Pages

Wednesday, August 8, 2012





कथा -अनुसन्धान
शेखर ढुंगेल
किरण हात मा भर्खर हेड़ क्वाटर बाट आएको गोप्य पत्र खेलाई रहेका छन्  .
हेरेको छैन उसले .मन को संका उपशंका लाइ खेल्ने मौका दिइराखेको छ .उ बिश्लेषणगर्दै छ .साधारण होस् कि बिशेष पत्र खाम माथि 'गोप्य छाप 'ठोक्ने त सामान्य कुरो नै थियो तर बिहान मात्र विभागीय प्रमुख सित हफ्ता  को नियामित रिपोर्ट बुझाएर आएको थियो किरण ले उनले कुनै पत्र को बारेमा उल्लेख गरेका थिएनन
अचानक आएको गोप्य पत्र ले किरण मा कौतुहलता को बादल मडारिन थाल्यो .
अनुसन्धान गर्दै गरेको फाईल लाइ आलमारी मा फ्याकेर बन्द गर्छन .
राम बहादुर ?
हजुर साब ?
जाउ त दुइ खिल्ली चुरोट लेराउ मेरो खाता मा लेखाएर
हस साहब भन्दै  राम बहादुर निस्कन्छ
कोठा धुवा ले रंगिएको छ
टेबुल मा खुट्टो राखेर फुइ फुइ धुवा उडाउदै किरण खाम भित्र को बिषय लाइ अनुमान को आकास पाताल जोडेर सोच्दैछन ,,,तर पत्र खोलेका छैनन् यस कारण कि पत्र ले शुभ समाचार दिने छैन भन्ने उनलाई थाहा छ .
ट्रिन ट्रिन .....
अनुसन्धान बिभाग यस पि किरण बोल्दै छु ...
हजुर सर !जय नेपाल सर !
अह्ह खोलेको छैन त  सर ?
हस सर अहिले नै खोल्छु .हस सर जय नेपाल.
लाजिम्पाट हत्या काण्ड  अनुसन्धान को टिन दिन अगी मात्र किरण को नेतृत्व मा टोलि गठन गरिएको थियो तर आज अचानक छुट्टै टोलि खटाइएको ले उनलाई आजै बुझ बुझारथ गरि सुदुर पश्चिमान्चल को जिल्ला प्रमुख हुन् जानु भन्ने आदेश पत्र रहेछ त्यो .
किरण फिस्स..फिस्स   हास्छ .
किरण ले अनुसन्धान लाइ तिब्रता दिएको देखेर केहि स्रोत र अखाडा बाट हिजो मात्र बनि बनाउ रिपोर्ट (प्रतिबेदन )बुझाउन फोन आएको थियो .
किरण ले त्यो अस्विकार गर्दै बास्तबिक अपराधी पत्ता लगाएर छोड्ने अठोट को जवाफ फर्काएको थियो .
घटना लाइ प्रायोजित अनुसन्धान रिपोर्ट बनाएर बिट मार्ने पक्ष मा किरण थिएन .
घटना को गहिराइ सम्म पुगेर सत्य तथ्य रिपोर्ट सार्बजनिक गर्न चाहन्थ्यो किरण .सुत्र को नगिज पुगी सकेको पनि थियो. जस बाट राजनैतिक र प्रहरी प्रशासन मा ठुलै कम्पन पुग्ने सम्भावना थियो .
किरण लाइ बुझ्न गाह्रो परेन् विभागीय प्रमुख कसको निर्देशन  मा प्रभाबित भए र यो आदेश जारी गरे .
एक मन ले किरण यो घटना को यथार्तता  लाइ मिडिया पुर्याएर पर्दाफास गरि दिन्छु भन्ने सोच्दछ भने अर्को मन ले नोकरी मात्रै होइन ज्यान को पनि खतरा को अनुमान गर्छ .
हतार मा निर्णय गरेर यथार्तता लाइ अपुरो नै छोड्नु भन्दा समय लाइ पर्खिएर एक दिन उपयुक्त समय र ठाउ मा पर्दाफास गर्नु उचित ठानी बुझ बुझारथ को फाराम भर्न लगाए सहि धस्काइ दिएर
कुनै  प्रतिक्रिया बेगर नै किरण कार्यालय बाट निस्किए .

भोलि पल्ट केहि पत्रिका ले ठुलो ठुलो  अक्षर मा  श्रीसक राखेर लेखे घटना को अनुसन्धान गर्न असफल देखिएको ले  अनुसन्धान अधिकृत एस . पि .किरण लाइ सरुवा गर्यो सरकार ले .
समाचार ले किरण लाइ तिन छक्क पारेंन् किनकि  किरण लाइ स्पस्ट थाहा भै सकेको छ अनुसन्धान नाम को नाटक ले कुन मोड लिदै छ ?कस बाट यस्ता मनगढन्ते समाचार प्रायोजित भै राखेको छ ?कसले र के उदेश्य ले ?
आफ्नै प्रतिस्पर्धी सहकर्मी हरु को दुर्नियत पूर्ण चलखेल त अफ्नो ठाउ मा छदै थियो त्यस माथि घटना को बास्तबिकता  लाइ ढाक् छोप गर्न  प्रभाब पार्न खोज्ने भूमिगत तत्व को खेल पनि बुझ्न किरण लाइ गार्हो परेको छैन आखिर उसले पनि दुइ दशक बिताई सकेको छ प्रहरी बिभाग मा यहा कस्ता कस्ता  माफिया ,बिदेशी कुटनितिज्ञहरु अनि राजनीतिग्य हरु ले कसरि प्रहरी लाइ प्रयोग गरि राखेका छन् .प्रहरी बिभाग  कसरि पेशागत धर्म बाट बिमुख हुदै गएको छ .कियन जस्ता कमै अधिकृत छन् जो पेशागत धर्म निभाउनु पर्छ भन्छन तर काग को बथान मा एउटा बकुल्लो कसरि टिकोस ?
पत्रिका को सम्बन्धित अश् कटिंग गरेर किरण ले ब्रिफ केस मा राख्यो .एक जना विस्वासिलो प्रहरी लाइ जसरि हुन्छ यस्तो समाचार छाप्न लगाउने प्रहरी अधिकृत को हो पत्ता लगाएर खबर गर्न अर्हाउदछन् .
दुइ हफ्ता न् बित्दै संचार मध्यम को लागि "हटकेक "समाचार बन्यो अनुसन्धान को रिपोर्ट ले ..
टि .भी . मा समाचार हेरी राखेको किरण अनुसन्धान को रिपोर्ट सुनेर खितिती...... खितिती ..... हास्यो .
संगै  रहेका अर्का अधिकृत तर्फ फर्केर किरण भन्छन ..साला ......अपराधी हरु ! यो देश लाइ बिदेशी को रणभूमि बनाएरै छाड्ने भए .
नेता बिकाउ प्रहरी बिकाउ कसरि अन्त हुन्छ यो देश को दण्डहीनता?त्यहि बनि बनाउ अनुसन्धान विवरण सार्बजनिक भयो जुन विवरण गोप्य राख्ने शर्त मा किरण लाइ थमाउँन् आएका थिए जसलाई किरण ले अस्विकार गरेका थिए .
खोइ अर्को एक पेग ?
थप पेग बनाउन किरण ले  आदेश दिए .
आफ्ना सहायक लाइ गुड नाइट भन्दै कौसी मा आएर टहलिन्छन् .कान नाक गाला मा भुईईइ भुईईइ गर्दै बसेका लाम खुट्टे लाइ प्याट प्याट पिटेर मार्दै  .सोच मा पर्छन   किरण कि कसरि अगाडी बढ्ने र घटना को यथार्तता जन समक्ष लेराउने ?
अध्यारो रात नौ बजे नै सुदुर पश्चिम को राजधानी सुनसान भै सकेको छ .फाट्टफुट्ट बेवारिसे कुकुरको क्याई क्याई मात्र सुनिन्छ .
यो गम्भीर प्रकृति को घटना को पर्दाफास गरेरै छाड्छु भन्ने दृढता गरेका किरण ले बाटा हरु अनि स्रोत हरु को परिकल्पना गरि एउटा योजना बनाउदछन् .
सुदुर पश्चिम बाटै दुइ जना आफ्ना अति बिस्वसनिय प्रहरी को साथ लिएर उनले बडो चलाखी पुर्बक एउटा काल्पनिक अभियुक्त र घटना बनाउन किरण सफल हुन्छन .स्थानीय संचार माध्यम मार्फत त्यो  समाचार लाइ काठमाडौं को ठुला मेडिया मा पनि पुर्याउछन .
घटना को प्रकृति ले गर्दा अभियुक्त लाइ केन्द्र मा पुर्याए .व्यक्तिगत खर्च मा किरण ले यो घटना को अनुसन्धान गरेरै छाड्ने अठोट गरेका छन् .
अदालत मा आफ्नो अपराध कबुल गरे पछी किरण का नक्कली अभियुक्त सदर खोर डील्ली बजार पुग्न सफल भए  जहा सो घटना सित सम्बन्धित अर्को नक्कली अभियुक्त राखिएको थियो .
उक्त नक्कली अभियुक्त सित किरण को नक्कली अभियुक को मित्रता बढ्छ .उसलाई क कसको फोन आउछ !को को भेट्न आउछन ! अनि के के कुरा हुन्छ सबै बिबरण किरण को मा पुगी राखेको हुन्छ .किरण अफ्नो अन्य स्रोत बाट पनि घटना को अति गोप्य रुप ले  अनुसन्धान गरि राखेको छ .उसले आफैले तालिम दिएका जुनियर अधिकृत हरु सित पनि निरन्तर सम्पर्क मा छ किरण उनि हरु बाट पनि घुमाउरो तरिकाले सुचना हरु संकल गर्न चुकेको छैन .
यसै बिच प्रहरी कार्यालय मा एस .पि .बाट एस .एस.पि .मा पद्दोंनती हुने सुनेर केहि एस. पि हरु को केन्द्र ,नेता हरुको दैलो मा दौड धुप सुरु हुन्छ .जेष्ठता अनि इमान्दारिता को हिसाब ले किरण पहिलो नम्बर भए पनि अतिरंजित र झुठा बिषय को कल्पना गरि भ्रस्टाचारी असक्षम देखाउन प्रायोजित समाचार छपाउन अरु प्रतिस्पर्धी हरु को तछाड र मछाड भै राखेको छ .किरण चुप चाप अफ्नो इमान्दारी र सक्षमता को प्रमाण देखाउन उपयुक्त समय को लागि तयारि गर्न संघर्षरत छन् .
सजाय भुक्तान गरि किरण को नक्कली अभियुक्त (जासुस )ले बाकि प्रतिबेदन बुझाउद छन् .
किरण को अनुमान सहि निक्ल्यो सुरक्षाकर्मी को खोल भित्र कस्ता कस्ता भ्रस्ट र रास्ट्र द्रोही हरु बिभाग मा मस्ती गरि रहेछन .
यो अनुसन्धान प्रतिबेदन सरकार प्रमुख , प्रहरी प्रमुख लाइ बुझायो भने त झन खतरा मोल्नु पर्ने हुन्छ .
कसरि जन मानस मा पुर्याउने छिट्टो भन्दा छिट्टो देश मा भै राखेको अपराध कबच हरु को अनुहार कसरि पर्दाफास गर्ने ?चुनौती पूर्ण काम हो यो .
त्यति कै सार्बजनिक गरि दियो भने त झन उल्टो हुन् जान्छ .पद्दोंनती हुन् को लागि सहकर्मी लाइ बदनाम गरेको भनेर उल्टो अर्थ लगाई सत्य पनि झुठो ठहरिने निश्चित छ .
गर्ने के ?तकियामुनी अनुसन्धान को फाइल राखेर सुत्यो किरण .
आज बिहान बिहानै  को समाचार ले किरण खुसि भयो .
राजदुत लाइ फिर्ता बोलाइएछ.
प्रधान मन्त्रि को  राजिनामा  रे !!?
किरण मा आसा पलायो सायद कोइ इमान्दार गृह मन्त्रि पो बन्छन कि ?
किरण ले प्रधान कार्यालय सित दुइ दिन को छुट्टी मा काठमाडौं आउने अनुमति मागे .
एक्कै रात मा किरण ले काठमाडौं मा राजनैतिक अबस्था को मुटु छाम्न सफल भए .
केहि अति विश्वास प्राप्त प्रबुद्ध कानुन बिद  सित सम्पर्क गरे .
उनि हरु कै सल्लाह र प्रतक्ष्य सहयोग मा स्थानीय एउटा क्लब मा संचार कर्मी हरु लाइ बोलाएर किरण ले पहिले आफ्नो दाया हात मा रहेको राजिनामा पढे .
एक छिन संचारकर्मी हरु आक्रोसित भए .के के न् अनुसन्धान को रहस्य खोल्लान भनेको त् उनको राजिनामा सुनाउन पो रहेछ ......यो त् हदै गतिछाडा काम भयो प्रहरी को सम्बन्धित ठाउ मा बुझाएर घर बस्नु नि किन बेकार मा हामी लाइ दुख दिनु ?देश को प्रधान मन्त्रि को राजिनामा झैँ ?
पत्रकार बन्धु हरु को खासखुस सुनी राखेका किरण एक छिन मुसु मुसु हासे अनि फेरी सबैको ध्यानाकर्षण गरे !
किरण ले घटना को पृष्ठभूमि ,अभियुक्त अनि संरक्षक र संचार को दुरुपयोग लाइ बताउदै जान्थे पत्रकार मित्र हरुको कान ठाडो ठाडो हुदै जान्थ्यो .
उनि हरु स्वासै रोकेर "पिनड्रप "बाताबरण मा एक एक शब्द लाइ लेख्ने रिकर्ड गर्ने गरि राखेका थिए .
किरण को अनुसन्धान रिपोर्ट  मा ति सबै प्रहरी अधिकृत र राजनेता हरुको सलग्नता खुलाइएको थियो .कुन कुन घटना मा को को प्रहरी अधिकृत को संरक्षण र सहयोग थियो .दुताबास बाट कसले कहिले कत्ति कत्ति नगद र जिन्सी उपहार लिएका थिए .को को प्रहरी अधिकृत ले कसको निर्देशन मा झुठो मुद्धामा फसाएर जेल हालेका थिए .यति सम्म कि सिधै दुताबास सित को सम्पर्क मा रहेर काम गर्ने र प्रहरी को काम कार्यबाही को सूचना दिने अधिकृत को नाम नै तोकेर बताई रहेका थिए .
कहिले कुन घटना को लागि को मार्फत कति पैसा बुझे .
कुन कुन घटना को लागि कसको निर्देशन मा प्रतिबेदन बनायो !कुन घटना कसरि घटाइयो ..........केहि पत्रकार लगायत बाताबरण उत्तेजित भएको थियो .
पत्रकार कक्ष अगाडी बाक्लो प्रहरी उपस्थिति थियो .प्रहरी हरु आफ्नो सेट मार्फत भित्र को कुरो माथि रिपोर्टिंग गरि राखेका थिए.
अन्य  अपराध अनुसन्धान को क्रम मा दर्जनौ पटक फाईल अगाडी बढाइस भने गोलि ले उडाई दिन्छु  भन्ने आफु भन्दा माथि को को  धम्कि .खाइ सकेको किरण आज भने बेफिक्र थियो किनकी उ सार्बजनिक रुपमा पत्रकार को सामुन्ने थियो .
देश मा कोलाहल भयो  .अपराधी हरु मा दौड धुप मच्चियो .
नया सरकार ले किरण को राजिनामा स्वीकृत गरेंन् र अर्को अनुसन्धान आयोग गठन गर्यो .
यस पटक दुताबास ले हस्तक्षेप को  हिम्मत गर्न सकेन .जनता हरु अपराधी लाइ कार्यबाही गर भनेर सडक मा उत्रेका छन् .
नेपाल मा २०४४/४५ साल पछी पहिलो पटक सयौ को संख्या मा  भ्रस्ट र माफिया का सरदार  हरु जेल चलान भए .
किरण को यो अनुसन्धान अन्तरास्ट्रिय रुपमै लोकप्रिय भयो तारिफ भयो .
बिभिन्न संघ सस्था हरुले सम्मान को लहर नै चलाए .
आखिर माफिया बाट ग्रस्त देश न् हो एउटा ठुलो षडयन्त्रमुलक घटना बाट किरण जोग्गिए .
सत्तिले सरापेको देश भन्दै किरण आफ्ना सन्तान को सुन्दर भबिस्य को कल्पना बोकेर बिदेस पलायन भएका छन् .
देश लाइ उनि जस्ता को काम छैन रे ..........

No comments:

Post a Comment