Pages

Thursday, August 16, 2012





कविता -हाम्रो टाउको कस्तो टाउको ?

आफ्नो बने दंग अरुको बने भरंग 
यस्तो टाउको न त्  पहिले बनेको थियो 
न त् फेरी बन्नेछ, बन्दा पनि न बनोस 
देख्न पनि न परोस, सुन्न पनि न परोस 
हाम्रो टाउको कस्तो टाउको ?

कता मिल्या मिल्या जस्तो 
कता कता ठ्याक्र्याक्कै नमिले जस्तो 
हो हो जस्तो होइन होइन जस्तो 
त्यसै त्यसै टिनीक्क गर्छ 
धुप को बालुवा जस्तो 
हाम्रो टाउको कस्तो टाउको ?

आफ्नो काम छोडी छोडी 
अरु को टाउको खोज्ने 
आङ्को भैसी लुकाएर 
अर्काको कान को लिखो देख्ने 
हाम्रो टाउको कस्तो टाउको ?

यो टाउको संसार कै अचम्म को टाउको 
बिमतिको भकारी ,
आपद को आधीबेरी 
आफु  लाइ कहिल्यै नचिन्ने  आखा भएको 
हाम्रो टाउको कस्तो टाउको ?

अप्ठेरोमा फलेको फर्सी  जस्तो 
कागको लागि बेलको फल जस्तो 
कति जिब्रे र कुन लिंगी छुट्याउन गार्हो पर्ने 
अरु लाइ मुर्ख बनाएर रमाउन जान्ने 
हाम्रो टाउको कस्तो टाउको ?

तल तिर बगाएर माथि तिर खोज्ने 
मन्दिर जादा मासु को ब्यापार रोज्ने 
निसुल्क पाए अलकत्रा नि झ्वाम्म पार्ने 
अनुसन्धान गर्न लायक 
हाम्रो टाउको कस्तो टाउको ?
लौन भन हो नेपाली को टाउको किन यस्तो ?








No comments:

Post a Comment