Pages

Wednesday, August 8, 2012


कथा - बितृष्णा का लहर हरु
शेखर ढुंगेल
किरण ए किरण  उठ खाना तयार भै सक्यो ! अफिस जान ढिला भएन भन्या आज ?किन ओछ्यान मै हो एति बेला सम्म ?श्रीमती को बोलावट लाइ सुनेको न सुन्याई गरि किरण ले फेरी कोल्टे फर्कियो .सुनेनन कि क्याहो भन्दै श्रीमती ले ओछ्यान मै आइ बिउझाउने कोसिस गरिन . आखिर निश्चित समय मै उठ्ने बानि  परि सकेका किरण नियमित समय मै बिउझिसकेका थिए . श्रीमती को एकोहोरो प्रश्न को बाढी खेप्न न सकी उठ्ने तरखर गर्दै थिए फेरी कान मै आएर कराईन  होइन किन न उठेको भन्या ? जागिर खान जानु पर्दैन भन्या ?असजिलो मान्दै किरण उठ्यो र भन्यो अ अ आज मलाइ अफिस जान मन छैन . बि सन्चो पनि भएको होइन किन बुढा ले जागिर खान जान मन छैन भने सोच्दै फेरी सोधिन के भो ?हाकिम सित ठसमस पर्यो कि ?फेरी सरुवा भयो कि क्याहो कतै ?होइन होइन त्यस्तो केहि होइन जागिर खान नै मन छैन पुग्यो मलाइ जाउ खाना पस्क म आए किरण को जवाफ सुनेर  श्रीमती केहि न बोलि भान्सा तिर लागिन .

किरण अगी पछी को झैँ त्यति स्पस्ट र खुलस्त मन ले बोलेको थिएँ आज श्रीमती सित .खाना खाइ सकेर म एक छिन  पल्टनछु  मलाइ डिस्टर्ब न गर्नु भन्दै किरण चोटा मा उक्ले . घर धन्दा सिध्याएर श्रीमती कोठा मा पसिन र फेरी उही प्रश्न दोहोर्याइन किन न गएको अफिस ?मलाइ भन्नु हुँदैन ?उनलाई नोकरी छोडी सकेको अनि छोड्ना को कारण बताएर सम्झाउन सकिने मा किरण आस्वस्त थिएनन जवाफ टाल्न नुहाउने बहाना मा तल कोठा मा झरे . श्रीमती छरपस्ट भएका बिछ्यौना मिलाउन थालिन . एक्कै छिन मा किरण नुहाई सिध्याएर केहि बेर माथि गौ तिर घुमेर आउछु भन्दै थोत्रो भ्याट भ्याटे लिएर निस्किए .

किरण कि श्रीमती गम्न थालिन के भो यिनलाई किन अफिस गएनन ?सोच्दै कपडा हरु मिलाउदै थिइन अचानक उनको हात किरण को ओभर कोट को तल्लो खल्ती मा पुग्यो . उनले कहिले काही लेख्ने गरेको डायरी देखिन .आज सम्म के लेख्छन किरण ले डायरी मा चासो न राखेकी उनले किन हो पाना पल्टाउँन  थालिन एउटा पन्ना मा पुगेर उनको आखा गाडियो उनि पढ्न थालिन. २०४५ साल माघ महिना मा " रामेछाप जिल्ला को चोप्रांग इलाका प्रहरी कार्यालय को इन्चार्ज हुदा एक दिन को कथा लेखेका थिए किरण ले ''आज बिहान को चिसो सिर्यौटो बाट बच्न घाम तापेर अफिस को काम गर्दै थिए .अचानक एउटी २२/२३ बर्ष कि देखिने युबती अन्दाजी १/२ बर्ष को एक जोर कपडा समेत नं भएको बच्चा बोकेर मेरो अगाडी सर नमस्कार भन्दै आइ पुगिन .एक सरो ब्लाउज र पटुकाले अड्काएको पेटिकोट अनि नाङ्गो खुट्टा थियो उनको .माघ को ठीर्याउने चिसो मा नाङ्गो बच्चा अति ठिट लाग्दो द्रिस्य थियो त्यो मेरो लागि . मैले भने भन्नुस बहिनि के पर्यो तपाइँ लाइ ?के भनेको थिए उनि गाउले सुलभ र शब्द मा भन्न थालिन सर मेरा श्रीमान शहर गएका बर्ष दिन भै सक्यो केहि खबर छैन . हिजो रति मेरी सासु ले मलाइ घास न काटेको निहुमा घर बाट निकाली दिईन .रात भर छिमेको गोठ मा बसे .मेरो माइती घर मा कोइ पनि छैन . म यो नाबालक बोकेर कहा जाउ सर ?मेरो सासु लाइ सम्झाई दिनु पर्यो सर .एक्कै सास मा उनले उजुरी सिध्याईन .मैले हबल्दार र सिपाही लाइ उनको साथ मा गएर उनले भने बमोजिम उनको सासु लाइ सम्झाउन भनि आदेस के दिदै थिए . उनले पटुकामा बटारेर राखेको एक सय को नोट लाइ सिधा पार्दै हात म तिर बढाइन . मलाइ बुझ्न गार्हो परेन कि उनि प्रहरी लाइ सेवा बापत मूल्य चुक्ता गर्दै छिन . मैले जीवन मा यस्तो न देखेको थिए न सोचेको नै थिए कि प्रहरी मा यस्तो हुन्छ भनेर .म त अक्क न बक्क भए गला अबरुद्ध भयो , शरीरका रौ हरु ठाडा भए , आखा समेत टिलपिलाए म प्रहरी हु कि दानाब को रुप ?एक छिन त स्तम्भित नै भए . उनले हात नजिक लेराउदै भनिन सर म सित त एति मात्र छ म झन सास रोकिएको जस्तो भए . साहस बटुलेर यत्ति मात्र भने बहिनि प्रहरी लाइ काम को लागि पैसा दिनु पर्दैन हामी लाइ सरकार ले तलब र रासन पनि दिएर यहा पठाएको हो .उनले विश्वास न गरेर सोधिन सर प्रहरी जान्छ त ?हिड्न तयार भै सकेको प्रहरी लाइ देखाएर भने उ हेर्नुस उनि हरु तयार भै सके . मैले विश्वास दिलाएर उनलाई प्रहरी संग पठाई दिए . म भन्दा अगाडी का इन्चार्ज हरुले जे जस्तो मुद्धा आए पनि निबेदन का साथ मा सय रुपिया लिने र बाटो मा प्रहरी लाइ खाना ( मासु भात ) खुवाउनु पार्ने चलन राखेका रहेछन .यस्तो जनता ले घ्रीणा गर्ने नोकरी के खानु आजै काठमांडू गएर राजिनामा दिउकी जस्तो मन मा लागेको छ ' श्रीमती लाइ निक्कै चाख लाग्यो  किरण को डायरी फेरी अर्को पन्ना पल्टाइन .

त्यो पनि रामेछाप कै र २०४५  फागुण महिना तर गते लेखिएको थिएँन . आज बाट यस यल सी परिक्षा सुरु भयो . म पकरबास माध्यमिक बिद्यालय मा रहेको आफ्नो एरिया भित्र पर्ने  परिक्षा केन्द्र मा सुरक्षा ब्यबस्था मिलाउन खट्टिएको थिए .त्यहा गत बर्ष सम्म परीक्षार्थी लाइ चिट उपलब्ध गराए बापत प्रत्यक चिट को लागि ५० रुपिया लिएर प्रहरी ले नै सहयोग गर्दै आएको रहेछ .मलाइ पनि त्यहा का अभिभाबक अनि केहि शिक्षक मिलेर सो प्रस्ताब राखे . त्यो गैर्ह  कानुनि काम मेरो सोच बाहिर को थियो . नियम अनुसार परिक्षा संचालन गर्न र त्यस्तो अनियमितता रोक्न मैले परिक्षा केन्द्र को ५० मिटर भित्र कुनै पनि व्यक्ति र प्रहरी समेत जान न पाउने भनि डोरी ले घेरा बन्दि गरि सान्त पुर्बक परिक्षा संचालन गराएको थिए . त्यसै साझ रामेछाप भंगेरी मा रहेको जिल्ला प्रहरी कार्यालय बाट आ . बा . आयो ( त्यस बेला त्यहा अन्य संचार को सुबिधा थिएँन )कि परिक्षा को जिम्मा अफ्नो असिस्टेन्ट ( अ . स . इ ) लाइ दिएर कार्यालय फर्कने . इमान्दारी साथ काम गरेको प्रतिफल थियो त्यो पंचायत काल मा गाउ गाउ मा प्रहरी ले गर्ने राज को नमुना थियो त्यो .म फर्कने बेला मा अ स इ सित बिद्यार्थी र अभिभाबक झुम्मिएका थिए मलाइ दुर्कार्दै . मेरो मन खिन्न भयो कस्तो देश समाज यो नियम कानुन को खिल्ली उडाउने?मेरो भन्दा पनि बर्दी को बेईज्जत देखेर अचम्म लाग्यो .तालिम मा 'सत्य सेवा सुरक्षा " को झुठो पाठ किन सिकाउछन प्रहरी का  नीति निर्माता हरु  ?मेरो मन को प्रश्न थियो .

अर्को पाना पल्टाउने रहर लाग्यो उनलाई मिति २०४८  साल मार्ग ५ गतेको थियो 'आज एका बिहानै ७ बजे तिर ५/७ जना को एउटा समुह इलाका प्रहरी कार्यालय( बालाजु )मा आइ गुनासो गर्न थाले सर यो कस्तो अन्याय अत्याचार ?रातौं रात मेरो जग्गा को पर्खाल भत्काएर बाटो पो बनाए छन्. उनि हरु को उजुरी अनि कागज पत्र हेरे अन्याय नै भएको रहेछ हाफ्नो हक न लाग्ने अर्का को पर्खाल भत्काएर पछाडी पट्टि का जग्गा वाला ले बाटो निकालेका रहेछन .भत्काउने मध्यको नाइके लाइ प्रहरी कार्यालय मा बोलाउन पठाएको त म को हु चिन्छस वकिल हु वकिल म आउदिन भनिदे जा तेरो इन्चार्ज लाइ भनेर प्रहरी लाइ  हप्काएर फिर्ता पठाए का थिए .त्यो सुनेर म स्वयम गएर अनुरोध गरे अफिस मा हिड्नुस कुरो के हो बुझ्नु पर्यो वहा हरु को रिपोर्ट परेको छ म टो नोकरी खाइ दिन्छु मलाइ चिनेको छैनस पो भन्छन त सिधै रिपोर्ट गर्ने हरु पनि संगै थिए .मैले पनि दुइ चडकन दिएर कठालो  मा समातेर लेराए . मलाइ तथा नाम गाली गर्न थालेका ले बाथरुम मा लगेर थुनी दिए . एक्कै छिन मा  डी आइ जी धुर्ब प्रधान  जी को फोन मा आदेश आयो निवेदक लाइ हनुमान धोका पठाई देउ र वकिल लाइ तुरुन्त छोडिदेउ ' म के गर्न सक्थे माथि को आदेस को अगाडी तर मेरो व्यक्ति गत स्वाभिमान मात्र होइन प्रहरी को बर्दी माथि को अपहेलना र चुनौती थियो त्यो . वरिपरी झुम्मिएका जन साधारण समक्ष लज्जित भए आफै ले आफै लाइ धिक्कारे किन खाइ  रहेको छु यस्तो जागिर जो बर्दी को मान  राख्न सक्दैन "'यसरि आफ्नो स्वाभिमान , कर्तब्य परायणता , इमान्दारी को मुल्यांकन न हुने हो भने आत्मबल  गिराएर अपराधी प्रवृति लाइ सेलुट गरेर नोकरी गर्नु को के अर्थ?

अझै पल्टाउदै गईन उनि. अन्तिम पन्ना तिर आखा दौडाइन २०४९ पौष २० गते बिहान ८ बजे नगर प्रहरी मा डी आइ जी मोति लाल बोहरा जी ले उपत्यका भित्र का सबै इकाइका इन्चार्ज हरु लाइ आपद्कालिन मिटिंग बोलाउनु भएको थियो .मिटिंग को कारण म रहेछु त्यहा पुगे पछी मात्र थाहा पाए .वहा लाइ सर्ब मान्य नेता गणेश मन जी को छोरा प्रकाश मान सिंह  जी ले  मलाइ बालाजु इलाका प्रहरी कार्यालय को प्रमुख बाट तुरुन्त हटाउनु भन्ने अनुरोध गर्नु भयो रे ?!वहा ले राम्रो काम गर्ने इमान्दार मानिस हो भन्दा प्रकाश मान सिंग जी ले जे सुकै होस् मैले भनेको त्यति काम  पनि न गर्ने भनि प्रेस्टिज इस्यु गर्नु भयो रे ?! भन्दै डी आइ जी बोहरा जी ले भन्नु भयो 'कहिले काही राम्रो काम गरे पनि जस पाउने तरिका ले गर्नु पर्छ .इमान्दारी मात्र सब थोक होइन परिस्थिति बुझेर काम गर्न सक्नु पर्छ .त्यो ठाउ बाहेक कहा जाने रोजेको ठाउ मा सरुवा गरिदिन (डी यस पि) आमोद गुरुङ लाइ आदेश दिनु भयो .मैले तत्काल प्रतिपाद  गर्दै भने यदि म सहि छु र इमान्दार छु भने मेरो र प्रहरी को आत्मबल को लागि त्यहि नै कायम होस्. बोहरा साब  ले नरम शब्द मा भन्नु भयो ' तिम्रो लागि के म प्रकाश मान जी सित न राम्रो बनु ?

मलाइ २४ घन्टे लाग्यो .हनुमान ढोका मा काज राखियो . डी यस पि कृष्ण बस्नेत अनि यस पि नरेन्द्र राज शर्मा सित वास्तविक करण के हो २४ घन्टे लगाउनु पर्ने भनि बुझे पछी मैले थाहा पाए 'मैले नागार्जुन डाडा बाट झरेको पानि लाइ  ट्यांकर मा संकलन गरि  लैजाने चालक हरु सित स्थानीय केहि युबा हरुले आफु खुशी जबर्जस्ति  रकम असुली दुख दिई राखेका छन् भन्ने उजुरी को आधार मा सम्बन्धित युबा लाइ बोलाएर सोधे तपाइँ हरुले त्यो सार्बजनिक स्रोत लाइ व्यक्तिगत प्रयोजन को लागि पैसा उठाउने अनुमति लिनु भएको छ ?सी डी ओ कार्यालय बाट अनुमति लिनु पर्दैन ?उनि हरुले भने सर तपाइँ आफ्नो ठाउ मा बस्नोस तपाइँ चिन्नु हुन्न हामी लाइ हाम्रो कति तागत छ भनि उल्टो धम्कि पो दिन्छन .मैले यो गैर्ह कानुनी काम हो अनुमति लिएर  मात्र गर्नुस भनेर प्रहरी खटाइ पैसा उठाउने काम रोकी दिएको थिए . उनि हरु हेरौला भन्दै गएका थिए सिधै प्रकाश मान सिंह को घर मा पुगेछन र यो इन्चार्ज कमुनिस्ट समर्थक हो हामी लाइ सहयोग गर्दैन धम्क्यौछ आदि आदि भने छन् प्रकाश मान ठहरिए शक्तिसाली बोहरा जी लाइ धम्काए र सरुवा गराई दिईका रहेछन . अब भने मैले नोकरी एक दुइ तिन न खाने संकल्प गरे .

न भन्दै किरण ले ६ महिना को बिरामी बिदा बुझाएर आएको रहेछन . बल्ल रहस्य बुझिन श्रीमती ले किन किरण आज नोकरी मा गएनन भनेर बितृष्णा का लहर हरु देखेर उनलाई पनि यो नोकरी छोडेको  उचित नै  लाग्यो .घर परिवार बाट टाढा रहनु पर्ने चाड बाड संगै बस्नु न पाउने अनि चोर लाइ चौतारो भएको देश को यस्तो नोकरी बाट आखिर किरण ले बिदा नै लियो अफ्नो स्वाभिमान र आत्म सम्मान को लागि .

No comments:

Post a Comment