने कुरो भयो उनि आए अनि हामि उनको कोठा तिर लम्कदै थियौ पिस क्याफे अगाडी फुटपाथमा नेपाल का ख्याती प्राप्त गायक हरिश माथेमा अरु दुइ नेपाली मित्र सित गफ मा मस्त रहेछन .उनि सित हाल खबर आदान प्रदान हुदै थियो अर्का प्रख्यात गायक /संगीतकार यम बराल देखा परे ओहो शेखर दाइ के छ कता हो अचानक भन्दै हात र गला के मिलाउदै थियौ उनि संगै आएका अर्का व्यक्ति देखेर म उत्साहित भए उनले मलाइ ठम्याउन सकेनन किन कि १८ बर्ष पहिले हाम्रो भेट टोक्यो मा भएको थियो ,तपाइँ फलानो होइन ?मलाइ बिर्सनु भयो ?भनेको त् उनि अक्क न बक्क परे अनि यम जी ले भने हाम्रो शेखर दाइ ....उनि थिए संग्राम सिंह हमाल उनले भने  ओह्हो शेखर जी  तपाइँ त् कस्तो चेन्ज हुनु भएछ अनि यो ह्याट ले झन चिन्नै गार्हो भयो.त्यस पछी जापान मा बिताएका क्षण हरु को पुनारबिर्ती गर्दा गर्दै उनले भने ल छिरौ यतै (पिस क्याफे )गफ गरौ .बिचरा अभय भाइ बिलखबन्दमा परे घर मा खान ठिक पारेर आएको अब यता पस्नु पर्यो .

पिस क्याफे अर्थात नेपाली ब्यबसायीले चलाएको खाजा घर (रेस्टुरा )सेल पुरी ,छ्होयाला .आलुतामा मम पाइदो रहेछ .नियम ले रक्सि बेच्न र खान समेत न पाउने भए पनि हमाल जी ले बाहिर बाट रक्सि लेराउनु भयो .कानुन को आखा छल्न फोम को सेतो गिलास मा हालेर  सेवन गरियो .क्या बाठा हामि होइन ?खाने मुख लाइ जुँगा ले छेक्दैन .नेपाली बाहेक अरु मुलका ग्राहक आउछन भन्ने अपेक्षा पनि न राखिएको र सम्भावना पनि न भएको त्यो क्याफेमा प्रवेश पछि म फेरी पुतली सडक को पुस्कर को भट्टी सम्झन् पुगे .जहाँ कहिले काही आदरणीय बरिष्ठ सहित्यहकार  धुर्ब चन्द्र गौतम देखि देश हाक्ने ठेक्का लिने हामि नै हौ भन्ने नेता उपनेता अनि  कलाकार आदि को भब्य उपस्थिति हुन्थ्यो .ज्याक्सन हाइट मा पनि त्यस्तै भयो . बरु पुस्कर को भट्टी मा मादल ठोकिएन् मान्छे ठोकिएयो तर यहाँ मादल ठोकियो . एक छिन राष्ट्र अन्तरास्ट्रिय को गफ गरेर माहौल ताते पछी कलाकार हरुको बाहुल्य भएको त्यो समय मा सुरु भयो गित गाउने क्रम र गितार बजाउदै भाइ अभय ले यसरि सुरु गरे 
"भनौ भने लाज लाग्ने 
न भनौ त् मन ले न मान्ने 
जेठी बुढी पोइल गईन 
कान्छी पुगिन हंगकंग 
म बुढो एक्लै परे 
ज्याक्सन हाइट मा लंठ्यांग लुन्ठुंग .
कस्तो मेरो कर्म ......उनले यस्तो गित गाए पछी हासो को फोहरा न छुट्ने कुरै थिएन.
त्यस पछी पालो यम बराल जी को उनले नारायण गोपाल ले गाउनु भएको "एक्लै तिमि न आऊ  म मात्त्तिएको बेला .......अनि अर्को आफ्नै आवाज को नया गित "पिडा मात्र कति दिन्छ्यौ ?अब घाटी रेटी दिए हुन्छ ..बाकि रह्यो प्राण मात्र त्यो पनि त् लुटे हुन्छ "
त्यस पछी अर्का बहु भाषिक ज्ञाता अर्थात बहु भाषाका गित गाउने संगित भर्ने अझ भनौ एउटै गित लाइ बिभिन्न भाषा मा गाउन सक्ने प्रतिभा भएका  राम श्रेष्ठ जी ले पुरानो लोक गित गाउनु भयो
 "झम्के फुली नाकै मा बुलाखी यस पालि त् घर बार होला कि "
अनि 'बादल को घुम्टो ले इलाम बजार छोपीदा  मैले सब लाइ बिर्सेछु   तिमि लाइ समझदा ' काला कुर्ताई ले छ महिना जागिर खाया ..काला कुर्ताई ले .....'
र ढुंगे बगर माया ढुंगे बगर माया छदै छ हल्ला नगर  जस्ता सदाबहार गित गाउनु भयो ."यसरि गित गजल जोक को क्रम बढ्दै गर्दा नियमत बार्ह बजे बन्द गर्नु पर्ने क्याफे को सटर लागे पनि हाम्रो  गित र गफ को सटर लागेको  थिएन .बिस्तारै थपिनु भयो तबला बादक नुन्छे डंगोल जी ज्याक्सन हाइट कै सगरमाथा रेस्टुरामा गित गाउनु हुने तिलक श्रेष्ठ जी पनि आइ पुग्नु  भयो .अर्का प्रसिद्ध प्रशिक्षक नारायण दाहाल जी  जसले बैकुण्ठ मानन्धर लाइ प्रशिक्षण दिनु भएको थियो वहा पनि संगै हुनु हुन्थ्यो .बक्सर प्रकाश धर तुलाधर अनि तत्कालिन शाही शेना का पुर्ब शेनानी राकेश गुरुङ जी पनि त्यो माहौल को अभिन्न अंग हुनु हुन्थ्यो .क्रमश  एक दुइ तिन बज्यो अनि मात्र हामि आफ्नो बाटो लाग्यौ .त्यो साझ जसले अमेरिका बिर्साएर नेपाल तर्फ डोर्याई रहेको थियो .


न्यु योर्क ज्याक्सन हाइट सिंगो नेपाली सस्कार सस्कृति बोकेर बसेको छ . आठ डलर तिरेर दाल भात तरकारी अचार थपी थपी (थालि )खान सक्नु हुन्छ जो अन्यत्र बिरलै पाइन्छ .एक प्लेट म म को ५ डलर एउटा सेल को एक डलर अनि गित गजल रेस्टुरा हरु छन् यहाँ जहाँ सपना श्री ,यम बराल ,तिलक श्रेष्ठ अनि राम श्रेष्ठ जी हरु ले गाउनु हुन्छ .देश का यस्ता हस्थी हरु रत्नपार्क को चोक मा झैँ उभिएर यहाँ बराल्ली रहेको देख्दा मन मा चसक्क हुन्छ  रेस्टुरा मा बर्गेली नेपाली छापा (पत्रिका )हरु जस्तै एभरेस्ट टाइम ,ह्वाइट हिमाल आदि  निसुल्क पढ्न पाउन हुन्छ . नेपाल को कुनै बिकृति लाइ पनि छोडेको छैन ज्याक्सन हाइट ले रक्सीमा झुम भएको नेपाली ग्राहक भेट्टाए न खाएको चिज को समेत जोडेर बिल बनाउन माहिर छन् रे कोइ रेस्टुरा साहुजी हरु रे  ट्रावल एजेन्सी खोलेर टिकट को पैसा खाइ भागेका समाचार आएकै छन् हुन्डी खेलेर खेलाएर कोइले एक लाख डलर कोइले ६० हज्जार डलर पच पारेर भागेको गुनासो दुखेसो धेरै पाउन सकिन्छ ..एकल श्रीमान श्रीमती को  देश मा भएका आफ्ना श्रीमती /श्रीमान वा अन्य आफन्त लाइ झिकाई दिन्छु भन्दै ठगि गरि खाने को भिड नै रहेछ. ज्याक्सन हाइटमा रेस्टुरा संचालक का प्रवृतिले त् झन दंग परिन्छ भन्या एक प्लेट मम को ५ डलर थालि खाना ८ डलर अति नै सस्तो भएन भनेर मैले सोधे एउटा पसल मा उनको गुनासो थियो सुरु मा रेस्टुरा खोल्दा १२ डलर थियो रे प्लेट को अर्को चोक मा खल्ने ले ९ गरि दियो रे अर्को नया खोल्ने ले ७ रे यसरि झर्दै छ रे भाउ ग्राहक तान्न यसरि ग्राहक तान्ने पर्तिस्पर्धामा भाउ घटाउदै गएर हरि तन्नम हुदै रेस्टुरा बेच्ने र किन्ने पनि भै राखेको रहेछ यहाँ ..अब राजनीति को कुरो नै  भएन एउटै बाद का गुट उपगुट मात्रै होइन जातीय र क्षेत्रीयबाद देखि बसन्त नृत्य घर लगायत अनेक नाम का समाज सेवा गर्ने संघ सस्था हरु को सुची लामो रहेछ  .

यस पटक को यात्रा साच्चिकै अबिस्मरणीय रह्यो .स्वतन्त्रताको भरपुर उपयोग भयो .भर्जिनिया बाट गिरिश पोखरेल , कृष्ण शर्मा ,प्रताप अधिकारी र भर्खर नेपाल बाट आउनु भएका सास्वत पराजुली  जी साथमा हुनु हुन्थ्यो . हामि ४ जो सबै यस पटक एक्लै थियौ अर्थात परिवार साथमा लगेका थिएनौ .त्यसैले समय को पावन्दी र ए न पि ए धेरै न पि भन्ने कोइ थिएन .दोस्रो दिन दिन साथ मा हुनु हुन्थ्यो चन्द्र खतिवडा र बिस्व शाह जी वहा हरु न्यु योर्क ज्याक्सन हाइट को रैथाने पर्नु भयो हामि ले घुम्न न पाएका गल्लि गल्लि हरु बिहान ३/४ बजे सम्म घुमाइ दिनु भएको थियो .ज्याकसन हाइट को ४ रात खुबी बिन्दास रह्यो . मे ५ तारिख दिनभर करिब जस्तो करिब ४/५ घण्टा गिरिश पोखरेल ,क्यालिफोर्निया बाट आएका ज्याम्बो शेर्पा र टेक्सास देखि आउनु भएकी अमृता लम्साल जी को साथमा न्यु योर्क को पुननिर्माण मा रहेको ट्वि टावर ,वाल स्ट्रीट ,मेनह्याटन लगायत का गल्लि सडक हरु पैदल नै हिडेर साझ सगरमाथा रेस्टुरामा(ज्याक्सन हाइट ) नेपाली स्थायी नियोग ले निम्त्याएको साझको खाना मा सम्मिलित भयौ .अगिल्लो दिन न्यु योर्क ज्याक्सन हाइट मै लामो समय देखि ब्यबसाय गरि बस्नु हुने र नेपाली समाज मा सुपरिचित समाज सेवी  डा गोबिन्द /मृदुला कोइराला को मा जमघट भयो त्यहि ह्वाइट हिमाल टिभी क संचालक किसोर पन्थी अनि सुर्य थापा को साथै युएस नेपाल डट काम का प्रकाशक /सम्पादक  प्रदिप थापा जी साहित्यकार गीता पन्थी  लगायत का हरु सित भेट भएको थियो .
यसरि यो पटक को न्यु योर्क ज्याक्सन हाइट को भ्रमण ले पहिले पहिले भन्दा बिलकुल अलग्गै अनुभूति दियो .१९९२ ,मा पहिलो  चोटी न्यु योर्क पुग्दा यस्तो बाक्लो नेपाली थिएनन २००१ मा करिब ५ महिना बस्दा पनि एउटै नेपाली पसल वा रेस्टुरा थिएन अब त् प्रत्यक चोक मा रेस्टुरा अनि फुटपाथ मा हिड्दा झ्याल बाट हेरी रहेका सेल रोटि र घन्कि रहेका नेपाली लोक गित हरु ले एक छिन त् म अमेरिका छु भन्ने नै बिर्स्याई दिन्छ र  आफ्नो देश मै रहेको महसुस  मात्र गराएँ बितेका ३० बर्ष अगाडी को प्यारो रत्नपार्क को पनि सम्झना पुनारबिर्ती गराई दियो .




No comments:

Post a Comment