Pages

Wednesday, August 1, 2012



कविता -घोगामा  दाना न लागेको बेला 
शेखर ढुंगेल 

घोगा मा दाना लागेंन 
यो पकृतिले बिर्शेको  काम होइन 
मानब रचित कुचेष्टा को प्रतिफल हो 
मानबियता मरेका हरुको दुस्टता फल त हो 
मरी रहेछ 
अझ भनौ मरी सक्यो मानबियता यहाँ 
अर्थात 
मरी सक्यो सबै सोच यहाँ 
भने 
अब 
सकारात्मक र नकारात्मक सोचको 
बर्गीकरंको के अर्थ यहाँ 
हरेक पल अरुलाई मार्दै 
मात्र म जिउदो रहेको छ यहाँ 
भने 
अब 
निल काँडाको खेति गरेर 
लालिगुराँस हसाउछु भन्नेहरु 
स सम्मानित हुदै  छन् यहाँ 
धारामा पानि आउदैन सहने जनता छन् यहाँ 
बाच्ने अधिकार सुरक्षित छैन सहेकै छन् यहाँ 
जंगली हिंस्रक जन्तु भन्दा 
आज 
मानिस देखि मानिस त्रसित छ 
बिडम्बना कस्तो  यहाँ
अभियुक्त हरु नै न्यायाधिश बनेको बेला 
न्याय पाउने आशा तुषारापत भएकोछ  यहाँ 
कानुनि राज हराएको छ जहाँ 
मानबता हराएको छ 
मानबिय संबेदनशिलता मरेको छ 
त्यसैले दाना न लाग्ने मकैका बिज आयात भएको छ 
मानिसको करङ्ग चढेर
 सत्ता लुछ्ने नीति फापेको छ जहाँ 
देश लुट्ने शासन छाएको छ 
त्यसैले म र मेरो बस्तीमा 
आज 
सकारात्मक सोच मरेको छ 
"मानबिय मूल्य र मान्यता बिहिन "भएको छ 
आज मेरो बस्तिमा धम्कि नाचेको छ त्राश हासेको छ   
नक्कली औषधिको ,नक्कली खाद्यको 
अनि 
घोगा मा दाना नलाग्ने बिज आयात गर्ने अभियुक्त को राज छ .
शहिद को खेति  फस्टाएको बेलामा 
यहाँ सकारात्मक सोच को अर्थ कसले राख्छ 
घोगामा दाना लागेंन
 दुधिलो मकै बच्चाको मुखमा परेंन 
ऋण काटेर किनेको 
आयातित चामल मा पनि मानामा मुठी बालुवा पर्यो 
यहि हो मेरो देश
 आज 
मानबता मरेको देश 
मानबिय संबेदनशिलता हराएको देश 
बादल मा हराएको काग झैँ भएको देश 
सुनामी मा फसेको देश 
मेरो देश 
मकैको घोगा मा दाना नलाग्ने बिज आयात गर्ने 
अपराधिहरुले ब्यापार गर्ने   देश 
 





 












No comments:

Post a Comment