Pages

Wednesday, August 1, 2012



कुइरोमा हराएको  काग झैँ भयो नेपाल को राजनीति 
सुनामी मा फसेको डुंगा झैँ भयो नेपाल को राजनीति 
राष्ट्रपति भन्छन बाबु राम हुन्  काम चलाउ 
दल हरु भन्छन बाबु राम राजिनामा दिएर जाउ 
नेपाल को नियम कानुन संबिधान दैबले जानुन 
जनता लाइ ताउ अनि भुंग्रोमा होमेका छन् 
नेताहरु रिसोर्ट र होटेल को रस्वादंमा मस्त छन् 
अपराधी हरु  लाइ दुहुनो गाइ भएको छ नया  नेपाल 
बिदेशी लाइ मनोरंजन भएको छ पिडित  नेपाल 
आउछन ज्याला छर्छन  निर्देशन दिन्छन जान्छन 
यस्तो निरिह कहिल्यै थिएन  मेरो देश नेपाल 
खोइ अब कझिले कसरि त्यो स्वाभिमान ब्युताउलान 
होस् गरौ बेलैमा हामि स्वर्ग जस्तो यो १७औ पुरानो देश 
नेपाल को अस्तित्व नै मेटाउलान अनि कसरि भन्ने जय नेपाल ?


No comments:

Post a Comment