Pages

Wednesday, August 8, 2012


कथा- निचोरिएको फुल
शेखर ढुंगेल
कस्ती हुन् यी आइमाई ?
ठुली पल्टिएको नि ?
किन न् पल्टियोस त ?
के न् पुग्दो छ त उस्लाई ?
ठुली भै भन्दैमा साथी हरु सित हास्ने बोल्ने रमाइलो गर्न पनि बिर्सने त?
हो नि उसको सम्पति मागेका छैनौ क्यारे भेट्दा हासेर बोलि दिए त भै हाल्यो नि कि कसो ?
किरण को नया उध्योग उद्घाटन को पार्टी भै राखेको थियो . रिमा ले पनि आफ्ना साथी हरु लाइ निम्तो दिएकी थिइन .
उनै साथी हरु रिमा को उदाशी लाइ घमण्ड अनि ठुलो पल्टिएको आरोप लगाइ रहेका थिए .रिमा को उदासी देखेर सबै छक्क पर्छन आखिर के न् पुग्दो छ यो आइमाई लाइ ?धन सम्पति !यैस , इज्जत के छैन ?यसको जस्तो भाग्य त कमै को हुन्छ .लोग्ने त्यतिकै स्मार्ट र व्यक्तित्व को धनि छ .रिमा पनि कम कि छैन .नाम चलेका निर्देशक ले चलचित्र को लागि अनुरोध न् गरेका होइनन .उनलाई के न् पुग्दो थियो र नाम पनि छ सम्पति पनि छ .
त्यो बैभब को रमझम भित्र रिमा ले कैयौ पटक छ्छल्किएको आशु लाइ कालो चस्मा भित्र भित्रै सुकाएकी छे बेदना र पिडा लाइ आशु सित मिलाएर घुटुक्क पारेकी  छे .रिमा को  देखावटि कृतिम हासो पल भर मै कता कता लुकी हाल्छ .

आधुनिक समाज कि सम्भ्रान्त महिला रिमा .
बजार मा उनको सफलता को हाइ हाइ छ .उनि उदाहरण बनेकी छिन .
तर पनि उनि खुलेर हास्न सक्दैन थिइन .भित्र भित्र मन कुण्ठित छ बिक्षिप्त छ . उनको मौनता लाइ साथी हरु घमण्ड देख्थे .
प्रत्यक सफलताको सिढीमा एक घुट्को बिष पिउदै अगाडी बढ्दै गरेकी छिन उनि .त्यो बिष जसले न् मार्थ्यो  न् खुसीले बाच्न  दिन्थ्यो .
रिमा को धर्यता ले को वाध भत्किने संकटपूर्ण अवस्था मा थियो .

रिमा आफ्नो सुन्दरता माथि सृंगार थपेर बिसाल ऐना अगाडी आफु लाइ नियाल्दै छिन . आज एउटा आज सम्म कै ठुलो प्रोजेक्ट को स्वीकृति लिन जानु छ उनलाई . यो योजना श्रीमान किरण को सपना हो जसरि पनि उनको हात मा पर्नु पर्छ .यो फत्ते गर्ने काम हो रिमा को .
त्यहि काम मा जान आज उनि बिशेष तयारी मा छिन .
महारानी ?
पल्लो कोठा बाट किरण को आबाज आउछ
हजुर !!!!
तिमि तयार भयौ त ?
म त तयार भए हजुर पनि गै बक्सिने होइन म सित ?
जान पाउदिन डार्लिग !अपर्झट मेरो अर्को बिजिनेस को मिटिंग आइ पर्यो .मन्त्रि ज्यु सित मैले कुरो गरि सकेको छु .कागज पत्र को फाइल मैले ड्राईभर को हात मा दिएको छु .आफै ड्राइभिङ न् गर्नु स्विटहर्ट .ड्राइभर लाइ साथ लिएर जानु .यो काम जसरि पनि फत्ते गर्नु पर्छ नि महारानी !नत्र त करोडौ को चुना लाग्छ .किरण ले आदेश दिए .
हस हजुर !मिलाई हाल्छु नि आज सम्म कुन काम मैले सफल पारेको  छैन र ?
आइ लभ यु डार्लिंग किरण रिमा लाइ खुसि पार्ने कोसिस गर्छ .
कुनै पनि महत्वपूर्ण काम मा पठाउनु अगी किरण सधै यस्तै गरि रिमा लाइ  फुरुंग पार्ने गर्छ .तर रिमा को लागि मुटु घोच्ने शब्द हुन् .उनलाई थाहा छ उ रिमा लाइ होइन पैसा लाइ  अधिक माया गर्छ .रिमा चुप छाप तल ओर्लिन .
ड्राईभर प्राडो गाडी को ढोका खोलेर स्वागत को लागि उभ्भीराखेको थियो नमस्कार फर्काउदै रिमा गाडीमा बसिन .
मन्त्रालय को मूल ढोका मा मन्त्रि का निजि सचिब रिमा को स्वागत मा थिए .
झुकेर नमस्कार गरि . रिमा लाइ मन्त्रि ज्यु को कोठा सम्म अगुवाई गरेर फर्कदै थिए .
सुन्नुस मैले खबर नगरी कसै लाइ पनि भित्र न् पठाउनुस अनि फोन पनि ......मन्त्रि ज्यु ले आदेश दिए .हस हजुर भन्दै सचिब बाहिरिए.

रिमा ले श्री मान किरण ले दिएको फाइल मन्त्रि ज्यु लाइ दीईन .मन्त्रि ज्यु कहिले फाइल हेर्दथे त कहिले सोफा मा बसेकी रिमा लाइ .. रिमा मुस्कान पस्की दिन्थिन .टिंग.....टिंग ... मन्त्रि ज्यु ले  घन्टी बजाए लगत्तै निजि सहायक  भित्र पस्छन .
ल यो फाइल मा न् मिलेका कुरा लाइ मिलाएर भोलि सम्म मा मलाइ फिर्ता गर्नुस .... मन्त्रि ज्यु को आदेश हुन्छ .
सचिब ज्यु लाइ सोध्नु पर्छ कि हजुर ?
वहा लाइ मैले भनि सके .तपाइँ मैले अह्राए बमोजिम गर्नुस मन्त्रि ज्यु रवाफ देखाउदै भन्छन .
हस हजुर !
सून्नुस त ?
 हजुर मन्त्रि ज्यु !
त्यो अगी अर्डर गरेको खाना भित्र पठाई दिनुस .
मन्त्रि ज्यु रिमा बसेको सोफा मा आएर बस्छन .
तपाइँ लाइ निक्कै भोक लाग्यो होला हगी ?
त्यस्तो खस त छैन रिमा ले सहज जवाफ फर्काइन् .
रिमा जी तपाइँ का श्रीमान किरण कत्ति भाग्यमानी हगी ?तपाइँ जस्ती रुपमती श्रीमती पाउनु भनेको पुरुष हरु को गर्ब हो !हेर्नुस त तपाइँ ले  किरण जी को भाग्य चम्काई दिनु भएको .?
रिमा हासी मात्र रहन्छिन .
संगै बसेर खाना खादै मन्त्रीज्यू ले धेरै पटक रिमा लाइ अन्जान जस्तो बन्दै स्पर्श गरे . रिमा को नियति नै बनिसकेको थियो नौलो कुरो थिएन्. सहमति वा बिमति को संकेत गरिनँन् रिमा ले .....
बिदा हुदै गर्दा मन्त्रि ज्यु ले रिमा को हात समातेर अनुरोध गरे ! रिमा जी साझ को डिनर को लागि एभरेस्ट होटल को स्वीट नम्बर ..... मा निम्तो गर्छु तपाइँ लाइ .
श्रीमान लाइ सोधौ एक पटक ?
मन्त्रीज्यू ले उत्साहित हुदै भने मैले वहा सित .प्रमिशन लिसकेको छु . ठिक ८ बजे तपाइँ को पर्खाइ मा हुन्छु बाकी काम को कुरो त्यहि फत्ते गरौला भन्दै रिमा लाइ  अफ्नो कार्ड दिए .
रिमाले यस्ता कैयौ निमन्त्रणा लाइ श्रीमान बाट अग्रिम स्वीकृति भएको थाहा पाई सकेकी छिन .बरु उल्टो रिमा को इन्कार लाइ श्रीमान को धम्कि ले सच्याउनु पर्ने हुन्थ्यो .हुन् पनि यो सम्भ्रान्तता ,यो बैभब  रिमा को सम्झौता ले नै आर्जन गरेको थियो .
रिमा साझ बिहान कुनै न् कुनै नया योजनाका फाइल स्वीकृत गरौंन् , बित्तिय सस्था हरु बाट ऋण लगायत अन्य काम  फत्ते गरौंन् सम्बन्धित बिभाग प्रमुख हरु को मा फाइल बोकेर हिडी रहेकी हुन्थिन .उनि हरु को मानबरुपी पिचासत्व लाइ पनि सन्तोष पारेर फर्कंन्थिन.
अर्को तिर किरण भने बिजिनेस मिटिंग को बहाना मा कहिले आफ्नै महिला सहायक कर्मचारी त कहिले अरु कोइ नब सम्भ्रान्त कै सदस्य बोकेर ककनी ,धुलिखेल ,नगरकोट मा रमाई रहेका हुन्थे .
यति सम्म कि एक साझ  रिमा छिट्टै घर फर्कदा घर मा भात पकाउन राखेकी युबती सित रंगी राखेका थिए .
रिमा ले तिमि लाइ अलिकति पनि शर्म छैन घर मा स्वास्नी हुदा हुदै .......
बाक्य पुरा न् हुदै किरण ले भने तलाई पनि त स्वतन्त्र छोडी दिएको छुनी ?कहा बाट आइस तेरो मुख कालो परेर रक्सि मा चुर किरण .....फत्फताउदै थिए रिमा रुदै कोठा तिर लागिन .
बैभबता भित्र लुकेको यो पिडा यो लाचारी ले रिमा भित्र भित्रै बिक्षिप्त भै सकेकी थिइन .रात बिरात फोन गरेर 'महारानी 'डिनर जाउँन् एक छिन दर्शन पाउन भन्ने हरु लाइ मुख भरि को जवाफ दिन उ असमर्थ छे किन कि भोलि श्रीमान को यो बैभबता नासिन सक्छ , उ आफैले अध्यारो कोठा मा गरेकि कैयौ सम्झौता को गोपनियता बाहिरिने डर छ .
महंगो पलंग फेरिन निन्द्रा किन्न सकिनन .दैनिक फिटनेस क्लब ,साझ पार्टी ,यता निम्तो उता निम्तो तर रिमा रमाउन सकेकी छैनन् .उनि भित्र को आत्मबल खस्की रहेको थियो .किरण को नाम र दाम को रोग ले रिमा लाइ जिउदै मारी  राखेको थियो .रिमा आफै लाइ घृणा गर्न थालेकी छिन .
यो बैभब ले उनलाई उकुस मुकुस  बनाइ सकेको छ .उनि यो संसार बाट उम्कन चाहन्थिन .रिमा को धर्यता बिस्तारै बिस्तारै खस्किरहेको छ .यो आडम्बरी झुठो जीवन भन्दा स्वाभिमानी एक्लो साधारण जीवन मा नै शुख शान्ति को सपना  देख्न थालिन रिमा .

एक दिन को कुरो हो मध्यान्ह घर मा एका एक रिमा बिरक्तींन् थालिन . रुदै टाउको लाइ टेबुल मा ठोक्दै 'किन दियौ यो रुप मलाइ भगवान ?जो कसैको खेलौना हुनु थियो भने? कति दिन बेचिनु मैले ?के गर्नु यो सम्पति ? ....
अचानक रिमा को कार्यालय सहायक दीपक  ले मालिक्नी हजुर ?मालिक्नी हजुर ? भनेर बोलाएका के थिए रिमा एक छिन त झस्कीन् तर उनको मन पर्ने बिस्वासिलो कर्मचारी देखेर सन्तोष को स्वास फेरिन .
मालिक्नी हजुर के भो हजुर लाइ ?के सोधेका थिए दीपक ले...... रिमा  उनको  अँगालो मा बेरिएर  र भाब्बिह्वल हुदै रुन थालिन क्वा कवा .....गरेर .
दीपक ले  दोहोर्याएर  के भो ..भन्न न् पाउदै रिमा अफ्नो बिगत देखि को पिडा लाइ छताछुल्ल पार्न थालिन .शान शौकत ,सम्पति ,सुन्दरता भित्र को  पीडामय रहस्य सबै खुलस्त पारेर भन्छिन मलाइ पुग्यो यो जिन्दगि म मर्न चाहन्छु ......... बर्षौ देखि मन मा गुम्साएर राखेको बेदना ,व्यथा अनि निरीहता को साङ्गो पाँगो दीपक लाइ बताइन रिमा ले ....सुक्क सुक्क गर्दै .....
दीपक को पनि आखा रसाएर आयो .
रिमा अझै रुदै भन्दै छिन दीपक !!!किरण ले मलाइ न् बेची केहि काम गर्न सक्दैन .म उ सित बसुन्जेल बेचिनु पर्छ म बेचिन चाहन्न ,मेरा   हुर्किदै गएका दुइ छोरी ले के भन्लान ? म के गरौ दीपक म के गरौ ???


रिमा मा त्यो दिन पस्चात अजिब को परिबर्तन आयो .रिमा ले कारोबार को ठुलो ठुलो जिम्मा दीपक लाइ दिन थालिन .किरण को आदेश र हप्काइ लाइ रिमा ले वास्ता गर्न पनि छाडिन.किरण को लागि अब आफु बिक्न न् सक्ने जवाफ दिइन  .रिमा को असहयोग मा किरण का धेरै योजना असफल हुदै जान थाल्यो .घर मा झगडा ले उग्र रुप लियो .अन्त मा रिमा ले अफ्नो बाटो तय गरिन .

किरण आज पछुताई रहेको छ . दशकौ भयो रिमा ले किरण को झुठो बैभबता लाइ लत्याएर उनी सहायक दिनेश लाइ जीवन साथी बनाएर दुइ सन्तान सित प्रबास मा रमाएकी .किरण एक्लो भएको छ .रिमा सित पश्चाताप गर्दै फर्केर आउन अनुरोध गरेका पनि हुन् . रिमा ले धेरै ढिला भै सकेको जवाफ पठाइन .











No comments:

Post a Comment