कविता -उनको चिठ्ठी
पुग्यौ सपना को देश मा तिमिहरु
के पायौ के गुमायौ हिसाब पनि गर्दै छौ कि ?
या
सब बिर्सेर अतित का पिडा हरु
बिन्दास रमाउदै पो छौ कि ?
कतै
तनाबमा परि आफै लाइ हराएका त् छैनौ ?
पाखा बारी बाझो बन्दै छ यता
त्यता खोइ तिमि के गर्दैछौँ ?
पोहोर साल बाजे बिते छोरा
मलामी ज्याला तिरेर ल्याउनु पर्यो
कल कल बग्ने झरना ,नदि सुक्न थाले
तिमि त् सागर मा डुबुल्की मार्न व्यस्त हौला ?
आउदै छ कि मुख मा पानि लप्सी को अचार सम्झेर
कि
आदत बनाइ सक्यौ जिब्रोको साथी पिजा र बर्गर ?
कहाँ पाउदा हौलाउ र खेल्न छुनुमुनु गर्ने पाठो र बहर
बल्झेका हौलाउ साझ बिहान चलाउदैमा कम्पुटर ?
उडु उडु फर्कु फर्कु त् लाग्दो हो ?
गुरास फुल्ने डाडा पाखा सम्झेर !
घोत्लिंछौ होला कहिले काही त्
बाल सखा के गर्दै होलान भनेर
कति दशैँ गयो जमरा ओइलाई सुके
कति तिहार गयो सेल रोटि खेर गए
दिदि बहिनि को आशु पनि सुकी सके
मन त् भरिएला तिम्रो यो चिठ्ठी पढेर
तिम्रो जवाफ त्यहि त् हो नि
फसे आमा सन्तान को भबिस्य सोचेर
म त् बुझ्न सक्छु सन्तान को मन
तिम्रो मन त् सधै म संगै नै होला
तिम्रो सन्तान को माया ले रोक्दो हो
हो तिम्रो लागि
यो ख्याउटे बुढी सित छ नै के र ?
न त् भोक मेटाउन सक्छु न त् तिम्रो प्यास
म सित गरिबी छ ,अभाब छ
न त् म अहिले तिम्रो र तिम्रो
सन्तान को लाइ सुरक्षित काख नै छ
मेरो फुस्रो हात धुलो भरिएको काख ले
तिमि लाइ कहाँ स्वस्थ राख्न सक्छ र ?
जब आफ्नै अस्तित्वको चिन्ता मा डुबेको छु
हिजै डाडा घरे कैलो बन्दुक बोकेर आयो
कान्लामुनि को बगैचा अब देखि उसको राज्यमा पर्यो रे
फल खान अब उसको अनुमति चाहिन्छ रे
हर्कमान को हात मा पठाएको कोसेली पाए
खो के कारी भन्थ्यो आइ साझ नपर्दै खोसी लग्यो
तिम्रो सुखमा खुसि नै छु म यहाँ
कम से कम तिम्रो चिन्ता त् छैन मलाइ
खोइ के हावा आयो ?
कोइ कता त् कोइ कता लाग्यौ
हिजो तिमि हरु लुटुपुटु गर्ने यो काख
रित्तो रित्तो कोइ सन्तान नै न भए जस्तो लाग्न थाल्यो
बगी रहेको आखा को भेल
खोइ कसले स्नेह ले पुछिदिने होला ?
लौरो ले थेग्न नसक्ने भै सक्यो यो जिर्ण शरीर
अब त् मलाइ केहि चाहिदैन हे सन्तान हो !
मात्र सबै भाई मिलेर हासी खुसि
यो घरमा संगै शान्ति सित बसी देओ
कोइ मादल ठोक्, कोइ सारंगी रेट
हिमाल पहाड तराइ जहाँ पुग्छौं
नौमती धुनमा गएर नाचिदेओ
आओ हे सन्तान अब यो घरमा
आनन्द सित मिलेर बसी देओ !!!!!!
No comments:
Post a Comment