Pages

Friday, August 31, 2012

खुल्यो खुल्यो प्रधानमन्त्री को भर्ना खुल्यो

बिस्वको १७ औं पुरानो र आफ्नै  बिशिष्ठ मौलिकता बोकेको देश नेपाल को लागि म र मेरो भन्दा माथि हाम्रो लागि काम गर्ने एक सक्षम योग्य प्रधानमन्त्री को आबस्यकता परेको हुदा तल उल्लेखित काम गर्न सक्ने शर्तमा अनुभबी दुरदर्शी अनि पाको स्वभाबको व्यवहार गर्न सक्ने ,जनता माथि बोझ बन्ने होइन सम्पूर्ण जनता को बोझ आफ्नो काधमा लिन सक्ने ,क्षमता र साहस भएको ,जात भात र बाद भन्दा उठ्न सक्ने ,नेपाल र नेपाली को हित भन्दा एक इन्च पनि दाया  बाया गर्नु परे कुर्सी छोडेर राजनीति बाट नै सन्यास लिने निर्णय गर्न सक्ने ,व्यक्ति लाइ यथासिघ्र नेपाल को प्रधानमन्त्री पदमा बहाल  गराई हाल्नु पर्ने भएको ले  नेपाली जनता को अदालत बाट यो बिशेष भर्ना को  जरुरि सूचना आम नेपाली जनता जो स्वदेश विदेश जहाँ छन् उनि हरु समक्ष निबेदन हाल्न को लागि प्रकाशित गरिएको छ .

बिगत ६२ बर्ष देखि बारम्बार जति प्रयास गरे पनि  एउटा सक्षम प्रधानमन्त्री  देश ले पाउन नसकेको हुदा अहिले यसरि सार्बजनिक सूचना द्वारा  प्रतिष्पर्धा मार्फत एक कुसल प्रधानमन्त्री नियुक्ति गर्नु  पर्ने आबस्यकता नेपाली  जनता लाइ महसुस भएको ले यो अन्तिम पटक सूचना प्रकाशित गरिएको छ निवेदक यो भन्दा अगाडी प्रधानमन्त्री लगायत मन्त्रि सासद वा सभासद पद मा नरहेको वा न उठेको हुनु पर्नेछ .जेल न गएको तर जेल सुधार को आबस्यकता महशुस भएको भने  हुनु पर्ने छ .नेपाल वा बिस्व को कुनै पनि भाग मा रहनु हुने नेपाली ले निबेदन दिन सक्नु हुनेछ ..निबेदन दस्तुर निसुल्क भए पनि उल्लेखित शर्त पुरा गर्न नसके खाएको तलब  राजस्वमा  फिर्ता गर्नु पर्ने छ अन्यथा जनता लाइ झुठो आस्वाशन दिएको आरोप मा  १० बर्ष जेल सजाय भोग्नु पर्ने छ .प्रधानमन्त्री को रुपमा जनता को निम्न माग अनुसार तत्काल काम सुरु गरि हाल्नु पर्ने छ .
नव नियुक्त जनता को  प्रधानमन्त्री को मुख्य काम हरु यस प्रकार हुने छन् ,
एक -हामीले मस्तिमा स्वयम र देश लाइ नस्ट गर्यौ .त्यसैले अब अर्को दश बर्ष वा देश युरोपीय स्तर मा न पुगुन्जेल सबै प्रकार को मदिरा र सुर्ती जन्य पदार्थ आयात मा प्रतिबन्ध लगाई बिदेशी मुद्र को संचिति पशुपालन मा लगानी गर्ने र बार्षिक सय अरब को हाराहारी मा आयात भै राखेको पशुजन्य बस्तु पनि आयात मा प्रतिबन्ध गरि स्वदेश मा उत्पादन गर्ने गराउने नीति लागु पर्ने छ .
दुइ -खुला सिमाना को कारण अपराध ,तस्करी, मात्र होइन न बोलाइएका पाहुना हरु को असिमित आगमन रोक्न अन्तरास्ट्रिय कुटनैतिक पहल गरि दक्षिण तर्फ को पुर्ब पश्चिम सिमाना मा तत्काल पर्खाल लगाउन सुरु गर्ने ,समय साक्षेप परिबर्तन र क्रम भंगता को निरन्तरता को लागि दुइ देश को बिच आवत जावत गर्न अनिबार्य राहदानी को नीति लागु गर्न सक्ने 
तिन -स्वाधीन देश को अस्तित्व र यसको बिशिष्ठ मौलिक सस्कृति बचाई राख्न अनि बिदेशी हस्तक्षेप रोक्न कुटनैतिक नियोग का कर्मचारी संख्या मा नियन्त्रण गरि अन्तरास्ट्रिय सस्था वा परियोजनाका प्रमुख बाहेक अन्य सबै बिदेशी लाइ एक महिना भित्र नेपाल छोड्ने आदेश दिन सक्ने यो आदेश कमसेकम अर्को ५ बर्ष सम को लागि हुनु पर्ने छ .
चार -कार्यालय समय मा सेवा ग्राही लाइ बाधा असुबिधा पुग्ने गरि भै राखेका सभा सम्मेलन ,उद्घाटन ,बिमोचन को कार्यक्रम लाइ अब देखि कार्यालय समय भन्दा अगाडी वा पछाडी वा बिदाको दिन मात्र गर्ने निर्णय गर्न सक्ने 
५ -भ्रस्टाचारी को आरोप आउने बित्तिकै निलम्बन र नजर बन्ध गरे पछी मात्रै अनुसन्धान सुरु गर्ने नियम बनाउन सक्ने 
६ -सरकारी वा बित्तिय सस्था को भोज  भेल र सम्मेलन "पी पदार्थ (रक्सि )सेवन बन्द गर्नु पर्ने नियम बनाई लागु गर्न सक्ने 
७ -सरकार को चिन्ता हमेशा नागरिक को सुख सुबिधा मा हुनु पर्छ तसर्थ अन्य अत्याबस्यक बस्तु को साथै नागरिकता ,राहदानी जस्ता अत्याबस्यक र नागरिक को अधिकार को कागज पत्र लाइ स्थानीय गा बि स स्थल मै उपलब्ध गराउने व्यवस्था तत्काल गर्न सक्ने 
८ -बार्षिक अरबौ रुपिया को पशुजन्य उत्पादन आयात भै रास्ट्रीय ढुकुटी रित्तिएको अवस्था लाइ महसुस गरि स्वदेशमै सहकारी रुपमा पशुपालन ब्यबसाय लाइ बढावा दिन ५ बर्ष सम्म निर्ब्याजी वा न्युनतम ब्याज दरमा ऋण उपलब्ध गराउने निर्णय गर्न सक्ने 
९ -जन संख्या वा भौगोलिकता को आधारमा नेपाल मा ९ देखि ११ मन्त्रालय भन्दा बढी को आबस्यकता छैन भनि निर्णय गर्न सक्ने र "शक्ति विकेन्द्रीकरण एबम जिम्मेवारीमुलक प्रशासनयन्त्र निर्माण गर्न सक्ने 
१० - काठमांडौ लाइ "देश को सचिवालय केन्द्र "को रुपमा मात्र सिमित गरि थप स्कुल कलेज अस्पताल आबास एबम उद्योग लाइ उपत्यका बाहिर स्थापित गर्ने निर्णय तत्काल गर्नु पर्ने छ .
११ -भोलि बाट कुनै पनि बिभाग वा कार्यालय को प्रमुख बाहेक अन्य कर्मचारी लाइ राम्रो काम गरुन्जेल एउटा कार्यालय मा राख्ने र खराब काम गर्ने लाइ बर्खास्त गर्ने नीति लागु गरि (जुन अन्य बिकसित मुलुक मा छ स्मरण रहोस एउटा कर्मचारी एउटै स्थान को कार्यालय मा पदोन्नती हुदै त्यहि बाट अबकास लिन्छन )खराब गर्दा सरुवा गर्ने अर्थात  पुरस्कार दिए जस्तो हुने अहिलेको कु  नीति रोक्न सक्ने 
१२ -केन्द्र मा राष्ट्रिय पहिचान हुने र स्थानीय स्तर मा त्यहि को पहिचान हुने पोशाक लगाउन  अनिबार्य गर्न सक्ने 
१३ -मित्र राष्ट्र सित अनुरोध गरि कम्तिमा ५ वटा उत्तर दक्षिण सिमा छुने र अर्को दुइ वटा  पुर्ब पश्चिम छुने एक  पहाडी  र अर्को  समथर हुदै जाने  आकासे सडक बनाउन निर्णय गर्ने सोच भएको 
१४ -असन्तोष पोख्ने अधिकार को सुरक्षा गर्दै कुनै पनि बन्द हडताल सम्बन्धित कार्यालय वा बिभाग मा मात्र सिमित रहेर गर्ने र आफ्नो स्वार्थ पुरा गराउन अरु असम्बन्धित जनता लाइ असुविधामा पार्ने असभ्य अविवेकी प्रवृति को अन्त गर्ने निर्णय गर्न सक्ने 
१५ -अर्को दश बर्ष सम्म अत्याबस्यक बाहेक सबै प्रकार र स्तर को विदेश भ्रमण रोक्ने अनि सरकारी वा आयोजना को लागि नया सवारी साधन आयात गर्ने वा खरिद गर्ने काम रोक्न सक्ने 
१६ -बिशिष्ठ धार्मिक गुरु हरु बिध्वान र समाज सुधारक हरु को एउटा समिति बनाइ बनाएर हाम्रो आस्थामा देखिएको केहि अव्यबहारिक र केहि बिकृति लाइ परिमार्जित गर्ने अनि सम्पूर्ण ग्रन्थ लाइ एउटै पुस्तक को रुपमा परिस्कृत गरि समय सापेक्ष सुधार गर्न सक्ने 
१७ - सनातन देखि को मालिक र नोकर को झझल्को दिने हाम्रो समाज मा बिध्यमान हजुर तपाइँ तिमि र त् जस्तो सम्बोधन गर्ने प्रथा लाइ अन्त गरि अब देखि  सबैले सबै लाइ 'तिमि 'भनि सम्बोधन गर्नु पर्ने निर्णय गर्न सक्ने 
१८ -शेना र प्रहरी बाहेक ले को सानो को ठुलो ?पद वा व्यक्ति को ठुलो होइन "समान मानबिय मूल्य र मान्यता "को मर्म लाइ सम्बोधन गर्न जसले पहिले अर्को लाइ देख्छ उसले नमस्ते अथार्त अभिबादन गर्नु पर्छ भन्ने बिबेकिय काम गर्न लगाउन सक्ने 
१९ -हामि पनि कोइ भन्दा   कम छैनौ हामि हाम्रो देश बनाउन सक्छौ "इमान्दारिता ,धर्यता ,नैतिकता ,प्रतिबदता ,लगनशीलता "आर्जन गर्न राष्ट्र प्रतिको  जिम्मेवारी बोध गर्ने नागरिक उत्पादन गर्न  "CIVIC SENSE ACT "बनाएर लागु गर्न सक्ने  जसले गर्दा प्रत्यक नेपाली ले "मेरो कारण ले आज अरु कसैले दुख ,असुबिधा ,अशान्ति ,घाटा नोक्सान व्यहोर्नु नपरोस "भन्ने भावना बिकास होस् ,
२० -कमसे कम अर्को दश बर्ष बिशेष आर्थिक मितव्ययिता को कार्यक्रम लेराएर देश मा नेता र प्रशासक ले गरि राखेका फजुल अनि अनुत्पादक भ्रमण रोक्ने ,भोज रोक्ने र अन्य सरकारी व्यय नियन्त्रण गर्न सक्ने हुनु पर्छ .

यी शर्त हरु पुरा गर्न सक्छु भन्ने कुनै पनि नेपाली ले स्वदेश वा विदेश बाट दरखास्त हाल्न सक्नु हुन्छ .जनताको अदालत बाट छनौट भए पछी टुडिखेलमा मा जनता सामु खुल्ला सपथ खानु पर्ने छ .


No comments:

Post a Comment