Pages

Wednesday, August 1, 2012


कविता -एउटा मानिस एउटा जीवन !
शेखर ढुंगेल 
एउटा मानिस 
एउटा जीवन बोकेर 
एउटा संसार जित्ने सपना देख्छ 
सुखको खोजीमा मानिस स्वयमले पिडा रोप्छ 
पिडा बाड्दछ ,पीडाकै ओछ्यानमा लम्पसारपरि 
पिडा मार्ने औषधि सेवन गर्छ 
आगमनको पिडा भुली सकेको उसले 
प्रस्थानको पिडामा आशु झार्छ 
मानिस को अर्को नाम पिडा पनि रहेछ 
हेर्छु म यो सत्य 
हिंस्रक जन्तु भन्दा धेरै गुणा बढी 
आज मानिस मानिस बाट नै त्रसित छ 
मानब ले मानब लाइ नै पिडा दिने कस्तो दुर्भावना 
चित्कार आशु र छटपटाई भित्र मानिस 
सत्ता भत्ता खोज्छ 
अर्को मानिस को कमजोरी भित्र मानिस 
कुत्सित नियत थोपर्छ 
 अनि मानिस आफ्नो बिजय हास्छ 
एउटा मानिस एउटा जीवन बाच्न 
कल्पना भन्दा बाहिर खोइ के के  पो जे पनि गर्छ 
कतै भान हुन्छ मानिस एउटा सिंगो पिडा हो 
जो जन्मदा आमा लाइ ,
 स्वार्थ पुरा गर्न मित्र लाइ घात् गर्छ 
पल पलको हिसाब राख्छ 
शब्द शब्द को अर्थ राख्छ 
नाफा नोक्सान को अंक कोर्छ 
त्यहि हासो र रोदन्,उत्साह र निरासाको 
गोरेटो सुरु गर्छ 
हिसाब किताबक मिलान मा 
घात् प्रतिघात को नियम लागु गर्छ 
सुख र खुसि को पछी लागेर 
घाम पानि आधि सबै  सहन्छ 
पिडा दिएर रमाउछ
 बिजयी भन्छ हर्षोत्सब गर्छ 
शक्ति को दम्भ देखाउछ 
लाग्दछ गाउ बस्ति जंगल खरानी हुन्छ 
 मानिसले एउटा जीवन हार्ने युद्ध गरि रहेछ  
धेरै युद्ध निमत्याई सक्यो निमत्याई रहन्छ 
मानब समबेदनसिलता र सार्थकता 
म मेरो को भ्रमित परिभाषा बोकी 
एउटा मानिस ठिङ्ग उभिएको छ 
एउटा कोलाहल सिर्जना गरेर 
एउटा अस्त व्यस्तता बोकेर
एउटा भयाबह युद्ध रचेर 
एउटा शान्त सागरमा सुनामी  हुलेर 
परिबर्तन को जामा पहिरिन्छ मानिस 
तर उही वृक्ष उही फुल को सुगन्ध 
उही प्रकृति को अन्न पानि को रस्वादन गर्दै 
संसार जित्ने भ्रम छर्छ मानिस 
एउटा मानिस को आबिस्कार सलाई 
हेर कति खरानी को थुप्रो बन्यो 
एउटा मानिस को आबिस्कार हो 
मानबता लाइ गिज्याउने गोलि 
बम बारुद बन्दुक र मिसाइल बनाउने हरु 
बिषादी पदार्थ बनाउने हरु 
सुर्ती र नसालु पेय  अनि लागु औषध उत्पादक 
सपना अनि दुस्परिणाम व्यहोर्ने नि मानिस हरु 
दम्भ र पाखण्डपन को प्रतिस्पर्धामा 
गार्हो पर्दैछ मानवियताको परिभाषा गर्न 
कहिले बाध्यताको कहिले पश्चाताप को 
बिटुलो आशु झार्छ मानिस अनि स्वार्थ खोज्छ 
पद प्रतिष्ठा र पैसाको अति भोको मानिस 
जीवनभर दौडि रहन्छ आशक्ति बोकेर 
अन्तमा सबै बिर्सेर 
मात्र शान्ति शान्ति खोज्दै छटपटीन्छ मानिस 
तर त्यो दुर्लभ र अर्थहीन  बन्छ 
एउटा मानिस एउटा जीवन भोग्छ 
लालच आशक्ति सपना मा डुबेर 
र सुन्य सुन्य मात्र सुन्य मा सकिन्छ 
खरानी बनेर
मात्र सपना हरु को अन्त गरेर 







No comments:

Post a Comment