Pages

Tuesday, August 7, 2012



भ्यागुतो  को धार्नी र सहमति 
शेखर ढुंगेल 

  नेपालीको  राजनीतिमा सहमति भन्ने शब्द  एउटा व्यंग मात्र होइन "अभिश्राप " नै साबित हुन् पुगको छ . देश को  वर्तमान संकटको मात्र कुरो होइन राजनैतिक दल र नेतृत्व हरुको असहमतिय मानसिकता को प्रतिफल शान्तिपूर्ण अवस्था मा नै निन्दनीय असहमतीय राजनीति गरेको कारण ले आज को संकट निम्तिएको तितो सत्यता कसै बाट लुकेको छैन .वर्तमान राजनैतिक गतिरोध फुकाउन २७ दल लाइ भोज खुवाएर फकाउदै  महामहिम "राष्ट्रपति ले भन्नु भयो " अर्को पटक भोज खान आउदा सहमति सहित आउनुस " .तत्कालिन संबिधान सभा बिघठन भएको सवा दुइ महिना बिमोचन र अध्यादेशमा  लाल मोहर लगाउन व्यस्त महामहिम ले रास्ट्रीय कोष मा  व्ययभार थोपर्ने गरि बिदेशी सित सल्लाह र सुझाब प्राप्त गरे लगत्तै हालै  अर्को भोज आयोजना गरि तत्कालिन संबिधानसभाका मुखिया हरु लाइ बिनम्र अनुरोध गर्नु भएछ "अर्को पटक भोज खान आउदा  सहमति लाइ जहाँ वाट जसरि पनि खोजेर तत्काल मेरो मा जुटाई दिनु होला 'भन्दै  बिदा गर्नु भयो . निबेदन प्राप्त गर्ने मुखिया हरु ओठको चिल्लो पुछ्दै हसिलो मुद्रामा पत्रकार लाइ भोज बारे यसरि प्रतिक्रिया दिदै थिए कि उनि हरु कुनै प्रख्यात  हास्य चलचित्र हेरेर निस्केका हुन् चलचित्र का नायक ले न राम्रो सित हसाए उनि हरु लाइ .....एक जना  इमान्दार मुखिया अलि कोल्टे परेर चुरोट को सुर्को तान्दै अर्को लाइ भन्दै थिए के भन्या होला  महामहिम ज्यु ले पनि ?वहा ले  कतै हराउनु भएकोछ  र सहमति तत्काल खोजेर जुटाई दिनु ?कि दशैँ को खसी बोका , लत्ता कपडा अनि सरकार ले दिने सुबिधा हो र तत्काल सहमति गरेर जुटाई दिनु ?बार्ह बुद्धे सम्झौता को दिन देखि हराएको  सहमति न त् कुनै दिन बानेस्वर को सभा भवन मा पस्यो  न त् होटेल रिसोर्ट मा गोप्य भजन र गुप्त बास गर्दा भेटियो सहमति न त् जनता को धर्ना जुलुस बिरोध बन्द ले फेला पार्न सक्यो सहमति अब यस्तो सानो भोज कै भर मा  महामहिम को निबेदनमा "चुट्की बजाएर "जुट्ला त् ?कहाँ फेला पर्छ र बुझाउनु सहमति ?पहिले म प्रधानमन्त्री हुनु पर्छ अनि मात्र उनको लागि सहमति  खोज्न सुरु गरिन्छ .राष्ट्रपति महोदय आफु पनि के कुरो मा स्पस्ट हुनु पर्यो भने संबिधान ले के उदेश्य वा प्रयोजन को लागि यो पद को सृजना गरेको हो ?मेरो अधिकार के हो ?र कुन अबस्थामा मा प्राप्त अधिकार कसरि प्रयोग गर्ने स्पस्ट हुनु पर्यो .केटाकेटी लाइ  पापा खुवाएर फकाएको जस्तो हास्यास्पद र अनुत्पादक कार्यमा अर्थ , उर्जा र समय खर्च गर्नु व्यर्थ हुन्छ . 

बार्ह बुद्धे सम्झौता देखि आजको दिन  सम्म को यात्रा मा राजनैतिक दल हरुले यो सहमति नाम को प्रहसन मा धेरै धन जन र मानसिक उर्जा खर्ची सके तर सहमति को अर्को नाम वा अर्को पाटो "सत्ता "मात्र हुन् पुग्यो .र सधै भ्यागुता को धार्नी जस्तो उखान साबित हुन् पुग्यो .भ्यागुता को धार्नी र मुखिया हरु को सत्ता आरोहण र अबरोहण एउटै साबित भएको छ .हाम्रो मानसिकता सित भ्यागुतो लाइ जोडेर एउटा व्यंग समेत बनेको छ .स्मरण गर्नु  उचित होला .कुरो कस्तो भने कुनै बेला नेपाल ,बंगलादेश आदि देश  वाट अमेरिका ,बेलायत मा भ्यागुता निर्यात हुने गर्दो रहेछ .त्यहाँ को बन्दरगाह मा पुगे पछी नेपाल वाट आएको टोकरी देखेर अमेरिकन बेलायति हरु तिन होइन २१ छक्क पर्दा रहेछन .यस्तो त् सम्भव नै हुन्न कसरि हुन्छ यस्तो ?अनि अर्को नेपाल बंगलादेश बुझेको आयातकर्ता ले सम्झाए छन् हेर कुरो यस्तो हो "बंगलादेश र अरु देश का भ्यागुता भने के गर्दा रहेछन भने हेर साथी अब हामि सब मर्ने नै हौ सक्छौ भने माथि भएका हरु भाग र  ज्यान बचाउ भन्दै  जाली ले बेरेको टोकरी को तल रहेको  भ्यागुतो ले माथि भएको भ्यागुतो लाइ घचेटेर बाहिर निस्कन सहयोग गर्दो रहेछ र जहिले पनि केहि दर्जन भ्यागुता गन्ति मा कम हुने तर नेपाल वाट आएको टोकरी मा  भने बिना जाली नै पनि सय मा सय भ्यागुतो आइ पुग्ने त्यसको रहस्य के त् भन्दा जब जब माथि रहेको भ्यागुतो उफ्रेर ज्यान जोगाउन भाग्न खोज्दो रहेछ तल हुने ले खुट्टा मा तानेर भन्दो  रहेछ ए त् चाही भागेर ज्यान जोगाएर मोज गर्ने हामि चाही मर्ने ? लो हेरौ कसरि उम्कदो रहेछ भन्दै एक ले अर्को को खुट्टो तानेर बस्दा रहेछन र सय मा सय नै आइ पुग्दा रहेछन .अझै त्यस्तै छ  अहिले सम्म  हाम्रो मानसिकता सत्ता बाहिर कोइ बस्नै न चाहने एउटा कुर्सि छ दर्जन मुखिया खुट्टो ताना तान अनि कसरि भेटिन्छ सहमति लाइ ?महामहिम ज्यु अर्को भेटमा अब श्रीमती सहित आउलान भोज खान समानुपातिक को नमुना देखाउन तर सहमति खोजेर यहाँ लाइ जुटाई  दिने मा म भने बिस्वस्त छैन .

पहिलो कुरो  महामहिम ज्यु ले भोज त् खुवाउनु भयो तर सहमति कहाँ भेटिन्छ ?कुन बाटो गए  भेटिन्छ ?को कहाँ सम्म पुग्ने ?को कहाँ वाट कहाँ फर्केर आउने अनि  कहाँ को को भेट्ने कुनै सुत्र दिनु भएन मात्र भन्नु  भयो देश को सहमति  हराएको लामो समय भएको छ  खोजेर मलाइ  तत्काल बुझाउने काम गर . यो त् बिना गोलि को बन्दुक दिएर  शिकार मारेर मलाइ बुझाओ भने जस्तो भयो भन्छु म ?राजनीतिमा यस्तो अर्थहीन सहमति सहमती भनि रटान लगाएर समय बर्बाद गर्नु को तुक छैन .कुनै खास परिस्थितिमा र बिषयमा सबै सहमत हुनै पर्छ भन्ने नीतिको राजनीति  संसार को कुनै भाग मा पनि छैन .त्यसैले राजनीति र बिबादित बिषय मा निर्णय गर्न मतदान वा बहुमत र अल्पमत को अबधारणा आएको हो .मूल कुरो बहुमत ले  दीर्घकालीन प्रभाब पार्ने बहुहिताय नीति लेराउने र लागु गर्ने हो .बेइमानी  र अल्पसोच को राजनीति होइन भने एमाले र कांग्रेस अहिलेको एमाओवादी मा कुनै भिन्नता छैन .कथित चारै दल  संघीयता र गणतन्त्र को मुलधारमा सहमति भएर नै विघठित संविधानसभाको निर्बाचन सफलता पुर्बक सम्पन भएको हो र एमाओवादीको को नेतृत्व मा कांग्रेस र एमाले ले सरकार मा सहभागिता समेत जनाई सकेका छन्   साथै एमाओवादी ले उसको जन सेना बिघठन गरि हतियार सरकार लाइ बुझाइ सक्यो यो अवस्था सम्म  आइ पुग्दा कांग्रेस र एमाले पुर्णरुपमा एमाओवादीको मार्ग चित्र मा समाबेश भै सकेको स्पस्ट छ .निर्बाचन जस्तो बैधानिक बाटो वाट सत्ता मा आइ पुगेको वा लेराइ पुर्याउने कांग्रेस र एमाले नै हुन् .अब तदनुरुप निर्माण हुने  संबिधान मा एमाले कांग्रेस वा अन्य दल को एमाओवादी सित फरक मत हुनु पर्ने कारण देखिन्न .सत्य के हो भने नीतिगत हिसाब ले हेर्ने हो भने आज नेपाल मा दुइ नीति वा सिदान्त को राजनैतिक धुर्बिकरण मात्र छ .एक एमाओवादी लगायत का अन्य सबै दल जो संघिय गणतन्त्र र धर्म निरपेक्षता का पक्षधर छन् अर्को छ कमल थापा ले नेतृत्व गर्नु भएको  रा प्र पा नेपाल जो एक्लै संबैधानिक राजतन्त्र ,हिन्दु अधिराज्य र ससदीय व्यवस्था को लागि लडी राखेको छ .बांकी दल र नेता हरु बिदेशी शासक र आइ एन जी ओ को निर्देशन मा चली रहेका छन् .जसले गर्दा देश अनिर्णय को बन्दि हुन् गएको छ . लामो समय सम्म को अस्थिरता र अनिश्चितताले देश असफलता को संघार मा पुगी सक्यो .राजनैतिक दल हरु सहमति होइन कुर्सि मै लिप्त छन् यस्तो समय मा महामहिम राष्ट्रपति को "सहमति "जुटाएर आउनु भने अनुरोध ले सार्थकता पाउने सम्भावना छैन .

एमाओवादी ,कांग्रेस एमाले र मधेष बादी दल हरुले पहिले आफ्नो अभिस्ट के हो ?नीति के हो र गन्तब्य के हो  ?सार्बजनिक गर्नु पर्छ .एउटै दलका दश नेता का  दश थरि कुरो आउछ नागरिक ले कसर बुझ्ने ? देश को भाबि राजनीति कता जादै छ भनेर ?दल हरुको नीति र सिदान्त के हो ?राम्रो बनाउने नाम मा "उँट "बनाउने कुरो पनि भएन स्पस्ट लिंग छुट्टिने गरि गाइ वा गोर्हू जे बनाउने हो त्यहि बनाउने हो भन्न सक्नु पर्छ .त्यसैले सबै दल ले आगामी संबिधान सभा वा ससद को निर्बाचन जे हुन्छ त्यो हुनु भन्दा पहिले नै आफ्नो लिंग छुट्टिने गरि स्पस्ट नीति सार्बजनिक गर्नु पर्यो व्यक्ति होइन नीति लाइ अगाडी बढाई नागरिक को मत लिने काम गर्नु पर्छ .यो लिंग न छुट्टिने नीति अनि झर्ला र खाउला को सोच ले राजनैतिक सहमति जुट्ने सम्भावना छैन .नेपालको हावा पानि भौगोलिकता र मानसिकता लाइ फाप्ने नीति को राजनीति हुनु पर्छ .देश लाइ राम्रो तर उँट बनाउने खेल मा ७ दशक बितिसक्यो "भ्यागुते धार्नी "को राजनीति र सहमति को पिडा  अझै सकिएको छैन .एमाओवादीको निगाह र सहयोग बाहेक अन्य दल को आफ्नो हुती र जनमत छैन पद पाउन निगाह र आशिर्बाद मा लालायित भएर रोदन गर्दै छन् .आत्मबल उच्च भएका नैतिकवान मुखिया भेट्नै गार्हो आफ्ना दल को सर्ब सम्मत मुखिया समेत छैनन .  स्वत काम चलाउ भइसकेका प्रधानमन्त्री डा .भट्टराई को राजिनामा माग्नु भन्दा बहुमत पुर्याएर अर्को प्रधानमन्त्री को नाम राष्ट्रपति समक्ष लैजान नसक्नु  अन्य दल हरु को कमजोरी .स्पस्ट देखिएको छ 

अहिले नेपाली राजनीतिमा वर्तमान काम चलाउ प्रधानमन्त्री लाइ सत्ताच्युत गर्न जुन बचपना तरिकाले दौडधुप चलेको छ यसले पुन एकपटक असोज तन्त्र र मक्कर तन्त्र को सम्झना गराएको छ .२०४७ साल पछी यी तिनै दल र नेता हुन् (एमाओवादी बाहेक )जसले बारम्बार असहमतीय राजनीति गरे व्यक्ति व्यक्ति का आ आफ्नै सुरका नीति प्रयोग गरे .कांग्रेस भित्रै मारामार ,एमाले भित्रै मारामार भयो फुटे फेरी जुटे रा प्र पा नाम क ओदाल त् तिन वटा नै भएको छ .कुनै दल भित्र पनि भावनात्मक मिठास सम्बन्ध र सहमतीय बाताबरण छैन .असोज तन्त्र ए मक्कर तन्त्र को लागि बारम्बार बिन्तीपत्र हालेर उक्साउन जाने कोइराला ,नेपाल ,खनाल र पौडेल हरु न हुन् .आज पुन उनीहरु राष्ट्रपति लाइ न भएको अधिकार प्रयोग गरि असोज वा मक्कर तन्त्र पुनारबिर्ती गरौं उक्साई रहेछन .काम चलाउ प्रधानमन्त्री लाइ पदच्युत गर्न निबेदन हालेका छन् तर कस्लाई प्रधानमन्त्री बनाउने हो अझै सहमती छैन .त्यस बेलापनि सहमति अर्थात् बहुमत पुर्याएर प्रधानमन्त्री को नाम सिफारिस गर्न आह्वान हुदा असमर्थ भए अर्थात सहमति जुटाउन सकेनन दल हरु को यस्तै कमजोरी ,असफलता एबम अक्रमंयता को कारण दरबार अगाडी बढ्न हौसिएको हो .दल हरुमा सहमतीय राजनीति हुन्थ्यो त् तत्कालिन दरबार विवाद मा आउँ रहर बोकेर बसेको भने थिएन .समस्या को बिश्लेषण र समाधानको मार्ग चित्र तय न भै हाल को असहमतीय  राजनीतिले निकास दिने सम्भावना अत्यन्तै न्यून छ .

निर्बाचन त् गर्ने अब कस्तो प्रकार को ?संबिधान सभा को कि ससद को ?कुनै दल स्पस्ट छैनन .कानुन त् एउटा कुरो स्पस्ट छ पुन अर्को संविधानसभाको निर्बाचन सम्भव छैन .ससद को लागि निर्बाचन गर्ने हो भने पनि कस्तो स्वरुप को ससद ? कति सदन को ससद ?कति सदस्यीय ?संबिधान ले तय गर्ने त्यस्तो बिषय संबिधान नै न भएको अबस्थामा झनै पेचिलो बनेको छ .कुनै कानुन वा अन्तरिम संबिधान ले यस्तो परिस्थिति को परिकल्पना वा संकेत वा आसय समेत नदेखाएको अबस्थामा कसरि अगाडी बढ्ने भनेर न त् दल हरुले आन्तरिक छलफल गरेका छन् न त् सार्बजनिक बहस मा लेराएक छन् .मात्र व्यक्ति पिच्छे मन गढन्ते मनोकांक्षा पुरा हुने आसय का कुरो सार्बजनिक भएको छ .देश को सार्बभौम सत्ता र स्वाधिनता लाइ नै चुनौती दिएर बिदेशी हस्तक्षेप बढेको छ .प्रधानमन्त्री स्वयम अलिकति पनि लज्जा महसुस नगरी बिदेशी हस्तक्षेप बढेको दिब्य शन्देश दिन्छन योहस्ताक्षेप रोक्ने कसले त् प्रधानमन्त्री ज्यु ?के मैले सकिन जनता हो तिमि हरु नै रोक बिदेशी हस्तक्षेप भनेर कुर्सि छोडी सडक मा आउनु पर्यो त्र्यसो गर्यो भने बरु बुद्धिमानी हुन्थ्यो कि ?अनि जब जब कुर्सि फुस्किन लाग्छ बिदेशी हस्तक्षेप देख्ने अनि कुर्सि मा पुग्दा मलाइ यो र  त्यो देश र सस्था को समर्थन छ भनेर सगौरब भाषण गर्ने महारोगी  मानसिकता त्याग्ने कहिले ?अनि आफु कुर्सि मा पुग्न आलंकारिक राष्ट्र प्रमुख को  को हस्तक्षेप गराउने अनि कुर्सि  वाट झर्नु पर्दा फेरी त्यहि कदम असंबैधानिक देख्ने नेता हरुले  आखा को पनि उपचार गर्नु  परेको छ .

 यस्तो अवस्था देख्दा देख्दै के आशा र बिस्वास ले हो महामहिम राष्ट्रपति ले सहमति खोजेर मलाइ जुटाउनु होला  भनेर  अनुरोध त् गर्नु  भयो तर मौजुदा अबस्थामा एउटा त्यस्तो  दल छैन जुन दल को  आफैमा एकता भएको होस् .मधेसबादी दल को त् कुरै छोडौ ठुलो दल एमाओवादी मा तिन धार एमाले र कांग्रेस मा त्यस्तै छ कुनै दलमा  कस्लाई प्रधानमन्त्री बनाउने,कस्तो संघियता र कति वटा बनाउने ,कार्यकारिणी सर्बाधिकार सरकार प्रमुख मा रहने कि राष्ट्रपति मा रहने वा को संग कति के अधिकार रहन दिने भन्ने  मा  अझै स्पस्ट छैनन  अनि आफु न भए उही माथि उल्लेख गरिएको  भ्यागुता को नियतिनै भोगी रहेका दल हरु ले सहमति खोजेर  लैजालान राष्ट्रपति समक्ष ?  सम्भब देखिन्न .त्यसैले अर्को भोज मा श्रीमती सहित आ आफ्नो लागि कुर्सि माग्न आफ्नो मन को सहमति बोकेर   जालान तर राजनैतिक समस्या  समाधान को लागि सहमति खोजेर बोकेर राष्ट्रपति लाइ जुटाई दिने छन् भनेर सपना मा पनि सोच्न सकिने अवस्था छैन .हो असहमति  को लागी सहमति भएकै छ अर्को मिटिंग को लागि सहमति भएकै छ महामहिम ले चिन्ता लिनु पर्दैन भनेर त्यो सहमति भने बुझाउन सक्छन र महामहिम लाइ ढुक्क भएर बिमोचन ,पुजा  पाठ मा लाग्नु हुन्  बिस्वस्त पार्न सक्छन .



No comments:

Post a Comment