Pages

Wednesday, August 8, 2012

क्रिस्टिना (कथा)

क्रिस्टिना बारबरा आज अति खुसि छिन .उनको आखा मा खुसि को आशु छ छल्कि राखेको छ .एकातिर ओठ को हासो पस्केर स्वागत , फुलमाला ,सम्मान ,प्रसंसा पत्र लिई राखेकी छिन अर्को तिर छ्छल्किएको आशु पनि पुछ्दै छिन .जीवन मा यस्तो दिन पनि आउछ ,यस्तो प्रेम ,सदभाब र अपनत्व देखाउने समाज र मानिस छन् यो संसार मा क्रिस्टिना ले सोचेकी पनि थिइनंन्.
निर्जिब मेशिन सरह को दैनिकी जीवन लाइ ४ दशक सम्म नियाली रहेकी क्रिस्टिना लाइ कता कता स्वर्ग मै अबतरण गरेको क्या हो ?जस्तो अनुभूति भै राखेको थियो .
यो अनुपम प्राकृतिक सौन्दर्यता , निश्चल पवित्र हावा ,निस्कपट मुस्कान का धनि वरिपरी का मायालु अनुहार हरु !!
क्रिस्टिना मन मनै यति गद  गद हुन्छिन यति गद गद हुन्छिन कि कि यी सुन्दर डाडा पाखा हरु मा उडु उडु लाग्छ उनलाई .
नाचौ नाचौ लाग्छ उनलाई ती गाउले कर्मठ इमान्दार हात हरु समातेर .
उनले पढेकी बुझेकी यो संसार मा दुइ जात छन् स्त्री र पुरुष .भेद भाब र चाल कपट को भाषा बाट अनभिज्ञ क्रिस्टिना बृद्ध बालक ,पुरुष महिला , के महिलो के सुकिलो ?सब लाइ अंकमाल गर्छिन . भाबपूर्ण माया प्रकट गर्दै कुम सुम्सुम्यौछिंन् . गाउले हरु आफ्नै चेली को यो देबी जस्तो रुप व्यवहार देखेर हर्षित हुन्छन गर्वित हुन्छन .
टुटे फुटे को नेपालि मा धन्यवाद आमा ... धन्यबाद दाइ ...धन्यवाद  ...   बा धन्यवाद . बहिनि भनि राखेकी छिन .सबै उनलाई भेट्न छुन लालायित भएर तछाड म छाड गरि राखेका छन् .
भर्खरै जिल्ला का प्रमुख नेता प्रशासक ,प्रहरी हरु पनि  उनि सित बिदा भएर गएका छन् .

क्रिस्टिना गाउमा आएकी केहि महिना मात्र भएको छ .उनको सहृदयता ले त्यो गाउ मात्र होइन जिल्ला कै मुहार फेरिदै थियो .
सोलार बत्ति , स्वास्थ चौकी ,, स्कुल निर्माण . घर घर मा शौचालय , गरिब असहाय को लागि सहयोग गरेर क्रिस्टिना त्यो गाउ को लागि देब दुत को अबतार  नै भएर आए कि हो कि जस्तो लाग्थ्यो .
क्रिस्टिना स्वयम एक बरिस्ठ नर्स थिइन . गाउले हरु को घर घर मा पुगेर स्वास्थ्य परिक्षण गर्नु औषधि दिनु त उनको दैनिक प्रमुख नै थियो .गाउ आएको छोटो समय मा नै क्रिस्टिना सबै को आखा कि नानि भएकी छिन .

खुईय सास फेर्दै क्रिस्टिना गुन्द्रीमा बसिन .
आमा ए आमा एक करुवा पानी दिन्छ्यौ ?
तिम्री आमा ढिडो ओराल्दै छिन . म लेराउ छु पानी छोरी !
सत्तरी नाघेका बल बहादुर ले पानि लेराइ दिए .
क्रिस्टिना ले बल बहादुर को हात समातेर आफु संगै राखिन . उनको कुम मा टाउको राखेर भन्छिन बा !! एउटा कुरो सोध्छु न् रिसाउनु होस् है ?
क्रिस्टिना को कपाल खेलाउदै बल बहादुर भन्छन यो डाडा पारि को जुन भै सकेको बुढा सित रिष नै कहा बाकी छ र उठोस छोरी ?रिष जती त  तिम्रो सम्झना मा बगेर उहिल्यै सक्किए .
माथि जाने प्रतीक्षा मा थियौ . तिमि ले झन ढिला गरिदिने भयौ .
त्यसो न् भन्नुस न् बा !! म तपाइँ हरु भनेर त आएको .तपाइँ हरु नै न् भए कहा जाउ फेरी ?
जिस्केको पो त छोरी !
ल भन के भन्न खोजेको तिमि ले ?
न् रिसौनुस है त?
रिसौदीन बाबा रिसौदीन ,तिमि सित रिसाएर नर्क जानु छ र मलाइ ? ल भन के भन्न खोजे कि ?
त्यति कै मा ढिडो मस्काएको हात पुछ्दै आमा पनि आएर सोध्छिन के को गलफती हो बाबु छोरी को ?
क्रिस्टिना आमा को हात समातेर अब  उनको कुम मा टाउको राख्दै सोध्छिन
बा ! आमा !!
तपाइँ हरु लाइ यो रगत टुक्रा लाइ परदेशी को हात मा सुम्पिदा कत्ति पनि माया लागेंन् ?
मेरो बाबा !! मेरो छोरी !!! यो मुटु घोच्ने प्रश्न न् सोध भन्दै बुढा बुढी क्रिस्टिना लाइ अँगालो हालेर रुन थाले .
उनि हरु को अरु  बाक्य नै फुटेन .
क्रिस्टिना ले आफै लाइ सम्हाल्दै बा !! आमा !! लाइ सम्झाउन खोजिन न् रुनुस भन्दै हुन् त क्रिस्टिना कै पनि आशु न् झरेको त कहा हो र ?
रुन देउ छोरी रुन देउ हामि लाइ बाकि रहेको पश्चाताप को आशु बग्न देउ .
हाम्रो अपराधको बोझ केहि हलुको गर्न देउ .
क्रिस्टिना को पनि आशु रोकिएको थिएँन् बरु उल्टै बा आमा को आशु पुछ्दै सम्झाउन खोजिन .मैले तपाइँ हरु लाइ दुखि बनाउन रुवाउँन् खोजेको होइन .
तपाइँ हरु लाइ मेरो कत्ति को याद आउथ्यो भनेर सोधेको पो त?
बल बहादुर सम्हालिदै क्रिस्टिना उनकी कान्छी छोरी  कल्याणी लाइ च्यापेर बितेका दिन का कथा सुनाउन थाल्छन .
के बताउ कसरि बताउ छोरी हाम्रा ती बिबशता का दिन ?
तिम्रा दुइ दाजु थिए भनौ कि  छन् भनौ  हर्क र बिर बहादुर दुवै जना कम्मर भन्दा मुनि न् चल्ने रोग बाट पिडित थिए .
दुइ दिदि हरु थिए  चमेली र फुल माया . तिन्लाई पनि त्यो बर्ष आएको हैजा को महामारी ले लिएर गयो . त्यस पछी तिमि जन्मियौ .तिम्रो नाम कल्याणी थियो .अहिले क्रिस्टिना भएकी छ्यौ .
दुइ अपांग छोरा हरु को हेर विचार गर्दै मा न् त ज्याला मजदुरी गर्न जान सक्यौ न् त अध्येमा पाखा बारी कमाएर खान सक्यौ .तिमि लाइ  पनि सुकेनास को रोग ले ग्रस्त पारेको  थियो .औषधि मुलो गर्न न् सकेर गाउ को झारपात को उपचार को  भर मा बस्नु परेको थियो .  यो पाखा बारी को उब्जनी ले बर्ष को तिन महिना पनि खान पुग्दैन थ्यो .

एक दिन तिम्रो मामा ले शहर बाट खबर लेराए भिनाजु एक जना पिसकोप्स  मा काम गर्ने अमेरिकन गोरा दम्पति छन् .उनि हरुले धर्म पुत्री बनाएर लैजान खोजेका छन् . कान्छी भान्जी लाइ पठाई दिने हो ?भन्न आए
न् मैले मानेको थिए न् त तिम्री आमा ले मानेकी थिइन .
मेरो रगत मेरो मुटु को टुक्रा लाइ कसरि टाढा राख्न सक्छौ ?दिदैनौ भनेर हप्काएर पठाएको केहि दिन पछी फेरी तिम्रो मामा ले ती गोरा समेत लिएर आइ सम्झाए .
तिमि ले त यो गरिबी यो नर्क जस्तो जीवन ब्योहरी रहेछौ .दुइ अपांग छोरा को उपचार गर्न न् सकेर जिउदै मारेका छौ .दुइ छोरी को पनि हैजा को उपचार गर्न न् सकेर मार्यौ . अब यस लाइ पनि खान दिन शिक्षा दिन सक्दैनौ उसको जीवन सुखी हुन्छ भने किन जिम्मा  दिदैनौ ?भन्न थाले .
गोरा  ले कान्छी उनि हरु लाइ दियौ भने दुवै भान्जा लाइ शहर मा लगेर उपचार गरि दिन्छु भनेका छन् .तिमि लाइ पनि महिनै पिच्छे खर्च पठाई दिन्छन .
कान्छी को भबिस्य बन्छ . उसको भाग्य माथि किन खेलबाड गर्छौँ?
हामी लाइ तिम्रो मामा को कुरो ठिक जस्तो लाग्यो .
संगै तलाई राखेर खान लाउन दिन न् सकेर , उपचार गर्न न् सकेर ,पढाउन न् सकेर नर्क जस्तो जीवन दिनु भन्दा गोरा को ठुलो देश मा गएर ठुलो मान्छे बन्लिस . हामीले दुख पाए पनि तैले सुख पाउलिस . हामीले तिमि लाई माया न् गरेर होइन धेरै माया गरेर .तिम्रो सुखी भबिस्य को लागि हामीले आफै लाइ अपराधी बनाएका थियौ र परदेशी गोरा लाइ सुम्पेका थियौ .
हामि लाइ माफ गरि देउ छोरी माफ गरि देउ हाम्रो भुल भयो .
बाबु आमा को बिलौना सुनी सके पछी सुक्क सुक्क गर्दै क्रिस्टिना सोध्छिन अनि दाइ हरु नि बा !!
उनि हरु को पनि लामो कहानी छ छोरी !!
तिमि लाइ लगेको केहि महिना पछी दुवै दाइ लाइ उपचार गरि दिने भनि कता को मिशन अस्पताल लागेका थिए तिम्रो मामा ले .उपचार पछी ठिक पनि भए छन् .
खोइ कता को को इशु को कृपा ले ठिक भएको रे !इशु माथि विश्वास गर तिम्रो बाबु आमा को धर्म ले त गरिबी र बिमारी मात्र दिन्छ भने रे . दुवै ले हाम्रो धर्म सस्कृति त्यागि दियौ भन्छन .चाड पर्ब मा कहिले पनि आउदैनन .हामि मर्दा पनि क्रिया बस्न उनि हरु को धर्म ले दिनन्  रे खोइ मर्दा पनि मुख मा पानि हाल्न आउछन कि आउदैनन ?
हर्के त खोइ कुन देश मा पो छ रे ?बिर बर्ष मा एकाध चोटी आउछ दुइ चार हज्जार खर्च दिन्छ जान्छ .शहर मै घर बार  जोडेको छु भन्छ . नाति नातिनी को मुख हेर्ने रहर थियो लीएर आइजो न् छोरा भन्छु गाउ मा लेराएर के गर्नु बिमारी पर्छन भन्छ लेराएको छैन .
बल बहादुर का आखा अझै टिलपिल गरि नै रहेका छन् .
बुढी आमा एउटा हात छोरी को टाउको मा र अर्को हात आफ्नै गाला मा राखी टोलाएर बाबु छोरी को दुखेसो सुनी राखेकी हुन्छिन .
दाइ हरु को ठेगाना फोन नम्बर छ बा !!
छैन बा छैन केहि छोडेका छैनन् .सुस्केरा हाल्दै बल बहादुर जवाफ दिन्छन .
क्रिस्टिना बारबरा अर्थात् कल्याणी ( कान्छी ) ३ बर्ष को कलिलो उमेर मा धर्म पुत्री बनि अमेरिका आएकी थिइन .कान्छी !! बाबु आमा ले माया ले बोलाउने नाम उनको मानस पटल बाट उडी सकेको थियो भने गाउ र देश को नाम त टाढा हुने नै भयो .
अमेरिका को एक धनाढ्य क्रिस्चियन परिवार मा क्रिस्टिना नाम ले परिचित भईन .उनको संसार बाबु आमा कर्म थलो अमेरिका नै भयो .उनको बर्ण अनि कपाल को रंग ले गर्दा क्रिस्टिना का बाबु आमा लाइ कहिले काही कोइ कोइ कति सुन्दर छोरी कुन् देश कि हुन् ?भनेर सोद्ध्थे.
क्रिस्टिना सोच्दथींनं कहा होला नेपाल भन्ने देश ? कस्ता होलान मलाइ जन्माएर अर्का को जिम्मा पठाउने निर्दयी बाबु आमा ?
जिउदा छन् कि मरी सके होलान ?
क्रिस्टिना अफ्नो धर्म बाबु आमा लाइ सोधी खोजि  गरेर दुखि बनाउन चाहदैन थी.उ अन्जान बनेर बस्नु नै उचित ठान्दथी .
आखिर उसको संसार त अब यहि नै हो .
क्रिस्टिना को सिल स्वभाब अनि आमा बाबु प्रति को लगाब ले उनि हरु हर्षित थिए .साथी इस्ट मित्र हरु जमघट हुदा क्रिस्टिना को खुबै प्रससा गर्दथे .क्रिस्टिना को जीवन शुखमय थियो .
एक दिन अचानक क्रिस्टिना को जिन्दगी मा भूकम्प आयो .उ आफ्ना बाबु आमा को लागि साझ को खाना तयार गर्दै थिइन . स्थानीय अस्पताल बाट फोन आयो . एउटा बिभत्स दुर्घटना मा दुवै को घटना स्थल मा नै मृत्यु भयो भनेर खबर गर्यो ट्राफिक प्रहरी ले .अन्तिम सनाखत को लागि अस्पताल मा बोलाएको रहेछ .
क्रिस्टिना अब एक्ली भईन .धर्म बाबु आमा ले मृत्यु पस्चात आफ्नो सम्पति को हकदार क्रिस्टिना लाइ नै तोकेका थिए .
क्रिस्टिना ले ती सबै प्रक्रिया पनि पुरा गराइन .अहिले सम्म अबिबाहित क्रिस्टिना लाइ एक्लोपन महसुस हुन् थाल्यो .बाबु आमा लाइ छाड्न न् परोस भनेर नै उनले बिबाह न् गरि बसेकी हुन् .
घर सफा गर्दै थिइन क्रिस्टिना .बुढा बुढी को पुरानो आलमारी मा एउटा श्याम स्वेत फोटो देखिन . त्यो फोटो मा एउटा सानी मान्छे उनि नै हुनु पर्छ भनि अनुमान गरिन उनलाई काख मा राख्ने उनकी जन्म दिने आमा भन्दा अरु को हुन् सक्ला ?उनले आफ्नो धर्म बाबु आमा को विवरण दिएर नेपाल को एम्बेसी मा बुझिन त्यहि बाट पत्ता लगाएकी थिइन क्रिस्टिना ले जन्म दिने बाबु आमा र जन्मेको घर ठेगाना .
अब यो परदेश मा क्रिस्टिना को आफ्नो भन्ने कोइ छैन .
धर्म बाबु आमा मरे पछी एक्लो बनेकी क्रिस्टिना को मन मा कुरा खेल्न थाल्यो कस्तो होला मेरो जन्म थलो ?कस्ता होलान मलाइ जन्म दिने आमा बाबु ?किन बुझाए मलाई परदेशी को हात मा ?के उनि हरु लाइ मेरो याद आउदैन होला ?उनि हरु मलाई माया होइन घृणा गर्छन ?म छोरी भए कै कारण ले बेचेका हुन् ?किन बेच्छन आफ्ना सन्तान आमा बाबु ?के यो अपराध हो भन्ने उनि  हरु लाइ थाहा छैन ?यो मानब अधिकार बिरुद्ध होइन ?बाध्यता को बहाना मा सन्तान बेच्ने ?यति सस्तो आज संसार मा मानिस को मूल्य ?यस्ता अनेक कुरो क्रिस्टिना को मन मा उब्जिन्छ .के हो कुरो बुझ्न  उनले नेपाल जाने निधो गरेकी थिइन .

गाउ घर पुगे पछी क्रिस्टिना लाइ अनुभब भयो . उसको जन्म दिने आमा को ममता , जन्म भुमि को पवित्रता सुन्दरता .
क्रिस्टिना  गाउ घर वाल्लाघर , पल्ला घर ढिकी जातो , पाखा बारी  मा रमाउंन थालिन .उनि हरु को माया ममता ले मुग्ध बनायो क्रिस्टिना लाइ .
यो पो हो संसार . यहा पो छ मानब बस्ति !!!!!
अमेरिका को सम्पूर्ण सम्पति बेचेर सदा को लागि जन्म भुमि र माता पिता को सेवा गर्छु भनि क्रिस्टिना कान्छी बनेर फर्केकी छिन .
अब अर्को कसैले आफ्नो मुटु को टुक्रा लाइ परदेशी को हात मा सुम्पनु न् परोस !
अब अर्को कान्छी ले धर्म पुत्री बनेर विदेश मा बेचिनु न् परोस !!भनेर अफ्नो सम्पूर्ण सम्पति गाउका निमुखा जनता को शिक्षा ,, स्वास्थ्य ,रोजगार मुलक कार्यमा लगानी गरेको थिइन .
क्रिस्टिना आज त्यो बिकट जिल्ला कै दिदि, आमा, शिक्षिका , स्वास्थ्यकर्मी अनि समाज सेवी भएकी छिन .आज त्यसै को प्रतिफल थियो जिल्ला भरि का जनता ,सरकारी कार्यालय प्रमुख हरु को तर्फ बाट अभिनन्दन गर्न देश का कार्यकारी प्रमुख स्वयम आएका थिए .
क्रिस्टिना गाउ कि कान्छी आज खुस छे आफ्नो गाउ आफ्नो जन्म दिने आमा बाबु पाएर .

आमा ले बिन्ति गर्दै भनिन् कान्छी अब तिमि न् फर्के हुन्न ?यहि गाउमा बस न् बा !!
म जान्न आमा अब म यहि बस्छु .
अर्को कान्छी अब जन्म दिने आमा बाबु को काख बाट छुट्याउन दिन्न .
अर्को कान्छी लाइ नक्कली बाबु आमा को पर्दा मा सक्कली आमा बाबु को माया बाट बन्चित हुन् दिन्न .
म कान्छी लाइ कान्छी नै बनेर मादल को ताल मा नचाउन चाहन्छु डिस्को बार को नग्नता मा होइन .
धन्य आमा धन्य बाबा मलाइ यस्तो भाग्य दिएर जन्म दियौ .
म आभारी छु तपाइँ हरु प्रति
क्रिस्टिना बाबु आमा लाइ सम्झाउ छिन .

No comments:

Post a Comment